चौथो अन्तरराष्ट्रिय नेपाली कविता महोत्सवको नतिजा घोषणा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भर्जिनिया ,अमेरिका ,जुन १३ (जेष्ठ ३१ , २०७०) ए एन ए नेपाली साहित्य प्रतिष्ठान , उत्तर अमेरिकाद्वारा आयोजित चौथो अन्तरराष्ट्रिय नेपाली  कविता महोत्सबमा मोरंगका पदम गौतमको “ 'सपना पछ्याउदै”  शीर्षकको कविता प्रथम ,काठमान्डौकी हरिमाया भेटवालको “आमा र घाम “ कविता दोश्रो र तेश्रो पोखराका ईश्वरमणि अधिकारीको “घर” कविता तृतीय भएको घोषणा प्रतिस्ठानका महासचिब हेमन्त श्रेष्ठले एक छापा बिज्ञप्ति जारी गर्दै उक्त जानकारी गराएका छन् l महोत्सवमा प्रथम हुने कविले  ‘एन एम शुभद्रा भानुभक्त काव्य पुरस्कार’ र प्रमाणपत्र सहित नगद १००० डलर, दोश्रो हुनेले ‘शर्मा मुडभरी मोतीराम काव्य पुरस्कार’ र प्रमाणपत्र सहित नगद ३०० डलर र तेश्रो हुनेले ‘वसुन्धरा गणेश रोका देवकोटा पुरस्कार’ र प्रमाणपत्र सहित नगद २०० डलर प्राप्त गर्ने जनाइएको छ l उक्त छापा बिज्ञप्तिमा श्रेष्ठले जनाए अनुसार कविता प्रतियोगिताको लागि १८ देशबाट अंग्रेजी र नेपाली भाषामा  जम्मा २२७ वटा कविताहरु प्राप्त भएका थिए ।  कविता महोत्सब आयोजनाको निमित्त प्रतिष्ठानका उपाध्यक्ष एबं साहित्यकार विनोद रोका प्रमुख संयोजक र सदस्य एबं कवि गोवर्धन पूजा उपसंयोजक रहनु भएको एक समिति गठन गरिएको थियो | कविता मूल्याकंनका लागि उपाध्यक्ष रोकाकै संयोजकत्वमा प्रशिद्ध कवि, कवयित्री एवं साहित्यकारहरु तुलसी दिवस, उषा शेरचन, डां. हरिहरप्रसाद भट्टराई, विप्लब प्रतिक, गोवर्धन पूजा र नीलम कार्की निहारिका रहनु भएको एक निर्णायक समिति गठन गरिएको थियो ।  पुरस्कृत कवि कवियत्रीहरुलाई यही जुलाई ४ देखि ६ सम्म अमेरिकाको न्युयोर्कमा हुने दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका (ए एन ए ) को ३१ औं सम्मेलनको अबसरमा पुरस्कार प्रदान गरिने जनाईएको छ l कविता संकलन र सम्पर्कका लागि सदाझैँ यस वर्ष पनि बिभीन्न देशका निमित्त संयोजकहरु मनोनयन गरिएको थियो | जस अन्तर्गत नेपालका लागि बिश्वबिमोहन श्रेष्ठ, बेलायतका लागि कोमलप्रसाद श्रेष्ठ मल्ल, क्यानाडाकालागि ऋषि बस्ताकोटी, भारतका लागि मनप्रसाद सुब्बा, इजराइलका लागि  भगवती बस्नेत, खाडी मुलुकका लागि चन्द्र गुरुङ, दक्षिण एसियाका लागि टंक सुब्बा, अष्ट्रेलियाका लागि निष्प्रभ सजी र भूटानका लागि  पुरानाघरेले सहयोग पुर्याउनु भएको जनाईएको छ l उक्त छापा बिज्ञप्ति मार्फत महोत्सबलाई सफल पार्न सहयोग गर्नु हुने संयोजक समितिका पदाधिकारी तथा सदस्यहरु, विभिन्न देशका संयोजकहरु, मूल्यांकन समितिका बिशिष्ट साहित्यकारहरु तथा कविता पठाउनु हुने सम्पूर्ण स्रस्टाहरुलाई प्रतिष्ठानको तर्फबाट धन्यबाद दिइएको छ l  

mahoday · Jun 13, 2013 7:12 PM · 2,758 views

1 Reply

 Khoi ta winning poems???

Alias_ · Jun 13, 2013 10:30 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all