अमेरिकामा रहेका नेपाली संस्थाहरुको औचित्य के हो ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

हुन त यो बिषय साझामा नौलो होइन, यो बिषयको उठान थुप्रै चोटि भइसकेको छ । तर पनि नजिकिदै गरेको एनएको सम्मेल्लनले गर्दा यो बिषयमा फेरि गर्मी चढेको छ । अस्ति एक साझँ यसै प्रसँगमा कुराकानी चल्दै थियो । एक जना विद्वानले भन्नुभयो "यो एनएको कन्फरेन्स भनेर नेपालीहरु माझ यति ठूलो हंगामा मच्चाए पनि अमेरिकी मिडियाहरुले यसको बारेमा एक लाइन पनि लेख्दैन ।" शायद अमेरिकामा रहेका नेपाली पहिलो पुस्ताको यो ठूलो कमजोरी नै हो; हामी अमेरिकी हुन खोज्छौ तर पूर्ण रुपमा अमेरिकी जीवन जिउन पनि सक्दैनौ र अमेरिकीहरुसँग घुलमिल गर्न पनि सक्दैनौ, हामीलाई नेपाली साथीसंगी र नेपाली संस्कृति र रितिरिवाजको साहारा चाहिन्छ अनि नेपालको माया लाग्छ तर हामी नेपाल फर्केर जान सक्दैनौ । अब प्रश्न उठ्छ अमेरिकामा रहेका नेपाली संस्थाहरुको उद्देस्य के ? के यी संस्थाहरुले नेपालीहरुलाई अमेरिकामा स्थापित गराउन र अमेरिकी समाज र नेपाली समाजको अन्तर्कृया गराउन उल्लेख्य भूमिका खेलेका छन् ? अथवा के यी संस्थाहरुले नेपालको सामाजिक, आर्थिक र राजनैतीक अवस्थामा सुधार ल्याउने कुरामा केही उल्लेख्य काम गरेका छन् ? मलाई थाहा छ यो चोटि साझा प्रयोग गर्ने थुप्रै साथीहरु एनए सम्मेलनमा भाग लिदै हुनुहुन्छ । धेरैलाई आशा छ साथीभाइहरु भेटिन्छ, गानाबजाना सुनिन्छ, रमाइलो हुन्छ । तर के यति मात्रै उद्देस्य हो त उत्तर अमेरिकामा रहेको नेपालीहरुको सबभन्दा ठूलो संगठनको ? 

Geology Tiger · Jun 27, 2013 4:00 PM · 19,183 views

14 Replies

ANA jastai Nepali sanstha ta chahincha nai to promote nepali culture,tradition....and other  u know what i mean... also, one thing is ANA could use good leverage to advocate nepalese interests if needed in congress if need arises.. some support it others don't.  personally, i like few organizations such as GMIN, help nepal network  who are building schools for better future of nepal..  keeping aside all the benefits, Assimilate huna nasaknu ko dherai karan huncha.. chahera pani huna sakdaina... yo kura haru  bhaneko whisky ra churot tandai garne kura ho...   

dimebagkale · Jun 27, 2013 4:10 PM

GT ब्रो, मेरो पनि मनमा पटक पटक येही कुरा खेल्थियो म आएको केहि वर्ष सम्म. तर पछि मैंले ए न ए सम्मेलनमा जाने र नजाने, त्येसको औचित्य, त्येसले नेपाली वा अमेरिकी समाजलाइ पुर्याएको योगदानको बारेमा धेरै बिस्लेष्ण गर्न छोड दिएँ. साथी भाइको माज बहस गर्दा " This is free country, let them do whatever they want" " त कैले " च्वांक केटि भेट्न जाने पाए.....गर्ने" जस्ता बिचारले त्येस्तो बहसलाइ अर्कै तिर लग्दथियो. अचम्म आज अमेरिकामा जाति जाति का अनेक संस्था छ र त्येसको सामाजी अस्तितवो सुन्य प्राय छ. त्येस्ता संस्थाले थोर बहुत आफ्नो संस्कृतिक कार्यक्रम गरेपनि बृहत्तर रुपमा " हामी नेपाली हौ" भन्ने साझा पहिचान बनाउन असफल छन्. भारतीयहरु पनि विविन्न जात जति छन्, तर कन्नड इन्डियन, पंजावी इन्डियन भनेर भन्दा नि " हामी इन्डियन" भनेर चिनौना धेरै हदसम्म सफल छन्. येस्मा कसैले उनीहरुको संख्या धेरै भएकोले भन्छन तर संख्या भन्दा नि उनीहरुको " हामी" भन्ने भावनाले भारतीय हरुको अमेरिकामा राम्रो प्रबाब बन्न सफल भएका छन्. समग्रमा नेपाली हरुलाई नेपाली को पहिचान र संस्कृति भन्दा " अमेरिकन" कसरि बन्ने भन्ने कुराले बुढा देखि युवा सम्मलाई प्रभावित परेको छ. र नेपालीहरु जाने नि नजानेनि " Fake Accent" निकल्चन र इन्डियन हरुलाई गिज्यौचन, जबकि त्यो कुरा नित्तान्त गौण कुरा हो, कसैलाई उग्रता र उत्च्रिकलता केटा होस् या केटि प्रदर्शन गर्दा आधुनीक अमेरिकन जस्तो भाहिंछ भन्ने लाग्छ. खोइ आफ्ना सन्तानले नेपालीबोल्न सिकाय भोलि आफु जस्तै अंग्रेजी बोल्न नसक्ने पो हो कि भन्ने संकाले ग्रसित छन्? येस्ता धेरै नादनी र हिनताबोधले ग्रषित छ नेपाली मानिसकता त्येस्तो अवस्थामा येस्तै नेपालीले बनेको संस्थाले ठोस रुपमा नेपालीलै चिनाउन कतै ठुलो योगदान गरे जस्तो लाग्दैन. यो भन्दा बढीत राम्रो बिस्वोबिद्यलाय्मा सोध गरिरहेका, अन्तरास्ट्रिय सम्मेलनमा भागलिने धेरै नेपाली ले नेपाल को पहिचान र नेपालको सिर ठाडो हुने थोरै भएनी उत्क्रिस्ता योगदान गरेका छन्  नेपाली संस्कृतिक र सामाजिक उत्थानमा. कर्ण सक्या ले Twit गर्नु भएको रहेछ डि वि परेर आउने को अमेरिका मा बिजोग देख्नु भएछ. तर डि वि परेर आउने लाइ अमेरिका को कानुनी पाटो, आर्थिक पाटो, स्वास्था र बिमा, अमेरिकाको सिक्च्या बारेमा कैले पनि चार कुरा बोलेको देखिन्न कुनै पनि नेपाली संस्थाले. एता बिद्यार्थी भएर एकले उल्टो डि वि परेर आएका लाइ हेप्ने र डि वि परेकाहरु हिनताबोध र कम आत्माबिस्वासका कारण आफ्नै सानो संसार बनाउने र त्येसैमा रमाउने गरेकोले आर्थिक रुपले र सामझिक, संस्कृतिक  रुपले नेपालीहरु समग्रमा आजसम्म जति प्रगति गर्नु पर्ने थियो त्यो हुन सकेको छैन. दोष नेपाली को संस्थाको मात्र होइन हरेक नेपाली को छ. नेपाल स्वोयम अझ फुटी फुटी बिस्वो मानचित्रमा आफ्नो पुरानो स्थापति प्रभाव पूर्ण रुपमा स्खलित गरेको अवस्थामा अमेरिकामा ठुलो आसा गरिहाल्ने पच्छ्यमा म छैन. येध्हपी आउँदा दिनमा हामीले पाठ सिक्दै परिमार्जित हुनु पर्ने आशा गर्न सकिन्छ.

kanchu! · Jun 27, 2013 4:43 PM

 अमेरिका आए देखि सुनेको ANA  येस्पली त येही हुदै छ . न्यु योर्क मा नेपाली हरु को सम्मेलन भनेको राजनीति गर्ने , नाचैदा बहस गर्ने र मै हु भनेर देखाउने ठाउँ मात्र हो , तेइ भएर मा काइ जान्न . अझ आइले यो जाति बाद को कुरा निस्के पछि त झन् खत्तम ताल छ !  शेर्पा समाज रे  , तामांग कुन्नि के रे , नेपाल मा बाहुन ले एस्तो गर्यो , मधिसे को जात एस्तो सब वैयात हुन्छ .  ANA को बारे मा सुनेको धेरै भएर यो पालि चै म नि जान्छु . तेह अरु कुरा मा भाग नलिए पनि मह को कार्यक्रम हेर्न मात्र भए नि जान्छु . अनि तेस पछि तेह को ताल मेल को बारे मा आएर भनुला 

facebook · Jun 27, 2013 5:33 PM

म कान्छुको कुरासँग सहमत छु कि हामी नचाहिने ठाउँमा अमेरिकी सिको गर्छु, तर अमेरिकामा नेपालीलाई स्थापित गराउने कुरामा पछि पर्छौ । हुन त फेसबुकले भनेको जस्तै अमेरिकामा पनि हाम्रो पहिचान नेपालीमा मात्र सिमित नरहेर विभिन्न जाती र समुदायमा बाडिसकियो तर मलाई चाँही नेपाली बोल्ने सबै नेपाली हुन भन्ने लाग्छ । अस्ति एक जना मित्रले सुनाउदै हुनुहुन्थ्यो अमेरिकामा आएका भुटानीहरुलाई अमेरिकामा स्थापित गराउने सबै कामको जिम्मा इथोपियाको एउटा सामाजिक संस्थाले गर्छ रे । भुटानीहरुलाई कसैले नेपाली मान्लान् अथवा नमान्लान् त्यो आफ्नै ठाउँमा छ तर पनि यदी उनीहरुलाई व्यवस्थापन गराउने कार्य गर्न सकिएको भए हाम्रो संस्थानै बलियो हुन्थे, हाम्रै मान्छेहरुले रोजगार पाउथे । हामी किन नाचगान बजानलाई मात्र प्राथमिकता दिरहेका छौ ?

Geology Tiger · Jun 28, 2013 9:06 AM

जी टी दाई स्थापित गराउने कुरा गर्नु हुन्छ । येहा हामी एक अर्को को खुट्टा तान्दै मा बेस्थ हुन्चाऊ कुन बेला सहयोग गर्ने ।। मैले येहा को बंगाली पाकिस्तानी समुह मा देखेको कुरा जब येउता लाइ राम्रो कुरो फाइदा हुने कुरा थाहा हुन्छ सब ले एक अर्का लाइ सहयोग गरने सिकाउने बानी हुन्छ।। हाम्रो माँ कसरी तेलाई तल झारू पछाड़ी पारु भन्ने मात्र हुन्छ ।। आफ्नै थाउ ओरी पऋ हेर्नुस न कति तेस्ता छन।। तेइ भएर मलाई ता नेपाली नै नभाको थाउ तीर गएर बसु जस्तो लागछ ।

facebook · Jun 28, 2013 1:37 PM

औचित्यकै कुरामा सुनेका केहि गन्थन : स्कुल पनि गईयो , कलेज पनि धाइयो , तिन्तिघ्रे त छदै छु | घर जम गर्ने बिचार पनि आएको हैन, बिहे गर्ने रहर पनि जागेको हैन, बिहे केटा केटि जवान भए पछि गर्छन, ऐरे गैरे  नथ्थु खैरेले पनि घर जोडी बाधिए | एता गयो उता गयो सबै युगल जोडी | त्यो महमद को घरमा हिड्न जान्ने हुँदा गएको घर परिवार जस्तो : अबत ए सलिम आया है भन्ने सुनिन थाले पछि बुर्का तान्न थाले झैँ | ताल न बेताल बेला न कुबेला न रहरले न चाहनाले फगत देखाशिखिले बाधिएको यो गधा पच्चिसेको कथा झैँ हो यो | २ / ४ जना लाउके नेपालि के भेला भएका थिए कुरै कुरामा लौ खोलौ नेपालीको नाममा एउटा संस्था : बन्नु थियो सभापति कोसाधक्ष्य आदि इत्याती | कुरै कुराको मा खोलेको संगठन एउटा राजनीति गर्ने थलो थियो | यो उद्देस्य बिहिन भएको छैन -जुन अबस्थामा खोलिएको थियो त्यो भन्दा माथि उठ्न नसकेको मात्रै हो | त्यो सभापति हुने महानुभाब लाइ पनि था हा छैन होला वहा सभापति हुनु भएको औचित्य , यो तेही गधा पच्चिसिले रचाएको बिबाह बन्धन जस्तो !

magorkhe1 · Jun 28, 2013 7:44 PM

अमेरिकामा रहेका नेपाली संघसंस्थाहरुको बारेमा चर्चा गर्दा साझामै यस्तो सुनेको थिए " नेपाली संघसंस्थाका मानिसहरुलाई सम्मान गर्ने र गराउने कुरा गर्दैमा फुर्सद हुँदैन ।" हैन हो महोदय जि, कति यसले यो गर्‍यो र त्यसले त्यो गर्‍यो भन्ने समाचार मात्र साझामा टास्नुँ हुन्छ ? कहिलेकाँही त हाम्रो जिज्ञासाको पनि जवाफ दिनुस् न । प्लिच ! Last edited: 29-Jun-13 09:45 AM

Geology Tiger · Jun 29, 2013 9:43 AM

 Kura dherai bhayo.. kaam thorai bhayo.. baru aunus kaam garu: sajha.com/sajha/html/index.cfm

NepaliAkash · Jun 29, 2013 10:05 AM

One of my Nepalese friends (mind you, not me  ) says that the following are the main objectives of the Nepalese associations in the USA:- 1) Establishing an association can help you ink your name on the website of the association FOR LIFE. 2) Conducting parties on Monday nights at a cheap arse rental hall and sell as many  expensive beers as possible to the unassuming ones. 3) Discussing about "development" of Nepal until the clock strikes 12 but do nothing about it except collecting some donations.(And who knows what happens to the easy-gotten fund and if the donors get to witness the results from that currency of their sweat and blood). 4) Then when the alcohol and exhaustion fuelled discussion goes awry, start a fight like bravest of the brave Nepalese do. 5) Using the forum to advertize the various educational degrees you have obtained. 6) Scoring. 7) Celebriting first pseudo-poet Baanu Bakta's birth anniversaries even though all he did was translate the already-created and out-there materials from Sanskrit to Nepali. ( Mind you, he DID NOT or may be safer to say hardly contributed with any new original literary material of his own). On the other hand, LP Devkota's literary works speak for themselves how good he was while Baanu Bakta's works are rather obscure and intangible. Probably, the main agenda of promoting Baanu Bakta was to capture hegemony over all the Chhetris - (they owe at least 50% loyalty to their non-brahmin ancestors too), Vaisyas - (Hindu-merchants like Newars, and in betweens), and Shudras - (Brahmin-created untouchables) by leveraging the Nepali translation Hindu scriptures that favor the Brahmins (self-proclaimed upper echelon) from every possible angle. My friend also added this to this particular topic. If you are a non-hindu Nepalese or have recently converted to a different faith like Christianity, Islam, Buddhism or anything else other than Hindu then you would not fall into at least in the bottom three so called Hindu castes. It kinda makes some sense to me, too. 8) Using the association activities to escape from the monotonous life with husband, wife or children. 9) Burning gasolene and contributing to global warming which would really appease the Republicans (republic cons). 10) Supplementing the number of your pictures on the Internet by being caught  on camera,e.g, appearing Sajha picture albums, at Nepalese association parties which would make you look like a celebrity of sorts but without a name or publicly known talent.     Last edited: 29-Jun-13 11:26 AM

GeetMaiJawaafDiu? · Jun 29, 2013 11:07 AM

आकाश भाइलाई आग्रहको लागि धन्यवाद ... राम्रो कार्यको सुरुवात भएको रहेछ, सकेको सहयोग अवश्य गर्नेछु ... र यस्ता किसिमका अरु कार्यहरुमा सहयोग गरिरहेको पनि छु .. तर म चाँही काम र कुरा दुवै गर्नुपर्छ भन्छु ... कुनै पनि कामको थालनी कुराबाटै हुन्छ ... एक्कै चोटि काम मात्र गर्ने भनेर हुँदैन ... हामी जति कुरा गर्छौ त्यो सबै कि त चाकडी चाप्लुसीका कुरा, कि त अरुलाई निचा देखाउन गरिएका कुरा, कि त त ठूलो र म ठूलो भनेर गरिएका कुरा ... मैले गर्न खोजेको कुरा चाँही काम कसरी गर्ने र के गर्ने भन्ने कुरा नै हो ... स्वस्थ्य चिन्तनले कुनै पनि कार्यको थालनी गर्न र त्यसलाई सुचारु राख्न मद्दत नै गर्छ ... गीतमैजवाफ दिउ को साथीको अरु सबै कुरा मन पर्‍यो तर आदिकवि भानुभक्त सम्बन्धमा गरिएको तर्क चाँही चित्त बुझ्दो लागेन .... भानुभक्तले संस्कृतबाट हुबहु अनुवाद गरेका होइनन् बरु पुनर्लेखन गरेका हुन् र जुन समयमा भानुले त्यो कार्य गरे त्यो समयमा त्यति गर्नु नै ठूलो थियो ..

Geology Tiger · Jun 30, 2013 10:46 AM

 While I am clueless about the inception of ANA,it's motives,it's works and it's gatherings(I haven't been to any)  I do feel that it has failed to produce the results upto it's caliber.Being an organisation that locates itself in the most developed country with limitless resources and with people who carry outstanding talents,ANA and other Nepali organisations have been treading in a turtle pace when it comes down to deliver work.The surprising fact is only very few Nepali--living in Nepal--knows about such an important organisation that exist in USA and it clearly shows no big work has been done to help and facilitate nepali community living in US and Nepal.We read news about the students who makes schools in Nepal while visiting,people who take part in social service while in vacation but it is very rare to come across the news of Nepali organisation doing anything!.It is praise worthy too,of gathering all scattered Nepali in a common place and holding a conference,while fun and camaraderie is something we Nepali carry in our bones and is a must ,but ,the organisers should not also forgot the greater purpose behind such events and must come with some terrific ideas that can put down to work and make effects to make it known.ANA and other organisation shouldn't be limited in just holding a confrenece from coast to coast without offering any helping hands to Nepal otherwise it's value will be nothing other that a party for a week,sight-seeing of ladies,indulging in beers and mere a sporting event.I see so much more it is capable of doing.

Alias_ · Jun 30, 2013 10:20 PM

http://www.mysansar.com/2013/0...

atomic · Jul 1, 2013 2:31 PM

मलाई यो हामी NRN हौ र हामी नेपाललाई बनाइदिन्छौ भन्नेहरुको समूहदेखि अत्यन्त हाँसो लाग्छ । अब यिनिहरुले नेपालमा गएर आफ्नो सम्मेलन गरे अनि त्यसमा लागेको खर्च सरकारलाई भराए । नेपालको लोडसेडिङ हटाउन हाइड्रोपावर बनाउन भनेर यिनिहरुले १ अरब लगानी गर्ने भए रे अब फेरि हेटौंडा-काठमाडौ सुरुङमार्गको लागि पनि १ अर्व लगानी गर्ने भए रे .... कस्ता जोकरहरु छन् भने ... 

Geology Tiger · Jul 1, 2013 9:01 PM

Money talks bullshit works भन्ने जानेका छन् अनि लागु पनि गरे |

MaGorkhe1 · Jul 2, 2013 2:18 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all