विजय थापा , भर्जिनिया , आषाढ १२ ,२०७० चार पटक गिनिज पुस्तकमा आफ्नो नाम लेखाई सकेका रोहित तिमिल्सिनाले ३१ औ ए एन ए ( दि एसोसिएसन अफ नेपालिज इन अमेरिका )न्यु योर्क सम्मेलनमा पाचौ पटक बिश्व किर्तिमान कायम (गिनिज पुस्तक )गर्ने भएका छन् lनेपालको पहिचान गराउन आफुले कुनै कसर नछोड्ने जानकारी गराएका छन् lउनले एक मिनेट भित्र १५० जना लाई हातमा हात दिदै (हिर्काउदै ) 'बुद्ध जन्मेको ठाउँ लुम्बिनी नेपालको भ्रमण गरौ ' भन्दै बिश्व किर्तिमान राख्ने जानकारी दिएका छन् l उनले यस अगाडी पहिलो २००८ मा टेनिस बल (गोलि ) २१ वटा एक हातमा राखी १४:३२ सेकन्ड राखेका थिए ,दोश्रो ११६ जना लाई १ मिनेटमा चुम्बन गरि किर्तिमान कायम गरेका थिए (बिश्व एड्स दिवसको )तेश्रो बिश्वको सबै भन्दा लामो हस्त मिलाप (ह्यान्ड सेक ) ३३ घण्टा ,३ मिनेट थियो भने त्यो उनि र उनका भाइ सन्तोष तिमिल्सिनाले किर्तिमान कायम गरेका थिए lचौथो २४ वटा गल्फ गोलि (बल ) २०११ मा १० सेकन्ड सम्म एक हातमा राखेर बिश्व किर्तिमान कायम गरेका थिए l सबै भन्दा छिटो उल्टो हिज्जे उच्चारणका(Fastest reverse spellers )लागि कृष्ण पाण्डेयले जुलाई ४ कै दिन गिनिज पुस्तकमा आफ्नो नाम लेखाउन आतुर छन् l हाल उनि बिभिन्न राज्यहरुको भ्रमण गर्दै आफ्नो प्रतिभा देखाई रहेका छन् l यसरि सम्भवत ए एन ए को ईतिहासमा पहिको पटक आधा दर्जन भन्दा ज्यादा गिनिज पुस्तक कीर्तिमानीहरु एक ठाउंमा भेला हुने भएका छन् lभर्खर गिनिज पुस्तकमा किर्तिमान कायम गर्ने संचार कर्मी रवि लामिछाने ,चार पटक बिश्व किर्तिमान कायम गरि सकेका रोहित तिमिल्सिना ,एक पटक बिश्व किर्तिमान कायम गर्न सफल सन्तोष तिमिल्सिना ,कृष्ण पाण्डेय पनि किर्तिमानको नजदिक छन् lसगरमाथा आरोहण गर्ने पहिलो दक्षिण एसियाको पत्रकार आङ्ग छिरिङ्ग शेर्पाले सगरमाथा आरोहण गरि विश्व कीर्तिमान कायम गरि गिनिज बुक अफ वर्ल्ड रेकर्ड राखीसकेका करिब दुई जना जति पनि ए एन ए सम्मेलनमा पनि भेला हुने जानकारी गराएका छन l गिनिज पुस्तक कीर्तिमानीहरुको जमघटले नया पुस्तालाई हौसला मिल्ने छ l सगरमाथा र गौतम बुद्धको नाराले बिश्वलाई नेपालको पहिचान गराउन सहज हुने छ lबिश्वले अझ राम्रोसंग नेपाल चिन्ने छ भन्ने विश्वास गरिएको छ l
mahoday · Jun 25, 2013 8:02 PM · 3,058 views
I thought it was sarcasm, but may be not.
Khairey · Jun 25, 2013 8:22 PM
I am confident that the entire world will know and remember Nepal's name after this feat. We can all walk with pride, rejoice.
Kiddo · Jun 25, 2013 9:43 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion