अख्तियारद्वारा २ सय कर्मचारीको बैंक लकर रोक्का (नामसहित)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  अख्तियारद्वारा २ सय कर्मचारीको बैंक लकर रोक्का (नामसहित)     १४ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पदमा वहालवाला उच्च अधिकारीसहित २०० कर्मचारीको सम्पत्ति छानबिन सुरु गरेको छ । सशस्त्र प्रहरीका महानिरीक्षक, नेपाल प्रहरीका डिआईजी, दूरसंचार प्राधिकरणका अध्यक्षलगायत निजामती र अन्य सरकारी सेवाका कर्मचारी अनुसन्धानको दायरामा परेका छन् ।   उनीहरुको लकर रोक्का गर्न अख्तियारले नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ । बिहीबारसम्म ५१ कर्मचारीको नाम प्राप्त भई लकर रोक्का गरिसकेको र अरु नाम क्रमशः आउने जानकारी अख्तियारबाट प्राप्त भएको राष्ट्र बैंक स्रोतले जनाएको छ । राष्ट्र बैंकले ५ करोड रुपैयाँभन्दा बढी ऋण लिने व्यक्तिको विवरण पहिले नै अख्तियारलाई पठाइसकेको छ । लकरमा के कति नगद, सुनचाँदी राखिएको छ भन्ने विवरण राष्ट्र बैंकलाई उपलब्ध हुँदैन । ग्राहकले बैंकलाई जानकारी नदिई लकरमा धनसम्पत्ति राखेका हुन्छन् । अख्तियारको निर्देशनपछि उल्लेखित कर्मचारीले आप\mनो लकर खोलेर सम्पत्ति झिक्न नपाउने भएका छन् । अख्तियारले अनुसन्धान सुरु गरेका कार्यालयको नाम भ्रष्टाचार हुने अखडाको रुपमा परिचित रहेका छन् । सबैभन्दा बढी कर्मचारी नेपाल विद्युत प्राधिकरणका रहेका छन् । ठूलो बजेटमा सञ्चालित सरकारी परियोजनाका जिम्मेवार कर्मचारी पनि छानविनको दायरामा परेका छन् । अनुसन्धानमा परेका कर्मचारीको सूची सशस्त्र प्रहरी - कोषराज वन्त महानिरीक्षक, चिरञ्जीवी अधिकारी एसएसपी, श्यामकाजी कुँवर एसपी र गोपीमान श्रेष्ठ एसपी । नेपाल प्रहरी  - प्रतापसिंह थापा डिआईजी, रमेश विक्रम शाह डिआईजी, सञ्जयसिंह बस्नेत एसपी, हिराबहादुर गिरी डिएसपी । दूरसंचार/टेलिकम-  दिगम्बर झा, राजेन्द्र नकर्मी, अम्बर स्थापित, पुरुपोत्तम खनाल, दीपेश आचार्य, कुमारप्रसाद शमर्ँ, सुधीरप्रसाद अर्याल, अनिल आचार्य, मदन शर्मा, भगतमानसिंह प्रधान, प्रदीप ठाकुर, निरज अधिकारी, चन्द्रमोहन झा, देवनारायण यादव (विराटनगर), विजय ठाकुर  । ऊर्जा /सिंचाई मन्त्रालय  – मोती कुँवर, सीताराम यादव, हिमालय पौडेल, थलबहादुर तामाङ । वैदेशिक रोजगार विभाग - भवानी थानी, विष्णुहरि उपाध्याय, विश्वबन्धु रेग्मी । आयल निगम - वतीराज पौडेल, रविनचन्द्र अधिकारी, रविनकुमार शर्मा, वीरेन्द्र गोइत, मुकुन्दप्रसाद घिमिरे पर्सा । सिटिईभिटी -रामेशकुमार बखती, देवचन्द्र देवकोटा, नरेन्द्र शाह, विष्णु कोइराला, राजु खड्का,  यमप्रसाद भुर्तेल । गृह मन्त्रालय- उद्धव तिमिल्सिना बझाङ, गोपाल पराजुली- रामेछाप, दीपक पोखरेल झापा । यातायात व्यवस्था कार्यालय- विपिनकुमार लाल कर्ण जनकपुर, भिमप्रसाद गौतम इटहरी, कीर्तिवल्लभ पौडेल ललितपुर, राजेश पन्थी ललितपुर, जीवन आचार्य पर्सा, खुसीलाल कर्ण जनकपुर । नापी विभाग -सुमन्त झा पर्सा । राजस्व प्रशासन-दीर्घराज मैनाली बानेश्वर,  कुलप्रसाद चूडाल- ललितपुर, तुलसी सेढाई- धरान, धर्मेन्द्र मिश्र- बुटवल, इन्द्र  ढुंगाना (ऋण असुली न्यायाधिकरण) । विद्युत प्राधिकरण- विज्ञानप्रसाद श्रेष्ठ, विमल गुरुङ, रोशन अग्रवाल, बज्रभुषण चौधरी, गणेशप्रसाद राज, होमबहादुर केसी, हरिवीर सिलवाल, बोधराज ढकाल, दीपक उपाध्याय, महेन्द्रलाल श्रेष्ठ, चिरञ्जीवी पौडेल, रामचन्द्र पौडेल, शेरसिंह भाट, प्रमोद ढुंगाना । मेडिकल काउन्सिल- अनिलकुमार झा, मनोहर प्रधान, निलमणि उपाध्याय । इन्जिनियरिङ्ग परिषद्- शालिग्राम सिंह । नगरपालिका-  रामबहादुर थापा काठमाण्डौं, साधुराम भट्टराई काठमाण्डौं, बाबुराम गौतम काठमाण्डौं, बद्री खड्का काठमाण्डौं, बसन्त आचार्य काठमाण्डौं, देवेन्द्र पोख्रेल काठमाण्डौं, उत्तरकुमार रेग्मी काठमाण्डौं, देवेन्द्र डंगोल काठमाण्डौ, नरेन्द्र श्रेष्ठ काठमाडौं,रुद्र गौतम ललितपुर, दीपक कोइराला काठमाडौं, गोपाल रेग्मी विराटनगर । सहरी विकास- कामेश्वरप्रसाद सिंह- विराटनगर । कृषि मन्त्रालय- लेखनाथ आचार्य । काठमाडौं खानेपानी लिमिटेड – रविन्द्र नेपाल, लीला ढकाल । नागरिक उड्डयन प्राधिकरण- त्रिरत्न मानन्धन नि. महानिर्देशक, पुष्यराज शाक्य,  दिनेश श्रेष्ठ महाप्रबन्धक (त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल) । कृषि विकास बैंक- सागरचन्द्र जोशी । मालपोत - बद्रीबहादुर कार्की डिल्लीबजार, ठाकुरप्रसाद निरौला झापा । - See more at: http://www.onlinekhabar.com/20...

_____ · Jun 28, 2013 6:26 AM · 14,123 views

8 Replies

अखित्यार ले छबिलालको ( प्रचण्ड ) को सम्पत्तिको जाच गर्ला ? सुनिन्छ छबिलाल र अख्तियारका नया हाकिम काधमा काध मिलाएर बस्छन रे ?   नुनको सोझो गर्नु परेन त माओबादीबाट नियुक्ति पत्र बकस पाए पछि | काम देखाएको जनतालाई ? Last edited: 28-Jun-13 04:25 PM

magorkhe1 · Jun 28, 2013 9:07 AM

गोर्खे मित्रले ठिक भन्नु भो | अनि onlinekhabar मै एउटा कमेन्ट रैछ, मन पर्यो : ""नामाबली पढदा केबल एक दुइ ठुला कर्मचारी अनी राजनितिक पहुच नभयका सानातिना कर्मचारी मात्र को सूचि पढे आफनै अगाडी दैनिक जसो एक बोरा दुई बोरा घुष खानेहरु अनि यो राज्य कोष लुटेर कमाएको अथाह सम्पति देशमा न अटेर बिदेशमा लगेर राख्ने नेता रुपि देशका डाकाहरुको नाम खोइ त लिष्टमा ? अनि अकुत सम्पतिका मालिक चण्ड,मुण्ड,धुम्रलोचन,सुम्भ,निसुम्भ आदिको सूचि कहिले आउछ ?के लोक मान जी अर्को लोक गयपछी ???????"" हुनपनि अलि अलि प्रचार गर्न एस्तो गरे जस्तो लाग्यो | अनि सारा लोक मान को नियुक्तिको सबै तिर बिरोध हुदा 'अन्नपुर्ण पोस्ट ' ले समर्थन गरेको थियो , अहिलेपनि यो लिस्ट अन्नपुर्ण पोस्टले नै प्रकासित गरेको हो | येदि राम्ररी अनुसन्धान गर्ने हो भने एस्तो हल्ला खल्ला गर्ने पर्दैन नि , अनुसन्धान पूर्ण भएपछि बिसेषमा मुद्दा लैजादा नै नाम प्रकासित गरे भै हाल्छ नि | नेताहरु एक जनाको पनि नाम छैन , अनि सिचाई, सडक , भौतिक योजना तिरका इन्जिनियरसाबहरु पनि कोहि छैन | "कारोबार daily " भन्ने पत्रिकाले पनि यसै बिसयाको समाचारमा 'उजुरीहरुको आधारमा बैक खाता/लकर रोक्का गर्न राष्ट्र बैकमा नाम पठाएको' भनेको छ | येदि तेस्तै हो भने, खाली  'प्रारम्भिक उजुरी' को आधारका गरेको अनुसन्धानको पहिलो step लाइ येसरी प्रचार गर्नु राम्रो काम होइन |

nepalilaure · Jun 28, 2013 10:17 AM

 यो सबै माओबादीको चुनाब खर्च उठाउने प्लान हो| दुइ चार जना लाई थर्काएको जस्तो गरेर अनि बाकि ठुला ठुला हाकिम हरु बाट पैसा उसुल गर्ने प्लान मात्र हो अरु केहि होइन |

hakim_saab · Jun 28, 2013 6:10 PM

  तीन किलो सुन दिएर अपहरणमुक्त हुने डा. भक्तमान पनि अख्तियार छानबिनमा By Salokya, on July 1st, 2013   तपाईँहरुलाई याद होला तीन वर्ष अघिको त्यो कान्ड- चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा.भक्तमान श्रेष्ठको अपहरण। केही मिडियाले माओवादीले अपहरण गरेको दावी गरे पनि खासमा अपराधीहरुले फिरौतिका लागि अपहरण गरेको खुलेको थियो। परिवारले साढे तीन किलो सुन दिएपछि उनी अपहरणमुक्त भएको प्रहरीको अनुसन्धान टोलीले खुलासा गरेको थियो। उनै भक्तमान अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अकुत सम्पति छानबिनको दायरामा परेका छन्। अख्तियारले छानबिन गर्दै गरेको थप २४ जनाको लिस्ट आज मिडियामा लिक भएको छ। उनीहरुको पनि छानबिन अवधिमा बैँक लकर र सम्पति रोक्का गरिने भएको छ। नयाँ सूचिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उपसचिवदेखि त्रिभुवन विश्वविद्यालयका उपकुलपति र टिचिङ अस्पतालका प्राध्यापक अरुण सायमिसम्म रहेका छन्। को- को छन् सूचिमा ? नापतौल तथा गुणस्तर विभागका महानिर्देशक रामआधार साह त्रिभुवन विमानस्थलका भन्सार कार्यालयका उपसचिव सुदीप शाह त्रिभुवन विश्वविद्यालयका उपकुलपति हीराबहादुर महर्जन पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति महेश्वरमान श्रेष्ठ पीयुका पूर्व उपकुलपति रामअवतार यादव पियुका रजिस्ट्रार निरोज पान्डे पियुका पूर्व रजिस्ट्रार राजकुमार ठाकुर औषधि व्यवस्था विभागका महानिर्देशक राधारमणप्रसाद सिंह सोही विभागकी निरीक्षण शाखा प्रमुख विजयलक्ष्मी श्रेष्ठ स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्था महाशाखा प्रमुख नरेशप्रताप केसी नेपाल मेडिकल काउन्सिलकी संयोजक शशि शर्मा टियु टिचिङ अस्पताल प्राध्यापक अरुण सायमि टियु टिचिङ अस्पताल एनोटोमी विभागका रतिन्द्र श्रेष्ठ, रामप्रसाद उप्रेती सहायक डिन शरदराज वन्त, विमल सिन्हा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष भक्तमान श्रेष्ठ कृषि सामग्री कम्पनी महाप्रबन्धक अम्बरराज खयर शिक्षा मन्त्रालय, उच्चस्तरीय अनुगमन समितिका सदस्यसचिव सूर्य गौतम उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष हेमकुमार मिश्र सदस्य सचिव भीमलाल गुरुङ उदयपुर सिमेन्टका महाप्रबन्धक सुरेन्द्र चौरसिया उद्योग विभाग सुविधा शाखाका उपसचिव रामशरण चिमौरिया नापतौल तथा गुणस्तर कार्यालय पर्साका प्रमुख श्रीपति झा स्रोतः अन्नपूर्ण पोस्ट अहिलेलाई उनीहरुको सम्पति छानबिनका लागि अनुसन्धानको दायरामा मात्र आएका हुन्। उनीहरुले १५ दिनभित्र व्यक्तिगत सम्पति विवरण फाराम भर्नेछन्। अनुसन्धानको क्रममा स्रोत नखुलेको सम्पति फेला परे अख्तियारले अनुसन्धान सकाएपछि बल्ल विशेष अदालतमा मुद्दा दायर गर्नेछ। विशेष अदालतको फैसला चित्त नबुझे सर्वोच्च अदालतमा जानेछ। त्यहाँबाट फैसला भएपछि बल्ल मुद्दा किनारा लाग्नेछ। यो सब कामका लागि अझै धेरै वर्ष लाग्नेछ।

_____ · Jul 1, 2013 11:06 AM

Fauk this akhtiyar n its crew, Jus showing off as they still exits in the country and i ain't believing this govt n shit too.

atomic · Jul 1, 2013 11:55 AM

I'd be really pissed if my Daddy was on that list too so i understand you alls frustration...lol

SAP Dude · Jul 1, 2013 1:03 PM

I know couple of them in the list. All are enjoying high-class lifestyle except one. He is very simple, doesn't have any house, car or even bike. I dont know if he has all in the 'bank locker'. But he is in important position which might be the lead for this case. I am not defending him but I am not sure about the validity of this list. And I would support confiscation of all property from the 'illegal source'.

Stat · Jul 1, 2013 1:15 PM

उदय पुर् सिमेन्ट को धादली गर्ने प्रमुख यही हो ? करोडौ खाएर बस्रौ बिग्रेइको छ भनि उत्पादन ठप्प गर्ने ? तेसो भए ठिकै छ |

Magorkhe1 · Jul 1, 2013 1:26 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all