अष्ट मान .......................

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अष्ट मान..................... (साझामा एउटा धागोमा "बक्सियोस, खैसियोस"  शब्दावली प्रयोगमा भैरहेको बहस पढेर पुरानो एउटा घटना याद आयो.  जो जुन परिवेशमा हुर्कि बढेको हुन्छ , जुन समाजमा जीवन जगत अर्पण गरेको हुन्छ, त्यसको भाषा र बोली त्यै परिवेश र समाजको प्रतिबिम्ब हुन्छ. त्यसैले कसैले बक्सियोस भन्दा टाउको दुखाउनु पर्दैन भने कसैले तँ तिमी , गरिस भनिस भन्दा अपमानित महसुस गर्नु पर्दैन.) "अष्ट मान" हाम्रो अफिसको प्लम्बर/खानेपानी टेक्निसियन.  पढे न लेखेको भए नि उनको हात मा जादु थियो र  अष्ट मान जुन सुकै योजनामा अत्यावश्यक अंग भएको थियो . चापा गाउँका सामन्य किसान, उनको सुबिधाको लागि चापा गाउँ फिल्ड अफिस मै हाजिर गर्ने गरी आबश्यकता अनुसार विभिन्न योजना हेर्ने गरी खटाइएको थियो.  त्यसो त हात मा शीप नभएका मन्त्री र हाकिमका माली  देखि साला साली समेत प्लम्बर र टेक्निसियन हा जा खानेहरु अर्को २० जना जति थिए तर काम गरी खाने अष्ट मान जस्ता ३-४ जना मात्र थिए. अष्टमान तिनै ३-४ जनामा अब्बल. एक पल्ट टेक्निसियनहरुको ७ दिने तालिम पोखरामा हुने भए छ . कसो गरी अष्टमानले पनि थाहा पाएछ यो खबर . अन्यथा यस्ता तालिम सालिम र प्रशासनिक खेल सेलबाट सधैं टाढा नै बस्ने  कर्मयोगी  शुद्ध किसान थियो अष्ट मान. . जिल्ला अफिसमा तलब लिनको लागि महिनाको अन्त्य तिर मात्र आउने अष्टमान १५ गते नै आइपुगे छ . सर नमस्कार भन्दै मेरो कोठामा आए . उसलाई नेपाली बोल्न अप्ठेरो लाग्ने अथवा भनौ नेवारी सहज र प्राकृतिक लाग्ने भएको ले म संग जहिले नि नेवारी मै कुरा हुन्थ्यो . "पोखराय टेक्निसियन तयागु छ वा या तालिम डु हँ , जी न वने सर , सिफारिस याना बिया दिसं ले  सर (पोखरामा १ हफ्ते टेक्निसियन तालिम हुँदै छ , सिफारिस गरि दिनुस न सर ) "पोखरा छक: चाहिले मासिवल .... मनकामना छक वानागु बाहेक गनं हे  हे मवना नि सर.  ( पोखरा एक पल्ट हेर्ने रहर छ सर , मनकामना एक छोटो बाहेक जिन्दगी मा अन्त कतै गएको छैन ) "छन्त सिफारिस याए डु सा ले जी लायेताये नि , नामावली हेड अफिसं तयार याई ... जी  वने मानी डिजी यात  धया बीइ का म जिउला ?" ( तपाईं लाइ सिफारिस खुशीका साथ् गरि दिन्छु नि , हेड अफिस मा नामावली तयार हुन्छ, आजै गएर  डिजी साहेब संग कुरा गरि दिन्छु , हुन्छ ? ) "सर या जय जुइ  मा" (सर को जय होस् ) "जि न छक डिजी नाप लाए म जिउला ??" ( म पनि एक पल्ट डिजी साहेब लाइ भेट्छु , हुन्छ ??) भेटेर आफ्नो कुरा राख्दा बेश नै हुन्छ . संगै जाने  भए १ बजे बिभाग जाने कार्यक्रम रहेको सुनाए. उसको मन मा कुन ज्वारभाटा चलिरहेको थियो के थाह? १ बजे सम्म न कुर्ने अहिले नै बस मा जाने कुरा गरे र अफिस बाट हिडे.  मलाइ थाहा थियो बस बाट गयो भने पनि त्यो १ न बज्दै पुग्ने छैन बिभाग .... तै पनि उ हिडे .. शायद जिन्दगी मा पहिलो पल्ट पोखराको सपना देख्दै छ र छिटो पोखरा पुग्न चाहन्छ, पोखरालाई चुम्न चाहन्छ . करिब करिब सवा एक बजे म पनि डिजी ( अर्थात महा निर्देशक )  साहेब को कोठा मा पुगें ... डिजी साहेब आफ्नो कोठाबाट निस्कदै गर्दा पीए को कार्यकक्ष मै भेट भयो.  "हैन इन्जिनियर साहेब, कस्तो टेक्निसियनलाइ भेट्न पठाएको तपाईंले ?" डिजी साहेब को मुख रातो पिरो , दुर्बासा ऋषिको जस्तो . "के भन्यो सर ... के गर्र्यो अष्टमान ले ?? “ मलाई त तँ भन्छ बज्जे ले “  कुरा बुझियो . मैले “ सर अष्ट मान  तर्फबाट म माफी माग्छु . भित्र जाउँ सर म सविस्तार भन्छु' भनें . अष्टमान बाहिर निस्के . हामी भित्र . भएको कुरा के रहेछ भन्दा .................... अष्टमान डिजी साहेबको कोठा मा बिना  चिट  पीए ले पनि न देख्ने गरी छिरे छ . डिजी साहेब ले कसलाई भेट्न आएको भन्दा “ तँ लाई भेट्न आएको “ भने छ . डिजी साहेब लाई तँ भन्ने हिम्मत शायदै कसैले गर्थे होला . डिजी साहेब रिसाउनु जायज थियो. "मलाई तँ भन्ने ??"  डिजी साहेब रिसाउनु भए छ . " तँ लाई तँ न भने 'म' भन्ने त ??"  अष्टमान को हाजिरी जवाफ पनि बेजोड कै थियो . अनि के चाहियो ... डिजी साहेब को पारो इलाहाबादी पारो सरि बढी हाल्यो .  ढन्न टाइम मै पुगेछु र  यो काण्डले उग्र रुप लिन पाएन .  मैले डिजी साहेब लाइ स्पष्ट भनें “ अष्ट मान लाई नेपाली राम्रो संग बोल्न आउन्दैन . उसले तिमी तपाईं हजुर र तँ को भेद छुट्याउन सक्दैन. उसले जानेको शब्द नै तँ हो. त्यसको मनमा कपट छैन . ललितपुरको खाने पानी चलाउने नि अष्टमान  र अरु २-३ जना टेक्निसियनहरुले हो . त्यसैले त्यसको तँ लाई अन्यथा न लिनु भै पोखरा तालिम मा समाबेश गरि दिनुस. यहि आग्रह बोकेर आएको हो . थानकोट नै बिरलै  काटेका अष्टमानहरुको मन निर्मल छ , हातको सीप र पसिनाले जिवन चलाएको छ . पोखरा हेर्ने सपना यो जुनी मै पुरा गरि दिनुस . हाम्रो बिभागलाई अष्टमानहरु को जरुरत छ . तालिम को लागि अष्ट मान पनि छनौट भए छ . अस्तु !!!!!!!!!!!!!!!     Last edited: 01-Jul-13 03:54 PM

rahulvai · Jul 1, 2013 9:46 AM · 22,200 views

11 Replies

अष्टमानले त्यति प्रयास गरेर नेपाली बोल्न खोज्नुमा नै हामी शुध्द नेपाली बोल्ने रैथाने नेपाली भाषीहरु गर्व गर्नु पर्ने हो कि यस्ले हाम्रो भाषा बोल्यो भनेर. Last edited: 01-Jul-13 10:04 AM

Tmobile · Jul 1, 2013 10:01 AM

" तँ लाई तँ न भने 'म' भन्ने त ??"  लोल कुरा ठिकै हो नि मखुला

serial · Jul 1, 2013 10:03 AM

 तँ भन्दै मा कत्रो इज्जत घटेको जस्तो ........अर्को पल्ट देखि त वहाँ(डीजी साप) तथाकथित उपल्लो वर्गले बोलाउने भाषा प्रायोग नगर्ला फेरी तँ भन्ला भनेर "अष्टमान" बाट भाग्दै हिड्नु भो होला ......लोल 

ThahaChaena · Jul 1, 2013 10:28 AM

 हा हा  पढेर मज्जा मायो, राहुल भाइ जी लै धन्यवाद  मलाई पानि पदमा रत्न तुलाधर को राजा बिरेन्द्र संग को कुराकानी को याद आयो ( पदमा रत्न तुलाधर अन्तरबार्ता मा भनेको)  राजा बिरेन्द्र ले एक दिन पदमारत्न लाइ  भेट्न बोलयेछन, ४५ मिनुते को समय देको रैछ ,   अब पदमा रत्न लै हजुर भन्न तेती नाउने रेछ , सुरु सुरु मा कुरा गर्दा, होसियार भएर हजुर नै भनेछन राजा लै, तर पाछी कुरा गर्दा, कन्ट्रो गर्न सकेनछन    बेला बेला मा  " तपाइएले  तेसो नगर्नुस" भन्दा रेछन राजा लै    राजा चै  मुसु  मुसु हास्ने रे तेसो भन्दा    ४५ मिनेट समय देको मा, २ घण्टा कुरा गरेर आयेछां     

_____ · Jul 1, 2013 10:46 AM

धेरै रमाइलो! र नेपाल सम्झाईदिनु भएकोमा धन्यबाद!

grgDai · Jul 1, 2013 12:07 PM

 टी-मोबाइल,  धन्यबाद टिप्पणीको लागि . अष्टमान त प्रतिनिधि पात्र हुन् , धेरै अष्ट मानहरु ले भाषा न जानेरै दुख पाएका छन् . दोष अलिकति अष्ट मान को पनि अलिकति हाम्रो पनि .   सेरिअल    लोल लोल , कुरा सही हो . तर ब्यबहार मा त्यो अलि पाच्य हुदैन नि , मखुला ??   थाने,  अष्ट मान लाई डिजी साहेप ले चिनेको भए यो काण्ड हुदैन थियो .. अचानक नचिनेको मान्छे ले तँ भन्दा स्वाभाविक रुपमा मान्छे को पारो चढ्छ नै . यहाँ निर उपल्लो र तल्लो भाषा को सवाल थिएन . अष्ट मान ले जानेकै त्यति हो.    धर्के ब्रो  धन्यबाद कमेन्ट को लागि . पदम रत्न को बारे सम्भवत अरुलाई भन्दा बढी वास्तविकता मलाई थाहा भएकोले उहाँ को बारे टिप्पणी गर्न चाहन्न . भाषिक रुपमा उहाँ को पकड राम्रो छ मलाइ थाह छ . त्यसैले .... त्यो कुरा ,,, खैर ...   grg  दाइ    धन्यबाद .    पढी दिनु हुने, मन पराइ दिनु हुने सम्पूर्ण मित्रगणहरुमा हार्दिक आभार . 

rahulvai · Jul 2, 2013 7:50 AM

ठुल्दाइले अष्टमानको कुरा गर्दा मैले झल्यास्स हाम्रो गाउको स्याङ्बो सम्झे ... लु आइज आज तुलाई मो सिध्याछ सिध्याउछ भनेर कुस्ती खेल्न आउथ्यो ..  

Geology Tiger · Jul 2, 2013 9:19 AM

सन्तोश पन्त को टेलिफिल्म को याद आयो । काम गर्ने केटी लाई "आइस्योस", " गैसियोस"  सम्भोधन गर्न सिकाउछन । बिचरी काम गर्ने केटी ले मालिक्नी लाई आएर भन्छिन्, " मुवा हेर्सियोस न हाम्रो लुसी ले त खाना नै खाइसेन ।  अर्को चाही मरिच मान सिंह हो कि कस्ले हो भन्या हो रे ," सके ठिटी मिलाई दिम्ला, नसके छोरी दिम्ला" Last edited: 02-Jul-13 06:10 PM

mangale · Jul 2, 2013 5:32 PM

 एकदम राम्रो उदाहरण राहुलदाइ...नेपाल जस्तो रंगी-चंगी संस्कृति ,भाषा र धेरै बिबिधता vayeko ठाउँ मा,एक समूहले प्रयोग गर्ने सब्दहरु अर्कॊ समूहलाइ अच्चम लाग्न सक्छ र भाषा कै भर मा कसैलाइ दाज्न चै कान्तिपूर नगरीमा मिल्दैन.यहाँ त जसलाई जे आफुलाई बोल्न सजिलो लाग्छ तेही बोल्ने बानि हुन्छ र  तेस्को मतलब आदर र माया नगरेको भन्न चै मिल्दैन....मेरा फुच्चा फुच्ची भाइ बैनी हरुलाइ "तिमि" भन्दा हामीलाइ "त" vannu paryo हजुरले अनि अलि आत्मियता हुन्छ भन्ने  आग्रह आउछ नेपालमा...aaf aaf no style ho.  

Alias_ · Jul 2, 2013 10:11 PM

 funny...

sanju.baba · Jul 4, 2013 7:44 PM

 तेसो भए पदमा रत्न ले धाते छ , नेता न ठहरियो 

_____ · Jul 4, 2013 8:17 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all