विदेशीसँग माग्ने सामानको लिस्ट तयार 10 Jun 2013 | 10:10am सोमबार २७ जेष्ठ, २०७० सुरेन्द्र पौडेल काठमाडौं - निर्वाचन आयोगले संविधानसभा निर्वाचनका लागि भारतसँग पाँच सयभन्दा बढी गाडी अनुदान माग्ने भएको छ। निर्वाचनमा चाहिने सम्पूर्ण मतपेटिका र विद्युतीय मतदानमा आवश्यक पर्ने उपकरण र सफ्टवेयरसमेत भारतसँग मागिने छ। निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने सामग्री मित्रराष्ट्रहरूसँग अनुदानमा माग्नेसम्बन्धी आइतबार निर्वाचन आयोग, परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयका पदाधिकारीबीच भएको बैठकमा चीनसँग ४० किसिमका निर्वाचन सामग्री अनुदान माग्ने सहमति भएको छ। 'निर्वाचनमा के–के सामग्री कुन देशसँग सहयोग माग्ने भन्ने छलफल भयो,' आयोग प्रवक्ता वीरबहादुर राईले भने, 'सामग्री पहिचान गरी सहयोगी राष्ट्रसँग प्रस्तुत हुने कुरा भएको छ। एउटा देशसँग मागिएको कुरा अर्कोसँग मागिने छैन।' बैठकले चुनावलाई आवश्यक पर्ने ६७ सामग्री पहिचान गरेको थियो। २०६४ को चुनावमा जुन देशसँग जे सामग्री सहयोग मागिएको थियो, ती देशसँग तिनै सामग्री माग्ने सहमति भएको छ। अघिल्लो संविधानसभा निर्वाचनमा भारतले पाँचसय थान गाडी सहयोग गरेको थियो। मतपेटिका पनि भारतले नै दिएको थियो। त्यतिबेला दिइएका सबै गाडी सरकारी निकायमा प्रयोगमा भएकाले अहिले पनि त्यति नै माग्ने निचोडमा आयोग पुगेको छ। भारतसँग मागिने गाडी निर्वाचन कर्मचारी आउजाउ र मतपेटिका ओसारपसारमा प्रयोग गरिनेछ। आयोगले पुस दोस्रो साता भारतीय दूतावासलाई पत्राचार गरी विद्युतीय भोटिङ मेसिन अनुदानमा उपलब्ध गराइदिन आग्रह गरेको थियो। संविधानसभा निर्वाचनमा हुन सक्ने सहयोग आदानप्रदानबारे छलफल गर्न गत सोमबार भारतीय राजदूत जयन्तप्रसाद प्रमुख निर्वाचन आयुक्तको कार्यकक्ष पुगेका थिए। 'ग्रिनसिग्नल' मिलेपछि विद्युतीय मतदान उपकरण, सफ्टवेयर, मतपेटिका र गाडी भारतसँग माग्ने निर्णयमा आयोग पुगेको हो। 'आवश्यक पर्ने सम्पूर्ण मतपेटिका, विद्युतीय मतदान उपकरण र सफ्टवेयर भारतसँग सहयोग माग्ने सहमति भएको छ,' बैठकमा सहभागी एक सदस्यले भने, 'मुख्य सहरका नगरपालिका जहाँ शिक्षित जनसंख्या उच्च छ, त्यहाँमात्र विद्युतीय मतदान हुनेछ।' ती सदस्यका अनुसार औंलामा लगाउने मसीदेखि टोपीसम्म र बुथमा राखिने घडीदेखि मतदान सकिएपछि मतपेटिकामा लगाउने लाहाछापसम्म विदेशीसँग मागिने छ। जुटको बोरा, सिलाउने धागो, सलाई, सेफ्टी पिनलगायत सामग्री भने किन्ने तयारी छ। मतपत्रमा लगाउने छाप, निर्वाचनमा संलग्न कर्मचारीले लगाउने टिसर्ट र टोपी, टेबुल घडी पनि सहयोग मागिने छ। विगतको निर्वाचनमा विभिन्न सहयोग गरेको जापानसँग सुरक्षा छापलगायत सामग्री मागिनेछ। निर्वाचन सामग्री नर्वे, डेनमार्क, स्विट्जरल्यान्ड, बेलायत, अमेरिकासँग पनि मागिने छ। निर्वाचन सामग्री माग्न यसअघि आयोगको विदेशी सहायता समन्वय समितिले दाताहरूसँग छलफल गरेको थियो। एक महिनाअघिको छलफलमा दाताले उपलब्ध गराउन सक्ने निर्वाचन सामग्रीबारे जानकारी गराएका थिए। सोही बैठकमा विदेशीले जनाएको प्रतिबद्धताअनुसार सामग्रीको सूची तयार पारिएको हो। आयोगले परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशमा पत्राचार गरी निर्वाचन सामग्री सहयोग गर्न आग्रह गर्नेछ। त्यसपछि मात्र सहयोग लिन सुरु हुनेछ
Bornto_Rise · Jun 10, 2013 3:09 PM · 16,074 views
Sad indeed. "Kahile na jhukne Shira utheko Swabhimani Nepali hunchha."
Kiddo · Jun 10, 2013 4:50 PM
Nepal is a failed state we all know that, no electricity no highways, shit n dead corpses floats in drinking water......
Gorikopoi · Jun 10, 2013 5:26 PM
khate ra pakhe haru politics ma lagera hamro nepal lai lutnu lutey
Patan · Jun 10, 2013 8:46 PM
I really think if Kate and Pakhe were in politics, we would be far better off.
Kiddo · Jun 10, 2013 8:54 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion