लौन कस्तो पुत्रको फेला परें ― सीतादेवी प्रधान आँखा दान गरिसकेकी छु, अब टिचिङ अस्पतालमा गएर शरीर दान गर्छु ताकि कुलंघार छोराले मेरो लास छुन नपरोस्। यो कठोर निर्णय लिँदा नारी हृदय अलिकति पनि बेचैन छैन। किनभने मेरो एक मात्र छोराले मविरुद्ध गरेको व्यवहार र बोलेको दुर्वचनले यो आमा हृदय छोराका निम्ति कठोर भइसकेको छ। नारी कोमल हृदयको खानी मात्र होइन, कठोरताको प्रतिमूर्ति पनि बन्न परिस्थितिले बाध्य बनाउँदो रहेछ। पुरुष प्रधान नेपाली समाजमा आधुनिक दासत्व मोचनका लागि नारीले सतिसावित्री मात्र होइन, चण्डी र दुर्गाको रूप पनि धारण गर्नुपर्दो रहेछ। हामी काठमाडौं कोर क्षेत्रका बासिन्दा हौं। मेरा माइती खलक राजवैद्य हुन्। दाजुभाइले खासै पढ्न सकेनन्। मैले २०२३ सालमा एसएलसी पास गरें। २०३५ सालमा शिक्षामा स्नातक गरें। नेपाली, स्वास्थ्य र शारीरिक विषयमा मैले उच्चशिक्षा हासिल गरेकी हुँ। अध्ययनलाई त्यसभन्दा अघि बढाउने वातावरण भएन। २०२५ सालदेखि कालीमाटीको ज्ञानोदय राष्ट्रिय प्राथमिक विद्यालयमा पढाउने र पढ्दै आएकी हुँ। २०३४ सालमा सिन्धुपाल्चोकको श्रीकृष्ण हाइस्कुलमा पढाउन थालें। अध्ययन खर्च आफैंले जोहो गर्नुपर्ने भएकाले स्कुल पढाउन उपत्यका छोड्नुपरेको हो। स्कुलमा पढाउन थाल्नुभन्दा अगाडि मेरो केदार प्रधानसँग विवाह भइसकेको थियो। उहाँहरू गायक पे्रमध्वज प्रधानका दाजुभाइ खलक हुनुहुन्थ्यो। हामीले एक छोरा र दुई छोरी जन्मायौं। म सिन्धुपाल्चोकको चौतारामै बस्थंे, श्रीमान् काठमाडौंमा बस्नुहुन्थ्यो। दुईतिर घर भएकाले काठमाडौं–चौतारा ओहोर–दोहोर भइराख्थ्यो। सबै ठीकठाकै थियो। छोराको नाम निरुक्ष राखेका थियौं। बोलाउँदा हामी उसलाई प्रवीण भन्थ्यौं। मामाघरमा बस्थ्यो, राम्रैसँगै पढलेख गर्दै होला भनेर त्यति वास्ता गरिएन। श्रीमान्को आफ्नै व्यवसाय थियो, म चौतारामा भएकाले कहिलेकाहीँ काठमाडौं आउँदा छोराको पढाइ राम्रै होला भन्ठान्थंे। तर ऊ त पढाइ लेखाइ हापेर मामाहरू जस्तै पो भएछ। मामाको बिग्रेको टिभी मर्मत गर्ने व्यवसाय थियो, ऊ पनि त्यही पेसातिर लागेछ। फरक यति हो, उसले चाहिँ कम्प्युटर हार्डवेयरको पेसा समातेछ। छोराको उचित शिक्षा–दीक्षामा ध्यान दिन नसकेको परिणाम अहिले भोग्दैछु। सन्तानबाट यस्तो पीडा शत्रुले पनि नपाओस् भन्ने कामना गर्छु। चौताराको स्कुलमा पाँच वर्ष पढाएपछि राजीनामा दिएँ। चौतारा जस्तो ठाउँमा पढेलेखेको महिला धेरै थिएनन्। त्यस्तो अवस्थामा मेरो मह140वाकांक्षा बढ्नु स्वाभाविक थियो। निडर थिएँ, कसैको हेपाइ सहन सक्दिन थिएँ। यत्तिकैमा राजनीति कोपभाजनमा परेपछि मैले स्कुलबाट राजीनामा दिएँ। त्यसपछि म राजनीतिमा हामफालंे। एक कार्यकाल निर्वाचित जिल्ला महिला संगठनको सभापति भएँ। दोस्रो कार्यकालमा अन्तर्घात भयो, चुनाव हारें। त्यसबेला पञ्चायती व्यवस्था थियो, त्यस्तो एकदलीय व्यवस्थामा राजनीति गर्नुभन्दा छोड्नु उचित ठानें। त्यसपछि म समाजसेवातिर लागें। बहुदलीय व्यवस्था पुनर्स्थापनापछि कांगे्रसको राजनीतिले फेरि आकर्षित गर्‍यो। तर त्यहाँ पनि घात–अन्तर्घातको खेल सुरु भएपछि राजनीतिबाट सधैंका लागि विश्राम लिने निर्णय गरें। शिक्षा क्षेत्रमै केही गर्न आफ्नै नाममा ट्रस्ट खोलें। साथीहरूसँग वृद्धाश्रम खोलेर फेरि समाजसेवातिरै सक्रिय हुन थालें। साहित्यप्रतिको आफ्नो झुकाव र लेखनलाई पनि निरन्तरता दिइरहेकी थिएँ। जब ०५० सालतिर श्रीमान्को निधन भयो, त्यसपछि पारिवारिक झमेलाले नयाँ रूप लियो। मामाघरमा हुर्केको छोरो कम्युटरको मिस्त्री भइसकेछ। पुतलीसडकको कास टे्रनिङ हाउसमा जागिर खान थालेछ। त्यहीँ काम गर्ने एक युवतीसँग उसको पे्रम बसेछ। उनको नाम संगीता हो। उनीहरूले विवाह गरे। विवाहको केही समयपछि बुहारी अमेरिका जाने भई। बांगेमुढाको पैतृक सम्पत्ति बेचेर बुहारीलाई अमेरिका पठाइयो। बुहारीलाई लगातार छोराले खर्चपात र लुगाफाटा यतैबाट पठाइरह्यो। जब बुहारीले अमेरिकामा ग्रीनकार्ड पाइन्, त्यसपछि छोरालाई डिभोर्स लेटर पठाइन्। यो घटनापछि छोरा विछिप्त भयो। झन्डैझन्डै अर्धपागल जस्तो भयो। श्रीमती नभएर यस्तो भएको हो भन्ने थाहा थियो, तैपनि झाँक्रीलाई देखाउन लगें। कलंकीमा झाँक्री काम गर्ने लक्ष्मीनाथ लामिछाने (भिसा बाजे) कहाँ लगियो। पासपोर्ट उनको हातमा पर्नेवित्तिकै भिसा लाग्ने नलाग्ने थाहा पाउने भएकाले उनलाई भिसा बाजे भनिएको रहेछ। झाँक्रीले मेरो छोराका कमजोरी थाहा पाइहाले। छोराकै जस्तो समस्या लिएर हेटौंडाबाट एउटी केटी पनि त्यहीँ झाँक्रीकहाँ आएकी रहेछिन्। त्यही झाँक्रीको सल्लाहअनुसार ०५९ फागुन २३ गते छोराले त्यही युवतीसँग दोस्रो विवाह गर्‍यो। छोराको विवाहको तीन दिनपछि घर झगडा सुरु भयो। विस्तारै सेट होला, बुहारी सुध्रेलिन् भन्ने आश गरें। तर मेरो आश निराशमा परिणत भयो। बुहारीले वर्ष दिनपछि छोरी पाइन्। त्यसपछि ऊ झन् शक्तिशाली हुँदै गई। बुहारीको स्यहारसुसारमै मेरो दिन बित्न थाल्यो। विस्तारै छोरा–बुहारी झगडा गर्न थाले। त्यो कचकच सुन्नुभन्दा घर नै छाडेर हिँड्न उचित ठानें। दुई वर्ष घर बाहिरै बसंे। चारजनाको परिवार किन बेग्लाबेग्लै बस्ने भनेर फेरि काठमाडौं फर्केर आएँ। अहिले हामी बसेको बाफलको घर मेरी आमाले ०४० सालमा दाइजो दिनुभएको हो। म एउटै छोरी, आमाले मलाई यो जग्गा दाइजो दिएपछि दाजुभाइ दुश्मन भए। त्यही दुश्मनीको बदला साँध्न भाइहरूले भान्जालाई प्रयोग गर्न थाले। एउटा छोरो छुट्टिभिन्नै बस्छ भने पनि घरको एक फ्ल्याट दिएकी थिएँ। घर चलाउन चाहिने सम्पूर्ण सामग्री लगेकै थियो। मेरो शेषपछि सम्पूर्ण सम्पत्ति उसैको हो, मर्दा मैले सँगै लिएर जाने होइन। तर अंश चाहियो भनेर दिनरात झगडा गर्न थाल्यो। आमा र दिदीबहिनीसँग बोल्न नहुने शब्द र गर्न नहुने व्यवहार गर्न थाल्यो। धेरैपटक ज्यान लिने प्रयाससमेत गर्‍यो। छोरी र मैले ज्यान रक्षाका लागि सिडियो र प्रहरी कार्यालयमा पटक–पटक निवेदन दियौं। नियमित आठ सय रुपैयाँ बिजुलीको बिल तिर्दै थिएँ, १८ हजारसम्म तिर्ने बनायो। त्यस्ता बिगार्ने भत्काउने हर्कतको बयान गरेर साध्य छैन। मेरो शेषपछि सम्पूर्ण जायदात उसैको हो भन्ने थाहा हुँदाहुँदै किन अंश मागिरहेको छ भन्ने कुरा मैले राम्ररी बुझेकी छु। एउटा बुहारीलाई अमेरिका पठाउँदा आधा पैतृक सम्पत्ति सकियो, बचेखुचेको पनि सकेर मलाई नांगो बनाउन चाहन्छ। मामाको कठपुतली बनेको मेरो छोराको बुद्धि फिर्छ कि भनेर आमाले मलाई दाइजो दिएको सम्पत्ति छोरीको नाममा बकस गरिदिएँ। घर बिगे्रर जेठीछोरी मैसँग बसेकी छ। नाति प्लस टु पढ्छ। ज्वाइँले अर्को विवाह गरेका छन्। त्यसपछि छोराले अंश मुद्दा हाल्यो। मुद्दा जिल्ला र पुनरावेदनबाट फैसला भइसक्यो। यो मुद्दामा धेरै विद्वान वकिलहरूले बहस गर्नुभयो। प्रायः सबैले छोरालाई अंश दिनुपर्छ भनेर बहस गर्नुभयो। दुवै अदालतले पनि त्यही आशयको फैसला गरेको छ। मैले मुलुकी ऐन स्त्री अंशधन महलको ४ र ५ अनुसार फैसला होस् भनेर जिकिर गरें। साथै, अंश खोज्नेले कर्तव्य पालना गर्नुपर्छ कि पर्दैन भनेर विद्वान वकिल र न्यायाधीशहरूसँग सोधें। तर उहाँहरूले ठोस जवाफ दिनुभएन। बरु उहाँहरूले भन्नुभयो, तपाईंलाई सर्वोच्च अदालत जाने बाटो खोलिदिएका छौं। वास्तवमा मैले सम्पत्ति रक्षा गर्न खोजेकी हुँ। मलाई वृद्धाश्रमतिर खेदेर मेरी आमाले दिएको सम्पत्ति बाँडिचुँडी खान उसका मामा र ससुराली खलकले मेरो छोरालाई प्रयोग गरेका छन्। यो षड्यन्त्रलाई न्यायालयले पनि साथ दिइरहेको छैन भनेर म कसरी नभनू? मेरी आमाले दिएको अंशको प्रमाण पेस गर्दा पनि मुलुकी ऐन स्त्री अंशधन महलको ४ र ५ बारे न्यायालय मौन छ। वकिलहरू यस विषयमा बहस गर्न चाहँदैनन्? यी वास्तविकता ओकलिरहँदा आँखाहरू रसाएका छन्। यो रसिलो आँखा लिएर न्यायको भीख कदापि माग्दिनँ। न्याय पाइने अन्तिम खुड्किलो बाँकी छ। एकपटक सर्वोच्च अदालतको ढोका ढक्ढकाउने छु। आशा छ, पुराना फैसलाहरू दोहोरिने छैनन्। सर्वोच्च अदालतले मानिसलाई कर्तव्य सिकाउने छ र ऐनको सही व्याख्या गर्नेछ। http://tarun.weeklynepal.com/2...
_____ · May 27, 2013 9:18 AM · 15,546 views
Newar haru kina sampati ko lagi fight khelchan? Milera basnu, jagga ko lagi yini haru kaile sudhrine bhayena. Who is that bitch who used her son to get USA n then sent a divorce letter after she got GC. Sali raad [Disallowed String for - use of word not allowed] chikamari kheldai holi kun chai mexican sanga.
Gorikopoi · May 27, 2013 8:01 PM
Eh gorikopoi tero trailer trash lapdancer le grahak kurda kurda budi huna lagisaki jaaa chhito. Mexican sanga tyo nepalile chikamari khele k bho ta tan jasto loser hoina hola ni paisa faalepachi matra sex paune. Ani tanlai nepaliharule bhakku godeko thyo ki kyaa ho nepali bhane pachhi saato jaane rahechha ni tero. Ani badhi robbie williams ko geet nagaa- tero white masters le sikayena ki kya ho u r way behind the times- keep up, will you?
am_i_bovvered · May 28, 2013 4:00 PM
पौत्रिक सम्पति मात्र अन्स बण्डा गर्नु पर्ने तर आफुले कमाएको सम्पतिमा अन्सबन्द लाग्दैन भनेको सुनेको गलत रहेछ | सारा सम्पत्ति दान गरिदीइन भने के हुन्छ ?
MaGorkhe1 · May 28, 2013 5:55 PM
amibo whoever u r seems like u don't know the difference between stripper n hooker. All hookers r strippers but not all strippers r hookers. My stripper girlfren ain't no hooker but a real mom who just does this job to make money so that she can pay her bills. She is now working in day care. Ya i am ready to be the Slave of white people. Nepali haru bhaneki satto gayore? Malai koi nepali le piteko panichaina tara Nepali haru ko cheap habit, unhygienic behaviour ra aarkako paisa khane haru dhekera dimagh tatiracha Last edited: 28-May-13 07:04 PM
Gorikopoi · May 28, 2013 6:06 PM
Gorikpoi - You are one of the cheapest person in Sajha.. you seem like gori ko गु rather than gori ko poi be happy no have smacked you yet, but I can surely say some people in sajha here will do if you cannot control your mouth...
moss · May 29, 2013 1:54 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion