चनपटिया लभ सिउँडी (0 Votes) 1 2 3 4 5 विमल निभा १ विमल निभाद्वारा अन्य प्रकाशित लेखहरू Jun 15 2013 बर्थडे गिफ्ट, कमरेडको कसम र अग्निकुण्ड Jun 08 2013 घरबाहिर गुरुघराना Jun 01 2013 गोप्य सम्झौता May 25 2013 चित्लाङ मार्च सहयोगी लिङ्कहरू » एउटै पृष्ठबाट हाम्रा सबै इ-पेपरहरू पाउनुहोस् ! » हाम्रा चिरबिरे पारखीहरूका लागि ! » आफूलाई चाहिएको मितिको मात्र लेख/समाचार पाउनुहोस् ! » चाहिएको मिति/लेखक/वाक्यांश रोजी गर्नोहोस् लेख/समाचारको खोजी ! भारत भ्रमणबाट फर्केदेखि एनेकपा माओवादीका अध्यक्ष कमरेड पुष्पकमल दाहाल 'प्रचण्ड'को मधेससँग 'लभ' पर्न गएको छ । यो मेरो नभएर उनकै भाषणको सिलसिलामा गरिएको बारम्बारको आत्म-स्वीकारोक्ति हो । यस्तो प्रतीत हुन्छ, कमरेडको वेगले बुढ्यौलीतर्फ अग्रसर कायामा अघिको तन्नेरीपन गडगडाएर फर्किएको छ । कमरेड प्रचण्डको ताजा यौवनावस्थाको लभलाई केहीबेर थाती राखेर म आफ्नै यौवनको स्मरण गर्न हतारिएको छु । त्यसबखत म झन्डै-झन्डै तरुनो थिएँ । किशोर वयबाट हतार-हतार मास्तिर उक्लिरहेको अवस्था थियो मेरो । यही खासा उमेरमा म 'लभ'मा परेको थिएँ । तर यो -वा त्यो) पचास प्रतिशतको लभ थियो । किनभने जुन केटीसँग म लभमा परेको थिएँ, त्यसलाई आखिरी बेलासम्म पनि यसको कुनै जानकारी नै भएन । मेरो तर्फबाट भने एकतर्फी लभ जारी नै थियो । यस्तै जमाना थियो त्यो । मेरो नगरमा सय प्रतिशतको लभको घटना दुर्लभ मानिन्थ्यो । मेरो मोहल्लासँगैको मोहल्लामा एउटा झ्वाम्म परेको कदम्बको गाछी खडा थियो । त्यहीं निरको दुईतले सिमेन्टीको घर -यस्तो घर केहीमात्र) तल परचुनको सानो पसल थियो- जयसवाल स्टोर । यसको कानजुंगे साहु सामाश्रयप्रसाद जयसवालको एकमात्र पुत्री गजबकी थिई । यही सुन्दरीसँग मेरो किशोर वयको लभ पर्‍यो । -यसको अतिरिक्त लामो किस्सा-कहानी छ) धेरै पछि के थाहा भयो भने वरिपरिका दुई-चार मोहल्ला नै जयसवाल स्टोरकी भामाकुमारी जयसवालको लभमा गिरफ्तार भएर भित्र-भित्रै छट्पटाइरहेको रहेछ । तर यतातिरको थोक लभलाई ठ्याम्मै दुत्कारेर भामा पारिपट्ट िभारतको एक केटोको लभमा फँसेकी थिई । उसको मावली विहारको चनपटिया -यही नाम जस्तो लागिरहेछ अहिले) भन्ने कसवाको थियो । त्यहींको एक टाढाको नातेदारको नातेदारसँग सामाश्रयप्रसाद जयसवालकी छोरी भामाकुमारी जयसवालको लभ परेको हल्ला जोडतोडले चल्न थाल्यो । यो सुनेर मेरो मोहल्लासहित पुरै नगर नै बेस्मारी चकित परेको थियो । यसको कारण के भने तत्कालीन सम्भ्रान्त मधेसी समाजका निम्ति यस्तो लभ-सभ विलकुलै ग्राह्य थिएन । व्यापक स्तरको 'कहासुनी' एवं 'उठापटक' पश्चात हामीलाई एकमुष्ट रूपमा जिल्लाराम पारेर भामाकुमारी जयसवालको सीमापारि चनपटियाको केटोसँग विवाह सम्पन्न भयो । यसको एउटा अर्को विशेषता के भने दुलहा पक्षले एक दमडी पनि दहेज नलिने एकदम असम्भवजस्तो लाग्ने कसम खाएकोले यो नगरमा बहुचर्चित लभ-म्यारिज बनेको थियो । तर केही महिनापछि खासमखास यथार्थको अर्काे चेहरा स्वाट्टै उघारियो । भामाको पति र सबै ससुरालीका सदस्य -खास गरेर बूढी सासू र दुई देवर) मिलेर उसलाई दहेज नल्याएकोमा प्रताडित गर्न थाले । यो सासनाले सीमा नाघेपछि पिता रामाश्रयप्रसाद जयसवालले सक्दो नगद छोरीकहाँ पुर्‍याउन करै लाग्यो । तर यसको कुनै अन्त्य थिएन । परिणामस्वरुप उसको सानोतिनो व्यापार चौपट भयो । कहाँसम्म भने घर-खेत नै बन्धकी राख्नुपर्ने हालत आइपर्‍यो । तैपनि चनपटियावालाको मागको रफ्तार रोकिने नाम लिइरहेको थिएन । अन्ततः त्यस समयको चलनचल्तीको -अहिलेसम्म पनि) नतिजा आफ्नो सम्पूर्ण विरुपतासाथ सामुन्ने आयो । धुमधामसँग बिहे भएको एक वर्ष पनि नपुग्दै भामाकुमारी जयसवालले आफ्नो देहमा मट्टतिेल खन्याएर आगो लगाई आत्महत्या गरेको खबर सुनियो । तर के त्यो भामाको ससुरालीकाहरूले हल्ला चलाएअनुसार साँच्चिकै आत्महत्या नै थियो त ? जे होस्, कमरेड प्रचण्डको लभको बहानामा मैले आफ्नो पुरानो लभको याद गरेको हुँ । तर यसैसँग जोडिएको भामाको दुःखद अवसानले मलाई अहिलेसम्म विचलित पारिरहेको छ । किनभने पचास प्रतिशत भए पनि त्यो मेरो जीवनको प्रथम लभ थियो । त्यसबेला म साढे चौध वर्षको भर्खर-भर्खरै ओठमाथि हलुका जुंगारेखी आउन लागेको ठिटो थिएँ । अहिले जेनतेनसँग ६ दशक नाघिसकेको छु । तर लगभग मेरै उमेरका कमरेड प्रचण्डले भने पुनर्यौवन प्राप्त गरेका छन् । यसको ज्वलन्त प्रमाण उनको मधेससँगको लभ हो । यसरी काया-कल्प भएकोमा कमरेडलाई मेरो तर्फबाट हार्दिक बधाई । अन्त्यमा, कतै भारत गएर मनमोहन सिंह, लालकृष्ण आडवानी, सोनिया गान्धी आदिसँग सुमधुर भेटघाट गरी आएका एनेकपा माओवादीका अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्डको हठात् मधेसप्रेम अर्थात् उनकै शब्दमा मधेससँगको लभ पनि भारतको विहार राज्यको चनपटिया भन्ने कसवाको केटो र नेपाली चेली भामाकुमारी जयसवालको लभ मतलव चनपटिया लभजस्तो त होइन ? - See more at: http://www.ekantipur.com/np/20...
_____ · Jun 22, 2013 6:27 AM · 1,460 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion