आवरण

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जाडो महिनाको पारिलो घामको मज्जानै वेग्लै ! स्कुलको चौरीमा हरियो घाँसमा शित सुकेपछि वसेर घाम ताप्नु मेरो दिनचर्या भैसकेको छ।किन पर्छ शित हरेक दिन सुक्नलाई? जव जव म घाँसलाई शितले स्पर्श गरेको देख्छु, मनमा अनौठो विचार आउँछ। माया त क्षणिक नै हुनुपर्छ, अनि पो सुन्दर देखिन्छ।स्पर्श छोटो समयकै हुनुपर्छ अनि लगाउँछ काउँकुति स्पर्शले।म शित हेरीरहन्छु, हेर्दा हेर्दै शित सुक्छ।मनमा त्यसै त्यसै काउँकुती लाग्छ।त्यो शितले मलाई नै छोएजस्तो लाग्छ। "यसपाली मिसलाई क्लास कम परेको पनि रमाइलो भएछ, मोवायल खेलायो, घाँसमा वस्यो अनि घाम ताप्यो !" सन्जय सँधै जस्तै आज पनि मलाई जिस्क्यायो।कालो भए पनि हिस्सी परेको छ मोरो, म सँग जिस्किन खोज्छ सँधै।म बुझ्छु उसका कुरा,खासै सुन्दर नभए पनि उसका लागि जिस्किन मिल्ने म मात्रै छु।अनि वोलिचालि वढ्दै गएपछि त नराम्रा मान्छे पनि राम्रा लाग्छन् रे। म खिस्स हाँसिदिन्छु। मौनता केटीमान्छेको सवैभन्दा ठूलो हतियार हो। एउटा ग्रे एरिया, जे अर्थ पनि निकालिदिन मिल्छ। अर्थ लाउने जिम्मा सन्जयकै। म त मात्र मौनता दिन्छु, अनि सानो मुस्कान! उ त्यहि मुस्कान लिएर आफुले पढाउने क्लासमा छिर्छ।मनमनै सोच्दो हो वाहिर निस्केपछि फेरि जिस्क्याउँछु भेट्टाएँ भने। पलहरुको कति महत्व हुन्छ जीवनमा ,त्यहि पलको प्रतिक्षाले जिवन काटिन्छ, त्यहि पलहरुको सम्झनाले जीवन मिठो हुन्छ।ति पलहरु वुनिन्छ अनि न जीवन जीवन जस्तो हुन्छ।म पनि शायद त्यस्तै एउटा मिठो पल हुँला सन्जयको लागि! त्यो ठूलो कटहरको रुखमा अल्छे ढुकुर खोइ के ढुकेर वसिराखेको छ।मेरो नजर किन किन धेरै जसो त्यो ढुकुरको गुँडमा मोडिरहन्छ।छेवैको झुण्डेको कटहरले ढूकुरको गुँड छेकेको छ अहिले,अनि हरिया पत्ताले त्यो झुण्डेको कटहरलाई पनि तै पनि मेरा आँखा चियाइदिन्छन् । नदेख्ने कुरा चियाउन कति रमाइलो हुन्। "कति हेर्नु हुन्छ हौ झुण्डिएको कटहर मिस !"गणेश सर भख्खरै नेपाली पढाएर निस्के जस्तो छ। अघि भख्खर व्याकरण घोकाउँदै गरेको सुनेकी थिएँ मैले। "कटहर हैन ढुकुरको गुँड हेर्न खोजेको !" मैले संक्षिप्त उत्तर फर्काएँ। "खै कहाँ छ त ढुकुरको गुँड ?" अमिलो पसिना छेउमा आउँदा ह्वास्स गनायो।अली मोटो भएर होला गणेश सरलाई पसिना धेरै नै आउँछ।तै पनि डियोड्रेन्ट युज गरे पनि त हुने नी। उनकी श्रीमतीलाई सम्झिन्छु,अनि दिक्क लाग्छ मलाई । मोटो केटा त म मरे पनि विहे गर्दिन ,कसरी काट्नु जीन्दगी यस्तो दुर्गन्ध सँग " कटहरले छेकेको छ !" मैले अलि पर सर्दै जवाफ फर्काएँ! "अनि कटहर चैँ खै नी ?" खिस्स दाँत देखाए।पान खाएर विग्रिसकेको दाँत ,मेरो तिक्तता झन वढ्यो। "पातले छेलेको छ , उ त्यो पातले !" मैले पात देखाएँ। "ह्या मिस पनि, अव आफ्नै गुँड वनाउनु त कहाँ हो कहाँ, ढुकुरको गुँड हेरेर वस्नुहुन्छ !" हिँड्दै गर्दा गणेशसरले जिस्क्याएर गए।लोग्नेमान्छे,आफ्नो कमजोरी नदेख्ने जात।देखाउन खोजे आँखा वन्द गर्ने जात।अनि आइमाइ देखेपछि त्यसै त्यसै जिस्काइहाल्नुपर्ने जात।मैले यसपाली पनि मौनताले पचाइदिएँ, मुस्कान भने ल्याउन सकिन अनुहारमा ! ************* *************** ************** ************* *********** ************* **** चकको धुलोले मलाई एलर्जी हुन्छ। मैले हेडसरलाई भनेकी पनि हुँ। वाइट वोर्ड राखौँ भनेर।तर टार्दिए हेडसरले।"मिस टिचर भएर पनि चकसँग डराउने भनेर हाँसे।मेरो वुवाको साथी भएपनि मलाई मिस भन्छन् वुढा! शायद आफुलाई कम उमेर को देखाउनलाई म सँग फर्मल हुन्छन् । तर सुविधा दिने कुरामा भने धेरै जसो कन्जुस्याईँ गरिदिन्छन्। मेरो एलर्जीको वारेमा पनि थाहा छ। सानैमा मलाई पनि पढाएका हुन्।तर अहिले थाहा नपाए जस्तो गरेर पचाइदिए त्यसै! मलाई दिक्क लाग्यो ,जवाफ फर्काइन।त्यसपछि म लेख्नै पर्ने वाहेक खासै वोर्डको प्रयोग गर्दिन। कक्षावाट निस्किँदै गर्दा सविता किशोर सँग जिस्किँदै गरेको परैवाट देखेँ। नौ मा पढ्ने दुवै केटाकेटीनै !म पनि पढाउँछु तिनीहरुलाई । ठिकै छन् पढ्नमा दुवैमा। एक दिन कक्षामै किशोरले पछाडीवाट सविताको ढाड सुम्सुम्याइदिराखेको देखेँ।दुवै कक्षाको अन्तिम वेन्चमा। सविता यता उता हेर्दै थिई! कसैले देख्छन् कि भनेर ।किशोरले विस्तारै हात घुसारेरै छोड्यो।सविता राती भइ, तर पनि रोक्न चाहिन। अचानक किशोरले मैले नियालिरहेको देख्यो। हत्त न पत्त हात वाहिर निकाल्यो। मैले नदेखे झैँ गरिदिएँ,सविता सम्हालिएर बसी।स्थिति सामान्य वन्यो। "मन पराउँछेस् हो किशोरलाई ?" सवितालाई एक्लै पारेर एक दिन मैले सोधेकी पनि थिएँ। उसले हैन भनेर टाउको हल्लाईदिई।मैले थप प्रश्न गरिन ! "सविता चटपटे नखाने ?" स्कुल वाहिरको चटपटे वालाले सवितालाई वोलायो। "आज हतार छ दाई, मिस सँगै जान्छु !" उ खिस्स हाँसी। चटपटेवाला ले आग्रही आँखाले हेरिरह्यो। "कागती वढि हालेर नै खुवाउँछु नि !" उसले थप वल गर्यो। सविताले मलाई हेरी। "जा जा ,खाने भए जा न त , तर मलाई हतार छ म चाहिँ हिँडे !" मैले उसलाई खुला छोडिदिएँ।उ चटपटे को ठेला तिर लागी म आफ्नो घर तिर!पर पुगेर फर्केर हेरेँ। उसले चटपटे वनाइसकेको थिएन। शायद एकैछिन गफ गरेर मात्र चटपटे वनाउने विचार गर्यो उसले! सवितालाई हेरेँ, उ स्वच्छन्द हाँस्दै थिई ! जीवन कति रमाइलो छ स्वतन्त्र हुँदा ! **************** ******************** ***************** ****************** ************** "मिस आज पनि फर्स्ट पिरियड छैन ?" सन्जयले आज पनि मलाई सोध्यो। "तँपाइको पनि त छैन नी, आउनु एकैछिन घाम तापौँ !" उसले अचम्म मानेर मलाई हेर्यो।अनि विस्तारै म तिर आयो।मैले त्यो घाँसमा हेरेँ,शित सुकिसकेको थिएन।    समाप्त

fucheketo · Jun 26, 2013 9:35 AM · 6,543 views

1 Reply

 <<<माया त क्षणिक नै हुनुपर्छ, अनि पो सुन्दर देखिन्छ।स्पर्श छोटो समयकै हुनुपर्छ अनि लगाउँछ काउँकुति स्पर्शले>>> -----कति गहिरो सोंच ....    <<मौनता केटीमान्छेको सवैभन्दा ठूलो हतियार हो>> ----सत्य हो र भन्या यो कुरा ? लोल ....   <पलहरुको कति महत्व हुन्छ जीवनमा ,त्यहि पलको प्रतिक्षाले जिवन काटिन्छ, त्यहि पलहरुको सम्झनाले जीवन मिठो हुन्छ।ति पलहरु वुनिन्छ अनि न जीवन जीवन जस्तो हुन्छ।> - - - - हो त नि हगि तेसैले त भनेका छन्  नि  क्या त येब्रहम लिंकन ले "And in the end, it's not the years in your life that count. It's the life in your years."   फुच्चे साथी , मनपर्यो हजुर को यो कथा पनि ....   -थाने

ThahaChaena · Jun 26, 2013 12:01 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all