जापानी जहाज कम्पनीका १० हजार कर्मचारीले नेपाली डिजाइनरको पोशाक लगाउने 20 हिमाल भट्टराई ४ असार, टोक्यो । अमेरिकी प्रथम महिला मिसेल ओबामा, बेलायतकी राजकुमारी केट मिडलटनदेखि प्रख्यात हलिउड सेलिब्रेटीका लागि पोशाक डिजाइन गरेर चर्चामा आएका नेपाली फेसन डिजाइनर प्रवल गुरुङले जापानको सवैभन्दा ठूलो जहाज कम्पनी निप्पोन एयरका कर्मचारीका लागि पोशाक डिजाइन गर्ने भएका छन् । यात्रु संख्या र कमाईका हिसावले बिश्वको आठौं र जापानको सवैभन्दा ठूलो एयरलाइन्स मानिने अल निप्पोन एयरले प्रवलसँग पोशाक डिजाइनको सम्झौता गरेको छ । उनले डिजाइन गरेका पोशाक आगामी सन् २०१४ को मध्यदेखि जहाजका परिचारिका र ग्राउण्डमा कार्यरत करिव १० हजार स्टाफले लगाउने अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । यो सरदयामसम्ममा तयार भइसक्ने पोशाकको डिजाइनमा मुख्य तीनवटा अबधारणालाई ध्यान दिइएको गुरुङले बताए । पोशाकले यात्रुको नजरमा भयमुक्त, बिश्वसनीय र जापानको पाहुना सत्कार झल्काउने छ । सम्झौताबारे पुष्टी गर्दै अल निप्पोन एयरवेजका प्रवक्ताले भने- ‘गुरुङ यो पुस्ताका सवैभन्दा योग्य र सेलिब्रेटी डिजाइनर हुन् ।’ नेपालमा जन्मिएर भारत र सिंगापुरमा अध्ययन गरेका गुरुङले न्यूयोर्कलाई आफ्नो कर्मथलो बनाएका छन् । बिश्वबिख्यात पोशाक ब्राण्डहरुसँग मिलेर काम गरिसकेका गुरुङले हालै भर्जिन एटलान्टिक एयरलाइन्ससँग स्टाफको पोशाक प्रतिस्थापन गरी नयाँ बनाउन १० बर्ष लामो सम्झौता गरिसकेका छन् । अन्तराष्ट्रिय फेसन बजारमा बलियो स्थान बनाउने गुरुङ पहिलो नेपाली हुन् । प्रवलले डिजाइन गरेको ड्रेसमा अमेरिकी राष्ट्रपति बाराक ओबामा पत्नी मिसेल । - See more at: http://www.onlinekhabar.com/20...
_____ · Jun 18, 2013 9:47 AM · 1,069 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion