अक्ष 'ष’ : एक उदाहरण पश्चिमाहरूले सबैभन्दा धार्मिक आक्रमण नेपालमा बोन धर्मलाई नै गरेका छन्, जुन यस देशको प्राचीनतम र मौलिक नृवंशशास्त्रीय एवम् मानवशास्त्रीय पहिचान र परम्परा हो । (6 Votes) 1 2 3 4 5 सौरभ १७ वैशाखको अंकमा पंक्तिकारका विश्वविद्यालयीय गुरु लोकराज बरालले 'धर्मनिरपेक्ष राज्य किन ?' लेखेलगत्तै सञ्चारको बजारमा माओवादी धारको मानिने एउटा दैनिकले १८ वैशाखकै दिन 'लोकराज बराल आदि भारतीय उपनिवेशी संयन्त्रका नेपाली पुर्जा भएर क्रियाशील छन् । धर्मनिरपेक्षता साम्राज्यवादको एउटा खुट्टो हो' भन्ने दुई वाक्य छापिसकेकाले यो टिपोट उति जरुरी थिएन । तर आवश्यकताको सिद्धान्तले उत्प्रेरित गरेकाले अब प्रसंग सुरु हुन्छ- फुटाउको मन्त्र मगर, गुरुङ, तामाङ, राई, लिम्बु, थारु लगायत अन्य अल्पसंख्यक जातजातिले मानिआएको धर्मलाई पश्चिमले एनिमिजम भन्दछ, जसमा जन्तु, जनावर र बोटबिरुवाको आध्यात्मिक महत्त्व हुन्छ । यी सबैको मूल बोन धर्म हो । यसैले यही बोन शब्द मगरहरूमा पुन थर बन्दछ । पश्चिम पहाडको पुनेल संज्ञा बन्दछ । तामाङहरूमा ब्लोन र बोम्जन थर बन्दछ । पूजाको घडाको नाम नै भोम्बु बन्दछ । यही थर छन्त्यालहरूमा भलन्जा हुन्छ । गुरुङहरूमा पलान्जा (चेम्जोङ १३५) हुन्छ । थाकालीहरूमध्ये गौचनहरूको भ्लाम्तन र भ्लेन्तन (विलियम फिसर) उपथर बन्छ । लिम्बूको पान्दाक थर बन्दछ । थारूको बान्तर थर बन्दछ । तर फिरंगी समाजशास्त्रीहरूले यी जातजातिलाई 'हामी हिन्दु होइनौं, बौद्धमार्गी हौं' भनाइरहेका छन् । निश्चय नै यी ब्रह्मा-विष्णुवाला हिन्दु होइनन् । तर हिन्दु होइनन् भने २५ सय वर्षअघि मात्र थालनी भएको बौद्धमार्गी पनि झनै होइनन् । यसरी हुँदै नभएको बौद्ध र हिन्दु दूरीबीच बोनलाई उभ्याइदिएर उसैको मिच्याइँ गर्ने ठूलो षडयन्त्र चलिरहेछ । गराङ्जा थर हुन्छ मगरहरूमा, जुन गुरुङ नै हो । जा प्रत्यय हो गर्बुजा, पाइजा आदिमा लागेजस्तै । गराङ थर घाराँको रूपान्तरणमात्र हो, अर्थ हो लडाकु । यही थर गर्बुजा पनि बन्दछ मगरहरूमा, घरब्जा थर बन्दछ छन्त्यालहरूमा । तर फिरंगी समाजशास्त्री र तिनका पिट्ठुहरूले मगर र छन्त्यालसमेत अलग हो भनेर तिनलाई भिन्न देखाउन हम्मे गरेका छन् । राना थारु हुन्छ थारुहरूमा, राना मगर हुन्छ मगरहरूमा, रानाभाट हुन्छ क्षत्रीहरूमा पनि । संस्कृतको पाणीबाट बन्दछ पानी, त्यसैगरी राणा (युद्धविजेता) नै राना बन्ने हो । पद हो यो, पूर्वी पहाडको कुनै बेलाको मिझारजस्तै । तर राना थरमा रहेको मातृसत्तात्मक अवशेषलाई लिँदै ती भारतको राजपुतानाबाट आएका हुन् भनिँदैछ । जबकि नेपालमै राना मगरको प्रमाण एघारौं शताब्दीमै पाइन्छ, भारतमा केवल बाह्रौं शताब्दीमा । त्यसमाथि मातृसत्तात्मक प्रथाको उदाहरण बनेको महाभारतकालीन द्रुपद राज्य राना थारु इलाकाको ठीक दक्षिणमा सीमापारि पर्छ । र उनीहरूको घना बस्तीको ठीक उत्तरी पहाडमा मगरका घना बस्तीहरू छन् । अर्थात् ती बरु तराईका मगर नै हुन्, नकि थार मरुभूमिका । यी साना उदाहरणहरू हुन्, फुटाउँदै लगेर अर्काको पहिचान र परम्परै मेटिदिने । एनिमिजमको प्राण पश्चिमको राशिक्रम जोडियक संस्कृतको ज्योतिषको अपभ्रंश हो । भलै त्यसलाई १५ सय वर्षअघि ग्रीकहरूले सुरु गरेका दाबी चलिरहोस् । अंग्रेेजीको होरोस्कोप ज्योतिषशास्त्रको होरा शब्दमा स्कोप जोडेर माइक्रोस्कोपजस्तै बनाइएको हो । यही होराबाट नेवार ज्योतिषहरूको हाडा थर बन्दछ । राशिमा परेको बाह्रवटा प्रत्येक सबै यथार्थमा जनावर नै हुन् । यसको दार्शनिक अर्थ हो, प्रत्येक मानिसको स्वभाव कुनै न कुनै जनावरसँग मिल्छ । यसैले पहिलो राशि पशुपालन युगको पहिलो जनावर मेष (भेडा) हुन्छ । दोस्रो वृष -साँढे) हुन्छ । तेस्रो मिथुन (गौरी गाईको घरपालुवा उपजाति बोस फ्रन्टालिस) हुन्छ । तर पश्चिमले मिथुनलाई मैथुन पढेकाले नारी-पुरुष चिह्न प्रयोग गर्छ । विद्वत्शिरोमणि कुलचन्द्र गौतमले पनि त्यही अर्थमा लिएपछि हाम्रो के लाग्छ ? चौथो कर्कट (गँगटो), पाँचौं सिंह र छैटौं भार्गव (हात्ती) हुन्छ । तर पश्चिमले नक्कल गर्दा भार्गवी (देवी, कन्या) भन्ने बुझ्यो, भर्जिन लेख्यो, अमेरिकाको एक राज्यको भर्जिनिया भन्ने नाम राख्यो । हामीले फेरि आफ्नै कुरा बिगारेर उसको नक्कल गर्‍यौं । सातौं तिलित्स (भाइपर सर्प) हुनुपथ्र्यो, तुला (तराजु) लेखिँदैछ । आठौं वृश्चिक (बिच्छी) हुन्छ । नवौं धन्विन (बँदेल) हुनुपथ्र्यो, तर धनु लेखिँदैछ । दसौं मकर (घडियाल, नकि गोही) हुन्छ । मकर शब्द मानिसको दाँतको प्रारूप (डेन्टल एनाटोमी) बाट बन्दछ । एघारौं कुम्भक -कछुवा) हुनुपथ्र्यो, तर घडा लेखिँदैछ । बाह्रौं मीन (माछा) हुन्छ । तुला लेखेर वैश्यलाई, धनु लेखेर क्षत्रीलाई, कुम्भ लेखेर दलितलाई राशिमा ठाउँ दिने गलत कार्य सम्भवतः कान्यकुब्जमा गरियो । यहीँको एक कान्यकुब्जीले भर्जिन लेखाइको कन्यामा पहिलोपल्ट सायद आफ्नो वर्गको उपस्थिति देख्यो । माथिका दुई उपशीर्षकहरू के कुराका उदाहरण हुन् भने आदियुगदेखि चलेर आएको परम्परागत मान्यता यथार्थमा धर्म नै होइन, प्रकृतिसम्बद्ध जीवन पद्धति र दर्शन हो । हाम्रो सन्दर्भमा बृहत् मानवशास्त्रीय आयाम नै हो, जसलाई मूर्खतापूर्ण पश्चिमा राजनीतिशास्त्र बोकेर निरपेक्ष बनाउँदा पश्चिम अत्यन्त सभ्य र हामीचाहिँ यस्ता जंगली, जसलाई एउटा पादरीले सभ्य बनायो भनेर कम्प्युटरमा हाल्नमात्रै बाँकी रहन्छ । यहाँनिर हेक्का राख्नुपर्छ, ह्लोसार सम्बन्धित तिब्बती क्यालेन्डरहरू पनि विभिन्न जनावरकै नाम लिँदै फेरिँदै गर्छन् । थप जिज्ञासा शान्तिका लागि यसपल्ट फगत मेष, वृष र महिषमा परेको 'ष'लाई मात्र लिएर थप मानवशास्त्रीय आयामतिर अब गइन्छ । मेषको षुट्टा सात थरीका मेष पाइन्छन्, नेपालमा । जंगली अवस्थाका नायन र नाहुर एवम् घरपालुवा अवस्थाका रासकोटी (जुम्ला), भ्याङलुङ (डोल्पा, मनाङ र मुस्ताङ), बरुवाल -मध्यपहाड), कागे (काठमाडौं र पोखरा विशेष), लाम्पुच्छे्र (तराई) । जाडो महिनामा रासकोटीका षुट्टा पकाएर खाइन्छ । तर काठमाडौंमा चिसो लाग्छ भनेर जाडोमा खाने त परै जाओस्, अरु बेला पनि क्रेताले परिचित बगरेलाई आफ्नो आँखाको डिल देखाएर इसारा गर्छ । बगरेको संकेतपछि 'आँखाको डिल सुन्निने' अर्थात् भेडा काटेको बुझेर अर्काे पसलतिर लाग्छ । जबकि मध्यपहाडमा बरुवाल काट्ने बित्तिकै त्यसको अघिल्लो षुरको कापलाई राहु र पछिल्लो षुरको कापलाई केतु भन्दै तत्काल काटेर फालिहालिन्छ । त्यो सूक्ष्म चक्राधार हुन्छ । त्यहीँ मेषको माषुमा हुने विकार केन्दि्रत हुन्छ भन्ने मानिन्छ । यसैले ग्रहण लाग्दा देवताका नाममा मेषलाई पन्छाइन्छ । जबकि पृथिवीका साढे १२ सयभन्दा बढी भेडाको जातिलाई लिएर अन्यत्र यस्तो चलन भएको पढ्न पाइन्न । हिमालयको उत्तरी ढालमा भ्याङ्लुङमात्र हुन्छ । तर यो प्रसंग दक्षिणी ढालको बरुवालको हो । अब उज्जैनका बराहमिहिरहरू राहुलाई शिर र केतुलाई शरीर मान्छन् नै । तर त्यसको प्रेरणा नेपाली मध्यपहाड नै देखिन्छ । भृगुकै मेषदेखि मीनसम्मको प्रेरणा नै नेपाली पहाडकै देखिन्छ । सम्भव छ, पार्वतीको जन्मस्थल मानिने र ज्योतिषहरूको आदिथलो मानिएको पर्वतको पाङ गाउँ नै होस् । वृषको षुट्टा पश्चिमा समाजमा सकेसम्म डल्पिmनको मासु खाइन्न । किनभने यसले समुद्रमा खसेका मानिसलाई साथ दिएर किनारा लगाइदिएका अनेकौं उदाहरण पाइन्छन् । यसैले मानिसको मित्र मानिन्छ । त्यसैगरी गाईको मासु किन खाइन्न भने चारषुट्टे स्तनपायीहरूमा एउटै जनावर गाई यस्तो हो, जसले भुइँमा खसेको वा लडेको मानिसलाई कहिल्यै कुल्चेर हिँड्दैन । बरु बाटो नभए नाघेर नै जान्छ । यसैले गाईलाई आमा मानेर ढोगिएको हो । गाईपूजाका बेला उसका षुट्टाहरू बीचबाट छिर्ने चलन आएको हो । यही कारण हो, षुकुरीको मुठभन्दा माथि धारमा हुने षुँडे भागलाई 'गोषुर' भन्छन् । व्यावहारिक अर्थ अर्काे धारसँग जुध्दा त्यो चिप्लिएर आफ्नो औंला नकाटोस् भन्ने हो, धारको रगत हातमा नतर्कियोस् भन्ने हो । तर त्यो पानबुट्टे नै हुन्छ । किनभने गाई काट्न हुँदैन भनेर सम्झाउनका निम्ति हो । नेपाली अस्त्रहरूका गोषुरहरू यसैले झन्-झन् ठूला भएर गए, मध्यकालमा । उदाहरणका निम्ति माथवरसिंह थापाको षुँडाको सर्वाधिक सुन्दर गोषुर हो । एनिमिजमको 'ष’ (यो उपशीर्षकको सामग्री पाठकहरूलाई झर्को लाग्दो छ भन्ने जान्दा-जान्दै पनि श र षलाई हटाएर नेपाली भाषाको माओवादीकरण गर्नेहरूले यसको चित्रलिपियुक्त सुन्दरतालाई कसरी बिथोलेका छन्, देखाउन पनि माथिका हरफहरूमा जस्तै चल्तीको व्याकरणलाई नाघिएको छ ।) एनिमिजमको दैवी सूत्रधार शिव/पशुपति मानिन्छन् । एउटा हाङ्गोका मानवीय गुरु मात्रै कैलाशका दोर्जे शेराल (सिउँडी शेराल) हुन् । शिवको तरवार र सल्लाको पिरल दुवैलाई असी भन्दछन् । 'असी पत्र नरक' यसैले सम्भवतः सल्लाको जंगल बोधक हो । र आँसीबाट हँसिया शब्द आएको त हुँदै हो, जुन ल्याटिनको आँसिस हुँदै अंग्रेजीको सिकल बन्न पुग्छ । तर असीको अ स्वरमात्रै हो, षी व्यञ्जन हो । यही ष सारा नेपाली अस्त्रहरूको पहिलो शब्दस्रोत हो । यो ष (लाई पेट चिरेको ष भन्ने चलन छ । नभन्दै षाँण (तरवार) ले प आकारको पेट चिर्छ । यसैले पुरानो लेखोटमा षुमर्नु (षसी बनाउनु) लेखिन्छ । षुकुरी र षुँडा लेखिन्छ । षोदाली पढेको भए जनकलाल शर्माले कोदाली अष्टालो(निग्रोइडहरूले नेपाल ल्याएका हुन् भनेर लेख्दैनथे । युरोपमा २२ सय वर्ष अघिको भनेर फेला परेको हतियारलाई षोपेस भन्दछन्, जुन हाम्रो चन्द्रहास षड्ग हो । तर उसको उत्पत्ति दाबी गर्नलाई अंग्रेजी शब्दभण्डारमा त्यससम्बन्धी कुनै नाम र क्रियापद छैनन्, षोप्नु, षोपा, षपडा, षापा, षोप्राजस्ता । युरोपमा २४ सय वर्ष अघिको भनिने तर १९ औं शताब्दीमा मात्र नाम दिइएको फाल्कट हाम्रो षुकुरी हो । तैपनि उससँग त्यससम्बन्धी फल्याक, फलकजस्ता शब्द छैनन् । फ्लेकचाहिँ फल्याक नै हो । हाम्रो षर्द (कर्द) त्यहाँ स्वर्ड (तरवार) हुन पुगेको छ । षुन्दा, षटारी, षुर्पा, षन्जन, षन्ती सबै षबाट हेर्दा शुद्ध लाग्छन् र हुन् पनि । तर मेष, वृष, महिष तीनवटै घरपालुवा षुरयुक्त- बोभिडेई परिवारका- भाले -षसी हुनलायक) हुन् । षको अर्थ हो नै चिरिएको, काटिएको वा चिर्ने, षाट्ने । चित्रलिपि हो । यसरी जाँदा ष केवल ईशापूर्व दोस्रो शताब्दीको भनिने ब्राह्मी लिपिबाट उब्जिएको बुझिँदैन । न खारोष्टीमा सही पूर्वज फेला पर्ला, भाषाशास्त्रीले मिलाइदिने मात्र हो । ठेली जान सकिन्छ, षमा । जुम्ली 'फ'बाट जाँदाको नेपाल त झन् कता हो कता अर्कै संसारको देखिन्छ । मौखिक रूपमा सही षले संकेत अनुशासनको हजारौं वर्ष लामो यात्रा गरेको छ । उप-अन्त्यमा माथिका पाँच उपशीर्षकहरूबाट बुझ्नुपर्छ, विशुद्ध राजनीतिशास्त्रले शास्त्रहरूका सयौं फलकहरूसँग सम्पर्क नराख्ने हुनाले नै पलिटिकल साइन्सलाई विशुद्ध विज्ञानले विज्ञान नमानेको हो । जब धर्मग्रन्थ साकुलर र मोमसेन थन्किए, ग्रीकहरूको २ हजार वर्ष उताको मानवशास्त्रीय जग खोज्न नसकिने भयो । स्लाभहरूको लुथियाना जब थन्कियो, ती नयाँ स्लाभहरू भए, प्राग्ऐतिहासिक सांस्कृतिक जग नभएका । मुन्धुमहरू थन्किएपछि यही हुन्छ । यो विकासे धान लगाउन थालेपछि नेपाली मार्सी र जेठाबूढाहरूको 'ल्यान्डरेस' लोप भएजस्तै हो । अनि विकासे धर्ममा पुरुषले पुरुषलाई विवाह गर्ने, टेष्टेस्टेरोन र स्ट्रोजोन हर्माेनहरू दिएर 'बाइसेक्सुअल' बनाउने, रासायनिक लागूपदार्थलाई वैध गर्ने सबै सामाजिक विकासका नाममा स्वीकृत हुन्छन् । यसरी फेरि मानिसलाई बाँदर नै बनाउने अभियान चल्छ, जसरी विकासे धानले अनेक स्थानीय रोगहरूलाई थेग्न सक्दैन वा बढी मलको माग गर्छ । विसंगतिहरू 'संसारका धेरै देशले आआफ्ना धर्ममा आधारित राज्य माने पनि नेपालले त्यही अनुकरण गर्नुपर्छ भन्ने छैन । जसरी भारतले आफ्ना सन्दर्भमा धर्मनिरपेक्ष राज्य बनाएको छ'- भन्ने वाक्य विसंगतिपूर्ण चिन्तनको नजिकै छ । अरूले मानेका कुरा नेपालले मान्न जरुरी छैन भने भारतले मानेको हुनाले मात्र हामीले मान्नुपर्ने हो ? चर्च र राज्य सोह्रौं शताब्दीमा नै छुट्टएिका हुन् भनेर प्रकारान्तरले टमस अक्विनास आदिको कुरा उठाउन खोजिएको हो भने पनि अमेरिकी डलरको 'वि बिलिभ इन गड' र 'प्रोटेस्टेन्ट' मात्रै अमेरिकी राष्ट्रपति हुन पाइने जस्ता पश्चिमा प्रावधानले सोह्रौं शताब्दीका कुरा किताबी भन्टा भइसकेको कुरा पुष्टि गर्दैन ? 'नेपाली कंग्रेसका नेताहरू आफ्नो महासमितिको बैठकमा हिन्दु राष्ट्रको अभियानमा लागेकालाई यसका पक्षमा बोल्ने मौका दिन्छन्'- भन्ने वाक्यले लेखक भित्री हृदयबाट प्रजातन्त्रवादी नरहेको छर्लंग हुन्छ । यसै पनि विद्यावारिधिको थेसिस 'अपोजिसनल पलिटिक्स इन नेपाल'का मूल लेखक ईश्वर बराल हुन् भन्ने पुरानो भनाइमा अब संगति देखिएको छ । यद्यपि ईश्वर बरालको 'अपोजिसन पलिटिक्स इन नेपाल' १९७७ मै निस्किएकाले त्यस्तो आरोप यसै बन्न पुगेको हो भन्ने बुझिन्छ । जबकि ईश्वर बरालकै थेसिस पनि नयराज पन्तको लेखोटको अनुवाद हो, अंग्रेजहरूले पत्तो पाएनन् भनेर जनकलाल शर्माले कतै लेखेका छन् । हृदयले आत्मसात् नगरेको प्रजातन्त्रलाई थेसिसले थेग्दैन भन्ने यहाँ स्पष्ट हुन्छ । 'तत्कालीन भारतीय नेताहरूलाई भारतलाई धर्मनिरपेक्ष बनाउन ठूलो मुस्किल परेको थियो'- लेख्नुअघि सन् ११९१-१८५७ गरी ६६५ वर्षको मुसलमानी राजकीय प्रभावले गर्दा भारत स्वयम् अर्धइस्लामिक भइसकेको थियो, जुन अवस्था नेपालको होइन भन्ने कुरा ख्याल गर्नुपथ्र्यो । यथार्थ पश्चिमाहरूले सबैभन्दा धार्मिक आक्रमण नेपालमा बोन धर्मलाई नै गरेका छन्, जुन यस देशको प्राचीनतम र मौलिक नृवंशशास्त्रीय एवम् मानवशास्त्रीय पहिचान र परम्परा हो, जसको एक फलक माथिल्लो अंशमा दिइयो । तर लाङदार्मा -छोटकरी रूप लामा) को कारण यसै देशमा जन्मिएका बुद्धको मतसँग बोनको भिडन्त भइसकेकाले बोन धर्मसापेक्ष संविधान हुनुपर्छ भन्न नसकिएको हो । फेरि तराईवासी रैथाने गैरथारुहरूलाई पनि समेट्नुपर्ने स्थिति छ । यसैले सबैको साझा 'आदिधर्मसापेक्ष संविधान' भनिएको हो । यद्यपि बोन धर्मावलम्बीहरूमा कहिले जनजाति महासंघको तर्फबाट धर्मनिरपेक्षताको दुहाइ दिने र कहिले राप्रपा -राणा) र राजपाको तर्फबाट सर्वधर्मसापेक्ष संविधानको दुहाइ दिने भयावह दिग्भ्रम देखिन्छ । पहिचानको मुद्दा उठाउन लगाउनेहरूले पहिचान कसरी मेट्ने अभियान चलाइदिएका छन् भन्ने कुराको पटक्कै हेक्का छैन । त्यसमाथि राजनीतिक वैज्ञानिक भनाउँदाहरू डार्बिनिजमको उल्टो बफ्फोनेरिजमको नांगोपन प्रदर्शन गरिरहेका छन् । त्यसमा पनि धर्मसापेक्ष भन्ने बित्तिकै राजतन्त्र फर्काउने अभियान र माग हो भन्ने अनर्थकारी अत्तो भारत र उसका मतियारहरूले गर्ने गरेका छन्, जसले नेपालमा पश्चिमको सांस्कृतिक औपनिवेशिकता लाद्दै गएको छ । जबकि राजसंस्था नेपालीका निम्तिभन्दा भारतका निम्ति सबैभन्दा बिझेको काँडा थियो भन्ने कुरा क्रान्तिकारी नेपालीहरूले विक्रम संवत् २१६३ सालमा मात्रै बुझ्नेछन् । गैंडाको देश, संवेदना भित्री पेटसम्म पुग्न त्यति बाक्लो छालालाई सय वर्ष लाग्ने नै भयो । अनावश्यक विवाद भारत र पाकिस्तान धार्मिक कारणले छुट्टनिुपर्ने नै थिएन, महम्मद जिन्नाहरूले गुरुगम्भीरतालाई बुझेको भए । अल्लाहको प्रार्थना शून्य वा खालीपनमै हुन्छ । यसैले उनका मूर्ति र तस्वीर नितान्त वर्जित छन्, इस्लाममा । सनातन धर्मले पनि निराकारलाई नै मान्दछ । मूर्ति र तस्वीर उसलाई सजिलो होस् भनेर अपनाएको साध्यमात्रै हो । मूर्तिपूजा नगर्ने बौद्ध मतकाले पनि उनलाई सम्झना गर्ने सजिलो माध्यमका रूपमा मात्रै मूर्ति अपनाएका हुन् । जुडाइजम -यहुदी धर्म) को जुडा संस्कृतको यदु हो । यो यमराजलाई जेमराज बनाइए जस्तै हो, युद्धशमशेरलाई जुद्धशमशेर बनाए जस्तै हो । धर्मग्रन्थ तालमुड तालपत्रकै रूपान्तरण हो । पारसीको 'जेन्द आवेस्ता' शब्द 'हिन्दु वेद'कै अपभ्र्रंश हो । येशु र इस्लामको ईश दुइटैका मूल शाब्दिक स्रोत ईश्वर हो । यसर्थ धर्म र मान्यताहरूका बीचमा झगडा गर्नु नै अत्यन्त गलत कुरा र मूर्खता हो । तर शिव, विष्णु, ब्रह्माजस्ता पूर्वकाले मानेका देवताहरूलाई सैतान भन्ने असभ्यता नेपाली समाजमा २०६३ पछि चर्कंदै गएको छ । बत्तीसकोटि शब्दलाई करोड भन्ने अनर्थ गरिराखिएको छ । यथार्थमा भने बाह्र आदित्य, आठ वसु, एघार रुद्र र दुई अश्विनीकुमार गरी बत्तीसवटा मात्र देवताको स्तरका दैवी पात्रहरू हुन्छन्, यो मान्यतामा । कोटिको अर्थ स्तर हो । जबकि पूर्वीय अघोर मतले क्राइस्टलाई अझै शूलीमै रहेको, परलोक पुग्न नपाएको ठान्छ । 'प्रे'लाई प्रार्थना होइन, प्रेतको अल्परूप भन्दछ । यो उनका बारेमात्रै ह
timi_mero_sathi · May 21, 2013 8:03 AM · 3,523 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion