‘भाडाका टट्टु’ कि बिर गोरखाली सेना ? ● मदन बज्राचार्य ती बेलायतीका तर्फबाट युद्ध गर्ने बिर नेपाली “भाडाका टट्टु” होईनन् । अपितु ब्रिटिश सितको युद्धमा हारेको तत्कालिन नेपालको सरकारले नेपालको स्वाधिनता इस्ट इन्डिया कम्पनिबाट बचाउन ब्रिटिश सरकारसित विनिमय गरिएका मानवीय श्रोत हुन् । त्यतिबेला जति नेपालीले आफ्नो स्वाभिमान त्यागेर बेलायती सेनामा भर्ति भए । लडे । शहिद भए । ती सबै नेपालको स्वाधिनता बचाउन गरेको महान बलिदान हो । नेपालसितको युद्ध जितेको ब्रिटिस सरकारले नेपालको स्वाधिनता यथावत राखेर नेपालसित सन् १८१६ मा सुगौली सन्धि गर्नको निमित तत्कालिन नेपालको सरकार माथि राखेको प्रमुख शर्त मध्य नेपालीलाई बेलायती सेनामा भर्ति गर्न दिने पनि हो । ब्रिटिशको सेनामा भर्ति गर्न “जात” तोकेको पनि नेपालको सरकारले होइन । ब्रिटिश सरकारलेनै हो । नेपाल सित युद्ध भएको बेलानै मेसिन गन, तोप, बन्दुक बोकेको ब्रिटिस सेनालाई मात्र खुकुरी खुँडा जस्तो परम्परागत हतियार भएको नेपाली सेनाले ठाउँ ठाउँ हराएको थियो । कयौं युद्धमा त बेलायती सेना मात्रै होइन कि जर्नेलको गर्धन समेत छिनेको थियो । खुकुरी मात्रै बोकेको नेपाली सेनाले तोप, बन्दुक बोकेको ब्रिटिसको सेनालाई तराई छिचोलेर पहाड नाघ्न नसक्ने बनाएको थियो । सायद त्यो युद्धमा नेपाल हार्ने पनि थिएन । तर तराइको फाँटमा मात्र खेतमा काम गराउन तराइमा बसोबास गर्न दिएको बिहारिहरुले अंग्रेजी सेनालाई साथ दिएर गद्दारी गरेकोले अंग्रेजी सेना तराइ पहाड छिचोल्नसकेको थियो । यसै कारणले तत्कालिन सरकारले बेलायतीको सबै शर्त मानेर सुगौली सन्धि गर्नुपरेको थियो । सायद यसै कारणले नेपालको सरकारहरुले तराइमा बसोबास गर्ने बिहारिहरुलाई अलि दवाएकोपनि थियो । यसैकारणले ब्रिटिश सेनामा भर्ति भएर बेल्जियम लगायत अरु देशमा आफ्नो प्राणको बलिदान दिने बिर गोर्खाली प्रति सम्मान गरौँ । भाडाको टट्टु नभनौं । यदि ती बिर गोर्खाली सैनिक भाडाको टट्टु हो भने तिब्बतको शक्तिशाली राजा श्रङचङ गम्पोको कुद्रिष्टीबाट नेपालाई बचाउन नेपालको तत्कालिन राजा अंशु बर्माले श्रङ चङ गम्पोसित बिवाह गरिदिएको नेपालको छोरीलाई के भन्ने ?
cybernepali · May 21, 2013 11:32 AM · 1,363 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion