धेरै कमले यो बाजाबारे सुनेका होलान्। नामै अनौठो छ– आरबाजा। सारंगीको दाजु हो यो। हेर्दा सारंगीजस्तै, आकारमा झन्डै दोब्बर। अमेरिकाको युनिभर्सिटी अफ म्यासाचुसेट्सको सहकार्यमा काठमाडौं विश्वविद्यालयबाट परम्परागत संगीतमा पिएचडी सक्नै लागेका पाँचथरका युवक लोचन रिजालले जसरी मीठो धून यो बाजाबाट सायदै कसैले निकाल्न सक्लान्। गन्धर्वहरू त हिजोआज यो बाजा बोक्दा पनि बोक्दैनन्। उनीहरूको घरमै हुँदैन आरबाजा। कसै–कसैकहाँमात्र। बजाउनु त टाढाको कुरा! लोचनको डेरामा भने दुइटा आरबाजा छन्। तीनटा सारंगी। कास्की बढारेका हरि गन्धर्वले बनाइदिएका हुन् यी दुवै आरबाजा। एउटै आरबाजा बनाउन तीन साता लागेको थियो। हरि आरबाजा बनाउँथे। लोचन हेर्थे। आरबाजा बनाएका एक–एक क्षण लोचनले तीन सातासम्म नियालेका छन्। खिर्रोको रुख काट्न हरिसँगै जंगल पसे उनी। खिर्रोको बिखालु चोपले हात च्याप्च्याप् हुन्थ्यो। आँखामा पर्‍यो भने दृष्टि नै गुम्न बेर छैन। हरि त बानी परिसकेका थिए, लोचन पनि बाजामा कति भिजिसकेका थिए भने चोपको च्याप्च्याप केहीजस्तो लाग्दैन थियो। खिर्रोको चोप पुछ्दै हरि आरबाजा बनाउन थाले। ट्याक्ट्याक गर्दै खिर्रोको काठ खोप्न थाले। दिनको आठ घन्टा। लोचन हेरिरहन्थे । एक्काइस दिन काम गरेपछि बल्ल तयार भयो आरबाजा। ५१ हजारजति खर्च गरेपछि लोचनको हातमा आफ्नो सपनाको बाजा थियो। आरबाजासँग जोडिए लोचन। मेकिङका तीन सातासम्म सँगै भएकाले यो बाजाले उनलाई झन् तान्यो। कास्कीकै गाउँमा मोहन गन्धर्व भन्ने बुढामान्छेसँग आरबाजा रहेछ। तीनटामात्र तार चुँडिएको पुरानो अरबाजा। ९० वर्षका ती बाजेले काँपेका हातले आरबाजा बजाउँदा लोचनलाई लागेको थियो, ‘मैले सोचेजस्तो राम्रो धून निकाल्दैन कि क्या हो यो बाजाले!’ हरिको घरमा पनि एउटा आरबाजा थियो। हरि आरबाजा खोप्दै गर्थे, लोचन हरिकै आरबाजा हातमा बोकेर धून निकाल्न खोज्थे। सक्दैन थिए। एक दिन आरबाजाले अनौठो सुर निकाल्यो। पहिले यो बाजाबाट यति मीठो सुर लोचनले सुनेका थिएनन्। आरबाजासँग लोचनको प्रेम गहिरियो। तीन सातापछि आरबाजा लिएर होटल फर्केको रात उनले यो बाजा बजाएरै छर्लङ्ग पारे। थाहा पाए– गितारभन्दा शक्तिशाली रहेछ यो बाजा। भक्तपुरको दत्तात्रेय मन्दिरपछाडि डेरामा बसेर आरबाजा बजाएको क्षण उनी जीवनमा सायदै भुल्छन्! अचेल लोचनलाई गितारभन्दा गहिरो र महत्वपूर्ण लाग्छ आरबाजाको धून। ... संगीतमा पिएचडी गर्न अमेरिका पुगेपछि लोचनले सांरगी बजाउन खोजे। काठमाडौं विश्वविद्यालयको म्युजिक स्कुलमा सारंगीबारे थ्योरी त पढेका थिए तर बजाउन आउँदैन थियो। साथीहरूलाई देखाउन काम लाग्छ भन्दै उनी सारंगी बोकेर म्यासाचुसेट्स पुगेका थिए। केयुबाट संगीतमा मास्टर्स गरेर केही एल्बम निकालिसकेका, संगीत स्कुलहरूमा पढाइसकेका, अझ केयुकै म्युजिक डिपार्टमेन्टमा पढाउन थालिसकेका लोचनले, दुर्भाग्य नै भनौं, नेपाली बाजा सारंगीबाट कुनै सुर निकाल्न सकेनन्। प्रयास त गर्थे, सारंगीले खासै मीठो धून निकाल्दैन थियो। एकदिन आठ घन्टा एकोहोरो सांरगी बजाए। दिनभरि र्‍याइँर्‍याइँ पारिरहे। एउटा धुन निस्किएजस्तो लाग्यो। उनी रमाए र सारंगीमै एउटा गीत लेखे। महिनौं यही गीतमा सारंगीको अभ्यास गर्दै जाँदा गन्धर्वहरूले बजाउने यो बाजामा लोचनको रुचि अझै गहिरियो। अमेरिका जाँदा सारंगीमा अनाडी थिए। सारंगीमा पोख्त भएर नेपाल फर्के। पिचएडीको काम चल्दै थियो। यहीबीच दुई महिनाको फरकमा आमाबुबा बित्नुभयो। केयुका म्युजिक डिपार्टमेन्ट प्रमुख वेग्नरसँग उनको संगीतले गाँसेको छुट्टै नाता थियो। उनीसँग पाँचथर गए। गाउँले तान्यो उनलाई जसरी लामो समयपछि गाउँ फर्केका अधिकांशलाई तान्ने गर्छ। लोचन सम्झन्छन्, ‘मेरो हृदयमा पाँचथरको आकर्षक गहिरो रहेछ।’ गन्धर्वबारे काम थाले। झापा, सल्यान, दाङ, भोजपुर, काठमाडौंमा घरघरै गएर गन्धर्वहरू भेटे। सारंगी कन्सर्ट पनि गर्न थाले। अग्लो, खाइलाग्दो र सुगठित शरीर भएको युवकले सांरगी बजाउँदा दर्शक दंग पर्थे। गन्धर्वबाहेक अरूले सारंगी बजाएको देख्नु रोमाञ्चक हुन्थ्यो। सांरगीजस्तै अलि ठूलो आकारको अरबाजाबारे लोचनले कहीँकतै पढेका-सुनेका थिए तर देखेका थिएनन्। अमेरिकामै छँदा इन्टरनेटमा एउटा फोटो भने देखेका थिए। भोजपुरमा एकजना गन्धर्वले लोचनसँग आरबाजाको प्रसंग निकाले। भने, ‘हामी आरबाजाको च्याउँकुटी च्याउँसँगै नाच्थ्यौं।’ झापामा एकजना गन्धर्वले पनि आरबाजाको कुरा झिके। पोखरा लेकसाइडमा भेटिएका एकजना गन्धर्वले उनलाई हरि गन्धर्वसँग भेटाइदिए जो सारंगी/अरबाजा बनाउँथे। उनले हरिलाई भने, ‘मलाई एउटा सारंगी र आरबाजा बनाइदिनुस्, कति खर्च लाग्छ, तिर्छु।’ यस्ता परम्परागत बाजा काठलाई हातैले खोपेर बनाइन्छन् तर उनले काठमाडौंमा देखेका अधिकांश सारंगी बनेपामा मेसिनले बनेका रहेछन्। फ्याक्ट्रीमा एक घन्टामै सारंगी तयार। ... विज्ञानमा प्लस टु सकेर डाक्टरी पढ्ने कि भनेर गम्दै गर्दा अचानक गायक नवीन के भट्टराईले लोचनलाई केयुको भक्तपुर स्कुल अफ म्युजिकमा पुर्‍याए, त्यहीँबाट पाए उनले आफ्नो जीवनको वास्तविक बाटो। पहिलो एल्बम ‘कोमा’ले उनलाई पप–रक गायकको चिनारी दियो। अवार्डस् जित्यो। गायनमा नयाँ नामको उदय भएको भन्दै पत्रपत्रिकाले छापे, एफएम–टिभीमा उनका गीत बज्न थाले। उनी राष्ट्रसंघको मिलेनियम डेभलपमेन्ट गोलको सद्भावना राजदूत बने। आजभन्दा झन्डै दस वर्षअघि ३०/४० रुपैयाँ हजार कमाए पनि। घरका पर्दा फेरे, कार्पेट किने। रातारात सेलिब्रिटी भए। उनको हृदयको तार भने परम्परागत संगीतसँग जोडिएको थियो। ड्रम बजाउँथे, गितार फिट्थे, पियानोसँग पनि खेल्थे तर मनको गहिराइमा नेपालीपनाकै खोजी थियो। केयुबाट संगीतमा स्नातक गरेपछि स्कुलहरूमा संगीत पढाउन थालेका थिए। संगीतमा मास्टर्सको पढाइ नभएकाले वातावरण विज्ञानको एमएस्सीमा भर्ना भएर पढ्दै थिए, अचानक केयुबाट फोन आयो, ‘एमए म्युजिकमा हामीले तिम्रो लागि एउटा छात्रवृत्ति राखेका छौं।’ म्युजिकमा एमए गरे र त्यहीँ पढाउन थाले। काठमाडौं उपत्यकाका लोकप्रिय संगीतबारे थेसिस लेखे। परम्परागत संगीतप्रति उनको आकर्षण गहिरिँदै थियो। <span style="padding-bottom: 0px; margin: 0px; outli
Rudramati · May 15, 2013 11:21 AM · 2,801 views
Rudramati · May 16, 2013 2:49 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion