पालेदेखि प्रमुखसम्म

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  पालेदेखि प्रमुखसम्म Share:     चार दशकअघि पालेको रूपमा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पस प्रवेश गरेका जनक महतो (५९) अहिले सहायक क्याम्पस प्रमुख छन्।   सजल श्रेष्ठ   चार कक्षासम्म पढेका २० वर्षका जनक महतोलाई २०३० सालमा तत्कालीन क्याम्पस प्रमुख डा. मोहनप्रसाद लाखेले वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको पाले पदमा भर्ना गरेका थिए। तिनै डा. लाखेको प्रेरणा र आफ्नो परिश्रमको फल महतो अहिले क्याम्पसको शिक्षा संकायतर्फ सहायक क्याम्पस प्रमुखको जिम्मेवारी वहन गरिरहेका छन्।   पढ्ने धोको मनमै राखेर हिंडेका महतोले डा. लाखेबाट जागिरसँगै अगाडि पढ्ने हौसला पनि पाएपछि २०३४ सालमा माईस्थानको प्रौढ रात्रि माविबाट एसएलसी उत्तीर्ण गरे अनि अर्को वर्ष पालेबाट टाइपिष्टमा बढुवा भए। एसएलसीपछि महतो सीमावर्ती रक्सौलको केसीटीसी कलेजको रात्रिकालीन कक्षामा भर्ना भएर इण्टरमिडियट र स्नातक उत्तीर्ण गरे। २०३८ सालमा उनी क्याम्पसमा नासु भइसकेका थिए। “दिनभर क्याम्पसमा काम गरेर बेलुका रक्सौल पुग्थें” महतो सम्झ्न्छन्, “कक्षा सकिएपछि राति घर आएर खाना खान्थें।” २०४० सालमा ठाकुरराम क्याम्पसमा इतिहासको स्नातकोत्तर तहको पढाइ शुरू भएपछि डा. लाखेले महतोलाई यहीं भर्ना हुन सल्लाह दिए। यसरी उनको उच्चशिक्षाको धोको पूरा भयो र २०४९ सालमा त्यही क्याम्पसमा सहायक प्राध्यापकको नियुक्ति पाए। काम र इमानको पक्का उनी त्यसपछि पाँच वर्षसम्म छात्रावासको वार्डेन र २०६३ देखि शिक्षा संकायतर्फको सहायक क्याम्पस प्रमुख छन्। गएको असारदेखि माघसम्म निमित्त प्रमुख भएका महतो क्याम्पसको प्रमुखका प्रबल दावेदार पनि हुन्, तर राजनीतिक भागबण्डामा बाहिर परे। “कसैसँग कुनै गुनासो छैन”, उनी भन्छन्, “डोली बोक्ने पुर्ख्यौली पेशा भएको मान्छे मिहिनेत गरेर यहाँसम्म आएँ, सन्तुष्ट छु।” महतो अहिले शिक्षा संकायतर्फ इतिहास अध्यापन गरिरहेका छन्। दुई छोराका पिता महतो पदमा बसिसकेपछि सबैलाई एकसमान व्यवहार गर्नु भनेर डा. लाखेले दिएको शिक्षालाई जीवनको आदर्श बनाएको बताउँछन्। पीएचडी गरेर आफ्ना आदर्श पुरुष लाखेको जस्तै नामको अगाडि डा. लेख्ने उनको इच्छा भने परिस्थितिले पूरा हुन नदिएको महतोले बताए। बालविवाहको परम्परा अनुसार ११ वर्षको उमेरमा दुलाहा भएका महतो पाले काम गर्दाको रु.११६ तलबलाई अहिलेको रु.२४ हजारभन्दा धेरै मान्दछन्। त्यस्तै, उतिबेलाको अनुशासन पनि हराएको उनको अनुभव छ। “४० वर्षअघि हामी धेरै अनुशासित विद्यार्थी थियौं”, महतो भन्छन्, “आजका विद्यार्थी नपढी पास हुने बडो आपत्तिजनक इच्छा राख्छन्।” बिम्मी शर्मा, वीरगञ्जhttp://nepalihimal.com/article...

_____ · May 21, 2013 5:06 PM · 1,200 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all