आयोजकले रकम मागेपछि घलेद्वारा सम्मान बहिष्कार (4 Votes) 1 2 3 4 5 कान्तिपुर संवाददाता ६ लमजुङ, असार १७ - सार्क भिलेज घलेगाउँका अध्यक्ष प्रेम घलेले काठमाडौंमा गरिएको एकसम्मान बहिष्कार गरेका छन् । लमजुङमा पहिलोपटक ग्रामीण पर्यटनको माध्यमबाट होमस्टे अवधारणा भित्र्याएका घलेले सम्मान का लागि आफूसँग रकम मागेको भन्दै अस्वीकार गरेको बताए । राष्ट्रिय नागरिक सरोकार केन्द्र काठमाडौंले पर्यटन क्षेत्रमा योगदान पुर्‍याएको भन्दै सम्मानका लागि पत्र पठाए पनि पछि टेलिफोनबाट कम्तीमा १५ हजार रुपैयाँ दिनुपर्ने सर्त राखेपछिसम्मान बहिष्कार गरेको उनले जानकारी दिए । लामो समयदेखि पर्यटन क्षेत्रमा लागिपरेका घलेको कुशल नेतृत्वका कारण घलेगाउँ २ पटकसम्म सार्क भिलेजमा छनोट भएको थियो । तमु छोंज धीं गुरुङ राष्ट्रिय परिषद् जिल्ला अध्यक्षसमेत रहेका उनले पैसा दिएर सम्मान गर्ने परिपाटी राम्रो नभएको भन्दै व्यक्तिको योगदान आधारमा सम्मान गरिनुपर्नेमा जोड दिए । प्रकाशित मिति: २०७० असार १७ ०८:५६ - See more at: http://www.ekantipur.com/np/20...
_____ · Jul 1, 2013 10:53 AM · 1,375 views
नाइजेरियन पर्यो कि ?
Magorkhe1 · Jul 1, 2013 1:30 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion