एनआरएनए ईटालीको बिशेष सक्रियतामा शिक्षा तथा स्वास्थ्य सम्बन्धि मिसन सम्पन्न

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 बाबुराम श्रेष्ठ, भारेजे, ईटाली :-    सन् २०१३ जुन १०, ईटाली -  गैर आवासीय नेपाली संघ (एन.आर.एन.ए.), रास्ट्रिय समन्वय परिषद ईटालीका  अध्यक्ष डा. अनिल भट्टराई र महासचिब श्री शेर बहादुर रानाको नेतृत्वमा ईटालीयन प्रोफेसर, डाक्टर र टेक्निसियनहरुको ७  सदस्सीय प्रतिनिधी मण्डल यहि सन् २०१३ मई १६ देखि २८ तारिख सम्म नेपालमा स्वास्थ्य एवं शैक्षिक भ्रमण पूरा गरि ईटाली फर्केको छ । यस मिसनमा “द हर्ट अफ चिल्ड्रेन”  का अध्यक्ष प्रोफेसर विक्तोरियो भानिनी पेडियाट्रिक कार्डियाक सर्जन ( मिलानो), प्रोफेसर कार्लो मास्सिनी, कार्डियाक सर्जन (आन्कोना), प्रोफेसर लुईजी बाल्लेरिनी, पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिस्ट (रोम) , डा. तित्ससियाना फ्रागास्सो – आनेस्तेजियोलोजिस्त (रोम),   श्री जुजेप्पे गिस्लांदी- चिफ पर्फुजनिस्ट (बेर्गामो),  डा. अनिल भट्टराई  - कार्डियो-भास्कुलर सर्जन (पादोभा), र महासचिब श्री शेर बहादुर राना (भारेजे) को संलग्नता रहेको थियो  । सो टोलीलाइ नेपाल प्रस्थान गर्नु अगाडी एनआरएनए ईटालीका पदाधिकारीहरु द्वारा मिलानको माल्पेन्सा एयरपोर्टमा हार्दिक धन्यबाद तथा  बिदाइ गरिएको थियो भने नेपालको त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा विभिन्न महानुभवहरुले स्वागत गरेका थिए ।  मई १७ २०१३ को दिन उक्त टोलीले मनमोहन कार्डियो भास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरमा डा. भगवान कोईराला संग भेटघाट तथा छलफल गरेको थियो  ।    मई  १८, २०१३ को दिन सो  टोलि काठमाण्डौ बाट पोखरा को लागि प्रस्थान गरेको थियो,  पोखरा विमानस्थलमा  ईटालियन संस्थाहरुको सहयोगमा संचालित “गोनेसा” नामक संस्थाका बिशिष्ट व्यक्तिहरु द्वारा टोलीलाई स्वागत गरिएको थियो त्यस पछि लगत्तै सो टोलि पोखरा बाट पर्बत को लागि प्रस्थान गरेको थियो, उक्त टोलि  पर्बत जिल्लाको तिलाहार गा.बि.स. स्थित डिमुवा बजार पुग्दा श्री नव जागृत उच्च मा.बि.का प्रधानध्यापक श्री बिष्णु सुबेदी,  विधालय संचालक समितिका पदाधिकारीज्यूहरु लगाएत प्रतिष्ठित व्यक्तिहरु द्वारा स्वागत गरिएको थियो  । उक्त दिन सो  टोलि डा. अनिल भट्टराईको जन्मस्थल तिलाहार गा.बि.स.को दराक गाउँ  सम्म पैदल यात्रा गर्दै पुग्दा दराक गाउँबासीहरु नेपाली पन्चे बाजा, अबिर र फुलमालाले टोलीलाई स्वागत  गरेका थिए  । ईटालियन पाहुनाहरुले जीवनमा पहिलो पटक यस्तो स्वागत र सत्कार पाएकोमा उपस्थित सबैलाई धन्याबाद दिदै नेपालीहरुको सत्कार बिश्वकै राम्रो सत्कार भएको अभिव्यक्ति व्यक्त गरेका थिए  । दराकबाट बिदा भई टोलि पर्बत जिल्लाको सदरमुकाम कुश्मा पुग्दा टोलीलाई स्वागत गर्न बिभिन्न संघ संस्थाका पदाधिकारीहरु, बुद्धिजीवी बर्ग र गैर सरकारी संस्थाका पदाधिकारीहरु उपस्थित भएका थिए  । उपस्थित सबैले टोलीलाई पर्बत जिल्लामा स्वागत गर्दै नेपाल र नेपालीहरुलाई सहयोग गर्ने उद्धेस्य लिएर नेपाल आएकोमा टोलीलाई धन्यवाद ज्ञापन गर्दै चिनो स्वरूप पर्बत जिल्लामा उत्पादित नेपाल लेखियको झोला प्रदान गर्नु भएको थियो  ।         मई १९, २०१३ को दिन टोलीले पर्बत जिल्ला स्थित नेपालकै अग्लो झोलुङ्गे पुलको   अवलोकन गरेको थियो । त्यस पछि सो टोलि कुश्मा देखि  पर्बतकै तिलाहार गा.बि.स.स्थित श्री नव जागृत उच्च मा. बि. पुगेको थियो, टोलि बिधालय पुग्दा बिधालयका प्रधानध्यापक  श्री बिष्णु सुबेदी, अध्यापकहरु, बिधालयका संचालक समिती का पदाधिकारीहरु, अभिभावकहरु, त्यस क्षेत्रका बुद्धिजीवी महानुभवहरु पत्रकार मित्रहरु र बिधार्थी भाई बहिनिहरुको ताँतीले  अबिर, खादा र    फुलमालाले भब्य स्वागत गरेका थिए । कार्यक्रममा एनआरएनए ईटालीका अध्यक्ष डा. अनिल भट्टराई र महासचिब शेर बहादुर रानाले बिधालयलाइ एक थान कम्प्युटर र दुई लाख एक हजार एक सय एक रुपियाँको चेक बिधालयको प्रधानध्यापक श्री बिष्णु सुबेदीलाई पुस्तकालयको लागि सहयोग स्वरूप हस्तान्तरण गर्नु भएको थियो ।    उक्त कार्यक्रममा प्रोफेसर विक्तोरियो भानिनीले नव निर्मित पुस्तकालयको रिबन काटेर  उद्धघाटन गर्नु भएको थियो  । त्यसै गरि अध्यक्ष डा. अनिल भट्टराईले रिबन काटेर र महासचिब शेर बहादुर रानाले बिधालयको कम्प्युटर अन गरि ई-पुस्तकालयको उद्धघाटन गर्नु भएको थियो  । बरिस्ठ मुटु बिशेषज्ञहरु सहितको उक्त टोलीले रोग  पर्बत जानुको मुख्य उद्धश्य अनुरुप बिधालयमा पठन पाठन गरि रहेका ३५० भन्दा बढी बालबालिकाको लगातार ७ घण्टा सम्म लगाएर मुटु सम्बन्धि स्वास्थ्य परिक्षण (Ecocardiography)  गरेको थियो  । त्यसै गरि लगभग ३५/४० जना अन्य बयस्क  व्यक्तिहरुको पनि स्वास्थ्य परिक्षण    गरिएको थियो  । ईटालियन बिशेषज्ञहरुले परिक्षण गर्दा १० जनाको मुटु सम्बन्धि रोग भएको भेटिएको थियो  भने,जस मध्ये तिन जनालाई तत्काल काठमाण्डौ बोलाएर पुन परिक्षण गरिएको थियो र डा. अनिल भट्टराई नेपाल फर्के पछि तिनै जना बिरामीको अप्रेसन गर्ने निर्णय गरिएकोछ  । बिरामीहरुको सम्पूर्ण खर्च संस्थाले नै ब्योहरेको र अप्रेसनमा लाग्ने सम्पूर्ण खर्च पनि संस्थाले नै ब्योहरने निर्णय गरिएकोछ  । कार्यक्रमको अन्तमा उक्त बिशेषज्ञहरु सहितको टोलीलाई बिशेष धन्याबाद दिदै बिधालयका प्रधानध्यापक, बिधालय संचालन समितीका पदाधिकारीहरु, अभिभावकहरु र बिधार्थी भाई बहिनीहरुले चिनो स्वरूप खुकुरी प्रदान गरि हार्दिक बिदाई गरेका थिए ।          त्यस पछि उक्त टोलि पर्बत देखि पोखराको लागि प्रस्थान भएको थियो  । टोलिलाई पोखरामा नेपाली संग बिहे गरि ब्यापार गर्दै रहनु भएकी  ईटालियन चेलीले स्वागत गर्नु भएको थियो भने ईटालियन संस्थाहरुको सहयोगमा संचालित गैर सरकारी संस्था गोनेसा ले रात्रि भोजको आयोजना गरेको थियो  ।  मई २०, २०१३ को बिहान  सो टोली सेती बाढी पिडितहरुको परिवारलाई भेट्न घटना स्थल वरिपरिका बस्ति हरुमा पुगेको थियो  । सो अवसरमा  अध्यक्ष डा. अनिल भट्टराई र महासचिब शेर बहादुर रानाले   हाल सम्म पनी आफ्नो निजि घर नभएका १६ परिवारलाई पिडित हरुका घर घर सम्म गएर एन.आर.एन.ए. ईटालीको तर्फ बाट राहत स्वरूप नगद एबं परिवार संख्या अनुसार टि-सर्ट लगाएतका कपडाहरु प्रदान गर्नु भएको थियो  । पिडित परिवारहरुले यसरी घर- घर आएर सहयोग गरेकोमा एन.आर.एन.ए. ईटालीलाइ बिशेष धन्यबाद दिएका थिए ।                                                   (सेती बाढी पिडितलाई एन.आर.एन.ए. द्वारा सहयोग प्रदान गर्दै)     त्यसै दिन टोलिले पोखरा स्थित ईटालियन संस्थाहरुको सहयोगमा संचालित “ गोनेसा ” नामक संस्थाका बिशिष्ट व्यक्तिहरु संग अन्तरक्रिया पनि गरेको थियो  । पर्बत र पोखराको सम्पूर्ण कार्यक्रम पुरा गरि उक्त टोलि टोलि त्यसै दिन बेलुकी काठमाण्डौ फर्केको थियो ।   उक्क्त टोलीले भ्रमणको सिलसिलामा  गंगालाल ह्रदय रोग केन्द्र काठमाडौँमा १०  जना जन्मजात मुटुमा प्वाल एवं दुइ ठूला धमनीको बिचमा जन्मजात हुने सानो नली PDA (जुन नहुनु पर्ने हो) को निशुल्क सफल सल्यक्रिया (Device Closure) सम्पन्न गर्नुका साथै उक्क्त प्रविधी सम्वन्धी सो केन्द्रका चिकित्सकहरुलाई तालिम पनि दिलाएको थियो । त्यस्तै गरि ईटालीयन टोलीले मनमोहन कार्डियो भास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टर  र गंगालाल ह्रदय रोग केन्द्रमा मुटुको जन्मजात रोग भएका बच्चाहरुको सल्यक्रिया नेपाली चिकित्सकहरु संग मिलेर सम्पन्न गरेको थियो  । त्यसै गरि दुवै अस्पतालहरुलाई भल्ब, कनडुइट र मुटु सम्वन्धी उपचारमा लाग्ने सामानहरु पनि सहयोग स्वरूप प्रदान गरको थियो  । मिसनको अन्त्य मा ईटालियन बिशेषज्ञ हरुका सम्मानमा कार्डियाक सोसाइटी अफ नेपालले काठमाण्डौ स्थित शंकर होटेलमा एक रात्रि भोजको आयोजना गरेको थियो जसमा त्रिभुवन विश्वबिधालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक एबं बरिष्ठ हृदय शल्य चिकित्सक तथा कार्डियाक सोसाईटी अफ नेपालका अध्यक्ष प्राध्यापक डा. भगवान कोइराला, गंगालाल हृदय रोग केन्द्रका कार्यकारी निर्देशक डा. मन बहादुर के.सी. लगाएतका बिशिष्ठ चिकित्सकहरुको उपस्थिति रहेको थियो भने प्रोफेसर भित्तोरियो भानिनी र प्रोफेसर लुईजी बाल्लेरिनीले शिक्षा मुलक लेक्चर हरु दिनु भएको थियो ।        यो मिसनको सम्पूर्ण आर्थिक भार एनआरएनए  ईटाली को संयोजनमा The Heart of Children भन्ने सस्थाले व्योहरेको थियो  थियो । यस संस्थाका निर्देशक प्रोफेर्सर भित्टोरियो भानिनिले यस मिसनको खर्च लगभग ५०  लाख नेपाली रुपैया भएको कुरा पनि जानकारी गराउनु भएको छ ।  मई २८, २०१३ मा  ईटालियन बिशेषज्ञहरु ईटाली का लागि  प्रस्थान गर्नु भएको थियो भने २९ मई २०१३ को दिन अध्यक्ष डा. अनिल भट्टराई र महासचिब शेर बहादुर राना पाल्पा रामपुर प्रस्थान गर्नु भएको थियो । डा. अनिल भट्टराई र शेर बहादुर रानालाई पाल्पा रामपुर स्थित विभिन्न अस्पतालका संचालक, प्रबन्धक  र डाक्टरहरुले पाल्पाली ढाका टोपी लगाई स्वागत गर्नु भएको थियो  । डा. अनिल भट्टराईले पाल्पा रामपुरमा पनि ३५/४० जना मुटु रोगीहरुको निशुल्क परिक्षण गर्नु भएको थियो भने वहाँले पाल्पा रामपुर स्थित नेपाल सरकारको  क्षेत्रिय अस्पतालको  अवलोकन  पनि गर्नु भएको थियो ।  जुन ०६, २०१३ को दिन अध्यक्ष डा. अनिल भट्टराई र महासचिब लगाएत एनआरएनए ईटालीको अन्य सदस्यहरुको बाक्लो उपस्थिति माझ एनआरएनए को काठमाण्डौ टेकु स्थित मुख्य  सचिवालयका  कार्यकारी निर्देशक श्री राजेश राणालाई एनआरएनए भवन निर्माणको लागी एक लाख दश हजार रुपियाँ हस्तान्तरण गर्नु भएको थियो  । त्यसै दिन टोलीले एनआरएन इन्भेस्टमेन्ट प्रा.लि.को कार्यलय गई सामूहिक लगानीको बारेमा जानकारी लिएको थियो । त्यसै गरि एन.आर.एन.ए. ईटालीको प्रतिनिधि मण्डलले ऐक्यबद्धता मासिक पत्रिकाको कार्यलय मा गई त्यसका निर्देशक संग भेटघाट गरेको थियो भने ऐक्यबद्धता मासिक पत्रिकाका सम्बाददाताले एन.आर.एन.ए. ईटालीले सम्पन्न गरेको मिसन को बारेमा बिशेष अन्तरबार्ता लिनुभएको थियो  । एन.आर.एन.ए. ईटालीको टोलिले नेपाल भ्रमणको क्रममा अन्य विभिन्न संघ संस्था लगाएत नेपालका बिशिष्ट  ब्यक्तित्वहरु संग पनि भेटघाट गरेको थियो । अध्यक्ष डा. अनिल भट्टराई र महासचिब शेर बहादुर राना एनआरएनए ईटालीको बिशेष सक्रियतामा आयोजित  “ नेपाल मिसन २०१३ ”  सम्पन्न गरि ०७ जुन २०१३ को दिन ईटाली आई पुग्नु भएको छ ।  

mahoday · Jun 14, 2013 9:00 PM · 2,804 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all