न्यु योर्क ,जुन ७ तारिख ,३१ औं एएनए न्यु योर्क सम्मेलनका संचार संयोजक सुर्य थापाले एक छापा बिज्ञप्ति प्रकाशित गर्दै नेपालको रुपन्देही स्थायी घर भई हाल अमेरिकामा बस्दै आउनु भएका युवा तथा प्रतिभाशालि कृष्ण पाण्डेयले आगामी एएनए सम्मेलनको उद्घाटनको दिन जुलाई ४, २०१३ को सांझ ७ बजे देखी ९ बजे एक बिशेष कार्यक्रम बीच बिश्वकिर्तिमान राख्ने जानकारी गराएका छन् । युवा पाण्डेयले एक मिनेटमा अहिले सम्मकै धेरै अग्रेंजी शब्दहरु उल्टो उच्चारण गरेर बिश्वकिर्तीमान बनाउन तैयार भएको र सो को लागि पाण्डेय तैयार रहेको बताईएको छ l उक्त कार्यक्रमलाई कसरी सफल र रोचक बनाउने भन्ने बिषयमा एएनए सम्मेलन आयोजक समितीtका पदाधिकारीसंग छलफल गर्नका लागि केहि दिन अगाडि न्युयोर्कमा आएका पाण्डेयले आफु बुद्ध नेपालमा जन्मेको र सगरमाथा नेपालमा छ भन्ने सन्देश बोकेर नेपालको नाम चिनाउने उद्धेश्यका साथ बिश्व किर्तिमान कायम गर्न लागेको बताएका थिए । र उक्त छापा बिज्ञप्तिमा संचार संयोजक सुर्य थापाले ३१ औं एएनए सम्मेलन आयोजक समिती कृष्ण पाण्डेयलाई सफलताको कामना समेत दिई सकेको उल्लेख गरेका छन् lउक्त ऐतिहासिक क्षण हेर्न र पाण्डेयलाई समर्थन गर्न सबैलाई आग्रह गरिएको छ l
mahoday · Jun 7, 2013 7:13 PM · 2,385 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion