Nepal Electricity Authority Mega Corruption Scandal Exposed

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  झण्डै अर्बको ट्रान्सफर्मर खरिदमा व्यापक अनियमितता किरण भण्डारी काठमाडौ, असार ९  नेपाल विद्युत प्राधिकरणले झण्डै एक अर्ब रुपैयाँको ट्रान्सफर्मर खरिद गर्ने क्रममा व्यापक भ्रष्टाचार भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ। मुख्यसचिव लीलामणि पौडेल प्राधिकरण सञ्चालक समिति अध्यक्ष हुँदा थप अनुसन्धानका लागि लेखी पठाएकोमा महिनौंको अलमलपछि अख्तियारले छानबिन थालेको हो। प्राधिकरण आन्तरिक छानबिन क्रममा पाँच वर्षमा ट्रान्सफर्मर खरिदका क्रममा व्यापक अनियमितता भएको देखिएकाले संचालक समितिले अख्तियारलाई लेखी पठाएको थियो। ट्रान्सफर्मर घोटाला छानबिनका क्रममा अख्तियारले प्राधिकरणको आन्तरिक छानबिनमा संलग्न संचालक सदस्यहरु लगायतसँग परामर्श गरिसकेको छ। अख्तियार स्रोतका अनुसार अघिल्लो साता पूर्व संचालक मोहनराज पन्त लगायतलाई सम्बन्धित माहाशाखाले डाकेको थियो। 'सुडानभन्दा ठूलो घोटालाको अनुमान छ,' अख्तियार स्रोतले भन्यो, 'हामीले प्राधिकरणको आन्तरिक छानबिनमा संलग्न अधिकारीबाट यो विषयमा प्राविधिक आइडिया बनाउन थालेका छौं।' प्राधिकरणले पोहोर साउन १६ मा गठन गरेको छानबिन उपसमिति संयोजक हुन् पन्त। अख्तियारले प्राधिकरणले यस सम्बन्धमा छानबिन गर्न २०६७ साल भदौमा गठन गरेको मुकेशराज काफ्ले र २०६८ चैतमा गठन भएको कृष्णप्रसाद दुलालको आन्तरिक उपसमितिको प्रतिवेदन पनि मागिसकेको छ। पन्तको प्रतिवेदनले आर्थिक अनियमितताको रकम किटेको छैन। 'हामी स्पेसिफिकेसनमा के भनिएको थियो, कस्तो ट्रान्सफरमर आयो भन्ने खोजबिनमा बढी तल्लीन भयौं,' पन्तले सेतोपाटीलाई भने। अख्तियारले आधार मानेको उक्त प्रतिवेदनले ठहर्‍याएअनुसार २०६५ देखि २०६९ सम्ममा किनिएका अधिकांश ट्रान्सफर्मर खोटपूर्ण छन्। ठेक्काको स्पेसिफिकेसन अनुसार छैनन्। चीनको सनलाइट इलेक्ट्रिक कम्पनीले बेचेको ट्रन्सफर्मरमा तामाको तारको सट्टा आलमुनियम प्रयोग गरिएको छ। प्राधिकरणको हेटौंडा वा लैनचौरको वर्कसपमा जाँच पास गरेर मात्र ट्रान्सफर्मरको अन्तिम किस्ता भुक्तानी दिनुपर्ने औपचारिकता पनि पूरा गरिएको छैन। 'हामीले केही नमूना परीक्षण गर्दा ट्रान्सफर्मर खरिदमा कहालीलाग्दो अनियमितता भएको छर्लङ्ग भएको छ,' पन्तले भने, 'जे देखियो सबै प्रतिवेदन र अनुसूचीमा लेखेका छौं।' छानबिन समितिले औल्याएको छ, 'तामा प्रयोग गरेर हुनुपर्ने भनिएको काममा आलमुनियनम प्रयोग गरिएको छ।' पन्तका अनुसार बोलपत्र आह्वान गर्दा तामाको तार हुनुपर्ने भन्ने प्रष्ट उल्लेख थियो। तर चिनियाँ हुवई सनलाइट इलेक्ट्रिक कम्पनीले ट्रान्सफर्मरमा आल्मुनियम प्रयोग गरेको छ। यसले ट्रान्सफर्मरको आयु मात्र कम हुँदैन। 'महिनाको १३ लाख यूनिटभन्दा बढी बिजुली चुहावट हुन्छ,' प्रतिवेदनमा भनिएको छ, 'यस्ता ट्रान्सफर्मरले करोडौं रुपयाँको बिजुली चुहावट हुन्छ।' प्राधिकरणले कम्पनीसँग सामान बुझ्नुअघि निरीक्षणका लागि प्राविधिक टोली चीन पठाएको पनि थियो। टोलीले ठिक छ भनेर पास गर्‍यो। नेपाल ल्याएर जडान भइसकेपछि यस्ता कमजोरीहरु देखियो। 'वारेन्टी पिरियड पनि सकिएपछि ट्रान्सफर्मर गुणस्तरहीन भएको जानकारी प्राप्त भयो,' छानबिन समितिले भनेको छ, 'कुटनीतिक पहल गरेर त्यस्ता कम्पनीलाई औद्योगिक बेइमानीमा कारबाही गर्नुपर्छ।' थाई कम्पनीसँग किनेको ट्रान्सफर्मर लेखिएभन्दा झण्डै आधा क्षमताको मात्र छ। 'ट्रान्सफर्मरको साइजमै तोकिएको क्षमताभन्दा वास्तविक क्षमता कम रहेको पुष्टि भएकाले त्यस्तो सामान फुल लोड नलिँदै जल्ने भइरहेको छ,' प्राधिकरणका एक इञ्जिनियरले भने। प्राधिकरण कर्मचारी युनियनका अध्यक्ष रामप्रसाद रिमालका अनुसार केही वर्षयता किनिएको २५ देखि ५०० केभिएको ट्रान्सफर्मरमध्ये ४ हजार वटा गुणस्तरहीन भएको बताएका छन्। एउटै ट्रान्सफर्मरको लाखौं पर्ने हुँदा या खरिदमा ठूलो अनियमितता भएको ठोकुवा उनले गरेका छन्। 'खसीका मासुको पैसा हालेर राँगाको मासु किन्ने काम भएको छ,' उनले भने, 'यस्तै नानाथरि अनियमितताले गर्दा प्राधिकरणले अहिले पनि झण्डैं ४ अर्ब घाटा व्योहोरिरहनुपरेको  छ।' भारत र हाम्रै नेपाली कम्पनीको ट्रान्सफर्मर पनि केही संख्यामा गुणस्तरहीन देखिएको छ। 'एकथरि समान दिन्छु भनेर ठेक्का हाल्ने र अर्कै दिने यस्ता विदेशी ठेकेदारलाई कालोसूचीमै राख्नुपर्छ भन्ने हाम्रो माग छ,' रिमालले भने। अख्तियारले ट्रान्सफर्मर अनियमितताबारे जानकारी लिन काठमाडौं विश्वविद्यालयका प्राध्यापक दिवाकर भुजेल, विदेशी ठेकेदारका स्थानीय एजेन्ट र खरिद प्रक्रियामा सम्वन्धित कर्मचारीलाई डाक्ने निर्णय गरिसकेको स्रोतले जानकारी दिएको छ http://setopati.com/raajneeti/...

Bornto_Rise · Jun 23, 2013 11:57 AM · 9,275 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all