महाकाली नदीको बाढी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 

metta · Jun 17, 2013 6:10 PM · 16,279 views

11 Replies

 Jesus christ! Is this in Nepal? Is it caused by India who is making a dam around the borders?

Whiteboy · Jun 18, 2013 7:23 PM

 Jesus christ! Is this in Nepal? Is it caused by India who is making a dam around the borders?

Whiteboy · Jun 18, 2013 7:23 PM

 India is the reson of this destruction. They are making dam eveywhere around the border.

npusa · Jun 18, 2013 8:55 PM

If our country does nothing to save its people, India has every right to do what they can to save their people. And that's what they are doing by making dams. Although I am sad with what happened in that video, I am not angry with India at all. Its our government who is doing nothing, they are just a pet of India.

pepsi · Jun 18, 2013 9:14 PM

प्रचण्डको कुपुत्र गधा प्रकाश दाहाललाई सगरमाथा चढ्न सरकारले दुइ करोड प्रदान रास्ट्रपतिको जम्बो टोलीलाई जापानमा उपचार गर्न पठाउन सरकारले साठी लाख दियो  तर, माथिका बाढी पिडितहरुलाई सरकारको उदारता - रुपिया पचास लाख   अब कसले भन्छ नेपाल गरिब भनेर र बजेट छैन भनेर  

metta · Jun 18, 2013 9:27 PM

 

metta · Jun 19, 2013 5:57 PM

अहिले मैले त्यो नेपालमा global warming र climate change भन्दै हल्ला गरेर हिंड्ने अनि स्वदेश तथा विदेशको विभिन्न निकायबाट टन्न पैसा असुल्दै आफ्नो गोजी भर्ने चोरहरुलाई भेटे भने तिनीहरुको गाला साला फुट्ने गरेर चड्काउने थिए । यदि यिनीहरुले त्यात्रो हंगामा मच्चाएर पनि यस्तो प्राकृतिक प्रकोप हुन भन्दा अगाडि नै सुसूचित गर्न सक्दैनन् भने किन हंगामा नै किन गर्नु ? ल ठीक छ महाकालीले ल्याएको बढी इन्डियाको कारणले गर्दा भयो रे, अनि बागमतीमा आएको बाढी नि ? अझ काठमाडौंको बिष्णुमतीले पनि बगाउछ कहिलेकाँही घरहरु त्यो चाँही कल्ले गर्दा भएको होला ? मित्रहरु दोष भारतको होइन । यो त हाम्रै देशको बिशिष्ट भौगोलिक कारण र मौसमी प्रणालीले गर्दा भएको हो । हाम्रो पहाडपर्वतहरु अग्ला छन् र नरम छन्, जब २-३ महिना भित्र २५०० मिमी पानी पर्छ भने त्यसलाई पहाडले थेग्न सक्दैन र पैर्हो जान्छ, नदीले समेट्न सक्दैन र बाढी आउछ । अब हाम्रो समस्या के हो भने कुन समयमा कुन ठाउँमा त्यस्तो बिपत्ती जानेवाला छ त्यो कुराको पुर्वानुमान गरेर सम्बन्धित निकायलाई परिचालित गरेर जनधनको क्षति हुनबाट रोक्नु । अहिले महाकालीमा भएको क्षति हाम्रो disaster warning र mitigation system गतिलो नभएर हो । global warming भनेर दुनियाँ हल्ला मच्चाउने तर यसबाट उत्पन्न हुने विपत्तीको व्यवस्थापन गर्न नसक्ने चोरहरुको गालामा पड्काउन पर्ने हो कि होइन ? नदी किनारमा, अझ नदीले पहिले बालुवा बगाएर ल्याएर बगाएको बगरमा, कमलो माटो भएको तर भिरालो पहाडहरुमा बस्ती बसाउनु कुनै पनि हालतमा सुरक्षित छैन । आज महाकालीमा यो घटना घट्यो, भोली अरु कुनै ठाउँमा घट्छ, पर्सी अर्को ठाउँमा ... आवश्यकता के हो भन्ने नेपालमा कुनै पनि ठाउँमा बस्ती बसाउन अघि त्यो ठाउँ भौगोलिक रुपमा बस्ती बसाउन उपयुक्त छ कि छैन भन्ने जाँच जसलाई हामी Natural Hazard Risk Assessment भन्छौ त्यो हुनुपर्छ । मान्छेहरु खुइ खुइ नदीको किनारमा घर ठडाको ठड्यै अनि प्रशासनवालाहरु गोजी गरम गरेर चुप्पै, अनि अहिले खोलाले दु:ख दिन थाले पछि कराएर हुन्छ । पहिल्यै नै त्यस्तो खतरापूर्ण क्षेत्रमा बस्ती बसाइसकेको रहेछ भने पनि त्यसलाई निश्चित प्रकृया पुराएर स्थानतरण गर्नुपर्‍यो र अब खतरापूर्ण पहिचान भएका क्षेत्रहरुमा बस्ती बसाउन दिन भएन । अनि सब भन्दा ठुलो त्यस्तो विपत्ति हुनु अगाडि नै जानकारी दिने संयन्त्र हुनुपर्‍यो र घटना भएको क्षेत्रमा राहत दिनको लागि चौबिसै घण्टा तयार हुनुपर्‍यो । जति नै तटबन्ध बनाए, जति नै हल्ला मच्चाए पनि नेपालमा यस्ता बाढी पैह्रो त गइनै रहन्छन्, अझ हामीले ९० साल पछिको अर्को महाभूकम्पको सामना गर्न बाँकी नै छ । त्यसैले प्रकृतिसँग जुधेर भन्दा पनि प्रकृतिको रचनालाई बुझेर अगाडि बड्न आवश्यक छ । त्यो भन्दा पनि पहिले यदि नेपालमा global warming को हल्ला मच्चाएर गोजी भर्ने कोही भेटियो भने त्यसको गाला चड्काउन आवश्यक छ ।

Geology Tiger · Jun 19, 2013 10:52 PM

बाघ दाई ले भनेको कुरा सोरै आना ठिक हो। यसरी भारतलाई गाली गर्नुको साटो हामीले केही गल्ती गरेको हौ कि भनेर बुझ्नु पर्छ पहिले। सरोकार वालाले केहि गरेन भने कम्सेकम हामीले भए पनि यस्तो बिपत्ति आउन बाट बच्नलाई केहि ठोस कदम चाल्नु पर्छ। हामी नेपालीको एउटा बानी मलाई सारै मन् पर्दैन। जहिले सम्म केहि नराम्रो हुदैन, तब सम्म हामी बाल दिदैनौ। अनि नराम्रो घटना घटे पछि अरुलाई दोष दिन थाल्छौं। येस्तै ताल रहीरहने हो भने अझै कति ठाउँमा पहिरो र बाढी आउने हो भन्न सकिन्न।

pepsi · Jun 19, 2013 11:49 PM

 What an honest, authentic, well-reasoned, and concise analogy on the thread. Throughly ennjoyed it. 

strayt_shooter · Jun 19, 2013 11:54 PM

नेपालमा बाढी आएको रिस global warming मा काम गर्नेहरुलाई किन पोख्नु भएको थाहा भएन | येस्मा कुनै शंका छैन कि hazard risk assessment वा management वा prevention मा काम भएन, त्यस्तै climate change adaptation मा पनि काम भएन | climate change मा सयौं थरिका अनुसन्धान भैरहेका छन् र यो बाढीबाट पनि येस्मा खासै ध्यान नदिएको कुरा प्रस्ट हुन्छ | तर मलाई नेपालमा रहेका climate change का अनुसन्धानकर्तालाइ गाली गरेको चित्त बुझेन |     सबै भन्दा सजिलो माथि भारत तिर बाँधको gate खोल्नु अगाडी सूचना नदिनु र नेपाल सरकारका बहालवाला मन्त्रीहरुले एस्तो बाँधी आइसके पछि खासै चासो नदेखाउनु र भारत देखि एक सब्द बोल्नु पनि डराउनुबाट प्रस्ट हुन्छ के भैरहेको छ भन्ने | एस्तो धन र जनको क्षति पछि त चासो देखाऊदैन भने हुन सक्छ है भन्दा यी भ्रस्ट कर्मचारीहरु र मन्त्रिहरुले कहिले चासो देखाउने होला |

metta · Jun 20, 2013 6:56 PM

Flood gates were opened and people living down the river were not informed. I blame Nepal government and crooked officials and ministers for not being able to have a simple system of requiring a phone call before opening these flood gate. Because India knows Nepali politicians and officials and ministers are corrupted, they didn't consider the lives of Nepalese by warning them before opening the gate. India's lies:: Opening of flood gate posted on youtube:

metta · Jun 22, 2013 9:03 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all