http://www.onlinekhabar.com/20... दुधमा भेटिने कोलिफर्म हानिकारक हुँदैनन : वैज्ञानीक १८ असार, काठमाडौं । दुधमा भेटिने कोलिफर्म जिवाणुले मानव स्वास्थ्यमा कुनै असर नपार्ने खाद्य वैज्ञानिकहरुले दाबि गरेका छन् । फिकल प्रजातिका जिवाणुले मात्र मानव स्वास्थ्यमा असर पार्ने बताउँदै उनीहरुले प्राय दुधमा भेटिने जिवाणु गैर फिकल हुने हुँदा ढुक्क भएर खान सुझाव दिए । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै दुधमा दिशा-पिसावका जिवाणु भेटिएको र बजारमा पाइने दुध खान अयोग्य भएको भन्दै जनमानसमा त्रास फैलाउने काम गरिएको आरोप लगाएका छन् । ‘नियमनकारी निकाय, डेरी उद्योग र पत्रकारहरुले आम जनतामा कोलिर्फमको त्रास फैलाउने काम गरेका छन्’ वरिष्ठ खाद्य विज्ञ प्रा.डा. गंगाप्रसाद खरेलले भन्नुभयो- ‘कोलर्फम जिवाणु पास्चराइजेशन पश्चात् सफा सुग्घरमा ध्यान दिन नसक्दा मिसिन्छन् ।’ ६३ डिग्री सेल्सियस तापक्रममा ३० मिनेट वा ७२ डिग्री सेल्सियस तापक्रममा १५ सेकेण्ड प्रशोधन गरेर सुरक्षित एवं स्वच्छ वातावरणमा उपर्युक्त तरिकाले प्याकेजिंग गरिएमा यस्ता कोलिर्फम जिवाणु नभेटिने उहाँको खरेलको भनाई छ । जिम्मेवार सरकारी निकायले दुध लगायत अन्य खाद्य पदार्थको स्वाच्छता र गुणस्तरियता कायम गर्न जिएमपी, जिएचपी, एचएसीसीपी, कोड अफ कन्डक्टजस्ता विधिहरुलाई उद्योगमा अबलम्बन गर्न उत्पे्ररित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । Last edited: 02-Jul-13 08:09 PM
metta · Jul 2, 2013 8:08 PM · 1,280 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion