मह जोडि ए एन ए सम्मेलनमा प्रस्तुति देखाउन अमेरिका आउने विजय थापा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                                       मह जोडि ए एन ए सम्मेलनमा प्रस्तुति देखाउन अमेरिका आउने    विजय थापा  भर्जिनिया ,अमेरिका                                            न्यु योर्क ,अमेरिका ,मे २९ तारिख ,३१ औ ए एन ए (दि एसोसिएसन अफ नेपालीज इन अमेरिका ) सम्मेलनको सांस्कृतिक कार्यक्रममा एक दशक(झन्डै १० बर्ष ) भन्दा लामो समयको अन्तराल पश्च्यात न्युयोर्कमा सहभागी हुन् नेपालका ख्याती प्राप्त वरिस्ठ हास्य कलाकार द्वय मदन कृष्ण श्रेष्ठ तथा हरि बंश आचार्य (मह जोडी )ले बिशेष प्रस्तुति गर्नु हुने ए एन ए सम्मेलनका संचार संयोजक सुर्य थापा द्वारा जारी गरिएको छापा बिज्ञप्ति मार्फत जानकारी गराएका छन् l   उक्त छापा बिज्ञप्तिमा थप जानकारी गराउदै ३१ औं एएनए सम्मेलन बिगतका सम्मेलन भन्दा हरेक तरिकाले फरक र ऐतिहासीक बनाउने सन्दर्भमा आयोजक समिती लागिरहेको थापाले उल्लेख गरेका छन् l मह जोडिले यस पटकको एएनए सम्मेलनमा फरक प्रकारको प्रस्तुती लिएर आउन लाग्नु भएको उल्लेख गर्दै यस पटकको भ्रमणमा मात्र एएनए सम्मेलनमा कार्यक्रम प्रस्तुत गर्ने जानकारी समेत संचार संयोजक सुर्य थापाले जनाएका छन् l आधा, आधा घण्टाको फरक प्रस्तुती रहने कार्यक्रम जुलाई ४, ५ र ६ को सास्कृतिक कार्यक्रममा प्रस्तुत गरिने जनाईएको छ ।    यस पटकको एएनए सम्मेलनको लागि अमेरिकामा रहनुभएका नेपाली कलाकारहरु मार्फत पनि बिशेष प्रस्तुतीको तयारी समेत भइरहेको छ भने नेपालबाट अन्य केहि कलाकाहरु पनि थप हुने सम्भावना रहेको जनाईएको छ  । मह जोडी यस अघि अमेरिकामा कार्यक्रमको लागि ए एन ए मार्फत आएका थिए भने तत्कालिन समयमा अमेरिकाको बिभिन्न राज्यहरुमा कार्यक्रम प्रस्तुत गरेका थिए l   

mahoday · May 29, 2013 7:04 PM · 3,328 views

1 Reply

Sorry to say but MaHa is getting too old, no offence to them. It's time for new comic relief than the same old - trying too hard to be funny and by making faces and silly actions - routine. Just like the politics with same old faces and same mentality, even the field of comedy needs to get a tune up.

nepaluk · May 30, 2013 9:23 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all