साउदीमा सास्ती खेप्ने महिलाका कथाव्यथा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  साउदीमा सास्ती खेप्ने महिलाका कथाव्यथा   13   ६ असार, काठमाडौं । साउदी अरबले आममाफी दिएर स्वदेश र्फकने अवसर दिएपछि त्यहाँ रहेका धेरै नेपाली स्वदेश र्फकंदैछन् । केही आइपुगेका छन्, अरु आउने प्रकृयामा छन् । दुईचार पैसा कमाउने सपना बोकेर त्यहाँ पुगेका नेपालीको कथाव्यथा निकी पीडादायी छ । अझ महिला कामदारले त कहिल्यै नसोचेको हन्डर र ठक्कर खेप्नुपर्यो । साउदीमा सास्ती पाएर फर्किएका तीनजना महिलाका कथालाई हामीले यहाँ समेटेका छौं । एनआरएनए साउदी अरबका उपाध्यक्ष डोरबहादुर कार्की र महासचिव जैबी राईले रियादस्थित नेपाली दूतावासको महिला आश्रयस्थलमै पुगेर यी महिलाहरुसँग भेटवार्ता गर्नुभएको हो । तीनैजना पीडित महिलाहरुसँग एनआरएन साउदीकी महिला प्रतिनिधि उषा केसीले टेलीसंवाद गर्नुभएको थियो । एनआरएनए साउदीका अध्यक्ष धरम केसीको सहयोगमा हामीले यी महिलाहरुको व्यथा समेटेका हौं । गलत संगतको फन्दामा संगिता झापा जलथलकी ४० वषिर्या संगिता मार्दीलाई विदेश पुगेर धेरै पैसा कमाउने सपना थियो । कमाउने श्रीमान पनि स्वर्गीय भएपछि छोराछोरी हुर्काउने जिम्मा उहाँको थाप्लोमा आइलाग्यो । गाउँमा भन्दा बिदेशमै गएर दुईचार वर्ष काम गर्यो भने मनग्गे आम्दानी हुन्छ भन्ने उहाँलाई लाग्यो । सोच्दै गर्दा विदेश पठाउने एउटा एजेन्टसँग उहाँको चिनजान भयो । झापा बिर्तामोडका एजेन्ट अरुण चौधरीले उहाँलाई २ वर्ष ३ महिनाअघि भारतको बाटो हुँदै साउदी अरब पुर्याएको हो । शुरुमा संगितालाई साउदीको एक मालिकको घरमा पुर्याइयो । त्यहाँ उहाँले काम गर्न थाल्नुभयो । काम थाल्दा राम्रै व्यवहार भएपनि त्यसपछि भने संगिताको भुक्तमानका दिन शुरु भयो ।मालिकले घरायसी कामधन्दा र बिरामीको स्याहारसुसारमा चौबीसैघण्टा खटाउँथ्यो । खान पनि राम्रो नपाईने । सुत्न पनि नपाइने । त्यस घरमा काम गरेको तीन महिनापछि संगिता त्यहाँबाट भाग्न सफल हुनुभयो । भागेर पनि जाने कहाँ ? नौलो ठाउँ, नौला मान्छे । एक दिन सडकमा भौंतारिँदै हिँड्दा साउदीकै एकजना मान्छेले काममा लगाउने भन्दै उहाँलाई अर्को घरमा पुर्यायो । त्यहाँ उहाँले दुई वर्षसम्म काम गर्नुभयो । दुई वर्ष काम गरेपछि मालिकको दिएको ९ हजार ८ सय साउदी रियाल बोकेर हिँड्दा उहाँ लुटिनुभयो । काम गरेको घरको मालिकले छाडेको ठाउँबाट अर्को एक अपरिचित केटाले कुट्दै उहाँको ६ हजार रियाल लुटेर लग्यो । त्यसपछि अलपत्र परेकी संगितालाई अर्को साउदी नागरिकले नेपाली दूतावासमा लगेर छोडिदियो ।दूतावासको सेल्टरमा बस्दा उहाँसँग भएको बाँकी पैसा पनि लुटियो । त्यहाँ चोरी गर्ने चाहिँ नेपाली नै भएको उहाँले पछि मात्र थाहा पाउनुभयो । ‘आफैं जस्तै सोचेर नहुने रहेछ’ गहभरी आँशु पार्दै संगिताले भन्नुभयो । अहिले नेपालीहरुको सहयोगमा उहाँ स्वदेश र्फकने तयारीमा हुनुहुन्छ । तर स्वदेश र्फकन पाउँदा पनि उहाँको मन खुशी छैन । डर, त्रास र पीडाले छटपटिएको छ । ‘श्रीमान त स्वर्गीय भैसक्नुभयो, अब छोराछोरीलाई कसरी मुख देखाउने’ संगिताले भन्नुभयो । जस्तोसुकै भएपनि घर त र्फकनैपर्यो । घर फर्केर दुःखसुख काम गरी छोराछोरीको रेखदेख गर्ने उहाँको योजना छ । लिलाको बेहाल मोरङ अमरदहकी लीलादेवी राजवंशीको पीडा पनि संगिताको भन्दा कम छैन । उहाँ पनि साथीहरुको लहलहैमा भारतको बाटो हुँदै तीन महिनाअघि साउदी पुग्नुभएको हो । आफूलाई विदेश लैजाने एजेन्ट संगिताले चिनेपनि लीलादेवीले भने आफूलाई साउदी लैजाने एजेन्ट चिन्नुभएको छैन ।लीलादेवीले पनि शुरुमा एउटा मालिकको घरमा काम थाल्नुभयो । अर्काको घरमा भनेजस्तो किन हुन्थ्यो । बिहान ६ बजेदेखि बेलुकी ९ बजेसम्म जुठो भात खाएर काम गर्नुपर्ने, मालिकले सधैं दुव्र्यवहार गर्ने, महिना सकिएपनि तलब नदिने गर्दा उहाँलाई साह्रै पीडा भयो । साउदी मालिकले दिएको मानसिक यातना खप्न नसकेपछि उहाँ त्यो घरबाट भाग्नुभयो । घरबाट भागेर हिँड्दै गर्दा उहाँले नेपाली जस्तो एकजना ड्राइभर देख्नुभयो । उसलाई आफ्नो व्यथा सुनाउँदै सहयोगको लागि आग्रह गर्नुभयो । धन्न त्यो व्यक्ति इमान्दार रहेछ । उसले उहाँलाई नेपाली दूतावासमा पुर्याइदियो ।त्यहाँ उहाले एनआरएन साउदी अरबका प्रतिनिधिहरुलाई भेट्नुभयो । त्यसपछि उहाँको नेपाल र्फकने बाटो खुल्यो । अब नेपाल र्फकने बित्तिकै बैदेशिक रोजगारको अवस्थाबारे जनचेतना फैलाउने उहाँको अठोट छ । श्रीमानले कान्छी ल्याएर आफूलाई हेला गर्न थालेकाले विदेश जान बाध्य हुनुपरेको लिलादेवीले सुनाउनुभयो । ‘बस्नलाई घर त छ, तर कमाई खाने जग्गाजमीन केही पनि छैन’ उहाँले भन्नुभयो-’घर र्फकन पाउँदा एक मन खुशी छ, दुःख सम्झेर अर्को मन उस्तै भारी पनि ।’ ‘अब विदेशको नाम नै लिन्न’ कास्की पोखराकी २२ वषिर्या अविवाहित पार्वतीलाई पनि विदेश पुगेर धेरै कमाउने सपना थियो । कसले कहाँ कस्तो सपना देखिरहेको छ भनेर थाहा पाउन खप्पिस एजेन्टले उहाँलाई पनि ठग्ने योजना बनायो । जुन कुरा पार्वतीले पत्तो नै पाउनुभएन । उहाँलाई आफ्नै दाजुको साथी पर्ने एजेन्टले एक वर्ष अगाडि भारतकै बाटो हुँदै साउदी अरब पुर्याएको हो ।शुरुको ७ महिना एक घरमा काम गर्दा उहाँले जम्मा २४ सय रियाल तलब पाउनुभयो । आफूले कमाएको पैसा तुरुन्तै उहाँले घरमा पठाउनुभयो । त्यसपछि उहाँलाई घर मालिकले तलब दिन छाडे । बिरामी हुँदा समेत उहाँले सुख पाउनुभएन । उपचार त परै जाओस्, घर जान्छु भन्दा पनि ‘तँ घर जान पाउँदैनस्, तँ यहीं मनुपर्छ’ भन्दै उल्टै उहाँलाई यातना दिन थाले । मानसिक यातना बढ्दै जान थालेपछि उहाँले त्यही घरमा काम गर्ने ड्राइभरलाई सहयोग गर्न आग्रह गर्नुभयो । त्यसपछि उहाँ त्यो ड्राइभरको सहयोगमा घरबाट भाग्न सफल हुनुभयो । त्यसपछि उहाँका अर्को घरमा पुग्नुभयो । शुरुमा त्यो घरमा पनि राम्रै व्यवहार भयो । तर त्यसपछि उहाँले तलब पाउन छाड्नुभयो ।आफ्नो पीडाबारे उहाँले आफन्तलाई थाहा दिनुभएको थियो । आफन्तले साउदीका एनआरएनए प्रतिनिधिलाई खबर गरेपछि पार्वतीलाई रियादभन्दा झण्डै १२ सय कि.मि. टाढा आब्बा खमिस भन्ने ठाउँबाट उद्दार गरिएको हो । एनआरएनए महासचिव जैबी राईको पहलमा नेपाली जनप्रगतिशील मञ्च साउदी अरबको सकृतामा उहाँको उद्दार भयो । उद्दार काममा अब्बा खमिसमै कार्यरत शम्भुराज भट्टले सकृय भूमिका निभाउनुभएको थियो । नेपालीहरुको सहयोगमा उद्दार भएपनि पार्वती अब छिटै घर र्फकने र बिचल्लीमा पार्ने दलालाई खोज्ने बताउनुभएको छ । विदेशमा पाएको दुःखले उहाँको मन निकै कठोर भएको छ । ‘अब नेपाल पुगेपछि बिदेशका नाम पनि लिन्न’ पार्वतीले भन्नुभयो । यी तीनजना सहित १९ जना नेपाली महिला साउदीबाट नेपाल फर्किएका छन् । यसअघि पनि एनआरएनए साउदी अरबले २५ जना पीडित महिलाहरुको स्वदेश फिर्तीका लागि हवाई टिकट उपलब्ध गराइसकेको छ । साउदीमा हाल आममाफीको कार्य भैरहेपनि त्यहाँ रहेका हजारौं घरेलु श्रमिक महिला यसबारे बेखबर रहेका एनआरएनए साउदीका अध्यक्ष धरम केसीले बताउनुभयो । - See more at: http://www.onlinekhabar.com/20...

_____ · Jun 20, 2013 7:03 AM · 1,207 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all