सिद्धार्थ डेभलपमेन्टका अध्यक्ष पक्राउ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  सिद्धार्थ डेभलपमेन्टका अध्यक्ष पक्राउ   10   १६ असार, काठमाडौं । धितोले थाम्नेभन्दा बढी कर्जा प्रवाह गरी कानुन उल्लंघन गरेको अभियोगमा प्रहरीले सिद्धार्थ डेभलपमेन्ट बैंकका अध्यक्ष शेखर अर्याललाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शनिबार उनलाई पक्राउ गरेको हो । जम्को प्रकाशनलाई दिएको १३ करोड ऋण प्रकरणमा अर्याल पक्राउ परेका हुन् । उनीसहित यस प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या चार पुगेको छ । जम्को प्रकाशनलाई १५ करोड मूल्यांकन भएको धितोमा बैंकले १३ करोड ऋण प्रवाह गरेको थियो । ऋण असुली नभएपछि धितो लिलामी गर्दा साढे १० करोडसम्मको मात्र प्रस्ताव परेको थियो । जग्गाको भाउ घट्दै गएको हुनाले अहिले उक्त जग्गाको मूल्यांकन ६ करोडमा झरेको छ । उक्त ऋण प्रकरणमा प्रहरीले किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीकी श्रीमती गौरी खनाल, सिद्धार्थ डेभलपमेन्ट बैंकका सञ्चालक मधुसुदन सिलवाल र जम्को प्रकाशनका सञ्चालक किशोर ढकाललाई यसअघि नै पक्राउ गरेको छ । गौरीको जग्गा जम्कोले किनी सो जग्गा धितो राखेर जम्कोले बैंकबाट ऋण लिएको थियो । ऋण रकम भने गौरीको खातामा जम्मा गरिएको थियो । गौरी र जम्को कसैले पनि बैंकको ऋण नतिरेपछि ब्याजसहित १६ करोड वक्यौता भएको छ ।   11 Comments on “सिद्धार्थ डेभलपमेन्टका अध्यक्ष पक्राउ” Khukuli wrote on 30 June, 2013, 5:20 यी सब नाटक मात्रै हुन् हजुर, नाटक मात्रै ! नत्र अनुसन्धान हुदा हुँदै किन सार्बजनिक गर्न पर्यो खाता रोक्का भनेर? चल खेल हुन दिन र मिलाउन दिनलाई ? साना मुद्दाहरु मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आँखा जाने तर २.५ अरब भन्दा माथिको भ्रस्टाचारमा किन आँखा नजाने त? ल हेर्नुस यहाँ: राष्ट्र बैंक को गवर्नर आफै एक नम्बरको भ्रस्टचारी भन्ने सुनिञ्छ जहाँ सुकै उ चाही किन परेन छ त यो लिस्ट मा? पवन कार्की ( जो अमेरिकामा छ ) संग मात्रै उसले Capital Merchant Bank काण्डमा ५० करोड भन्दा बढी खाएको बुजिएको छ/ यिनको बडो साँठगांठ दुइ जना राष्ट्र बैंकका निर्देशक हरु छन् ( बिष्णु प्रसाद नेपाल र लक्ष्मी प्रपन्नाचार्य निरौला )/ यसको मिलेमतोमा CBI पनि पर्दछ, किनकि यसले निज कार्की लाई नेपाल फर्केको बेलामा गुपचुप रुपमा अमेरिका नै फिर्ता गरेको थियो/ त्यति मात्रै हैन पवन कार्कीको नक्कली परियोजनामा सदर गरि पैसा खाने बैंक कर्मचारीहरु र उक्त परियोजनाहरु निरीक्षण गरि ठिक छ भन्ने राष्ट्र बैंक कसरि बचि नकली ऋणीहरुलाई ( जो पवन कार्की का साथीभाई र आफन्तहरु छन्) फासी जेल मा राखेका छन्/ CBI संग फोन record छ पवन कार्कीले सकारेको, अनि राष्ट्र बैंक संग कागज छ ऋणीहरु सबै नक्कली हुन् उनीहरु पुरै निर्दोस छन् भन्ने ( पवन कार्की को ससुरा को कागज बाट), अनि राष्ट्र बैंकसंग record छ पवन कार्कीले सबै पैसा अमेरिका मा हुण्डी गरेर लागेको र अमेरिका मा ठुला ठुला business हरु खोलि बसेको, त्यस्ता records किन बाहिर ल्याईनन ? महेन्द्र कर्माचार्य ( जो Capital Merchant बैंकको CEO भए पछि) ले पैसा खाएको रोक्का गरिएका मूल्यवान जग्गाहरु गुप्त रुपमा बिक्रि गराएर, त्यस्ता लाई किन कारबाही हुँदैन? नक्कली ऋणीहरु को सम्पति किन जाच गरिन्नन, यदि तिनले पैसा खाकै हुन् होइनन थाहा पाउन सकिन्न ? नक्कली ऋणी र हुदै नभएको परियोजनाहरुमा कसरि ऋण लगानी भयो र कसरि राष्ट्र बैंक बाट अनुगमन पछि सदर भयो? किन यस्ता कुरा हरु मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आँखा जादैन? के जुलुस ले मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आँखा खुल्ने हो ? सानो कुरा ठानेको छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसलाई? यसमा त २.५ अरब भन्दा बढीको भ्रस्टाचार छ/ - See more at: http://www.onlinekhabar.com/20...

_____ · Jun 30, 2013 5:45 AM · 1,602 views

1 Reply

त्यो अरबपति बनेकालाई समात्न ल्याएको हो र कार्की लाइ , आखामा छारो हाल्न मतियार को नियुक्ति हो |

MaGorkhe1 · Jul 2, 2013 2:21 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all