विजय थापा भर्जिनिया ,आषाढ १७ ,नेपालका वरिस्ठ तथा चर्चित हास्य कलाकार मह जोडीलाई अमेरिकामा भब्य स्वागत गरिएको छ l ३१ औ ए एन ए (दि एसोसिएसन अफ नेपालीज इन अमेरिका )सम्मेलनमा करिब एक दशक पछि मह जोडी प्रस्तुति देखाउन अमेरिका आए पछि ए एन ए सम्मेलनको रक्त संचार तिब्र हुनुको साथै ठुलो भुकम्पको झड्का लागेकोले प्रसंशकहरु ५० वटै राज्यबाट ओहिरो लाग्ने भएको छ l स्वागतको शुभारम्भ डिसी नेपाली दूताबासले गरेको छ l अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्माको पहलमा मह जोडीलाई भब्य स्वागत गरिएको जनाईएको छ lसबै नेपालीका हृदयमा रहन सफल हुनु भएका मह जोडीको लागि हौसला प्रदान गर्न सम्मेलन कहिले होला भन्ने आतुर बुझिएको छ l मह जोडी अमेरिकामा अवतरण भए पछि ,प्रसिद्ध लोक गायक तथा मेरी ल्याण्ड तथा पेनसेलभेनियाका लागि नेपाल सरकारको तर्फबाट अबैतनिक महा बाणिज्य दुत प्रेम राजा महत स्वयम् उपस्थित भै स्वागत गर्न बिमान स्थल पुग्नु भएको थियो lमह जोडी जस्तो कलाकारहरुलाई सम्मान गर्न प्रतीक्षारत हुनु भएका महतले बाल्टिमोर बाणिज्य दुत कार्यलयमा भब्य स्वागत गर्ने जनाउनु भएको छ l यसै गरि मह जोडीको स्वागार्थ अमेरिकाको न्यु योर्कबाट चौबिसै घण्टा संचालनमा रहेको दूरदर्शन ( टेलिभिजन )व्हाइट हिमालले पनि भब्य स्वागत गर्ने भएको जानकारी व्हाइट हिमालका सुर्य थापाले जानकारी गराउनु भएको छ भने मह जोडीको लागि ए एन ए का अधक्ष्य छेवांग शेर्पालामा तथा सम्मेलन प्रमुख संयोजक समिर महर्जन द्वय कलाकारहरुलाई शानदार स्वागत गरिने जनाईएको छ l कलाकारहरु राष्ट्रका सम्पत्ति तथा गहना हुन l यी कलाकारहरुले आफु भित्र निहित प्रतिभा प्रस्तुति गर्दै नेपाली समुदायलाई मुलुकको सम्झना गराई दिन्छन l बिदेसिएका नेपालीहरु ,कलाकारको प्रस्तुतिले भाव बिभोर हुन् बाध्य हुन्छ अनि कलाकारहरु प्रति अझ माया प्रगाढ हुदै जान्छ र सम्मान बढ्दै जान्छ किनभने कुनै पनि नेपालीले आफ्नो मातृ भुमि बिर्सदैनन यहि नै नेपालीको पहिचान हो l
mahoday · Jul 1, 2013 4:57 PM · 3,123 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion