छिमेकी धेरै बर्ष पहिले गुरु प्रसाद मैनालीको “ छिमेकी “ कथा पढेको थिएँ. मैनालीजीले छिमेकी भनेका जिउँदाका जन्ती मर्दाको मलामी भन्नु हुन्थ्यो, हो जस्तो लाग्थ्यो त्यति बेला . महाकबि देबकोटाले "भलादमी” निबन्धमा 'जमाना रंग बदलंछ “ लेखेको झल्झली याद आउछ यति बेला . अहिलेका छिमेकी “पैसा हुँदा सलामी , नहुँदा मलामी “ भैसकेछ. त्यसो त हामी त्यही समाजका पात्रहरु हौ जहाँ फताह लुच्चाहरुको बहुमत छ , हुकुमत छ . आज जुन कथा म कोर्न गैराख्या छु , त्यो अमेरिकाको नेपाली छिमेकीको हो . जुन सुकै अमेरिकी शहर होस् जहाँ नेपालीको संख्या उल्लेख्य छ , तिनले नेपाली समाजको प्रतिनिधित्व गर्दछ . त्यसो त भगवान जस्ता नेपाली देश भित्र र बाहिर नभएका हैनन् , नभेटेका हैनन् . तर इष्ट छिमेकी भन्दा दुष्ट छिमेकीले दूरगामी असर पार्दछ र दुष्टबाट साबधान रहन यो कथा लेख्दै छु. जुन शहरमा उच्च अध्ययनको लागि आउंदै थिएँ, त्यो शहरमा कोइ चिने जानेको नेपाली भेटीए सजिलो हुन्थ्यो भन्ने स्वार्थी मन थियो नै . ढुंगा खोज्दा देउता भेटियो, नभन्दै एउटा भेटियो. जेठीसासुकी कलेजको साथी र तिनको परिवार. इमेलको जमाना थियो – इमेल गर्नु भयो जेठी सासुले . मेरी श्रीमतीले पनि राम्रै संग चिन्ने . घर आउ जाउ भएको मिल्ने साथी रहेछ . फिर्ती इमेल निकै उत्साहजनक थियो. कुनै चिन्ता सुर्ता नलिइ आउने र इअर्पोर्ट मै लिन आउने घच्चीको आश्वासन प्राप्त भयो . विश्व बिद्यालयले शहर को बसाइ र अपार्टमेन्ट खोजी बारे सुझाइएको लिंकहरु हेर्दै फेरी अपार्टमेन्ट बारे बुझी दिन अनुरोध गरें . अपार्टमेन्ट खोज्ने सुर्ता गर्नु पर्दैन यहाँ आए पछी सब ठिक हुन्छ, हामी छौ – भन्ने ग्यारेन्टी लेटर प्राप्त भयो. अमेरिका आइयो. प्रचण्ड गर्मीको साँझ . इलाहाबाद भन्दा नै गर्मी लाग्यो. इअर्पोर्ट पुगे पछी फोन गर्नु लिन आउछु भनेको ले पुग्ने बित्तिकै फोन गर्न खोजें, सार्बजनिक फोनमा क्वाटर भनाउदा ढयाक मात्र चल्दो रहेछ. आफु संग भएको हरियो डलर साट्न खोज्दा कतै भेटिएन. एकजना इअर्पोर्ट कै कर्मचारीलाई सोधें – भलादमी रहेछ – यही फोन बाट गर्नु भनी आफ्नो मोबाइल दिए. नेपालबाट बडो जतनका साथ् ल्याएको टेलिफोन डायरी पल्टाएँ . नयाँ किनेको डायरीमा पुरानोबाट उतार्दा त्यही एउटा फोन नम्बर छुटे छ . ब्याड लक् खराब भनेको यही रहेछ. अमेरिकामा नै बस्ने अर्को एकजना मित्र जो हामीलाई लिन आउने भलादमीको सह-साथी हुनुहुन्थ्यो, उहाँ लाई फोन गरी फोन नम्बर लिएँ र फोन गरें . एक त हाम्रो झिटीगुन्टा हामी संगै अम्रिका आएन , त्यसको टेन्सन, गर्मी त्यतिकै , लिन आउने महानुभावले एक घण्टा जति मा आइपुग्छु भने... रात को दश बजे .. भोकले गर्दा नि झोंक चल्ने भैसकेको थियो. करीब डेढ घण्टा पछी मोती दिदी र श्याम दाई ( दिदी श्रीमान) आइपुग्नु भयो . ह्याण्ड क्यारी बाहेक अरुथोक नभएकोले सजिलै भो . घर पुगियो . भात खुवाउनु भयो. एउटा कोठा एसी भाकोमा यहाँ बस्नु भन्नु भयो . हवाई यात्राको थकानले कुन बेला निदाइयो थाहा भएन. भोलिपल्ट नै विश्व बिद्यालय जानु थ्यो, ब्रेकफास्ट खाइवरी श्यामदाइ ले ट्रेन स्टेशन पुर्याई दिनु भयो र कहाँ झर्ने कसरी कलेज पुग्ने आदि इत्यादि को नक्सा समेत लेखि दिनु भयो . कलेजको त्यो दिनको दर्ता सर्ता गर्ने काम सकी फेरी त्यै ट्रेनमा बसी फर्किएँ . बुढी संग सल्लाह गरें , अब कहाँ बस्ने, के के खरिद गर्ने आदि इत्यादि ... मोती दिदी र श्याम दाई संग सल्लाह गरौला भरे ६ बजे फर्किनु हुन्छ रे श्याम दाई . मैले नि हुन्छ भने. श्याम दाई अमेरिका आएको त्यति बेला नै २५ बर्ष भैसकेको थियो, त्यसमा पनि यही शहरमा बसेको पनि २२ बर्ष . यस मानेमा श्याम दाई भन्दा अनुभवी र बुज्रुक को होला र ? अरु संग सल्लाह लिने कुरा नि भएन. कोइ चिनेको पनि त छैन नि . सांझ श्यामदाई फिर्नु भए पछी चिया खाँदै मैले कुरो सुरु गरें . ३ दिनमा कलेजमा ओरिएन्तेशन् शुरु हुन्छ, त्यहीं नजिकैको होस्टलमा २ महिना सम्म फ्रीमा बस्न दिने र त्यतिन्जेल अपार्टमेन्ट खोजेर आफ्नो बासको ब्यबस्था गर्नु पर्ने छ . यो ३ दिनमा अपार्टमेन्ट खोजे पछी सजिलो हुन्छ , के गर्ने श्याम दाई ?? श्याम दाईले बोल्नु अघि नै मोति दिदी अघि सर्नु भयो – आखिर महिला सधैं पहिला नै त हो. नि ..भर्खर त आयो.. कुरा त गर्न पाएको छैन बहिनी संग , कहाँ जाने कुरा .. पर्दैन . त्यो होस्टल सोस्तल मा नि बस्नु पर्दैन . खानेकुरा मिल्दैन त्यहाँ . फेरी तिमीहरुलाई केही पनि थाहा छैन यो शहरको बारेमा . अलिकति खराब ठाउँमा बस्यो भने ज्यानै जान्छ, कालेको वस्ती मा दिउँसै गोली चल्छ. त्यै भएर जानेर बुझेर सबै चिज हेरेर अपार्टमेन्ट खोज्नु पर्छ , हतार गर्नु हुन्न . हुन पनि हो अन्जान शहरको अन्जान चाला, केही तलमाथी पर्रयो कि ज्यानै जाला. ३ दिन पछी ओरिएन्तेशन् सुरु भयो. मैले पनि एउटा रुम लिएँ , बसे पनि न बसे पनि , प्लान बी भनेर . हफ्ता दिन बित्यो. त्यो घरमा बस्न मलाई निको लागेंन . पाहुना भै २-४ दिन त जायज होला तर धेरै दिन ... घरबेटी दिदीले के सोच्नु हुँदो हो . यही कुरामा हाम्रो जोइपोइ को ठाकठुक सुरु भयो. सके सम्म यहाँ बाट जानु पर्छ छिट्टै. अर्काको घरमा पाहुना जस्तो कसरी बस्ने ?? घर खर्च मिलान गर्न नि नमिल्ने, श्याम दाईहरुको निम्ति घाँडो हुन्छ. मैले होस्टलको रुम लिएको छु . अहिले खासै सामान पनि किन्नु पर्दैन . अलिकति खान पकाएर खान अप्ठेरो हो , त्यसको नि उपाय निस्केला . मैले नि कुरा गरीसकें दिदी संग . दुइ चार दिन अझै पख, केही अप्ठेरो हुँदैन . आफ्नै बहिनी ज्वाइ जस्तो हो तिमीहरु भन्यो . अहिलेई घर छोड्दा नराम्रो मान्छन . आखिर हामीलाई धेरै नै हेल्प गर्नु भाको छ उहाँहरुले . यसरी हफ्ता बित्यो, दुइ हफ्ता नि बित्न लाग्यो. बिहान सुरु हुने ओरिएन्तेशन् मध्यान्नको २ बजे सकिन्थ्यो. अनि लाइब्रेरी गएर इन्टरनेटमा आफ्नो गच्छेअनुसारको अपार्टमेन्ट खोज्थें र एक सरो हेरेर फर्किन्थें. श्याम दाईलाई भन्थे फलानो ठाउँमा १ बेड रुमको यति भनेको छ , कस्तो ठाउँ हो बस्न हुने हो कि हैन ? मैले प्रिन्ट गरेर ल्याएको पेज हेर्ने बित्तिकै – हुँदैन, यस्तो ठाउँमा बस्नु हुँदैन .. काले को डर छ . एवं रीतले अर्को देखाएँ – हुँदै हुन्न . अर्को देखाएँ ... यो पल्ट भने अलि बढी नै त्यो ठाउँको बारे मा रिसर्च गरेको थिएँ . सिधै हुन्न भन्नु सक्नु भएन. ठाउँ त ठीक छ तर घर हेर्नु पर्छ, भोलि शनिबार बिहानै जाउँ भन्नु भयो . त्यो अपार्टमेन्ट भएको ठाउँ पुग्ने बित्तिकै, त्यो अपार्टमेन्ट हो ? भनी सोध्नु भयो .. हो भन्ने बित्तिकै त्यहाँ नि बस्नु हुँदैन . मैले किन , म संगै ओरिएन्तेशन् मा हुने साथीहरु फेमिली सहित बसेको छ त्यहाँ . सबै ठिक छ , सुरक्षित पनि छ भने . ठाउँ त ठीक छ के तर यस्तो हाइ राइज बिल्डिंगमा बस्नु हुन्न, सानो घरमा बस्नु पर्छ . यस्तो घरमा अनेक समस्या हुन्छ. तिमीहरु भर्खर आएकोले बस्नु हुन्न . ठिकै होला नि श्याम दाइ को कुरो , २२ बर्ष बसी सकेको मान्छेको कुरा .. एवं रीतले झन्डै एक महिना बित्यो. ... चाहँदा चाहन्दै पनि त्यो घरबाट निस्कन सकेनौ . ग्रोसरी र लुगा धुने समस्या सुरु भयो. फ्रिज खालि हुन थाल्यो. बुढा बुढी सल्लाह गरी नजिकैको ग्रोसरी शप मा सकी नसकी दुइ हात भरी झोला बोकी फ्रिज भरियो. घरबाट निस्कन पनि नदिने, अनि रित्तो भान्सा रित्तो फ्रिजको अर्थ के हो, बुझी नसक्नु भो . मलाई मात्र हैन अब मेरो अर्धान्गीनिको मन मा पनि चिसो पसिसकेको रहेछ. दाल मे कुछ काला है मात्र हैन पुरै दाल कालो देखि सकेको थिएँ मैले त . नभन्दै हामी बस्दै गरेको कोठामा एकजना भारतीय मूलको अम्रिकन केटी बस्दो रहेछ, भारत गएकी रहेछ, फर्के छ . अब परेन फसाद .... क्रमश:
rahulvai · May 31, 2013 11:27 AM · 1,149 views
शायद मौखिक रुपमा ठुल्दाइबाट यो कथाको केही अंश मैले सुनिसकेको छु ... तर पनि पढ्दा ताजा नै लाग्यो र अलिकति सशंकित र कौतुहुल पनि बनायो ... अरु भाग पनि छिटो छिटो राख्दै जानुहोला
Geology Tiger · May 31, 2013 11:51 AM
एकदम राम्रो लाग्यो ठुल्दाई. तर कस्तो रोचक ठाउ मा क्रमश लेख्नु भाको फेरी. अर्को भाग छिट्टै पढ्न पाइयोस.
annehathaway · May 31, 2013 11:58 AM
Nice beginning, waiting for next part, Big bro (thuldai)!
crazy_love · Jun 2, 2013 4:52 PM
सधा झैँ हजुर को प्रस्तुति बेजोडले अगाडी बढेको छ ठुल्दाई...मनलाई कुत्कुत्याएर ढ्याङ्ग रोकेर हेर न ठुल्दाई पनि...यो त ह्याँ रसिलो पोसिलो भरिलो एक प्लेट म:म: खान आको भोकोलाइ एक टुक्रा दिएर लोव्याको जस्तो भो गाँठे ........खै झट्ट अर्को भाग पाम त ल..... भोक जगिसक्यो - थाने
ThahaChaena · Jun 2, 2013 5:45 PM
khoi ta katha.........
cybro · Jun 2, 2013 10:12 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion