विजय थापा भर्जिनिया , न्यु योर्क ,जुन १० ,३१ औ ए एन ए सम्मेलन सुरु हुन् केहि दिन बाकी रहेको छ l सबै क्षेत्रमा उत्साहजनक सहभागिता देखिन सुरुवात भै सकेको भन्दै ३१ औ ए एन ए न्यु योर्क सम्मेलनका संचार संयोजक सुर्य थापाले एक छापा बिज्ञप्तिमा जनाएका छन l सहभागी हुन् आउनेहरुद्वारा व्यापक सोध खोज ,सम्पर्क गरि रहेका र अतिथि गृहको आरक्षण पनि बिस्तारै वृद्धि हुन् थाली सकेको भन्दै अमेरिकाका बिभिन्न राज्यहरुबाट बिभिन्न खेलमा आफ्नो टोलि तथा व्यक्तिगत रुपमा नाम दर्ता गराई सकेका छन भन्दै यो क्रम अझ बढ्ने आशा राखिएको जनाएका छन् l ताजा जानकारी अनुसार पुरुष बास्केटबल,महिला बास्केट बल ,पुरुष भलिवल,गल्फ ,टेबल टेनिस ,र भकुण्डो (soccer)मा नाम दर्ता गराउनेको संख्या करिब ४० भन्दा बढ्ता भै सकेको उक्त छापा बिज्ञप्तिमा जनाईएको छ l पुरुष बास्केटबल तर्फ -९ ,महिला बास्केट बलमा -३, पुरुष भलिबलमा -६,गल्फमा ५ जना (करिब २० जना भन्दा बढ्ता हुने आशा राखिएको छ ),टेबल टेनिस ८ र भकुण्डो (soccer )मा करिब १० वटाले दर्ता गराई करिब ४० भन्दा व्यक्तिगत तथा सामुहिक रुपमा दर्ता गराईएको उल्लेख गरिएको छ l खेलकूदलाई व्यवस्थित बनाउन हर कोसिस गरिएको र खेल्ने मैदानहरुको पनि पूर्ण व्यवस्था गरि सकिएको उक्त छापा बिज्ञप्तिमा जनाईएको छ l पुरुष बास्केट बिजेतालाई $ २०००.०० र उप बिजेतालाई $ १०००.०० ,महिला बास्केटबलमा बिजेतालाई $ ५००.०० तथा उप बिजेतालाई $ २५०.०० छ भने ,भकुण्डो(सकर) बिजेतालाई $२५००.०० तथा उप बिजेतालाई $ १५००.००,भलिबलमा बिजेतालाई $ १०००.०० र उप बिजेतालाई $ ५००.०० ,टेबल टेनिसमा बिजेतालाई $ ५००.०० र उपविजेतालाई $ २५०.०० राखिएको छ l कूल $ १०,०००.०० (दस हजार डलर )लगभग करिब ९ लाख नेपाली रुपैया नगद पुरस्कारको साथै तथा प्रमाण पत्र प्रदान गरिने छ l
mahoday · Jun 10, 2013 6:10 PM · 10,895 views
yo ta sarasar discrimination bhayo पुरुष बास्केट बिजेतालाई $ २०००.०० र उप बिजेतालाई $ १०००.०० ,महिला बास्केटबलमा बिजेतालाई $ ५००.०० तथा उप बिजेतालाई $ २५०.०० छ What happened to the feminists
Patan · Jun 10, 2013 8:39 PM
I am guessing the prize money comes from participation fees. Obviously men's BB will have more participants hence more money. Je pani protest garney ra bhanya?
Kiddo · Jun 10, 2013 8:55 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion