त्यो भोटो कसको ? (2 Votes) 1 2 3 4 5 चेतबहादुर सिंह ० चेतबहादुर सिंहद्वारा अन्य प्रकाशित लेखहरू रातो मत्स्येन्द्रनाथ को यात्राको अन्तिम दिन शुक्रबार जावलाखेलमा मत्स्येन्द्रनाथको जिम्मामा रहेको ऐतिहासिक भोटो देखाइँदै छ । बहुमूल्य मणि माणिक आदि वस्तुहरू जडित उक्त भोटो वास्तविक हकदारले सबुत प्रमाणसहित दाबी गर्न नआएसम्म मत्स्येन्द्रनाथकै जिम्मामा रहने लोककथन रहेको उक्त भोटो प्रत्येक वर्ष मत्स्येन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिन धेरै दर्शकका सामु देखाउने गर्छ । यस दिन राष्ट्रपति, मन्त्रिपरिषद्का अध्यक्ष, प्रधानन्यायाधीश लगायतका व्यक्तिहरू पनि उपस्थित हुने परम्परा छ । पानेजुहरूको जिम्मामा रहेको कपडाको थैलीमा सिलबन्दी गरी राखेको भोटो सबैको सम्मुख सिल हेरी जाँची मुचुल्का गरेर सिल तोडिने र रथबाट चारै दिशामा ३/३ पटक भोटो देखाइसकेपछि सबैको सामुन्ने सिलबन्दी गर्नुपर्ने गुठी संस्थान शाखा कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीले बताए । प्रत्येक वर्ष त्यसरी प्रदर्शन गरिने भोटोका बारेमा केन्द्रीय लगत तथा अभिलेख कार्यालय भद्रकालीमा रहेको विक्रम संवत् १९९७ को लगतमा उल्लेख गरेका बाहेक त्यसबारेमा विस्तृत विवरण कतै केही अहिलेसम्म पाउन सकिएको छैन । 'हेलंगुजीलँ' नामले केन्द्रीय कार्यालय भद्रकालीमा रहेको लगतमा 'जात्रा सिद्धिएपछि जावलाखेलमा देखाउने हेलंगुजी लँमा ठूलो दाना जडाउ ७ खसेको र कण्ठश्रीका २ ठाउँमा जडाउ खसेको काठको त्वाकः समेतको हेलंगुजीलँ भनी लेखेको जाँच्दासमेतको सो कण्ठश्री भनेको चाँदीका पातामा सुनका पाता टाँसिएको जडाउ झरेको र सो यु माणिक मात्र जडाउ देखिएको चाँदीका पुली टाँसिएको माझमा नीरमणि भन्ने ठूलो दाना १ समेतको चिन्ह कमडामा जडेको काठको त्वाकः समेतको हेलंगुजीलँ भन्ने अकर्णमा लेखिएको यो हेलंगुजीलँ हाकिमको जिम्मा रहने नभई श्री मत्स्येन्द्रनाथ राज भएकै ठाउँमा पानेजुको जिम्ममा भइरहने अघिपछि झिकी हेर्न पनि नहुने हाल बुँगमतीमा राज भएकोले त्यहीं लगी राखेकोले हेर्न जाँच नपाएको- --१' भनी उल्लेख छ । लगतमा उल्लेख भएअनुसार हेलंगुजीलँमा जडित ठूलो दाना ७ र श्रीकण्ठ २ ठाउँमा जडाउ खसेको भनेको छ तर ती खसेका वस्तुहरू के, कहाँ कुन अवस्थामा छन् ? कहीं उल्लेख भएको छैन र यसबारेमा सम्बन्धित निकायले चासो देखाएको पनि देखिँदैन । यसबारेमा जिज्ञासा राख्दा केन्द्रीय लगत तथा अभिलेख कार्यालय भद्रकालीका कार्यालय प्रमुख राजेन्द्र दाहालले भने, 'भोटोको सम्बन्धमा लगतमा लेखिए बमोजिम ठीक छ वा छैन रुजु गर्न गएको साल भोटो देखाउँदा गएर हेर्न गएको थिएँ तर खसेको भन्ने ती वस्तुहरू भोटो राख्ने गरेको थैलीमा छैन, त्यसमा त लाहाछाप लगाउँदाका लाहाका टुक्राहरू मात्र छन् ।' ती बहुमूल्य वस्तुहरू कहाँ छन् त भनी राखेको प्रश्नमा उनले भने, 'हरेक वर्ष थैलाबाट भोटो निकाल्दा र राख्दा खसेको हुनुपर्छ ।' यस सम्बन्धमा महालेखापरीक्षकको विभागमा सम्पर्क राख्दा नायब महालेखपरीक्षकसमेत रहेका प्रवक्ता बाबुराम गौतमले भने, 'लेखापरीक्षणमा भोटोजस्तो बहुमूल्य वस्तुहरूको सम्पत्तिका विवरण पेस गरेको पनि छैन र महालेखाले हेर्ने गरेको पनि छैन ।' तर उनले भने, 'आगामी वर्षको लेखापरीक्षण गर्दा यी कुराहरू पनि समावेश गरी लेखापरीक्षण गराउनेछु ।' गुठी संस्थान शाखा कार्यालय ललितपुरका प्रमुख हरिप्रसाद सुवेदीका अनुसार मत्स्येन्द्रनाथका ३१ पानेजुमध्ये प्रत्येकले १५/१५ दिनमा गुठी संस्थानका कर्मचारीहरूका रोहवरमा उक्त भोटो राखेको 'पचिँ म्हीचा' नामको थैलीमा राखेको सिल ठीक छ वा छैन जाँची मुचुल्का गरी पालो पर्ने पानेजुको जिम्मा लगाउँदै जाने गरेको बताए । भोटोको सम्बन्धमा परम्परागत किंवदन्तीअनुसार भक्तपुरका कुनै ज्यापु बैद्यले कर्कोटक नाग पत्नीको दुखेको आँखा औषधि गरी निको पारिदिएकाले खुसीमा उपहार दिएको उक्त भोटो खेतमा फुकालेर राखेको बेलामा भूतले चोरेर लगिएको थियो । त्यही भोटो लगाएर मानिसको भेषमा भूत जावलाखेलमा मत्स्येन्द्रनाथको जात्रा हेर्न आउँदा भोटोको मालिक ज्यापु वैद्य र मानिस भेषधारी भूतका बीचमा भोटोको विषयमा 'तेरो र मेरो' भनी विवाद परेको थियो । भक्तपुरको ज्यापु वैद्य र मानिस भेषधारी भूत दुवैमध्ये कसैले उक्त भोटो आफ्नै हो भनी यकिनका साथ सबुत दिन नसकेपछि जसले प्रमाणसहित मेरो भनी दाबी गर्छ उसलाई दिने र त्यसरी प्रमाणसहित दाबी गर्न नसकेसम्म मत्स्येन्द्रनाथकै जिम्मा राखिएको थियो । प्रत्येक वर्ष जावलाखेलमा मत्स्येन्द्रनाथको जात्रामा त्यो भोटो अहिलेसम्म कोसँग सबुत छ भनी सबैलाई देखाउने प्रचलन चलिआएको हो । - See more at: http://www.ekantipur.com/np/20...
_____ · Jun 7, 2013 7:26 AM · 1,497 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion