मेरी जून!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मेरी जून! पानी परेपछि सार्है गार्हो, भित्र बस्न नसकिने, बाहिर उखरमाउलो गर्मी। कता जाने के गर्ने, सबै साथीहरु घुम्न जाउ भनेर पहेंलीको बोटमुनि डुल्न थाले, म पनि त्यस्तै शीतल छहारी खोजिरहेको थे, अकस्मात सेतो ढोका खोल्यो, पहिलोपल्ट मैले दिउसै जुन देखे। शान्त र शीतल, मौन तर चन्चल, गम्भिर तर सुन्दर। मेरो जीबनको पहिलो अनुभव, पहिलो साक्षात्कार। जुन एकैछिन टोलाइ, अनि फुलबारीतिर हेर्दै हलुका मुस्काइ, त्यसपछि बिस्तारै सेतेतिर गइ। सेते ढकमक्क फुलिरहेको थ्यो, उ जस्तो सम्पन्न शायद कोहि थियो यो संसारमा। सेतो गुलाफको बासना सेतो रंगले नै फुलबारीको सुन्दरतालाइ निखारीरहेको थियो। सेतेको बैंश थियो, सेतेकै ऐश थियो। गुलाफी, पहेली, राती सबै सेतेको मायामा पागल थिए। राती भर्खरै कोपिला बाट फुल बन्ने क्रममा फक्रदै थी, उसको सौन्दर्य बर्णन गरि नसक्नु थियो। उ पूर्ण कोपिला थिइन न त फूल भइसकेकी थी, उसको गालाको लालिमा अलौकिक थियो, उसलाइ निहार्दै झिम्के, टिम्के, सबै तन्नेरीहरुको रात उथल पुथल हुन्थ्यो। राती साँच्चै सधैं हेरिरहु जस्तो लाग्ने, देखेर कहिले नसकिने राम्रो सपना जस्ती थी। "कति राम्री फुलेकि यो राती!"रातीको कोमल गालामा हलुका स्पर्श गर्दै जुन मुस्काइ, मेरो संसार फेरि झलमल्ल भयो। मुस्काउदा जुन कति राम्री! मेरी जुनको अपरिभाषित मुस्कान! शायद त्यो मुस्कानमा खुशी नै खुशी छ, वा खुशीको छेउमै बसेर दुख पनि हाँसेको छ। अथवा त्यो मुस्कानमा हजारौ रंगका सुख र दुख फुलेको छ। मैले यसै भन्न सकिन त्यो मुस्कान किन यति सुन्दर छ? पहेली नियास्री रहेकी थी, उसमा कोपिला पनि थिएन, पालुवा भर्खरै लाग्दै थियो, उ रातीको सौन्दर्य देखेर इर्श्या गर्थी। भुतुक्कै डाहले जल्थी। सेतेले रातीको मायामा गीत गाउन थालेको थियो। उ सेतेले धोखा दियो भनेरे रुन्थी। पहेली जवानीमा रोगले मर्न लाएकी युबती जस्ती! मेरी जून पहेलीको अनुहारलाइ हातमा लिएर टोलाउन थाली, बिस्तारै मसिनो फुलको पत्रजस्तो सुन्दर ओंठले पहेलीलाइ स्पर्श गरी। कति नरम, कति मिठो, कति मायालु स्पर्श! मलाइ त्यो पहेलीप्रति पहिलो पल्ट रिस उठ्यो। मैले पहेलीको ठाँउमा आफुलाइ कल्पना गरे, जुनको स्पर्शले मेरो सम्पूर्ण शरिरमा कम्पन छुट्यो। झस्किदा जुन पहेलीलाइ पानी दिदै भनी रहेकी थी,"पहेली तिमी सार्है कमजोर भयौ, खाना पनि राम्रो खादैनौ, पानी पनि पिउदैनौ। तिमीलाइ म भिटामिनदिन्छु, प्रत्येक फूल फुल्नु पर्छ, बसन्तको गीत सुनेर हांगा हाँगामा झुल्नु पर्छ। अब तिमी पनि फुल्नु पर्छ यो बसन्तमा?" गुलाफी कोपिला थी, उसलाइ पनि पानी दिइ जूनले, केहि खुसुरफुसुर कुरा गरी, कोपिलाको नरम पात मैलो लाग्ला कि भन्दै छोइ, फेरि बगैचातिर डुल्न थाली। ढकमक्क फुलेका सूर्यमुखी फुलहरु देखेर खुशी भइ, वरिपरि उम्रेका झारहरु उखेल्न थाली, एक दुइटा झार उखेल्दा टिम्के र झिम्के तर्सिए, उनिहरु त्यहि झारमुनि लुकेका थिए, झार उखेल्दा जमिनमा हलचल भयो र ल के आयो भनेर उनिहरु भाग्न थाले। मलाइ हाँस उठ्यो तर म पनि त्यस्तै झारको अडेसमा लुकेको थे, मैले पनि भाग्नु उचित सम्झे। मलाइ मेरी जूनसङ टाढा हुन मन थिएन, तर कुनै दुर्घटनाको जोखिम लिन पनि सक्दिन थे। हतारिदै गुलाफीको बोटनिर पुदा मैले जूनले "ऐया-------" भनेको सुने। फर्केर हेर्दा टिम्के र झिम्के जुनको सेतो नरम खुट्टामाथि चढेर टोक्दै थिए। उनिहरुसङै एक हुल उरन्ठेउला कमिलाहरु त्यसैगरि चड्दै टोक्दै थे। "ए। नटोक! जुनलाइ नटोक!" मैले घाँटि सुक्ने गरि यताबाट चिच्याए, उनिहरुले सुनेनन् वा सुने पनि नसुने झै गरे। मैले जुन अतालिदै खुट्टा झड्काल्दै ढोका भित्र दौडेकी देखे। "तिमीहरुले के गरेको? बिचरीलाइ किन टोकेको?" टिम्के र झिम्केलाइ मैले साझँ सोधेँ। "देखिनस्! हाम्रो घर भत्काउन आएकी त्यो?" डुबै जनाले एकैचोटि भने। "उ त झारपात उखेल्न आएकी ! त्यो झारले पहेलीको सबै खाना खाइदिन्छ! हो, त्यसैले उसले तिनिहरु उखेलेर पहेलीलाइ पर्याप्त खाना पुगोस् भनेर सफा गरेकी!" मैले जुनको पक्षमा वकालत गर्ने कोशिश गरे। "हैन, यो देबदाश! किन मान्छेको पक्ष लिएर हामीसङ बहस गर्छ?" टिम्केले टर्ओ मुख गरेर भन्यो। "जुनको बंगैचा, उसको रहरले फुलेका फुलहरु, उसले मायाले सजाएको फुलबारी! त्यही बसेर तिमीहरु ब्यर्थमा किन टोक्छौ बिचरीलाइ?" मलाइ जुनको झन धेरै माया लाग्यो। "हेर, देबे! त्यो मान्छे हो मान्छे! मान्छे जस्तो स्वार्थी कोहि हुदैन बुझिस्! मान्छेको मायामा पर्नु जस्तो मुर्खता अरु केहि हैन। बेकारमा त्यसको पीर नगर, हामीले टोकेर त्यो मर्दिन, बरु अबदेखि हाम्रो घर वरिपरि आउने साहश गर्दिन।" झिम्केले कति नै संसार बुझेको जस्तो गरि उपदेश दियो। "मुर्खसङ भगवानले त सक्दैनन्, म जस्तो जाबो कमिलाले के सक्नु?" भनेर म उनिहरुसङ चुप बसे। माया भित्र भावना हुन्छ, सायद त्यो मान्छे होस् कि फुल, माया माया मात्रै हुन्छ। मैले आफैसित भने। मेरी जूनलाइ भने, उसले सुनी सुनिन, बुझि बुझिन, मैले आफ्नै मनलाइ भने। तर जति रात पर्न थाल्यो त्यति मलाइ जुनको याद आउन थाल्यो, बिचरीलाइ कति पोल्यो होला, कसले औसधी लाइदियो होला, उ रुदा कसले आँसु पुछिदियो होला? के खाइ होली? के गर्दै होली? म रातभरि जुनकै बारेमा सोचेर जागराम बसे। "ओइ देबदाश! क्या हो आखा त रातो रातो छ नि। रातभरि जुनकै यादमा कबिता लेख्दै बसिस् कि क्या हो?" बिहानै टिम्केले जिस्काउन आयो। "ह्या, हैन! रातभरी सेतेको गीत सुनेर बसेको उज्याको भएको थाहै भएन।" झुठ त बोल्नै पर्यो। "साँच्चै है, हिजो राति सेतेले क्या सेन्टि भएर "तिमीले पनि म जस्तै माया गरेर हेर----" गायो नि! राति त लाजले भुतुक्कै भइ, पहेली इर्स्याले पोलेर झन झन खुइलिन थाली। दामी गाउदो रैछ नि सेते त!"झिम्केले गफ दियो। "राती जस्ती राम्री पाए त हामी नि गाउथ्यौ सेते भन्दा दामी!" टिम्केले खोक्यो। "तिमीलाइ म के भनु? जुन भनु कि फुल भनु?" सायद म पनि यस्तै यस्तै गाउथे मेरे जुनको लागि। मैले कल्पिए, ढोकामा जुन उदाउछे। अहँ--, उ निस्किन दिन भर, म उसैको बाटो हेरेर बसेँ। साँझ साँझ भएपछि मैले जुनलाइ माथि झ्यालबाट चिहाएको देखे, एकैछिन मात्र एकैछिन उसले यसरी दर्शन दि। मानौ, म उसको भक्त हु, र उसको दर्शनले धन्य भए, मेरो प्रतिक्षा साकार भयो। मेरो यो जुनिले पूण्य प्राप्त गर्यो। मेरी जुन आज तिम्रो आखामा त्यो उज्यालो किन छैन? मलाइ यहि प्रश्नले पिरोल्न थाल्यो, अर्को रात मैले पहेलीको बेदनाको गीत सुने "माया गर्नेको चोखो माया पनि देखियो--" भोलिपल्ट, बिहानै एउटा भुसतिघ्रे ठुलो भाँडो लिएर बंगैचामा आयो, त्यो भाँडोसङै लामो पाइपजस्तो जोडिएको थियो। टिम्के र झिम्केले सबैलाइ "भाग, भाग! गाँउमा राक्षस आयो!" भन्दै कराए, म पहेलीको बोटको नजिकबाट हेर्दै थे, नभन्दै त्यो भुसतिग्रेले पाइपबाट हाम्रो गाउलाइ एकै छिनमा फुस फुस के हो छर्दै तहसनहस गर्यो। टिम्के र झिम्के मै भएतिर आइपुगे। "देखिस् त मान्छेको जात! हाम्रो गाँउ खत्तम भयो!" टिम्केले आबेशमा भन्यो। म शुन्य भए, एकै निमेषमा मेरो संसार ध्वस्त भयो। मेरो मनमा फुलेको मायाको फुल पत्र पत्र झर्न थाल्यो। मलाइ बिश्वाश लागिरहेको थिएन, किन यत्रो आक्रोश? किन यत्रो बदला? मेरी जुन यति धेरै सँजाय त कसैले कसैलाइ दिदैन। तिमी त मान्छे, तिमी मेरी जुन, तिमी मेरी भगवान। "अब यहाँ बसेर काम छैन, अर्को ठाँउ जाँउ।" भन्दै टिम्के, झिम्के लाइन लागेर अर्कै बाटो लाग्न थाले, म एक्लै बसिरहने कुरा भएन। मेरो मनमा ठुलो प्वाल जस्तो शुन्यता थियो। जाने बेलामा एकैचोटि त निर्दयी ढोकामा आँउछे कि भन्ने आशामा हेरे। नभन्दै उ बिस्तारै ढोका चोलेर बाहिर निस्की, उसको दाहिने खुट्टामा रातो रातो फोकाहरु थिए, खुट्टा पनि सुन्निएको थ्यो। उसको अनुहारमा पहिलेको जस्तो खुशी थिएन, भय थियो। उ बङैचामा गइन, फुलहरुसङ कुरा पनि गरिन, उदास आखाले वरिपरि नियाली र फेरि ढोका भित्र पसी। अब उ आउदिन, आए पनि मैले फेरि उसलाइ हेर्न पाउदिन। म जानै पर्छ, उसको यादलाइ मुटुमा साँचेर म पनि कतै टाढा जानै पर्छ। प्रिय जून! जे भयो, भैहाल्यो! अर्को जुनीमा म तिम्रो बङैचामा पहेली भएर फुल्न पाउ र तिम्रो स्पर्शको अहोभाग्य प्राप्त गर्न सकु! मलाइ बिदा देउ प्रिय! बिदा! समाप्त! Last edited: 02-Jun-13 09:18 PM Last edited: 02-Jun-13 09:19 PM Last edited: 02-Jun-13 09:22 PM

crazy_love · Jun 2, 2013 9:16 PM · 126 views

1 Reply

What's wrong with the para, indent and all? It is ok in edit section, why can't I paste correctly? Any idea?http://sajha.com/sajha/chat/sm...

crazy_love · Jun 2, 2013 9:21 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all