साथिहो नमस्कार, हामि केहि मिलेर सरकारी बिध्यालयमा अध्यनरत ४- ९ कक्षाका भाइ बहिनीलाई कम्प्युटर ( वेसिक इलेक्ट्रोनिक्स, हार्डवयेर, नेटवोर्किन्ङ, प्रोग्रामिङ, र वेभ डिजाईन ) पढाउने उदेश्यका साथ ६ स्कुल मा यो कोडिङ नेपाल कार्यक्रम शुरु गरेका छौ। हाम्रो चाहना छ हरेक बिध्यार्थिले स्कुल सक्दा सम्मा उसमा कोडिङ गर्ने क्षमता भैसकेको होस र काम पाउन सजिलो होस हरेक बिध्यार्थिलाई। हामिलेे शुरु गरेका स्कुलमा ७०% बच्चाहरु आर्काको घरमा काम गर्ने र अरु अतिनै गरिवी वाट पिडित वच्चाहरु छन् । फेरि वच्चाहरुको घरमा कम्प्युटर छैन। हामिले कुनै सँस्था मार्फत नभैइ, ब्यक्तिगत रुपमा कार्यक्रम चलाउदै आएका छौ। फेरि स्कुल मा कम्प्युटरको राम्रो ब्यबस्था पनी छैन, लोडसेडिङ्ग जाँदा खेरिको त कुरै छोडौ। हाल लाई जिन तिन भएका लाई मर्मत गरेर चलाएका छौ। तर कति सिस्मिटमले डुयल बुट सपोर्ट गर्नै नसक्ने स्थितिमा छन् भने कति पुर्णरुपमा परिवर्तन गर्न जरुरि छ। अहिले हाम्रो टिचिङ्ग प्लान लगायत कोर्ष बुक ब्रिटिस करिकुलममा आधारित (http://www.computingatschool.o... गरेर अंग्रेजि माध्याम वाट तयार गरेका छौ। तर दु:ख लाग्दो कुरा लग्भग ३५% बिध्यार्थि अंग्रेजि भाषाको कारण कम्प्युटर पढन चाहादैनन् भन्छन अंग्रेजिले स्ट्रेस दिन्छ। फेरि हामिलाई नेपालि लैजान भाषा बिशैशज्ञको आवस्यक्ता पर्छ वा अंग्रेजि पढाउन अरु शिक्षक राख्नु पर्दछ। हामिलाई कसरि यसलाई पढाउने थाहा छैन, अनि स्कुल को भनाई छ हामिले परिक्षा लिनु पर्छ। तर भन्छन बिध्यार्थिलाई कम्प्युटर चलाउन सक्ने मात्र बनाए पुग्छ तर हाम्रो लक्ष्य हातमा सिप दिने पनि हो। हामि धेरै बिद्वान देखि नेता, इन्जिनियरको मा गयौ कि कसरि हामिले वच्चा देखिनै कोडिङ सिकाउन सक्छौ भनेर हरेक मान्छे भन्छन यो कुरा संंभव नै छैन तर त्यो कुरा स्विकार गर्न तयार छैनौ। हामिले गत ६ हप्ता देखि पढाइ रहेका छौ। कक्षा ४ को भाइ बहिनि पनि अलि अलि html र सि चलाउन सक्ने भैसकेका छन भने प्रायलाई कम्प्युटर खोल्न बन्द गर्न इन्टरनेट चलाउन थाहा भेसकेको छ। ९० % लाई कम्प्युटरको भित्रि सामान लगायत कसरि एसेम्वल गर्ने थाहा छ। तर इलेक्टोनिक्स भने गार्हो नै भएको छ उनिहरुलाई। अब तपाईहरुको सल्लाहा चाहिएको छ, यसलाई सँस्थाको रुपमा लैजाने कि यतिकै लैजाने? सँस्था दर्ता गर्न धेरै मान्छे चाहिन्छ, मान्छे धेरै भयो भने नेपाल मा काम होइन हुन लागेको काम पनि बिग्रिन्छ। सजिलो सँग अंग्रेजि माध्याम मा कसरि पढाउन सक्छौ। कसरि यसलाई प्रभावकारि रुपमा लैजान सकिन्छ। सरकारले कम्प्युटर शिक्षा लेर्याएको छ तर तयो सार्थक बन्ने खालको करिकुलम नै छैन र बिध्यालयमा भौतिक सुविधा नै छेन फेरि जनशक्तिको ठुलो अभाव छ। हामिलाई तपाइहरुको सल्लाहा सुझाव चाहिएको छ।
sajhabusaima · Jun 16, 2013 12:52 PM · 14,326 views
try 7-9 instead of 4-9.
mancini · Jun 17, 2013 2:35 PM
Don't you think 'c' programming and html are way too high for grade 4. I would say 6-9
sajhamitra · Jun 17, 2013 2:52 PM
Thank you for your feedback. We are aware about it , but class 4-6 will just learn some essential steps of HTML and c. We focus On practical education for class 4-6, however we wanted to make student aware about the coding, webdevelopment . We are new on teaching industry and have limited knowledge in contend development and delivery methods but we are trying our best to promote computer education on government school and implement ICT program. As you guys aware, 78% of students come from government school and very few success in education compare to private school. Please guys help us to develop ICT program for school, guide us on our teaching materials and support us to train school teachers. We want to produce skilled manpower in nepal, we are tried on seeing our brother or sister leaving nepal as a cheap labour in a hope to make better life on monthly 15 to 30 thousands.
sajhabusaima · Jun 18, 2013 1:43 PM
http://boingboing.net/2013/05/... http://blogs.kqed.org/mindshif... http://www.pluralsight.com/tra... Last edited: 18-Jun-13 02:33 PM
prankster · Jun 18, 2013 2:30 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion