Sati lay sarapay desh nai ho ta Nepal

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 नुवाकोट— एक वर्षअघि एक युवतीलाई भारतमा बिक्री गर्ने लगेको आरोपमा पक्राउ परेको आफ्ना कार्यकर्तालाई रिहा गर्ने माग गर्दै एमाओवादी नुवाकोटमा घण्टा चक्काजाम गरिरहेको छ। पूर्वी नुवाकोटको सुन्दरादेवीका गाउँ सचिव विविलाल तामाङले गत वर्ष ०६९ भदौ ५ गते उर्लेनी गाबिसकी १९ वर्षिय युवतीलाई भारतमा बिक्री गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।   भारतमा बेचिएकी किशोरीको पिताले दिएको किटानी जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको थियो। किशोरीका बाबुले उजुरी दिएका अर्को आरोपी सुन्दरादेवीका सोमपर तमाङ भने फरार रहेको प्रहरीले जनाएको छ। आफ्नो कार्यकर्ता पक्राउको बिरोधमा एमाओवादीका पुर्वसभासद बिमला सुवेदीको नेतृत्वमा रहेको कायकर्ताहरुले सदरमुकाम बिदुरमा चक्काजाम गरिरहेका हुन्। एमाओवादी नुवाकोटका जिल्ला संयोजक समेत रहेकी बिमला सुबेदीले आफ्नो कार्यकर्तालाई फसाएको आरोप लगाएकी छिन्।

craze · Jul 2, 2013 10:14 PM · 10,407 views

2 Replies

Thanks to Maoist! Here is Nepal's new slogan न्याय पाउनु छ भने अमेरिका जानु। अन्याय भोग्नु छ भने नेपाल जानु !

sajhamitra · Jul 3, 2013 10:52 AM

सबै अपराधि हरु पार्टीलाई पैसा दिए पछि सदस्यता पाइन्छ अनि सदस्य भएको नाताले पार्टीले चक्का जाम मात्रै हैन त्यो काथामादु सहरमा बन्द गरिदिन्छन | देख्नु भयो त करामत |

magorkhe1 · Jul 3, 2013 1:26 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all