बसाइँ हिंडेका बाहुन-क्षेत्रीलाई फर्काउने पहल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  बसाइँ हिंडेका बाहुन-क्षेत्रीलाई फर्काउने पहल   (2 Votes)   1 2 3 4 5       कान्तिपुर संवाददाता     ताप्लेजुङ , जेष्ठ ९ -   संविधानसभा निर्वाचनमा यहाँको २ नम्बर क्षेत्रबाट कांग्रेसका उम्मेदवार बनेका लिंतेप १ का प्रतापप्रकाश हाङ्गाम अहिले एउटा गजबको ध्याउन्नमा लागेका छन् । उनी आफ्नो गाउँबाट बसाइँ हिँडेका बाहुन-क्षेत्रीलाई फर्काउने अभियानमा छन् । २०४६ सालपछि उनको गाविसमा रहेका ६० मध्ये ५९ घर क्षेत्री-बाहुन बसाइँ हिँडिसकेका छन् ।  घरघर गणना गरेर ल्याउँदा मन कुँडिएको बताउँदै उनले अहिले अरू गाउँकालाई पनि बसाइँ नजान आग्रह गर्न थालेका छन् । घरजग्गा छाडेरै तराईतिर हानिएकालाई र्फकन र मिलेर बस्न उनले आग्रह गरिरहेका छन् भने लिम्बू समुदायका मानिसलाई क्षेत्री बाहुनको जग्गा नकिन्न अनुरोध गरेका छन् । हाङ्गामले भने, 'पहिला गाउँघरमा धेरै जातजाति रहेछौं, बाहुनकामा गयो चिया पकाएर दिन्थे, लु आज यसो गरौं भन्दै योजना निकाल्थे, अहिले सबै लिम्बू र शेर्पा समुदायका मात्रै भएछौं, जता गए पनि जाँड खाने, झैझगडा गर्ने विचलन बढिगो ।' विद्यालयमा जाँदा पनि केटाकेटीले अश्लील शब्द धेरै बोल्दा आफूलाई नरमाइलो लागेको उनले बताए । 'एउटा जातको एउटा चाड, अर्कोको अर्को गर्दा चाडबाडमा पनि रमाइलो हुन्थ्यो, अहिले त नियास्रो लाग्छ,' उनले भने । हाङ्गामले धिताल, गौतम र बराल थरकालाई र्फकन बारबार टेलिफोन गर्ने र तराई झर्दा घरमै गएर अनुरोध गर्ने गरेका छन्  प्रकाशित मिति: २०७० जेष्ठ ९ ०७:०३ - See more at: http://www.ekantipur.com/np/20...

_____ · May 23, 2013 7:26 PM · 1,682 views

1 Reply

 भाड्ने त साला नेताहरु हो |  Thanks for this post , Dharkey Ji

bittertruth · May 23, 2013 7:43 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all