विजय थापा भर्जिनिया ,आषाढ १६ , ३१ औ ए एन ए (दि एसोसिएसन अफ नेपालीज इन अमेरिका )न्यु योर्क सम्मेलनको अवसरमा बिश्व कीर्तिमानी तथा संचार कर्मी रवि लामिछानेले एड्मायर नेपालको उद्घाटन गरिने भएको जानकारी ३१ औ ए एन ए सम्मेलन संचार संयोजक सुर्य थापाले जारी गरेको छापा बिज्ञप्तिमा उल्लेख गरेका छन् l उक्त छापा बिज्ञप्तिमा कीर्तिमानी रवि लामिछानेले आफुलाई सहयोग गर्ने सबैलाई प्रसंशा गर्दै र आफुले किर्तिमान कायम गर्न सकेकोमा गौरवान्वित भएको जनाईएको छ l बिश्वले चिन्ने छ नेपाल 'भन्ने मूल नाराको साथ गरिएको अभियानले सार्थकता पाएकोमा लामिछानेले खुशी ब्यक्त गरेको उल्लेख गरेका छन् lबुद्ध नेपालमा जन्मेका हुन र सगरमाथा नेपालमा पर्छ भन्दै अगाडी सारिएको अभियानलाई समर्थक र शुभ चिन्तकहरुले खेलेको अहम भूमिका कै कारण अन्तत्वगत्वा नेपाल र नेपालीको नाम ईतिहासको पानामा लेखाउन पाईएको हो भनेका छन l यहि अभियानलाई अझ प्रभावकारी बनाउनु पर्ने र सबैको व्यापक हौसलाको खाचो पर्ने भएकोले सल्लाह ,सुझाबको अपेक्षा गर्दै सम्मेलनमा सहभागिता हुन लामिछानेले अनुरोध गरेका छन् l ए एन ए सम्मेलन संचार संयोजक थापाले थप जानकारी दिदै लेख्छन बिश्व कीर्तिमानी रवि लामिछानेले गिनिज पुस्तक (विश्व किर्तिमान )गरे पश्च्यात उनीले लिएको अभियानलाई सार्थकता बनाउने उदेश्य अनुरुप भाबी योजना तथा कार्यक्रम बारे सम्मेलनमा उद्घोष तथा जानकारी दिईने भएकोले उपस्थितिको लागि शुभ चिन्तक ,समर्थक तथा सबैलाई आग्रह गरेका छन् l
mahoday · Jun 30, 2013 1:57 PM · 9,865 views
के पहिले नेपाल लाई कसैले पनि चिन्दै न थियॊ त ? मित्र ले record राखे पछि सबै ले चिन्यो त? | मेरो विचार मा नेपाल लाई कसैले चिने पनि नाचिने पनि मित्र रबि जी लाई सबै ले चिन्यो |
craze · Jun 30, 2013 8:04 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion