कांग्रेस सभापति 'सुशील कोइराला ' ए एन ए सम्मेलनमा बिशेष अतिथि हुने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                               कांग्रेस सभापति 'सुशील कोइराला ' ए एन ए सम्मेलनमा बिशेष अतिथि हुने      विजय थापा ,   भर्जिनिया ,आषाढ १५ , यहि जुलाई ४ देखि ६ सम्म हुने ३१ औ ए एन ए (दि एसोसिएसन अफ नेपालीज इन अमेरिका ) न्यु योर्क सम्मलेनमा नेपाली कांग्रेसका सभापति सुशील कोइराला बिशेष अतिथिको रुपमा आउने हुनु भएको जानकारी ए एन ए का अन्तरिम अधक्ष्य छेवांग शेर्पालामाले दिनु भएको छ l    सभापति कोइराला आफ्नो नियमित स्वास्थ्य परीक्षणको क्रममा अमेरिकाको न्यु योर्क आएको अवसरमा वहा जस्तो व्यक्तित्वलाई ईमेल (बिधुतिय पत्र )तथा अन्य कुनै व्यक्ति द्वारा निमन्त्रणा पठाउदा वहा जस्तो व्यक्तित्वलाई मर्यादा बिपरित तथा अबमुल्यन हुने ठान्दै अधक्ष्य शेर्पालामा आफु मात्र प्रतिनिधित्व नगरी सम्मेलनका प्रमुख संयोजक समिर महर्जनलाई लिई सभापतिलाई व्यक्तिगत रुपमा भेटि निमन्त्रणा पत्र दिएको जानकारी दिनु भएको छ l   निमन्त्रणा दिने क्रममा सभापति सुशील कोइरालाले हर्ष व्यक्त गरेको र ३१ औ ए एन ए सम्मेलनमा आफु उपस्थित हुने जानकारी अधक्ष्य छेवांग शेर्पालामा तथा प्रमुख संयोजक समिर महर्जनलाई दिनु भएको छ l अधक्ष्य शेर्पालामाले वहा जस्तो अतिथिलाई आफैले निमन्त्रणा पत्र हस्तान्तरण गर्न पाएकोमा गौरंवान्वित लागेको बताउनु भएको छ lसभापति कोइराला यो भन्दा अगाडी ए एन ए सम्मेलनमा सहभागी भै सक्नु भएको छ यसै बिचमा जन सम्पर्क समिति ,भर्जिनिया शाखाको आयोजनामा नेपाली कांग्रेसका नविन्द्र राज जोशी संग भएको एक अन्तरक्रियात्मक कार्यक्रममा ए एन ए का महासचिब विजय थापाले पनि सभापति कोइरालालाई ३१ औ ए एन ए सम्मेलनमा निमन्त्रणा दिने योजना रहेको बताएका थिए भने  नविन्द्र राज जोशीलाई पनि सम्मेलनमा सहभागी हुन्  सार्बजनिक रुपमा निमन्त्रणा गरेको बताएका छन् l  

mahoday · Jun 29, 2013 6:31 PM · 11,393 views

3 Replies

"वहा जस्तो व्यक्तित्वलाई ईमेल (बिधुतिय पत्र )तथा अन्य कुनै व्यक्ति द्वारा निमन्त्रणा पठाउदा वहा जस्तो व्यक्तित्वलाई मर्यादा बिपरित तथा अबमुल्यन हुने" Wow, who is he? President of our country?

pepsi · Jun 29, 2013 6:59 PM

तेइ मुजी आउने खबर ले मलाई नजाम नजाम लाइ सको। साला चोर लाइ हेर्न 20 डॉलर भुत्रो तिर्नु ।।

facebook · Jun 29, 2013 7:11 PM

हैन यि डाँका नेताहरु नबोलाईकन कुनै कार्यक्रम नै गर्न सक्किन कि क्या हो? गिरिजा र सुजाताले के राम्रो गर्न सक्या थिए र यो जाठो "कोइराला" को नामले कांग्रेस नेत्रित्व गर्न पाएको? अब यि कपुतहरुलाई सामाजिक बहिस्कार गर्ने बेलामा प्रमुख अतिथी रे!! बरु सामाजिक रुपमा राम्रो केही गरेकाहरुलाई बोलये उनिहरुको पनि केइ हौसला बड्नेथिओ..... तेस्ता मान्छेहरुको त कमी थिएन नि! अब मलाई माओ तिर लागेको चाँही नठान्नु नि। तीनको त के कुरा गरी सक्नु छ र! जय होस्!

MySweetLord · Jun 29, 2013 9:41 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all