नेपाली चेली भन्छिन्- पैसा कमाउने हो ? कतार आउनोस् ! खाडीमुलुक नेपालीका लागि अवसरको खानी बन्दै 119 उद्धव भट्टराई/कतार कतारको पाँचतारे होटलमा एक नेपाली विदाका दिन (शुक्रबार) वियर पिउँदै गरेको अवस्थामा भेटिए । उनी विदेशमा आएका नेपालीहरुले के राष्ट्रियताका कुरा गर्ने यार, हामी त नेपालले नपत्याएका नेपाली हौं भन्दै वियरसँगै आफ्नो तिक्तता ओकल्दै थिए । उनी भन्दै थिए-’नेपालले मलाई ३ हजारको जागिर पत्याउन सकेन र अहिले कतारमा काम गर्न आएको छु ।’ आज मेरालागि खाडी कर्मभूमी र जिबिकोपार्जनको उर्भरभूमी भएको छ, मैले अब किन नेपाल भनेर खोक्रो राष्ट्रियता देखाउने ?’ उनले खुलेर आफ्नो परिचय त गराए तर मिडियामा सार्वजनिक नहुने शर्तमा । उनी भन्दै थिए- ‘मिडियामा सार्वजनिक भयो भने आफ्नो स्वतन्त्रता खोसिन्छ ।’ उनी कतारमा रहेका नेपाली मार्केटमा पनि बाहिर आउन चाहँदैनन् । उनलाई न राजनीति गर्नु छ, न त प्रचारमा आएर कुनै ठूलो व्यक्ति बन्नु नै छ । अहिले उनी आफ्नो काम र व्यक्तिगत जीवनप्रति औधी खुशी छन् । कतारको एक उच्चस्तरको कम्पनीमा फाइनान्स मेनेजरकारुपमा कार्यरत उनी चितवन जिल्लाका स्थायी बासिन्दा रहेछन् । सो कम्पनीमा १८ हजार रियाल – करिव साँढे चार लाख नेपाली) मासिक तलव -अन्य सुविधा बाहेक) खाइरहेका उनी नेपालप्रतिभन्दा पनि कतारप्रति जिम्मेवार हुनुपर्ने तर्क राख्छन् । भन्छन्- ‘नेपालले हजारको जागिर पत्याएन, तर कतारले लाखको जागिर दियो, किन मैले नेपाल भनेर मरिहत्ते गर्ने ?’ एक अर्थमा उनको भनाइमा सत्यता भए पनि उनले नेपालप्रति देखाएको आक्रोश अलि फरक थियो । प्रवासमा बसेका नेपालीहरुलाई बढी राष्ट्रियता झल्कन्छ भन्ने गैरआवासीय नेपालीहरुको भनाइ उनमा लागु भएन । मैले सोधें-’किन यति धेरै राष्ट्रियताप्रति आपत्ति जनाउनुभयो नि ?’ उनले सटिक जवाफ दिए -’के दियो राष्ट्रियताले ?’ नेपालमा हार खाएर विदेशिएको दशक बितिसक्दा उनी आज कतारमा सफल र सन्तुष्ट बनेका छन् । खाडी मुलुक भन्नेवित्तिकै बेल्चा हान्ने नेपालीहरु कार्यरत ठाउँ भन्ने बुझाइ धेरैको छ । अझ खाडी मुलुक जाने कामदारलाई हेर्ने दृष्टिकोण पनि आम जनमानसमा त्यही छ । तर, खाडी मुलुकमा धेरै राम्रो पदमा बसेर उत्कृष्ट कमाइ गर्ने नेपालीहरु पनि प्रशस्त छन् । संख्यात्कमरुपमा केही कम नेपालीहरु यस्ता भएपनि उनीहरु आकर्षक रोजगारी र तलवका कारण खुशी साथ बसेका छन् । त्यसैका एक उदाहरण हुन् यी चितवने । राष्ट्रियताबारे यति धेरै तिक्तता पोखे पनि उनी कतारको भन्दा आधामात्रै तलव नेपालमा मिल्ने हो भने स्वदेशमै र्फकन चाहन्छन् । बाध्यताले विदेशिएको भए पनि आफ्नो जन्मभूमिमै परिवार भएकाले उनलाई तानिरहन्छ । तैपनि उनी भन्न चै भन्छन्- ‘आज संसार सानो भइसकेको छ ।’ कतार जानेलाई हेर्ने दृष्टिकोण काठमाडौ नजिकैको धुलिखेलका रामशरण श्रेष्ठ अहिले कतारको पाँचतारे होटलको मेनेजरकारुपमा कार्यरत छन् । दोहामा रहेको ग्राण्ड रिगल होटलका हर्ताकर्ता उनी होटल म्यानेजमेन्टका विश्वासपात्र पनि हुन् । उनी जापानलगायत अन्य देशमा काम गरेर कतार आइपुेका हुन् । उनी भन्छन् -’पहिला कतार भनेपछि मलाई पनि मन परेको थिएन, तर यहाँ काम गर्न थालेपछि पो थाहा भयो, हामी काम गर्नेलाई गल्फ उपयुक्त रहेछ ।’ कमाइ र सुविधाप्रति सन्तुष्ट यी श्रेष्ठ खाडीमा जाने नेपालीहरुलाई समाज र सरकारी निकायले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने धारणा राख्छन् । उनी भन्छन्- ‘कहाँ काम गर्छस् भन्दा ‘कतार’ भन्यो भने बिहे हुन पनि गाह्रो छ, तर म यूरोप अमेरिकामा काम गर्ने नेपालीहरुको भन्दा कम कमाउँदिन ।’ अष्ट्रेलिया छाडेर कतार केही वर्ष अष्ट्रेलियामा पढेर कतारमा काम गर्न आएकी काठमाडौकी सवनम बज्राचार्य जति खुशी छिन्, त्यति नै सन्तुष्ट पनि । अष्ट्रेलियामा नै अध्ययन गरेर उतै रोजगारी गर्ने उनको उद्धेश्य रहेको थियो । तर, विद्यार्थी भिसामा लुकेर काम गर्नु पर्ने अष्ट्रेलियाको नियति उनलाई मन परेन । उनी काम गर्नका लागि नै कतार छिरिन् । अहिले उनी बहुराष्ट्रिय कम्पनी कतार यूएई एक्सचेञ्जमा एचआर एसिसटेण्डकारुपमा कार्यरत छिन् । राम्रो अवसर पाएर काम गरिरहेकी बज्राचार्य उक्त कम्पनीमा पहिलो नेपाली महिला पनि हुन् । उनी कतारमा काम गर्न पाउँदा खुशी छिन् । उनी भन्छिन्- ‘हामी अष्ट्रेलिया तथा अमेरिकामा कानूनीरुपमा राम्रो काम गर्न पाउँदैनौ अनि तल्लोस्तरको काम गनुर्ृपर्ने बाध्यता हुन्छ, तर गल्फमा सम्मानजनक ढंगले वर्कपरमिट पाइन्छ ।’ उनले अन्य नेपालीहरुलाई पनि आग्रह गर्दै भनिन्- ‘पैसा कमाउनु छ भने गल्फ नै आउनुहोस् ।’ आम नेपालीहरुले गल्फमा गएका नेपालीहरुलाई हेर्ने दृष्टिकोण नराम्रो भएकामा उनको पनि आपत्ति छ । अझ नेपाली महिलाहरुका लागि कतार धेरै सुरक्षित र राम्रो भएको उनी बताउँछिन् । उनी आफ्नो अनुभवका आधारमा भन्छिन् – ‘योग्य महिलाहरुका लागि गल्फ भन्दा अरु विकल्प नै छैन ।’ उनीजस्तै अहिले धेरै महिला कामदारहरु कतारमा कार्यरत रहेका छन् । पाँचतारे होटलमा होस् या सपिङ मलमा अनि कतार एयरवेजमा होस् या टेवल वर्कमा नेपाली महिलाहरुले सम्मानजनक काम कतारमा गरिरहेका छन् । क्यासियरदेखि फाइनाइन्स प्रमुखसम्म सन् २००७ मा यूएईमा अन्तर्वार्ता दिएर क्यासियरबाट रोजगारी शुरु गरेका काठमाडौका मनिष जोशी आज कतार यूएई एक्सचेञ्ज कतारको फाइनान्स प्रमुख भएर काम गरिरहेका छन् । कामप्रतिको लगनशीलता अनि कडा परिश्रमका कारण उनले आज कम्पनीमा राम्रो प्रभुत्व जमाउन सकेका हुन् । सोही कम्पनीमा कार्यरत दर्जनभन्दा बढी नेपालीहरु आफ्नो काम र दामप्रति सन्तुष्ट छन् । उनीहरुले नेपालको लाखभन्दा बढी मासिक आर्जन गरिरहेका छन् । सफलतासँगै समाज सेवा पनि बैदेशिक रोजगारका क्षेत्रमा दुःख र समस्यामा परेका घटनाहरु मात्र छैनन् । केही नेपालीहरुलाई बैदेशिक रोजगारले धेरै माथि पुर्‍याएर सफल पनि बनाएको छ । सामान्य काममा विदेश छिरेका नेपालीहरु क्रमशः ठूलो पदमा पुगेका पनि धेरै छन् । असिसेण्ड एकाउन्टेनका रुपमा १५ वर्ष अगाडि कतार प्रवेश गरेका स्याङ्जाका टुकराज अर्याल आज सफल व्यक्तिमात्र बनेका छैनन्, एक समाजसेवीका रुपमा पनि चिनिएका छन् । कतार छिरेको वर्ष दिनपछि नेपाल फर्किने सोचमा रहेका अर्यालले १५ वर्ष कतारमै बिताए । उनी आज आफुले काम गर्ने कम्पनीमा प्रमुख एकाउण्टेड बन्न सफल भएका छन् । साइकलसम्म चलाउन नजान्ने अर्याल आज महंगो गाडी चढिरहेका छन् । उनी स्याङ्जा सहयोग समाज कतारका अध्यक्ष बनेर अहिले समाजसेवा गरिरहेका छन् । विदेशले पैसा मात्र होइन, सीप पनि सिकाएर नेपालीलाई सम्पन्न बनाइरहेको छ भन्ने उदाहरणका एक पात्र हुन् अर्याल । उनीजस्ता सफल व्यक्तिहरु कतारमा अहिले अनगिन्ती पुगिसकेका छन् । युरोप र अमेरिकाबाट कतारमा काम अहिले कतारमा विकसित देशका नागरिकहरु पनि आएर काम गरिरहेका छन् । यूरोप र अमेरिकन नागरिकहरु दक्ष कामका लागि खाडीमुलुक नै रोज्ने गरेका छन् । तर नेपालीहरुले आफ्नो बुझाइमा भने खाडीलाई राम्रो दर्जामा राख्न सकिरहेका छैनन् । कमाइ र सुविधा गल्फमा धेरै पाइने भएकाले दक्ष कामदारहरुको रोजाइ आज खाडी भइरहेको छ । अधिकांश नेपालीहरुले गल्फमा काम गर्ने नेपालीलाई हेर्ने हेराई एउटै छ । गल्फमा काम गर्ने वा जाने भनेपछि नेपालीहरुको नाक खुम्च्याउने परिपाटीको अन्त्य गर्न सकिएको छैन । अझ नेपाली समाजमा पनि राम्रो परिवारको मानिस खाडीमा जान नै हुँदैन भन्ने भ्रम रहिरहेको छ । राम्रो परिवारको मानिस जहिले पनि यूरोप र अमेरिका नै रोज्ने गरेका छन् तर उनीहरुको हालतको लेखाजोखा कसैले राख्न सकिरहेको छैन, उनै स्याङ्जाका टुकराजको भनाइ छ । ‘ह्वाइट कलर जब’मा १० प्रतिशत नेपाली अदक्ष कामदार आपूर्ति गर्ने देश भनेर नेपाल अझै चिनिइरहनु अर्को विडम्वना हो । नेपाली कामदारहरु विदेश भनेपछि आँखै चिम्लेर हाम्फाल्दा पनि यस्तो नजरले नेपाल र नेपालीलाई हेर्ने गरिएको हो । बैदेशिक रोजगारमा जाँदा सीप सिकेर दक्ष बनेर जाने हो भने अवसर र कमाइ धेरै राम्रो गल्फमा छ । कतारका लागि नेपाली राजदूत डा. मायाकुमारी शर्मा कतार नेपालीहरुका लागि सीप सिक्ने र कमाइ गर्ने एउटा राम्रो गन्तब्य भएको स्वीकार्छिन् । उनले राजदूत भएर कतारमा पदवाहाली गर्ने वित्तिकै ‘ह्वाइट कलर जब’ -दक्ष काममा) नेपाली कामदार ल्याउन पहल गर्ने बताएकी थिइन् । उनी कतारमा राजदूत भएको वर्षदिन पुग्न लाग्दा कति नेपालीहरुले यस्तो जब पाए, त्यो दूतावासको तथ्यांकमा होला । तर, नेपालीहरु ह्वाइट कलर जबमा सन्तोषजनक ढंगले काम भने राजदूत शर्मा जानुभन्दा पहिलेदेखि नै गरिरहेका छन् । नेपाली दूतावासको तथ्यांकमा राम्रो काममा कति नेपालीहरु कार्यरत रहेका छन् भन्ने एकिन डाटा नभए पनि करिव १० प्रतिशत नेपालीहरु ह्वाइट कलर जबमा कार्यरत भएको अनुमान लगाउन सकिन्छ । उनीहरु आफुले काम गर्ने कम्पनीमा राम्रो पदमा पुगेर काम गरिरहेका छन् । गैरआवासीय नेपाली संघ कतारको आंकलनमा पनि पछिल्लो समयमा कतारमा दक्ष कामका लागि नेपालीहरु आउने क्रम बढिरहेको छ । एनआरएन कतारका सचिव विनोद भट्टराई भन्छन्-’ अहिले कतारमा राम्रो कामका लागि आउने नेपाली बढिरहेका छन्, हामीसँग तथ्यांक नभए पनि २५ प्रतिशत नेपालीहरु लेबरभन्दा माथिको काममा रहेका छन् ।’ नेपालले गर्नुपर्ने काम यी कुराले पनि देखाउँछ कि कतारमा लेबरमा काम गर्ने नेपालीहरु मात्र छैनन्, राम्रो पदमा बसेर काम गर्ने नेपाली पनि धेरैछन् भन्ने प्रष्ट हुन्छ । नेपाल सरकारले पनि राम्रो पद र तलवमा नेपाली कामदारहरु पठाउन पहल गर्नुपर्छ । तल्लोस्तरको काममा मात्र नेपाली पठाउने कार्यलाई जतिसक्दो चाँडो रोक्नुपर्छ । श्रम तथा रोजगार सचिव सरेशमान श्रेष्ठले भनेजस्तो सकेसम्म विदेश नजाऔं, जानै परे पनि सीप सिकेर मात्र दक्ष बनेर जाऔं भन्ने भनाइलाई चरितार्थ गर्न जरुरी छ । दक्ष कामदारले तलव र सुविधा राम्रो पाउने हुँदा अबको दिनमा दक्ष भएर विदेश जाऔं ता कि हाम्रो परिश्रमले उच्च मान्यता पाओस् । - See more at: http://www.onlinekhabar.com/20...
_____ · Jun 7, 2013 11:00 AM · 11,888 views
rati rati jaad rakshi khayera muslim keti haru sanga party garna payincha ki payindaina, payincha bahneta ma pani qatar aauchu baabai, mahina ko 4.5 lakhs kamaune, ferrrari chadna paune ani chitikka pareki muslim keti haru sanga jaad rakshi khadai hadidi hadidi bhandai dance garna milcha bhaneta bato tataunu parla jasto cha gathe, teha ta sabaile ferrari chalucha bhaneko suneko thiye Last edited: 08-Jun-13 05:36 AM
Gorikopoi · Jun 8, 2013 5:36 AM
@Gorikopoi, My brother works for foreign ministry and he was transferred in Nepalese embassy in Qatar and I once went there, so I know some things about Qatar. There is a good party scene in Qatar but it is nowhere near United States. Yes, of course you can dance with muslim girls but they are girls from poor muslim countries. Even if you take a pic of a Qatari woman in burqa you will be deported. The best muslim party women would be Lebanese girls. But, you can't pick them up unless you have sports car and they are expensive. Its not like every person in Qatar has a ferrari even all qataris don't have ferrari but they surely can afford it. I never saw a nepali with a sports car but there are some nepalese who can afford them I think. Most of the Nepali people working there even in high posts don't have good english to get a job in United States. Its like everyone has a kaamchalau english from Qataris to Indians and Pakistanis so it works. Good thing is that nepalese get a good job there if they have a degree from foreign universities or I even saw some Pulchwok engineers getting good engineering job. Plus, there is absolutely no tax. Dark side is that you never know when you're losing your job. If the person above you in chain of command terminates you that's all. The company will cancel your visa and you can not come to qatar for 2 years. It is very difficult to change your job too. You need exit permit to leave the country. I don't recommend you to move to qatar from america. Thats just foolish. America is a dream. If you have potential, you have the opportunity to become a millionaire in US. But, Qatar is different. There is absolutely no social life except for a few gatherings of Nepalese people.
worldwideweb · Jun 8, 2013 7:40 AM
ohh ok thnks for the info worlwideweb
Gorikopoi · Jun 8, 2013 7:47 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion