गैर आवाशीय नेपाली संघको उम्मेदवारीलाई सडकबाट बिधान ब्याख्या गर्न उचित नहुने

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

         गैर आवाशीय नेपाली संघको उम्मेदवारीलाई सडकबाट बिधान ब्याख्या गर्न उचित नहुने नेपाली उखान ' कुलो र कुरोलाई जता लगे पनि हुन्छ ' हामी बिश्वमा जहाँ पुगे पनि र जहाँ रहे पनि हाम्रो दरिद्र सोचाईलाई साथमा लिएर हिडेका हुन्छौ l यसको पछिल्लो उदाहरण यो पंतिकार गैर आवाशीय नेपाली संघको अधक्ष्य पदका प्रत्याशी तेन्जी शेर्पाबाट श्री गणेश गर्न चाहन्छ l गैरआवासिय नेपाली संघको छैठौ अन्तर्राष्ट्रिय महाधिवेशनमा आउदो अक्टोबर महिनाको १९ र २० तारिखमा काठमाण्डौमा हुदैछ l नया समितिको चयन हुनेछ l चुनाबको ज्वरो अधिकांशलाई फुट्न थालेको छ l बिश्वका सबै मुलुकमा सबैलाई प्रजातन्त्रको हावा लागि सकको छ l हामी नेपालीलाई अरु मुलुक भन्दा ज्यादा प्रजातन्त्र लागेको हाम्रो ब्यबहार र हाम्रो सोचाईले प्रमाणित गरेको छ l अक्टोबरमा हुने एन आर एन को सम्मेलनको लागि अग्रिम रुपमा उम्मेदवारीको घोषणा जारी हुन् थाली सकेको छ l अधक्ष्य पदका  उम्मेदवारहरुमा क्रमस राम प्रताप थापा ,शेष घले ,क्या. हितमान गुरुङ र पछिल्लो समयमा तेन्जी शेर्पाले उम्मेदवारी घोषणा गरेका छन् l अधक्ष्य पदका पछिल्ला उम्मेदवार तेन्जी शेर्पाले घोषणा पत्र जारी गर्न पाएको छैन ,केहि संचार माध्यममा शेर्पा बारेमा केहि अन्यौलका कुराहरु उठाएका छन् l आलोचना गर्नुलाई नकारात्मक मान्न सकिदैन तर वास्तविकता र यथार्थताको धरातल भित्र डुबुल्की नमारीकन समाचार बनाउनु र प्रकाशित गर्नु संचार माध्यम तथा संचारकर्मीहरु प्रति प्रश्न चिन्ह खडा हुन्छ l पत्रकरिताको धर्म सत्य ,तथ्य ,अनुसन्धनात्मक सोध ,खोज ,यथार्थता ,समानता ,निस्पक्षता  अनि सम्पादन गरि समाचार प्रकाशित गर्नु पर्छ l ब्यबसायिक पत्रकारले हचुवाको भरमा समाचार प्रकाशित गर्दैन l  हामीले बिधानको ब्याख्या गर्ने जिम्मा पाएका छैनौ l बिधानको कुनै पनि धारा र दफाले महा सचिब पदमा आसिन ब्यक्तिले अधक्ष्य पदमा उम्मेद्वारी दिन पाईदैन भनि आवाशीय नेपाली संघमा उल्लेख गरिएको छैन l र बिधानको धारा १७.५.१ अनुसार पूर्ण अधिकार सहित अधक्ष्य पदमा उम्मेदवारी दिन पाउने छन् किनभने महासचिब तेन्जी शेर्पाले सचिब पदमा कार्यकाल पुरा गरि सकेका छन् l शेर्पा गैर आवाशीय नेपाली संघको बिधान अनुसार पूर्ण अनुपालन (कम्प्लायन्स) छनl हामीले एन आर एनको बिधानलाई सडकमा ब्याख्या गर्ने हैन र यो काम गैर आवाशीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय समितिले निधो गर्छ l निर्वाचन आयुक्त र समितिले गर्ने छ l समितिले अधक्ष्य पदमा योग्य छ या छैन भन्ने गर्छ l हामीले नेपालको पान या चिया पसलमा बसेर चिया र पान खादै उपाधक्ष्य पदले अधक्ष्य बन्न सक्ने छ भन्ने जस्ता अल्प ज्ञानका कुरा प्रकाशित गर्नु र बिधान अध्यन नगरी छापामा दिनुले पूर्वाग्रह रहेको आभास आएको सबैले अनुभूति गरेका छन् l तेन्जी शेर्पा नेपाल मै बसी रहेका छन र कसरि गैर आवाशीय नेपाली भन्ने पनि छापामा देखिएकोले विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विधानमा ,५.१. “गैरआवासीय नेपाली” भन्नाले नेपाली मुलको विदेशी नागरिक वा नेपालको चालु आर्थिक वर्षमा १८२ दिन भन्दा बढि दक्षिण एसियाली सहयोग संगठन अन्तर्गतका मुलुकहरु वाहेकका अन्य देशहरुमा अध्ययन, पेशा रोजगारी वा व्यवसाय गरी बसोवास गर्ने नेपाली नागरिकलाई जनाउंदछ  l आफ्नो मातृभूमि फर्की देश सेवा गर्न फर्किएका शेर्पा कोरियन अभियंत्रणा (इन्जीनियरिंग )लाई प्रबर्धन गर्न उल्लेखनीय भूमिका निर्वाह गरे वापत सन् २०१० सिउल नगर कोरिया द्वारा मानार्थ नागरिक प्रदान गरेको छ l अर्को कुरा कोरिया सरकारलाई कर तिरी रहेका छन् l कानुनी तथा आधिकारिक रुपमा उनको पत्राचार र ठेगाना कोरिया मै छ l अमेरिकामा नेपाली मूलका मानिसले अस्थाई नागरिक पत्र (हरियो पत्र ) प्राप्त गरे पनि मात्री भुमि केहि समयको लागि भ्रमण गर्दैमा गैर आवाशीय नेपालीबाट बन्चित हुदैन र उनको त्यो कानुनी मान्यता खारेजी हुदैन l कसरि उनि गैर आवाशीय नागरिक भएनन् ? आफ्नो मुलुक आउनु र सेवा गर्नु शेर्पाले गल्ति गरेका हुनत ? महा सचिब पद दिनु हुदैन थियो भन्ने आधारहीन समाचार प्रकाशितले लेखक र संचार कर्मीहरु प्रति अझ विश्वास घंटने हुन्छ किनभने तेन्जीले २००९ -२०११ सम्म सचिब भै काम गरेको अनुभव बटुलेका छन् भने कोरियाली भुमिमा १९८७ देखि नै रहेका छन l हामी सबैले जे कुरालाई पनि राजनीति गर्नु हुन्न l प्रजातन्त्र प्रणालीको स्वर्णिम द्वार नै निर्वाचन हो l नया जोश र जागरको साथ युवा पिढीले नेतृत्व लिने सन्दर्भ आउदा स्वागत गर्नु पर्ने अवस्थामा अध्ययन ,सोध र खोज नगरी  अध्यारोमा तिर चलाउनु हुदैन र लान्छना लगाउनुले आफ्नो मुख आफुले नै कालो बनाउने हुन्छ l  जब निर्वाचन र नया समितिको परिवर्तनको कुरा आउछ , समाज भाड्ने र टुक्र्याउने र फोहोर पानीमा माछा मार्नेबाट होसियार हुनु नै बुद्धिमान हुन्छ lबिद्ध्वत वर्गले आधारहीन ,सत्य तथा तथ्य कुरा प्रति मात्र कान ठाडो बनाउने छन् भन्ने विश्वास छ l कुनै पनि पद कसैको बपौति हुदैन र प्रजातन्त्रमा र प्रजातान्त्रिक परिपाटीमा बिधान अनुसार सबैले लड्न मौका पाउने छ l अमेरिकाको राष्ट्रपति बन्न अमेरिकामै जन्मेको हुनु पर्दछ र नेपाली व्यक्ति भारतमा जन्मे पनि नेपालको नागरिकता लिए पछि नेपालको कुनै पनि पदमा पाउने छ l लडन संबिधान तथा कुनै पनि विधानले बन्चित गर्दैन l जब निर्वाचन नजिकिन्छ यस्ता आरोप र प्रत्यारोप सतह बाहिर आउने गर्दछन र दूधको दूध पानीको पनि छुट्याउने काम सम्बन्धित निकायले गर्ने छ l हामीले बाहिर बसेर उम्मेदवारलाई औला देखाउने भन्दा उम्मेदवारले के कस्ता भावी कार्यक्रम लिएर गैर आवाशीय नेपाली संघलाई अगाडी बढाउने छ र कस्तो मार्ग चित्र कोर्ने छ भन्ने कुराले महत्व राख्दछ l युवा पिढीहरु भनेका सम्भावनाका भण्डार हुन् l अदम्य शक्ति उनीहरुमा निहित हुन्छ  l उनीहरु प्रोत्साहन चाहन्छ l हाम्रो धर्म ,कुनै राजनीति गर्ने नभै संघ तथा संस्थाको भबिश्य उज्ज्वलमय बनाउनु रहेकोले यिनै युवा पुस्तामा पर्ने गैर आवासीय नेपाली संघका अधक्ष्य पदका प्रत्यासी तेन्जी शेर्पाले अगि सार्नु भएका  घोषणा पत्रका बुदाहरु अत्यन्तै सान्दर्भिक छन् l कुर्सि मोहको लागि मात्र उम्मेदवारी नहोला भन्ने पूर्ण विश्वास बिश्व समुदायले लिएको छ lउठाएका मुद्धाहरु कार्यान्वन हुन् सके बिश्व भर छरिएर रहेका नेपालीको लागि युवा नेतृत्वका उदाहरण बन्ने छन् l नेतृत्व माथि टिका टिप्पणी आउनु स्वाभाविक हुन्छन तर जिली गाठी नबुझी अधक्ष्य पदको लागि अयोग्य र हुने नसक्ने जस्ता नकारात्मक समाचारलाई पाठकले पचाउन गार्हो हुन्छ l शेर्पा गैर आवाशीय नेपाली संघको अधक्ष्य पदको लागि योग्य छैनन् भन्नु भनेको नै एउटा योग्य तथा अनुभवी युवा पिढीलाई अवसरबाट बन्चित गर्नु हो lहामीले कुन उम्मेवार उचित र को अनुचित भन्ने भन्नु भन्दा सबै योग्य छन् भन्ने बिचार राख्दा राम्रो हुने छ  lयदि तर्क र बहस मात्र हो गर्ने हो भने भालुलाई पुराण सुनाउने कथा जस्तै हुनेछ l शेर्पाले कोरियाबाट उर्जा तथा नियन्त्रण पद्दतिमा स्नातकोत्तर अभियंत्रणा (इन्जिनियरिङ्ग )गरेका छन् भने उर्जा पद्दतिका बिद्या वारिधिका उम्मेदवार पनि हुन् l सन् २०१० देखि सियन इन्क कोरियाका वरिस्ठ प्रबन्धक भै हाल नेपाल मै कार्यरत रही आएका छन् l सबै उम्मेदवार हाम्रा साझा हुन् l नेतृत्व वर्गले संस्थाको भाग्य कोर्ने भएकोले कसले नेतृत्व लिने हो त्यो अक्टोबरमा हुने महाधिवेसनले फैसला गर्ने छ l उम्मेदवारलाई अहिले नै आलोचना र उम्मेदवारी प्रति नकारात्मक लेखि दिदा अलिक समय भन्दा छिटो हुने हुन्छ तसर्थ हामी कलम चलाउनेले एक पटक घोत्लिनु जरुरि हुन्छ l ..............................................................अस्तु .   विजय

mahoday · Jun 16, 2013 6:35 AM · 2,670 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all