धौलीगंगाका कारण दार्चुला बग्यो’

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  धौलीगंगाका कारण दार्चुला बग्यो’   4   ६ असार, काठमाडौं । राजनीतिक पार्टीका नेता र सरोकारवालाहरुले हालै दार्चुलामा आएको बाढी प्राकृतिक प्रकोप नभएर भारतीय पक्षले धौलीगंगा हाइड्रोपावरका ढाका खोलिदिएपछि भएको बताएका छन् । संवाद डबलीले बिहीबार राजधानीमा गरेको अन्तरसंवाद कार्यक्रममा उनीहरुले सरकारका मन्त्रीले धौलीगंगाको पानीले होइन भन्ने अभिव्यक्तिप्रति आपत्ति व्यक्त गरे । नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्र बडुले बर्षा पहिलो कारण भएपनि धौलीगंगा दोस्रो कारण भएको बताउनुभयो । ‘एकाएक महाकाली नदीमा पानीको बहाव बढ्यो, बुझ्दा त भारतीय पक्षले धौलीगंगा परियोजनाका ढाका खोलेपछि आएको रहेछु, प्रवक्ता बडुले भन्नुभयो, ‘परराष्ट्रमन्त्रिलाई सम्पर्क गरे, वास्ता गरेन, प्रमुख जिल्ला अधिकारीले मन्त्रीलाई जानकारी गराउदा उल्टै पो हकारेछन् मन्त्रीजीले ।’ उहाँले भारतीय पक्षले धौलीगंगा परियोजना निर्माण गर्दा नेपाली पक्षसँग लिनुपर्ने सहमति पनि नलिएको बताउनुभयो । सरकारसँग आफूहरुले सर्वपक्षिय समिति बनाएर जाउँभन्दा पनि नमानेकोमा आश्चर्य लागेको प्रवक्ता बडुले बताउनुभयो । एमाओवादीका नेता लेखराज भट्टले दार्चुलाको क्षति भारतका हेपाह प्रवृति र नेपाल नेता र राज्यको कमजोरीले भएको बताउनुभयो । ‘दार्चुलाको क्षेती मौसमले मात्र भएको होइन, भारतले मनपरि गर्दै बनाएको धौलीगंगा जलविद्युत परियोजनाका ढोका विना जानकारी खोलिदिएपछि भएको हो ।’ मन्त्रीले भारतका कारण धौलीगंगाका कारण होइन सार्वजनिक रुपमा भनेकोप्रति भट्टले आपत्ति जनाउनु भयो । कार्यक्रममा नेकपा-माओवादीका केन्द्रीय सदस्य शरदसिंह भण्डारीले दार्चुलाको क्षेती प्राकृतिक प्रकोप नभएर भारतको एनएचपिसि लिमिटेडले जानकारी नगराई धौलीगंगाका ढोका खोलेपछि आएको बाढीले दार्चुला बगाएको बताउनुभयो । ‘भारत सरकारले उक्त कम्पनिलाई कार्वाही गर्नुपर्छ र क्षतिपुर्ति दिन लगाउनुपर्छु, भण्डारीले भन्नुभयो, पूर्व सभासद् तथा बाढी पीडित गोपालसिंह बोहराले भारतीय पक्षले नेपालसँग सहमति नलिइ धौलीगंगा परियोजना निर्माण गर्दा महाकाली नदीमा बनाएको तटबन्दका कारण दार्चुला बगेको बताउनुभयो । पूर्व जलस्रोत सचिव डा. द्वारिकानाथ ढुङ्गानाले धौलीगंगाले दार्चुलाबासीलाई घारबारविहीन गराएको हैन भन्ने मन्त्रीको भनाईप्रति आपत्ति जनाउनु भयो । - See more at: http://www.onlinekhabar.com/20...

_____ · Jun 20, 2013 7:00 AM · 10,662 views

3 Replies

We know that our leaders are useless on this case. They will repeat some of the cliched lines in front of the citizens but when confronting India, they will do about turn and walk back saluting. Is there anything the social media can do on this? What happened in Darchula should be felt by the entire Nepali community. Should we do more digging on this, whether it was actually because of the Dhauliganga dam?

Kiddo · Jun 20, 2013 3:53 PM

 What the heck? Hepna samma hepyo dhoti harule hamilai, hamra nepali daju bhai ko jyan gayo yini haru ko dam le garda, sarkar aajai maun, napunsak sarkar

Whiteboy · Jun 20, 2013 6:38 PM

  करोडपतिको सडक बास   (1 Vote)   1 2 3 4 5       नरेन्द्र कार्की                     ०         सम्बन्धित समाचार असार ८ , २०७० बाढी प्रभावित क्षेत्रमा रोग सङ्क्रमण असार ८ , २०७० प्रकोपको पीडा असार ८ , २०७० पीडितले भने-'खोइ कहाँ छ सरकार ?’ असार ८ , २०७० बाढीपीडितद्वारा राहत बहिष्कार असार ८ , २०७० कर्णाली राजमार्गमा पहिरै पहिरो असार ८ , २०७० एमाओवादी र कांग्रेसको आग्रह-'पुनर्निर्माण युद्धस्तरमा' असार ८ , २०७० भारतमा बेपत्ता नेपाली बढ्दै असार ८ , २०७० बाढीले यसरी बदलिदियो भूगोल असार ७ , २०७० धौलीगंगा बाँधले बाढी आएको होइन : भारत सहयोगी लिङ्कहरू » एउटै पृष्ठबाट हाम्रा सबै इ-पेपरहरू पाउनुहोस् ! » हाम्रा चिरबिरे पारखीहरूका लागि ! » आफूलाई चाहिएको मितिको मात्र लेख/समाचार पाउनुहोस् ! » चाहिएको मिति/लेखक/वाक्यांश रोजी गर्नोहोस् लेख/समाचारको खोजी ! दार्चुला, असार ८ - खलंगा ४ का विसनसिंह ठगुन्ना पाँच व्यवसायका मालिक थिए । एउटै छानामुनि चलेका जीवन टे्रडस एन्ड सप्लायर्स, ठगुन्ना एजेन्सी एन्ड सप्लायर्स, नौघरी टे्रडस एन्ड सप्लायर्स, रूप इन्टरप्राइजेज एन्ड सप्लायर्स र न्यू महालक्ष्मी एन्ड सप्लायर्स महाकालीको बाढीले एकै गाँस बनाइदियो । अब उनीसँग ठूलो व्यवसायको मालिक भएको महसुस गर्ने आधार बाँकी छैन, वर्षौंदेखिको लगानी महाकालीमा बग्यो । साढे ५ करोडको घर आँखै अगाडि बालुवामा परिणत भयो । बस्तीमा बाढी पसेको २४ घन्टासम्म उनलाई घर बगाउला भन्ने लागेको थिएन । सामान सार्न समयमै उद्धार टोली आएन, घर ढल्नै लाग्दा आएको प्रहरीले बचाउन सकेन । हतारमा घर बाहिर फालिएका सामान पनि हात परेनन् । उद्धारका नाममा सर्वसाधारणले सामान आ-आफ््नो घर लगेपछि उनको व्यवसायमा चौपटै भयो । पाँच तले घरको ५४ कोठामा सामान थिए । सोही घरमा बस्थे ठगुन्ना र उनका परिवार । ११ जनाको परिवारमध्ये ४ जना पसलका कामदार थिए, सबै सँगै हुँदा पनि केही सीप लागेन । 'साढे ३ करोडको सामान थियो, बचेका थोरै सानो कोठामा राखेको छु,' उनले भने । दार्चुलावासीलाई दिएको ३३ वर्षको सेवा अब इतिहास भएको छ । उनले सामान्य पसलबाट व्यवसाय सुरु गरेका थिए । अहिले बस्ने ठेगान छैन, बाढीबाट बचेको छोरीको घरमा परिवार राखेका छन् । 'दैवको भन्दा भारतको दसा लाग्यो, सडक बास गरायो, यसको छानबिन हुनुपर्छ,' उनको भनाइ छ । सरकारका प्रमुख दार्चुला आउँदा उनी खुसी छन् । 'दिएको बचन पूरा होस््, पक्की तटबन्ध बनोस्, यही अपेक्षा छ,' उनी भन्छन् । जिल्ला छोडेर जान नसक्ने बताउने उनी परिवारको जिम्मेवारी पूरा गर्न पुनःस्थापना र त्यसको लागि घर बनाउन जमिन चाहिएको बताउँछन् । बाढी पीडितलाई ३५ हजार नभई बस्ने जमिनको आवश्यकता औंल्याउँदै उनी भन्छन्, 'जमिन आउँछ भने उल्टै ३५ हजार दिन तयार छु ।' ठगुन्न्ा एक्ला पात्र हैनन्, तीन दर्जन बढी घर मालिकको हालत पनि उस्तै छ । हरकसिंह ठगुन्नाका दुई घरका २२ कोठा बगे । ५ तले र २ तले घरमा सबै सामान थिए । सात र्फमबाट कारोबार गर्दै आएका हरकसिंहका दुई घर बगाउँदा ९५ लाख क्षति भयो । २ असार राति साढे २ बजे बाढी आउँदा बचाउन सकिने अवस्था थिएन । 'मस्त निद्रामा हुँदा अरूले उठाइदिए र ज्यान बच्यो,' हरकसिंहले भने । उनले ०३८ सालदेखि खलंगामा व्यापार सुरु गरेका थिए । अन्य ठाउँमा बाढीले घर बगाएको दृश्य टेलिभिजनमा देखेका थिए, आँखा अगाडि आफ्नै घर बग्यो । सपनाजस्तो लागेको छ उनलाई । भन्छन्, 'अरूले उठाउँदा यसरी बाढी आएको विश्वास थिएन, बाहिर निस्कँदा घर बग्दै थियो । पाँच तले भवन ढल्दै गर्दा अर्को घर पनि कति बेला बगाउने हो जस्तो लाग्यो ।' भयो पनि त्यस्तै । उनले १० करोड बढीको कारोबार गर्दै आएका थिए । कति नदीले बगायो लेखाजोखा गर्न सकेका छैनन् । 'बगेको सामानको क्षतिपूर्ति दिने कतैबाट संकेत आएको छैन, एजेन्सीले पनि अहिलेसम्म कुरा गरेको छैन,' उनले भने । आफू सडक बास बस्न तयार भएको तर पक्की तटबन्ध र भारतीय परियोजनाबारे अन्तर्राष्ट्रिय मुद्दा हुनुपर्ने उनले थपे । बाँध नखोल्दा ०५२ सालको बाढीले कुनै असर नगरेको बताउने उनी भन्छन्, 'आफ््ना नागरिक बचाउन खोलेर भारतले हाम्रो उठिबास गरायो ।' सोही क्षेत्रमा जोडिएर बनेका तीन तले घरहरू हेर्दाहेर्दै बगेका थिए । दिउँसै हजारौंको उपस्थितिमा भारतीय पक्षले मोज गरेको आभास हुन्थ्यो । नदी पूरै नेपालतिर थियो, भारततिर पक्की तटबन्ध थियो । नेपालको कमजोरीको फाइदा लुट््दै महाकाली उलिर्ंदै गयो । घर, पसल बगे, सडक बास गरायो । यस्तो बिडम्बना फेरि दोहोरिन नदिन माग गर्छन् स्थानीय । रामसिंह महर, दिलबहादुर कुँवर, तेजबहादुर बम, धनसिंह धामी, जयलाल दमाई, दौलतसिंह खातीका घर एकसाथ बगाएको थियो महाकालीले । नजिकको गल्फै क्षेत्रको हालत झनै

_____ · Jun 22, 2013 6:05 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all