लेखक : सुबिन भट्टराई source: ttnepal.com/ ठूलो पानी परिरहेको थियो। बैठक कोठाको ‰यालबाट बाहिर पानी परेको दृश्य हेर्दै रमाइरहेको थिएँ। थाहा छैन, पानी परेको दृश्य हेर्दा किन हो निथ्रुक्कै हुन्छु, नभिजे पनि। मन कहाँ हुन्छ? कसैलाई थाहा हुन्न। तर नदेखिए पनि त्यो यति मज्जाले भिजिदिन्छ कि त्यसको महसुसले मान्छेको चेतनामा पूरै हलचल मच्चाइदिन्छ। र यसरी बैठक कोठाको झ्यालबाट बाहिर हेरिरहँदा स्मृतिबाट पुराना घटना मेरै अघिल्तिर पानीका बाछिटाझैं चुहिरहेछ र म आफ्नो युगै बिर्सिएर त्यसैमा निर्लिप्त भैरहेछु। एरेन्ज म्यारिजका लागि केटी हेर्न गएको, लभ पर्दियो। अब उसको जवाफ कुर्नु थियो। उसले मानी भने ‘लभ म्यारिज’ हुनेछ। सत्रौं केटी हेर्न जाँदै थिएँ। सोह्रवटी केटीसँग कुरा नमिलेपछि एक किसिमले दिक्क भएको थिएँ। यसैले सत्रौंमा पनि कुनै आश त थिएन। एकपल्ट ‘हेर्दिऊँ न त’ भन्ने हिसाबले निस्कें। लुगा छानेजस्तो सजिलो हुन्न रहेछ केटी छान्न? मलाई सोधिएला– सोह्रवटी केटी हेरिसक्दा पनि किने बिहे हुन सकेन? जति केटी हेरें, पचास प्रतिशतलाई मन पराइनँ। अनि विडम्बना! पचास प्रतिशतले मलाई पनि मन पराएनन्। जमाना पूरै जो बदलिसकेको छ। केटीलाई पनि त केटो मन नपराउने हक छ! सत्रौं केटी पनि पचास प्रतिशतमै पर्न सक्छे। पचास प्रतिशत अर्थात् मैले मन नपराउने क्याटगोरी वा उसैले मन नपराउने क्याटगोरी। अतः मुख्य विषयमै प्रवेश गरूँ। त्यस दिन पनि दिनभर झरी परिरहेको थियो। अरू केटी हेर्न जाने बेलाझैं यसपालि कपाल, दाह्री, लुगा आदिमा ध्यान दिइनँ। दाह्री अनुहार नै कालो देखिने गरी ‰याप्प थियो। लुगा एकदम रफ एन्ड टफ। कुरो मिले मिल्छ, नत्र यत्रैसित्ति! केटीको घरमा पुगियो। म र एउटा साथी। साथी लमी थियो। उसकी बहिनी पर्ने। उनीहरूको घर पुगिसक्दा सर्ट र पाइन्टको तिघ्राको भाग केही भिजेको थियो। असारको महिना भए पनि जाडोले कामिरहेको थिएँ। ढोकाबाहिर उभिएर घन्टी बजाउँदा सोचिरहेको थिएँ, साथीकी बहिनी नजिककी हो कि, बहिनी कि साथी। यो कुरा यसकारण दिमागमा आइरहेको थियो– सोह्रौं केटी मैले जो हेरेको थिएँ त्यो बहिनीकी साथी पर्थी। ढोका खुल्यो। हामी भित्रपट्टि छिर्‍यौं। टेबलमा चिया र बिस्कुट आयो। दुईजना उस्तै देखिने केटीहरू थिए। जाडो भइरहेको बेला चिया देख्नेबित्तिकै मन उत्ताउलियो र म ती केटीभन्दा पनि कपमा रहेको चियामा बढी केन्द्रित रहन थालें। तर त्यो बाहिर प्रकट नहोस् भन्नेमा बडो सतर्क भएँ। मैले साथीलाई खुसुक्क सोधें, ‘दुइटामा जो छाने पनि पाइने?’ ‘दुवै दिदी–बहिनी हुन्,’ साथीले बडो कञ्जुस्याइँ पारामा हाँस्दै भन्यो, ‘दिदी चैं को बिहा भैसकेको छ। मन पराइस् भने उसैको बूढासित कुरा गराइदिऊँला।’ बडो व्यंग्यात्मक पारामा भन्यो त्यसले। मेरो दोष त हैन? दुवै उस्तै। उस्तै रूप, रंग, पहिरन। बिहा गरेकाको त कम्तीमा अलिक विवाहितजस्तो भेषभूषा हुन्छ नि! आजकालका कम्ती तरुनी देखिनु पर्दैन! उसको व्यंग्य पचाउँदै सोधें। सोध्न आवश्यक नै थियो, ‘कुन दिदी, कुन बहिनी त?’ ‘अहिले थाहा पाइन्छ।’ सस्पेन्स राखिदियो फटाहाले। भनेन हौ। केहीबेरमै त्यसले ‘केटा र केटीलाई’ कुरा गर्ने माहौल मिलाइदिनुपर्ने प्रस्ताव ‘अंकल आन्टी’ लाई गर्‍यो। उनीहरू तुरुन्त राजी भए। सबै गएपछि अघिका दुइटीमध्ये एउटीको प्रवेश त्यस कोठामा भयो। बल्ल चिनियो बैनीचैं। ऊ मभन्दा ठ्याक्कै अगाडि सोफामा बसी। हामी करिब आम्नेसामुन्ने भयौं। केटी नराम्री भन्न नमिल्ने। राम्रीमा भुतुक्कै बनाउने पनि होइन। करिब पाँच फुट तीन इन्च हाइट। एकदमै दुब्ली। कपाल छोटो थियो मुस्किलले काँधसम्म झरेको। टाइट कुर्ता लगाएकी थिई। सुहाएको थियो। अनुहार लाम्चो किसिमको। नाक चुच्चो। त्यो अनुहारमा सबभन्दा राम्रो केही थियो भने आँखा। खाने मुख पातला थिए। ‘स्मिता हो क्यारे नाउँ हैन?’ केटी हेर्दा हेर्दा अभ्यस्त भैसकेको मलाई कम्तीमा कुराको सुरुवात गर्न चैं अप्ठेरो पर्थेन। सोधिहालें। नाउँ, थर सबै थाहा भए पनि ‘हो क्यारे’ भनेर ‘वा होइन कि!’ भन्ने भावका साथ अलिक शंका व्यक्त गर्दिएँ। ‘हजुर हो।’ उसले पनि पूरा कन्पि्कडेन्टका साथ यसरी भनी मानौं उसले पनि यसअघि सत्रैवटा केटा हेरिसकेकी छ। ‘मेरो नाउँ चै विमल।’ ‘अँ थाहा थियो।’ उसले पुनः मेरो आँखैमा हेर्दै भनी। ‘अहिलेसम्म कति केटा हेरिसकेकी छ्यौ?’ मेरो पहिलो प्रश्न। सोधिसकेपछि लाग्यो यस्तो प्रश्न नगरेको भए हुन्थ्यो कि! त्यहाँमाथि पहिलो प्रश्न। ऊ एकछिन हाँसी। अनि दाहिने हातले कपाल पन्छाउँदै भनी, ‘दसजना।’ अनि तुरुन्त उसले पनि सोधीहाली, ‘तपाईंले?’ ‘तिमी भन्दा हुन्छ मलाई।’ मैले उसलाई भनें। ‘तपाईंमा केही आपत्ति छ र?’ ‘छैन’ मैले भनें, ‘मित्रवत् माहौलमा कुरा गरौं भनेर नि! मैले तिमी भनिहालें, त्यसैले पनि।’ ‘हुन्छ त्यसोभए।’ ऊ फेरि हाँसी र भनी, ‘तिमीले चैं कति केटी हेरिसक्यौ?’ ‘तिमी सत्रौं नम्बर।’ ‘बाफ् रे!’ उसले आँखीभौं तन्काउँदै भनी, ‘मभन्दा सात कदम अगाडि।’ दुवै हाँस्यौं। अनि मैले सोधें, ‘तिम्रो हब्बी चैं के के हो?’ उसले सिलिङतिर हेर्दै केही सोचेर भनी, ‘कुकिङ र भ्रमण’ ‘कुकिङ चैं मलाई इम्प्रेस गर्न भन्यौ कि क्या हो?’ म जिस्किदिएँ। ‘कुकिङ त्यस्तो अप्ठ्यारो काम हो र? कसैलाई इन्प्रेस नै गर्ने कोटिको?’ ‘हुन त महिलाहरूको हकमा त्यस्तो नसोच्नुपर्ने मैले,’ मैले भनें। ‘किन?’ उसले निधारको भृकुटी अलिकति खुम्च्याई र भनी, ‘यसमा जेन्डरको के भूमिका र? मेरो बुवा पनि पकाउनुहुन्छ।’ खानदानै कुक रै’छन्। एकछिन चुप लागिदिएँ। केटी हेर्न गएको मान्छे के बहस गर्नु? अर्को प्रश्न सोधें, ‘रक्सी पिउँछ्यौ?’ ‘कहिलेकाहीँ,’ उसले जवाफ दिई, ‘तर वाइनमात्र। हार्ड सक्तिनँ।’ अनि मलाई पनि सोधी, ‘तिमी?’ ‘पिउँछु,’ मैले भनें, ‘तर हार्डमात्र।’ ‘स्मोक गर्छौ?’ उसले सोधेकी। ‘कहिलेकाहीँ मात्र,’ मैले भनें, ‘तर म चेन स्मोकर चैं होइन।’ अनि मैले पनि उसैलाई यै प्रश्न सोधें, ‘तिमी?’ ‘नाइँ स्मोक त गर्दिनँ।’ ‘तासमा इन्ट्रेस्ट छ?’ ‘म्यारिज मात्र,’ उसले भनी, ‘अनि तिमी?’ ‘म दसैंमा चैं खेल्छु फलाँस। त्यति इन्ट्रेस्ट लाग्दैन।’ अनि त्यसपछि प्रश्नहरू अलिक विषयगत हुन लागे। दुवैले सोध्यौं यस्ता प्रश्नहरू। प्रश्न मेरो उत्तर उसको ‘तिम्रो विचारमा बिहा के हो?’ ‘एउटा आवश्यकता।’ ‘आवश्यकता केको?’ ‘आवश्यकता सम्झौताको।’ ‘सुहागरातको बेला यदि म नपुंसक भन्ने थाहा पायौ भने के गर्छ्यौ?’ ‘तिम्रो नपुंसकता सहन गर्ने क्षमता हुन्जेलसम्म सहन गर्छु, नसक्ने भएपछि विकल्प खोज्छु।’ ‘मैले पहिल्यै बिहा गरेर कतै आइमाई राख्या रै’छु र त्यो कुरा तिमीले हाम्रो बिहे भएपछि थाहा पायौ भने?’ ‘मलाई राम्ररी थाहा छ म एरेन्ज म्यारिज गर्न गइरहेकी छु। यसैले यो सब कुरा बुझेर आफ्नी छोरी दिने काम मेरा बुवा
Rudramati · May 16, 2013 2:51 PM · 16,910 views
‘मलाई राम्ररी थाहा छ म एरेन्ज म्यारिज गर्न गइरहेकी छु। यसैले यो सब कुरा बुझेर आफ्नी छोरी दिने काम मेरा बुवा–आमाको। म यस विषयमा टेन्सनै लिन्न। मलाई उहाँहरूमाथि पूरा विश्वास छ।’ ‘के तिमीलाई सन्तानको चाहना छ?’ ‘कुन स्त्रीमा नहोला र सन्तानको चाहना?’ ‘तर मैले सन्तानको चाहना राखिन भनें!’ ‘यो त आपसी सहमतिको कुरा हो नि! एक हातले ताली बज्ने पनि त होइन।’ धन्न उसले यसमा चैं विकल्प खोज्छु भनिनँ। ‘केटो त दसवटा हेरेकी रै’छ्यौ। प्रेम चैं कसैसित गरिनौ?’ ‘प्लस टु पढ्दा थियो एउटा। तर प्लस टुका प्रेमहरू प्रायः प्लस टुमै फेल हुँदा रहेछन्। ब्याचलर्स टेक्नै नपाउने।’ ‘फिजिकल भयो?’ ‘त्यो ब्रेकअपको कारण नै फिजिकल रिलेसनसिप बन्यो।’ ‘अर्थात्?’ ‘मैले फिजिकल रिलेसनसिप रुचाइनँ, त्यसले मसितको प्रेम रुचाएन।’ ‘बिहापछि मैले तिमीलाई सारीबाहेक केही लगाउन पाइँदैन भनें भने?’ प्रसंग बदलें। ‘सक्दो कन्भिन्स गर्छु तिमीलाई।’ ‘म त हतपत कन्भिन्स हुने खालको मान्छे होइन नि।’ ‘बु‰या छु आजकालका केटाहरूको साइकोलोजी।’ ‘के बुझेकी छ्यौ र?’ ‘आजकालका लोग्नेमान्छेहरू स्वास्नीलाई सारीमा चैं झन् हेर्नै सक्तैनन्।’ ‘त्यसोभए के बिकिनी लगाउँछ्यौ त?’ ‘अवश्य लगाउँछु। यदि कुनै बिचमा घुमाउन लग्यौ भने।’ म नहाँसिरहन सकिनँ। अब उसले मसित प्रश्न सोध्न चाही। अर्कालाई सोध्न त मजै आ’थ्यो। अब आफूलाई सोधिँदा कुन हबिगत हुने हो भोग्न बाँकी थियो। प्रश्न उसको उत्तर मेरो ‘सोह्रवटी केटीलाई किन रिजेक्ट गर्‍यौ?’ ‘सोह्रलाई होइन, आठवटीलाई रिजेक्ट गरें। बाँकीले मलाई नै रिजेक्ट गरे।’ ‘मबाट के अपेक्षा छ त?’ ‘अठारौंमा जानु नपरोस् भन्ने!’ ‘बिहा किन चाहन्छौ?’ ‘अर्काको देखासिकी गरेर।’ ‘बिहा गरेको छ महिनामै मैले सन्तान जन्माएँ भनें?’ ‘दस महिनाअगाडि हाम्रो अफेयर थियो भन्ने सम्झूँला।’ ‘जीवन के हो?’ ‘म दार्शनिक होइन।’ ‘यो प्रश्नको जवाफ त गैरदार्शनिकले पनि दिन्छन् त!’ ‘होइन। यहाँ हरेक मान्छे आफूलाई दार्शनिक सम्भि्कन्छ।’ ‘हरेक मान्छेभित्र तिमी पर्दैनौ र?’ ‘पर्छु।’ ‘अनि किन आफूलाई हरेकभन्दा बाहिर राख्न खोज्ने अभिव्यक्ति त?’ ‘के मेरो यस्तो किसिमको अभिव्यक्ति आफैंमा दार्शनिक छैन र?’ हाँसोको वातावरण। ‘मैले स्मोक छोड भनें भने।’ ‘पहिला कारण सोध्छु।’ ‘कारण दिएँ भनें।’ ‘म कन्भिन्स हुनुपर्छ।’ ‘अब तिम्रै प्रश्न। प्रेम गरेका छौ?’ ‘दुइटीलाई घुमाएँ।’ ‘अनि फिजिकल?’ ‘एउटीसित भयो।’ ‘विवाहपछि मैले त्यै विषयलाई इस्यु बनाएर बबाल गरें भने?’ ‘म विश्वस्त छु। कम्तीमा यो विषयमा चैं बवाल हुँदैन। बरु तिमी बिहा नै गर्न तयारी नहुँदी हौ।’ ‘यत्रो विश्वास?’ ‘सोह्रवटी केटी हेरिसक्या छु। केटीमान्छेको साइकोलोजी अलिअलि त बु‰छु।’ ‘सोह्रवटी केटी र सत्रौंमा के भिन्नता पायौ?’ ‘सोह्रवटीसित यसरी खुलेर कुरा गर्न पाइया थिएन।’ ‘किन त्यस्तो?’ ‘ठ्याक्कै भन्न सक्तिनँ। सायद यस्तो माहौल र मान्छे नभएर होला।’ ‘कस्तो माहौल र मान्छे?’ ‘रमाइलो माहौल र फ्र्यांक मान्छे।’ ऊ हाँसी। सम्भवतः मख्ख परी। र इम्प्रेस्ड पनि। ‘कुनै पनि सम्बन्ध मजबुद हुनुको आधार के हुन सक्ला?’ ‘विभिन्न सम्बन्धका विभिन्न आधार होलान्। एकैनास हुन्न।’ ‘जस्तै कुनै एउटा उदाहरण दिँदा!’ ‘जस्तै पति र पत्नीको सम्बन्धकै उदाहरण लिन सकिन्छ। दुवैले एक–आपसको रुचि र उद्देश्य पहिल्याएर त्यसको सम्मान गर्‍यौं भने त्यो सम्बन्ध मजबुत रहला।’ ‘यो कुरा त हरेक सम्बन्धको आधार हुन सक्तैन र?’ ‘सक्छन्। तर यीबाहेक अरू एक–दुई थप कुरा पनि आधार हुन सक्लान्।’ ‘जस्तै?’ ‘जुनियर र सिनियरको सम्बन्ध। एउटा सिनियरले जुनियरको रुचि पहिल्याएर त्यसलाई सम्मान गर्नुपूर्व सही र गलतको कसीमा राखेर हेर्नुपर्छ। तर पति पत्नी समयात्री भएकाले र उमेरमा उस्तो धेरै फरक नपर्ने हुनाले मित्रवत् व्यवहार हुनुपर्छ। आजको युगमा उनीहरूबीच नो सिनियारिटी र जुनियारिटी।’ ‘एउटा अन्तिम कुरा सोधें है त?’ ‘अवश्य।’ ‘मेरा गार्जेनले हाम्रो विवाहप्रति असहमति जनाए भने?’ ‘अठारौंको खोजी गरौंला।’ ‘नाइँ खास भन्न खोजेको के भने सपोज आजको हाम्रो यस वार्तालापमा हामीबीच प्रेम भो तर उहाँहरूले यो विवाह स्वीकार्नु भएन भने भन्न खोजेको।’ ‘प्रेमै भो भने त भागौंला नि!’ <p style="padding-b
Rudramati · May 16, 2013 2:53 PM
ऊ हाँसी। ० हाम्रो वार्तालाप सकियो। बाहिर अघि हामीलाई एकान्त दिनेले नै हाम्रो एकान्त बिथोले। सप्पै चलाइएको बारुलाको गोलाबाट निस्कने माहुरीझैं हुरुरु भित्र छिरे। जान चैं एरेन्ज म्यारिजका लागि भनेर केटी हेर्न गएको थिएँ। तर लभ पर्दियो। अब उसको जवाफ कुर्नु थियो। यदि उसले मानी भने म भन्न सक्नेछु हाम्रो लभ म्यारिज हो भनेर। ‘मलाई केटी मन पर्‍यो।’ तिनीहरूको घरबाट बाहिर निस्कँदै गर्दा मैले साथीलाई यही कुरा भनें। उसले एकपल्ट हाँस्दै भन्यो, ‘उसोभए अब दिदी चैं को बूढासित उसकी दिदीको हात नमागे भो!’ मलाई पनि हाँस उठ्यो। ० झरी धेरै नै मन्द भैसकेको थियो। ‘चिया!’ टेबलमा चिया ल्याएर मेरी श्रीमतीले राखिदिई। चस्मा खोलेर एकपल्ट उसलाई हेरें। अनि भनें, ‘धन्यवाद सत्रौं केटी।’ ऊ मुस्कुराई। अनि भनी, ‘यहाँलाई स्वागत छ दसौं केटा।’
Rudramati · May 16, 2013 2:54 PM
To the writer: Ahhhh what a beautiful art of writing!!! Nice punches in between.."‘बिहा गरेको छ महिनामै मैले सन्तान जन्माएँ भनें?’ ‘दस महिनाअगाडि हाम्रो अफेयर थियो भन्ने सम्झूँला।’ " I hope u will get more inspiration to write such beautiful short stories..
I_am_a_nepali · May 16, 2013 5:13 PM
क्या आनन्द आयो कथा पढेर भने लेखक र रुद्रमती लाई धन्यवाद , एकैजना हो भने डबल धन्यबाद
timi_mero_sathi · May 17, 2013 9:15 AM
एकदम सटिक र जीवन्त...
rahulvai · May 17, 2013 10:01 AM
Atti ramro...
Smaran · May 20, 2013 2:30 PM
i always wondered how two complete strangers interact when they meet up for arrange marriage and here is my answer. kasto mitho katha. :) Cheers
chromatic · Jun 1, 2013 7:21 PM
एउटा साथीले उसको अरेन्ज म्यारिजको सेटिङ्ग को च्य्यंड मा भएको बार्तालाप हामी संग शेयर गर्या थियो! तेस्को झझल्को दिलायो यो कथा ले! सारै मिठो प्रस्तुति! मनै प्रफुल्लित हुने! टू थम्प्स अप!
riddle · Jun 1, 2013 7:46 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion