बेल्जियममा भीम रावलको कार्यक्रममा प्रहरी हस्तक्षेप संसारमा जहाँ पुगे पनि छुटेन नेपालीको बानी १३ जेठ, बेल्जियम । नेकपा एमालेका नेता भीम रावलले सम्बोधन गरिरहेको कार्यक्रममा नेपालीहरुले नै कालोझण्डा देखाउने र नाराबाजी गरेपछि बेल्जियम प्रहरीले कार्यक्रममा हस्तक्षेप गर्नुपरेको छ । एमाले भातृ संगठन नेपाली लोकतान्त्रिक मञ्च, (एनडिएफ) बेल्जियमको अधिवेशनमा आइतवार प्रमुख अतिथिको रुपमा भाग लिन पुग्नुभएका रावललाई आदिवासी जनजाती महासंघका कार्यकर्ताहरुले कार्यक्रम स्थलमै कालोझण्डा देखाएर विरोध गरेका थिए । अधिवेशनमा रावलले भाषण गरिरहेकै वखत ‘भिम रावल मुर्दावाद, संघियता विरोधी मुर्दावाद, भनेर नारा र जुलुस गरेपछि स्थीति तनावपूर्ण भएको थियो । आक्रमक भीडलाई नियन्त्रणमा लिन सक्ने अबस्था नदेखेपछि आयोजकले प्रहरी गुहार्नुपरेको थियो । मुलुकको पूर्व गृहमन्त्री उपस्थित रहेको र बेल्जियमस्थित नेपाली राजदूत राममणि पोखरेलसमेत सहभागी रहनुभएको कार्यक्रममा जातीय बिषयलाई लिएर नेपाली-नेपालीवीच झडपको अबस्था आउँदा स्थानीय प्रहरी गुहार्नुपर्ने लाजमर्दो अबस्था आएको हो । कार्यक्रम स्थलमा जनजातिले छरेको पर्चा सुरुमा एमाले कार्यकर्ताहरुले जनजाती कार्यकर्तालाई बाहिर निकाल्न प्रयास गरे । तर, उनीहरुले मानेनन् । त्यसपछि करिव आधा घण्टासम्म हल तनावपूर्ण भयो । अतिथिको सुरक्षा गर्न नसक्ने अबस्था आएपछि आयोजकले प्रहरी गुहार्नुपरेको छ । आधा घण्टापछि प्रहरी हलमा आइपुग्यो । प्रहरी आएपछि भने कार्यक्रम सुचारु भयो, नाराबाजी गर्ने जनजाती कार्यकर्ता हलबाहिर गए । त्यसअघि नै जनजाती महासंघ बेल्जियमका अध्यक्ष पीजी शेर्पा नेतृत्वको टोलीले एमाले नेता रावललाई संघीयताबिरोधी भन्दै ज्ञापनपत्र बुझाएको थियो । केही महिना पहिले नेकपा एमालेकै भातृसंगठन नेपाली लोकतान्त्रिक मंच, -एनडिएफ) पोर्चुगलको कार्यक्रममा प्रमुख अतिथिको रुपमा भाग लिन आएका नेता भीम रावललाई कालो झण्डा देखाइएको थियो । आदिवासी जनजाती महासंघको वाहुल्य रहेको पोर्चुगलमा भीम रावलले विरोध व्यहोर्नु परेपनि उनले सुरक्षाको निम्ति प्रहरी प्रशासन गुहार्न परेको थिएन । स्मरणीय कुरा के छ भने बेल्जियममा अधिकांशहरु शरणार्थी आवेदन गरेर स्थायी आवास पाएका छन् । विदेशमा दुःख पर्दा एक नेपालीले एक नेपालीलाई सहयोग र सद्भाव राख्नुपर्नेमा नेपाली माथि नेपालीले नै प्रहरीलाई बोलाएर कारवाही गर भन्नु दुःखलाग्दो कुरा हो । के कारणले प्रहरी गुहार्न पुग्नुभयो भन्ने जानकारी लिन हाम्रा सहकर्मीले बेल्जियममा रहेका नेता भीम रावललगायत एमाले भातृसंगठन अन्तरगत पार्टी निर्वतमान अध्यक्ष तथा बेल्जियम एनआरएनका महासचिव शीव वरुवाल र एनडिएफ निर्वतमान उपाध्यक्ष तथा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य समेत रहेका अर्जुन कुमार श्रेष्ठलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । साथै आदिवासी जनजाती महासंघका अगुवा पीजी शेर्पा किन तपाईहरु कालो झण्डा देखाउन आउनुभएको भन्ने जानकारी लिन खोज्दा सम्पर्कमा आउन नचाहेको बेल्जियममा बस्ने संचारकर्मी महेन्द्र पौडेलले बताए । - See more at: http://www.onlinekhabar.com/20...
_____ · May 27, 2013 9:03 AM · 2,428 views
यो बिदेस मा बसेर जातियेता को नाटक गर्ने हरु देखि चाई पारो तात्छ । येहां के को गाई जात्रा [Disallowed String for - inappropriate] हरु को।। न्यू यौर्क मा ता झन पार्टी को जात को 50 थरि संस्था छ। तेस्तो राज निति गर्न मन भये नेपाल जानू। एहा गरेर भुत्रो हुने वाला छ। !!
facebook · May 27, 2013 4:22 PM
@facebook, Exactly if they want federalism why don't they go back to their own country and demand for it instead of coming into another's country as refugee and showing their dark colors. I hope the belgian government deports them all.
worldwideweb · May 28, 2013 7:41 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion