पुण्य कमाउन किन मन्दिर, मस्जिद र गुम्बा नै चाहर्नु पर्‍यो र ? (0 Votes) 1 2 3 4 5 कान्तिपुर संवाददाता ० काठमाडौ, जेष्ठ ११ - पुण्य कमाउन किन मन्दिर, मस्जिद र गुम्बा नै चाहर्नु पर्‍यो र ? अन्तरआत्माले जे देख्छ, त्यही सहयोग गर्न सकिन्न र ? हो , यी मर्मस्पर्शी प्रश्नका जवाफ विभिन्न दाताले नेपाल नेत्रज्योति सङ्घलाई सहयोग गरी अन्यका लागि उदाहरण बन्ने भएको छ । चितवन भरतपुर नगरपालिका– ४ स्थित नयाँ सडक नारायणगढका महेन्द्रलाल प्रधान तथा उनका श्रीमती प्रतिभा प्रधानले दुई करोड ११ लाख एक हजार एक सय ११ नगद नेपाल नेत्रज्योति सङ्घलाई सहयोग गरेका थिए । अन्धोपनको उपचारबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने अभियानका साथ आँखा उपचारमा अहोरात्र खटिरहेको सङ्घका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन ती दम्पतीले सहयोग प्रदान गरेका थिए । भरतपुर नगरपालिका–३ नारायणगढ निवासी हरिकृष्ण महर्जनले १२ लाख एक हजार एक सय ११ र सोही नगरपालिका दुई नारायणगढका विनोदकुमार श्रेष्ठले ४८ लाख ११ हजार एक सय ११ आर्थिक सहयोग सङ्घलाई प्रदान गरेको थिए । त्यसैगरी, बाग्लुङ नगरपालिका चारका स्वर्गीय नारायणप्रसाद श्रेष्ठले एक रोपनी जग्गा दान गर्नुभएको थियो । श्रेष्ठले आफ्नो मृत्यु हुनुअघि जग्गा दान दिएका थिए । त्यसैगरी, काठमाडौँ बाग्लुङ् समाज केन्द्रले पनि बाग्लुङ्मा नै एक रोपनी १० आना जग्गा सङ्घका लागि खरिद गरिदिएको थियो । ती दुवै जग्गाको मूल्य हाल एक करोडभन्दा माथि नै रहेको सङ्घले जानकारी दिएको छ । खाँदबारी नगरपालिका– १ सङ्खुवासभाका रत्नकुमार श्रेष्ठले ५० लाखबराबरको एक रोपनी जग्गा तथा गुल्मी वामीटक्सार– ३ का कृष्णहरि सापकोटाले पनि ५० लाखबराबरको जग्गा सङ्घका लागि सहयोग प्रदान गरेका थिए । कपिलवस्तुका श्रीमती नारायणी शाहले १७ कट्ठा करिब दुई करोडबराबरको जग्गा सङ्घका लागि प्रदान गरी पुण्य कमाएका थिए । त्यसैगरी, बाग्लुङ नगरपालिकाका श्रीमती नन्दकली सापकोटा, श्रीमती पूर्णकुमारी घर्ती, विष्णुप्रसाद श्रेष्ठ, हरिबहादुर जिसी र विष्णुबहादुर जिसीले पनि तीन–तीन आना जग्गा सङ्घका लागि सहयोग प्रदान गरेका थिए । सङ्घको २० औँ अधिवेशनका अवसरका आज ती दाताहरूलाई सङ्घका अध्यक्ष प्राडा रामप्रसाद पोख्रेल र महासचिव प्राडा तीर्थप्रसाद मिश्रलले सम्मान गरेका थिए । त्यसैगरी, सङ्घले मरणोपरान्त स्वर्गीय सरोवरलाल चौधरी (सगरमाथा चौधरी आँखा अस्पताल लहान) लाई पनि सम्मान गरेको थियो । यस वर्षको उत्कृष्ट शाखाका रूपमा गुल्मी, बाँके, कास्की, कैलाली, सिरहा र रौतहट शाखालाई पनि सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा सङ्घका अध्यक्ष प्राडा पोख्रेल र महासचिव प्राडा मिश्रलले दाताहरूले दिएका सहयोग अगामी दिनमा उज्यालो हेर्न आतुर अँध्यारोमा पिल्सिएका आँखाका रोगीहरूको उपचारमा खर्च गरिने जानकारी दिए । विष्णु नेपाल/रासस प्रकाशित मिति: २०७० जेष्ठ ११ ०९:११ - See more at: http://www.ekantipur.com/np/20...
_____ · May 25, 2013 1:02 PM · 1,523 views
हामि धर्मको नाम मा मन्दिर र ब्रह्म्हन लाइ दान दक्षिणा दिएर गर्ने प्रथा वाट उठेर नया पथ अंगाल्दै छौ :यस्तै कुरा मेरा बुढा मावली हजुर बा को नाम मा मन्दिर खडा गर्ने बिसयमा काका हरु संग प्रस्न उठाएको थिए | वहाकै घर अगाडिको स्कूललाइ नया भवन वा सार्बजनिक छेत्रमा दान दिए पनि त पुण्य र नाम त रहलानी ? सोधाई मात्रै भयो बन्न लाइ चाहि मन्दिर नै बन्यो |
Magorkhe1 · May 25, 2013 9:49 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion