विजय थापा भर्जिनिया ,अमेरिका न्यु योर्क ,अमेरिका ,जुन ७ ,३१ औ ए एन ए ( दि एसोसिएसन अफ नेपलिज इन अमेरिका )न्यु योर्क सम्मेलनमा सगरमाथा सफल आरोहणगरि सकेका नेपाली प्रख्यात तथा बिश्वमा चर्चित पर्वतारोही तथा बिदेशी आरोहीहरुले सम्मेलनको समुद्घाटन कार्यक्रममा हिमाल चढ्ने वस्त्रसहित परेडमा सहभागी हुने भएका छन् l सगरमाथा आरोहण गर्ने पहिलो दक्षिण एसियाको पत्रकार आङ्ग छिरिङ्ग शेर्पाले जानकारी दिदै पूर्ण सगरमाथा आरोहण गर्दा गरे जस्तै सम्पूर्णसामग्री र प्रयोग हुने वस्तु सहित सहभागी हुने योजना रहेको बताएका छन् l सगरमाथामा आरोहण गरे जस्तै हिमाल बनाई प्रदर्शन गर्ने पनि सोचभएकोले यसमा सबै पर्वतारोहीसंग छलफल गरि रहेको शेर्पाले अवगत गराएका छन् l सगरमाथा आरोहणमा विभिन्न विश्व कीर्तिमान कायम गरि गिनिज बुक अफ वर्ल्ड रेकर्ड राखीसकेका आरोहीहरुको साथमा करिब २० जना नेपाली सगरमाथा आरोहीहरुको भेला हुने लगभग पक्का भइसकेको छ । जसमा तीन जना सगरमाथा आरोही महिलाहरु सहाभागी हुने भएको छ । अमेरिकन सगरमाथा आरोहीहरु पनि आउने चासो दिइरहेकोले अहिलेसम्म कति आउने भने यकिन हुन सकेको छैन ।आङ्ग छिरिङ्ग शेर्पा एक दशक भन्दा लामो समय नेपालकेा कान्तिपुर दैनिकमा कार्यरत संचारकर्मी हुन् र न्यु योर्कबाट उनीले सगरमाथाको नामबाटैएभरेस्ट टाइम्स पत्रिका संचालन गर्दै आई रहेका छन् l हरेक बर्ष मे २९ तारिख अर्थात् न्युजील्याण्डका बिश्व विख्यात पर्वतारोही सर एडमण्डहिलारी तथा नेपाली मूलका तेञ्जिङ्ग शेर्पाले सगरमाथा चढेको दिनलाई सगरमाथा दिवसको रुपमा न्युयोर्कमा मनाउदै आएको जानकारी शेर्पालेदिएका छन l मूलत सगरमाथालाई बिश्वलाई चिनाउने र नेपालको पर्यटनलाई प्रबर्धन गर्ने उदेश्य साथ यो प्रदर्शन गर्न लागिएको हो जानकारी शेर्पाले दिए l
mahoday · Jun 7, 2013 7:47 PM · 2,347 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion