नेपाली आकाशले मुक्त कमैयाका बालबालिकाहरुको शिक्षाको लागि काम गर्ने विजय थापा ,भर्जिनिया , आषाढ ८ ,डिसी महानगर क्षेत्रमा स्थापना भएको गैर मुनाफा सामाजिक संस्था नेपाली आकाशको विधिवत रुपमा उद्घाटन भएको छ l समुद्घाटन कार्यक्रम अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्माले गर्नु भएको थियो l प्रमुख अतिथि राजदूत डा शर्माले मन्तब्य राख्दै सामाजिक सेवा अन्तर्गत नेपालका मुक्त कमैयाका बालबालिकाहरुको शिक्षा क्षेत्रमा काम गर्ने लक्षित गरिएको सामाजिक संस्थाको सराहना गर्नु हुदै राम्रो कामको सुरुवात भएको छ भन्दै शुभकामना दिनु भएको थियो l वहाले अगाडी भन्नु भयो नेपाल सरकारले सबैको लागि शिक्षा भन्ने मूल नारा र योजनाको घोषणा गरे पश्च्यात बालबालिकाहरुको बिद्यालय जानेको संख्या ६४ प्रतिशतबाट ९४ प्रतिशत पुगेको जानकारी दिदै यो आफैमा एक उत्साहजनक रहेको छ भन्नु भयो l लक्षित समुहलाई केन्द्रित गरिएकोले परियोजना उत्तम लागेको भन्दै सबै भन्दा महत्वपूर्ण कुरा मस्तिष्क परिवर्तन गर्न सक्नु नै ठुलो हुने छ भन्नु भयो l नेपाली आकाशलाई आर्थिक सहयोग गर्ने दाताहरुलाई प्रोत्साहन स्वरुप प्रमाण पत्र वितरण गरिएको थियो भने उक्त संस्थाको सहयोगको लागि सगरमाथा टेलिभिजन यु एस ए का संचालक राम खरेलले $५०१.०० ,प्रज्ञान मैनालीले $ ५०१.०० ,राजिव मैनालीले ५०१.०० प्रेम संग्रौला तथा मंजु संग्रौलाको तर्फबाट $ ३०१.०० तथा कविन्द्र सिटौलाले $ ३०० .०० प्रदान गर्नु भएको थियो l उक्त संस्थाका अधक्ष्य नरेश उप्रेतीले संचालक समितिको परिचय गराउनु भएको थियो l अधक्ष्य उप्रेतीले मन्तब्य राख्दै ३ बर्ष अगाडी देखि यस्को सोच बनाएका हौ l परियोजनालाई दुई चरणमा लाने लक्ष्य अन्तर्गत पहिलो चरणमा बिद्यालय निर्माण गर्ने रहेको बताउनु भयो lकरिब $ १०,३६२ .०० डलरबाट परियोजनाको सुरुवात गर्ने लक्ष्य राखिएको भन्दै आधा भन्दा ज्यादा आर्थिक सहयोग प्राप्त भै सकेको जानकारी गराउदै कैलाली जिल्लाको टिकापुर नजिक जोशीपुरमा परियोजना रहने छ भन्नु भयो l वहाले थप जानकारी दिदै अमेरिकाबाट दिन सक्ने र नेपालबाट पाउने भन्ने आशा गरेकालाई सम्पर्क गराई दिने हो भन्दै कसैसंग सम्पर्कमा नरहेका र कुनै पनि सहयोग नपाएकालाई नेपाली आकाशले छनौट गरेको बताउनु भयो l कार्यक्रम संचालन संस्थाका प्रमुख कार्यकारी अधक्ष्य रंजन के सी ले गर्दै समुहगत रुपमा काम गर्ने र अरुले गरि दिएर भन्दा आफै गर्ने र केहि गरेर देखाउने उदेश्य रहेको बताएका छन् l थप जानकारी गराउदै सानो योजना भएता पनि दिर्घ कालिन रुपमा लैजाने लक्ष्य रहेको बताउंदै उठेको रकमबाट प्रसासनिक खर्चमा एक पैसा पनि खर्च नगर्ने भन्दै यस्को लागि संचालक समितिबाट नै मूल कोष (सिड फण्ड )उठाएर खर्च गरिने छ भन्नु भयो lस्वागत मन्तब्य संस्थाका उपाधक्ष्य मुकेश कर्णले गरेका थिए भने अर्का पदाधिकारी अशोक ओलीले प्रसाशनिक तथा आर्थिक रुपमा कसरी खर्च गरिन्छ भन्ने बारे जानकारी दिदै पारदर्शिता मुख्य लक्ष्य रहने बताउनु भयो l डिसी महानगर क्षेत्रमा बिभिन्न संघ /संस्था ,ब्यबसायी ,उद्यमी ,सामाजिक क्षेत्रमा काम गर्ने तथा दाताहरुमा क्रमस कविता पोख्रेल ,निरेन्द्र जोशी ,प्रज्ञान मैनाली ,प्रकाश नेपाल ,डा ठाकुर पुडासैनी ,राजिव मैनाली ,विजय थापा ,शारदा खाती ,मोहन उप्रेती तथा प्रेम संग्रौला आदिले शुभकामनाको साथै सुझाब र सल्लाह दिदै मन्तब्य राख्नु भएको थियो lकार्यक्रममा विकास श्रेष्ठ तथा कृष्ण शर्मा बनाईएका चित्रकला प्रदर्शनीमा राखिएको थियो भने बिक्रि भए वापत केहि रकम नेपाली आकाशलाई दिने आयोजकले बताएका थिए भने निर्मला लेखक द्वारा मात्री भुमि प्रति समर्पित र संस्थाको लक्ष्य अनुरुप एउटा ' प्राण भन्द प्यारो मेरो माईति घर ' भन्ने गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् lअधक्ष्य नरेश उप्रेतीले सबैलाई धन्यबाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो l
mahoday · Jun 23, 2013 5:56 PM · 2,400 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion