ज्यान, सेक्स र पैसा भन् कुन लिउँ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

‘डाइरेक्टर’ बनेर युवती लुट्ने प्रहरीको फन्दामा अर्जुन गिरी पोखरा । ‘हेलो, मोडल जानू बोल्नुभएको हो ?’ ‘हो, तपाई को बोल्नुभएको हो ?’ ‘म, काठमाडौबाट आएको डाइरेक्टर, सुटिङको सिलसिलामा पोखरा आएको थिएँ ।’ ‘भन्नुस मसँग केही काम थियो कि ?’ ‘एउटा म्युजिक भिडियो बनाउदैछु, एकजना मोडल चाहिएको थियो, तपाई खेल्नुहुन्छ ?’ ‘हुन्छ, कस्तो गीतमा ? सुटिङ स्पट कहाँ हो ?’ यसरी कुराकानी भयो पोखराकी एक (नाम परिवर्तन) मोडल जानू र कथित डाइरेक्टर पुष्कर खड्काबीच । घटना हो, गत चैत्र ५ गतेको । जानू र खड्काबीच मोवाइलमार्फत यसरी पहिलो दिन चैत्र ४ गते कुराकानी भएको थियो । मोडलिङका लागि प्रस्ताव गरेर खड्काले टेलिफोनमार्फत निकैबेर कुराकानी गरी, भेट्न बोलाए । जानुले आफू व्यस्त भएको हुनाले त्यस दिन भेट्न नभ्याउने बताइन् । तर, खड्काले ५/६ पटक फोन गरे । जानूलाई भोलिपल्ट नै सुटिङ भएकाले डे्रसका लागि कुरा गर्न आउनैपर्‍यो भन्ने आग्रह गरे । जानूले पनि ठिकै छ भन्दै खड्कासँग भेट्ने निर्णय गरिन् । खड्काले उनलाई दिनको ४ बजे पृथ्वीचोकमा बोलाए । जानूले साढे ४ बजे खड्कालाई फोन गरेर आफू पृथ्वीचोक आएको बताईन् । तर खड्का जानू आउनुअघि नै त्यहाँ पुगिसकेका थिए । खड्काले जानूलाई यति नंम्बरको स्कुटरमा आउनुभएको हो भनेर सोधे । जानुले हो भनेपछि खड्काले उनलाई निलकमल होटल अगाडि बोलाएर कतै होटलमा बसेर कुराकानी गर्न प्रस्ताव गरे । तर, आफ्नो कामको व्यस्तताले गर्दा जानूले आफु नभ्याउने बरु सुटिङ स्पटमा भोलि नै कुराकानी गर्ने बताइन् र उनले सुटिङ स्पट कहाँ हो ? भनी प्रश्न गरिन् । खड्काले सुटिङ स्पट छोरेपाटन वरपर र स्याङजामा हुने बताए । साथै खड्काले पार्टी सीन हुने भएकाले आफूसँग भएको गरगहना पनि ल्याउन आग्रह गरे । भोलिपल्ट बिहान ६ बजे सुटिङका लागि निक्लने पक्का भयो । जानू खुशी हुँदै आफ्नो घरतिर लागिन् । साँझ ७ बजेतिर जानूलाई खड्काले तयारी कस्तो हुँदैछ भनेर फोनसमेत गरे । भोलिपल्ट अर्थात चैत्र ५ जानू सुतिरहेकी थिइन्, बिहान ५ बजेतिर उनको मोवाइलमा घण्टी बज्यो । फोन अरु कसैको नभई खड्काकै थियो । ६ बजेर १५ मिनेट जाँदा फेरि फोन आयो । खड्काले ढीलो भयो भन्दै छिटो आउन भने । जानु ७ बजेतिर अघिल्लो दिनमा भेट भएको ठाउँमा पुगिन । खड्का पनि त्यहीँ थिए । जानुले भनिन् बेर भयो होला, सुटिङ स्पट सोझै जाने होला नि ? तर, खड्काले डे्रस हेर्ने र नपुगे किन्नुपर्ने भन्दै जानूलाई स्कुटी पार्किङ गरेर निलकमल होटलमा जाउँ भने । जानु पनि अप्ठ्यारो मान्दै होटलतर्फ लागिन् । खड्काले जानुलाई आफू बसेको कोठामा नै गएर डे्रस हेर्ने भन्दै कोठामा नै पुर्याए । त्यसपछि जानूलाई ल्याएको डे्रस लगाउन भने । जानूले भनिन् किन यहाँ लगाउने ? सुटिङ स्पटमै लगाए हुन्न ? त्यसपछि खड्काले जानुलाई लुगाबाहिरै साडी लगाएर विचार गर्न आग्रह गरे । ऐना हेरेर जानूले एक सप्को साडी के हालेकी थिइन्, खड्काले ढोकाको चुक्कुल लगाएर जानूको कन्चटमा बन्दुक र घाँटीमा खुकुरी राख्न भ्याए । जानू छाँगाबाट खसेजस्तो भइन् । खड्काले दारा किट्दै भने- ‘तँ जस्ता ११ वटी केटी मारिसकेको छु । कति त होटलको बाकसमा कुहिएका छन्, मैले तँबाट पनि तीनवटा कुरामध्ये, एउटा कुरा लिन्छु, ज्यान, सेक्स र पैसा भन् कुन लिउँ ? त्यति भनेपछि जानु निकै डराइन्, होस उडेजस्तो भयो, उनले रुदै आफूसँग भएको धनमाल सबै लैजानु तर मलाई केही नगर्नु भनिन् । खड्काले जानूलाई सबै गरगहना र धनमाल निकाल्न धम्की दिए । ज्ाानूसँग भएको सुनको लकेटसहितको सिक्री, झुम्का सेट, दुई मुन्द्रा सेट, तीनवटा आंैठी, तीनवटा मोवाइल, एउटा क्यामेरा, नगद ८ हजार र स्कुटीको चाबी लुटे । त्यसपछि जानूलाई शौचालयमा थुनेर आधा घण्टासम्म धम्काउँदै मानसिक यातना दिए । खड्काले उनलाई भने -’पुलिस या आफन्त कसैलाई पनि यस विषयमा भनि भने एकवर्ष पछि किन नहोस् केटाहरु लगाएर भए पनि तँलाई मारिदिन्छु ।’ यति गरेपछि खड्का जानुकै स्कुटर लिएर फरार भए । डरले गर्दा जानु मानसिक रुपमा निकै कमजोर भएकी थिइन् । त्यही भएर के गर्ने, के नगर्ने तत्काल सोच्न सकिनन् । उनी ४ घण्टासम्म शैचालयमै थुनिइन् । अन्ततः होटलका कर्मचारीले जानुको साथीलाई फोन गरिदिए । जानुका साथीहरु आएर जिल्ला प्रहरी कार्यालयमा फोन गरे । जानकारी पाउनेवितिकै तुरुन्तै जिप्रकाका प्रमुख एसपी केदार रिजाल घटनास्थल पुगे । यसरी लुटपाट गर्ने पुष्कर खड्का अहिले जिल्ला प्रहरी कार्यालय कास्कीमा छन् । काभ्रे गणेशस्थान गाविस वडा न ३ घर भई हाल मकवानपुर बस्ने ३२ बर्षीय खड्काले यसरी नै पोखराका दुई ठाउँमा र चितवनमा लुटपाट गरेको प्रहरीले जनाएको छ । प्रहरीले खड्कालाई काठमाडौ कालिमाटीबाट गत चैत्र २३ गते पक्राउ गरेको हो । पक्राउ गरेर काठमाडौ प्रहरीले खड्कालाई चैत्र २६ गते जिल्ला प्रहरी कार्यालय कास्की पठाएका हुन् । पोखरामा जानूलाई लुटेको १२ दिनपछि लामाचौरकी एक मोडललाई पनि यसैगरी उनले आफ्नो शिकार बनाएका थिए । होटल सन्तोषमा ती मोडललाई बोलाएर खड्काले उनका साथबाट ३ तोला ५० लालको सुन, एउटा आइफोन र नगद १२ हजार लुटेका थिए । खड्काले यस अघि चितवन भरतपुरमा यसरी नै अर्की एक मोडललाई लुटेको कास्की प्रहरीले जनाएको छ । उनीबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । - See more at: http://www.onlinekhabar.com/20...

cybernepali · May 28, 2013 2:51 PM · 1,797 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all