गोर्खालीको साहसले बेलायत सुरक्षित रहेको हो : क्यामरुन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  गोर्खालीको साहसले बेलायत सुरक्षित रहेको हो : क्यामरुन बेलायती प्रधानमन्त्रीको पत्र पाएपछि गोर्खा सैनिक मख्ख   ११ असार, काठमाडौं । बेलायती प्रधानमन्त्री डेभिट क्यामरुनले भूतपूर्व गोर्खा सैनिक संघ (गेसो) लाई पत्र पठाएर बेलायतका लागि गोरखालीले पुर्याएको योगदानप्रति आभार व्यक्त गर्नुभएको छ । गत अप्रिलमा गेसोले पठाएको ३ बुँदे माग उल्लेखित पत्रको प्रधानमन्त्री क्यामरुनले दुई महिनापछि लिखित जवाफ दिनुभएको हो । ‘तपाईले ९ अप्रिलमा पठाउनुभएको पत्रको लागि धन्यवाद, जुन पत्रमा तपाईले भुतपूर्व गोर्खा सैनिक र उनीहरुका परिवारको मुद्दामा हस्तक्षेप गर्न मलाई आग्रह गर्नुभएको थियो ।’ वेलायती प्रधानमन्त्री क्यामरुनले लेख्नुभएको छ- ‘म के भन्न चाहन्छु भने बेलायत सरकार गोर्खा सैनिकले विगत र वर्तमानमा हाम्रो देशका लागि गरेको योगदानलाई उच्च कदर गर्दछ । हाम्रो देशका लागि गोर्खाहरुले गरेको योगदानको म स्वयं पनि अति कदर गर्छु र आभारी छु ।’ वर्षौदेखिको गोर्खाहरुको साहसका कारण वेलायतीहरुको जीवन तथा परम्परालाई स्वतन्त्र र प्रजातान्त्रिक देशको रुपमा सुरक्षित रहन सहयोग गरेको वेलायती प्रधानमन्त्रीको स्वीकारोक्ति छ । ‘मैले गोर्खा सैनिक र उनीहरुका आश्रति परिवारप्रति गेसोले व्यक्त गरेको चासो पनि रुचीपूर्वक अध्ययन गरेँ ।’ पत्रमा उहाँले लेख्नुभएको छ- ‘मैले तपाईहरुको चासो हाम्रा गृहमन्त्रीलाई अवगत गराउँदै तपाईहरुले उठाउनुभएको इस्युलाई तत्काल सम्बोधन गर्न आग्रह गरिसकेको छु ।’ वेलायती सरकारले आफूहरुमाथि असमान व्यवहार गर्दै आएको गुनासोसहित संघर्ष गरिरहेका गोर्खा सैनिकलाई वेलायती प्रधानमन्त्रीले पत्रमा भन्नुभएको छ- ‘यहाँहरुले आफ्ना सरोकारका विषयहरु मसँग व्यक्त गर्नका लागि खर्चिनुभएको समय एवं गर्नुभएको दुखका लागि धन्यवाद ।’ वेलायती प्रधानमन्त्रीले औपचारिकरुपमै पत्र पठाएपछि गोर्खा सैनिकहरु खुशी भएका छन् । वेलायत सरकारले आफ्नो देशको रक्षामा गोर्खालीले खेलेको भूमिकालाई आत्मसाथ गर्दै प्रधानमन्त्रीले नै पत्र लेख्नु ऐतिहासिक एवं पहिलो घटना भएको गेसोको विश्लेषण छ ।   - See more at: http://www.onlinekhabar.com/20...

_____ · Jun 25, 2013 7:16 AM · 2,249 views

2 Replies

क्यामरन not क्यामरुन

Kiddo · Jun 25, 2013 10:22 AM

"their bravery over many years has helped to protect our way of life and tradition...." is very different than saying: gorkhali ko sahas lay belayat surashit rahayko ho. by saying this it sounds like England is only safe dude to gorkhalis. he is just stating that gorkhalis did help to project their way of life and tradition. although he clearly respects and admires the help he doesn't mean gorkhalis are soley the entity to make british safe as the Nepali words projects on the heading.

pshrestha78 · Jun 25, 2013 10:54 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all