माघे संक्रान्तिको दिन धेरैजना मेला, धाम र रमझममा व्यस्त भैरहेको बेला कपाल सेतै फुलेका तथा अनुभवले खारिएका कविहरुलाई चाहिँ कविता सुनाउन र सुन्नमै भ्याईनभ्याई थियो । कालिकास्थानस्थित सर्वनाम थिएटरमा ‘हामी कवि र कविता’ शीर्षकमा भएको कविता वाचन कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति बैरागी काईंला र अर्का कवि दुर्गालाल श्रेष्ठले दर्शकलाई मन्त्रमुग्ध बनाउने गरी कविता वाचन गर्नुभयो । दर्शकतिर हेरेर मुसुक्क हाँदै श्रेष्ठले कविता सुनाउनुभयो- कत्ति अबोध छ बलिको बोको खुकुरी चाटिरहेछ बुझ्न दुःख हो, त्यसले मेरो मुटु नै काटिरहेछ………. पशु प्राण संवेदनासँग गाँसिएको उहाँको यो कविताले सबैलाई भावुक बनायो । काईंलाको कविता पनि उस्तै उर्जा दिने खालको थियो । पुरानो पाना पल्टाउँदै काईंलाले सुनाउनुभयो- हामीले त माया-प्रीतिका कुराहरु मात्र सुनेका छौं दन्त्यकथामा झैं कसैले पढेका छौं दुईचार कथा र उपन्यासमा………. दुई पाका कविहरुका मन छुने कवितालाई हामीले भिडियोमा उतारेका हौं । Durgalal shrestha kabita bachan bairagi kaila kabita bachan
Rudramati · Jun 24, 2013 11:55 AM · 5,890 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion