अमेरिका जानुभन्दा खेत जोत्नु जातीः विनीता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  अमेरिका जानुभन्दा खेत जोत्नु जातीः विनीता हातमा कुटो बोकेर, हाते ट्याक्टर चलाउँदै गर्दाको अवस्थामा तपाइले नायिका विनिता बराललाई देख्नु भयो भने नसोच्नु होला, यो कुनै चलचित्रको सुटिङ हो । नायिका विनिता बराल यतिबेला सामाखुशीको टोखामा केही रोपनी जग्गा भाडामा लिएर अन्न उब्जाउन लागिपरेकी छिन् । ३ रोपनी ३ आना ३ पैसा जग्गा १० बर्षका लागि भाडामा लिएर विनिता अर्गानीक खेती तर्फ लागेकी हुन् । आफ्ना २ अन्य साथीहरुलाई साथमा लिएर विनिताले कृषि पेशा अपनाएको बताइन् । ‘वाँझो खेतमा आफ्नै हातले परिश्रम गरेर माटोको ढल्ला फुटाउँदा निक्कै आनन्द आउँदो रहेछ’, विनिताले अनलाइनखबरसँग भनिन् । ‘सिनेमा भनेको सधै खेलिदैन तर कृषि पेशा सधै गर्न पाइन्छ, यसैले यता तर्फ आकषिर्त भए’, विनिताले भनिन् । नेपालमा खेतमा काम गर्नुलाई निक्कै तल्लो स्तरको कामको रुपमा हेरिदा नायिका बराल चिन्तित छिन् । उनले भनिन्, ‘अमेरिका जानु, रेष्टुरेण्ट खोल्नु, कप्युटरको काम गर्नुलाईर् निक्कै ठूलो पेशा मान्न थालिएछ, तर राष्ट्रिय आम्दानीको मुख्य श्रोत कृषिलाई तल्लो दर्जाको काम सोच्न थालिएकोमा दुख लागेको छ’, विनिता भन्छिन् । केही गरौ भन्ने सोच पहिले देखि नै थियो, तर साथीहरुको साथ पाएपछि यो पेशाले तानेको बताउँदै विनिता भन्छिन्, ‘यदि हामीले कृषिलाई अहिले देखि नै नअपनाउने हो भने देशमा ठूलै संकट आइपर्छ ।’ किसानी पेशा गर्दा निक्कै रमाइलो लागिरहेको बताउँदै उनले कान्लाको घाँस काट्दा, फूलहरुले कोपिला हालेको देख्दा मन नै आनन्दित भएको बताइन् । सर्प, गड्यौला देखि डर लाग्न छोडेको बताउँदै चपली हाइट गर्लले भनिन्, ‘खेतमा काम गरेपछि जीम जानुपनि नपर्ने रहेछ । अहिले त मेरो स्वास्थ्यमा पनि धेरै परिवर्तन आएको छ ।’ उनले सम्पुर्ण नेपालीहरुलाई कृषि पेशालाई सानो नठान्न आग्रह पनि गरिन् । मौसम अनुसारका तरकारी र फलफूल उत्पादन गर्ने भन्दै विनिता यतिबेला आफै खेतमा काम गर्न कस्सिएकी छिन् ।

ashishme · Jun 24, 2013 3:06 AM · 34,713 views

22 Replies · Showing 21 - 22
Page 2 of 2

 yaar ko ho yo binita vanne? is she celebrity or renowned farmer? I am confused now.

giordano · Jun 25, 2013 8:49 PM

@Pepsi, America ko visa diyeko bhaye ta america nai aihalthi ni bhanya. Ashishme bhanne le ta 10-12 choti america aisaki re! haha. patyaune kuro ho tyo? Samagra ma bhannu parda, Binita lai US le visa diyena ani dimag sadkiyeko ho !

worldwideweb · Jun 25, 2013 9:14 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all