डलर पछ्याउँदै सात महिनामा अमेरिका 15 May 2013 | 08:45am बुधबार १ जेष्ठ, २०७० सुरेन्द्र पौडेल 6 Comments and 0 Reactions 1 2 3 4 5 (1 Vote) काठमाडौं - धेरैपटकको प्रयासपछि आइतबार उनीसँग कुरा गर्ने साइत जुर्यो,। अरू दिन टेलिफोनमा लामो वार्ता गर्न उनी मान्दैनन्। किनकि अहिले उनको सबैभन्दा प्यारो चिज 'काम' हो। आइतबार उनलाई काममा जानु पर्दैन। अरू जुनै बार फोन गरे पनि उनी आइतबार अगाडि तेर्स्याइहाल्थे। यो आइतबार भने स्काइपको पञ्जाबाट उनी उम्कन सकेनन्। 'भर्खर ६ बज्यो। राति तीन बजे आएर सुतेको,' अमेरिकाको वर्सेस्टरबाट हाई काड्दै उनले भने। उनको नाम राजु बराल (नाम परिवर्तन)। पर्वत उनको घर। उनी अहिले अमेरिकाको वर्सेस्टरमा बस्छन्। सात महिना लामो यात्रापछि पाँच महिनाअघि मात्र त्यहाँ पुगेका। पुगेको दुई महिनापछि जागिर पाए। मासिक एक लाख ३० हजार कमाइ। तीन महिनामा उनले तीनै लाख घर पठाए। उनको थाप्लोमा झन्डै २५ लाख ऋण छ। ऋण तिरेर मात्र पुग्दैन, आफ्नो लागि पनि कमाउनु छ। उनीसँगै नेपालबाट हिँडेका एक मित्र भने शनिबारमात्र अमेरिका छिरे। ठ्याक्कै एक वर्षपछि। सँगै हिँडेका छ जनामध्ये सबै अमेरिका प्रवेश गरेको खबरले बराल आनन्दित छन्। तर, अरूलाई भने उनको बाटो पछ्याउँदै अमेरिका नआउन भन्छन्। उनलाई नेपालबाट १४ वटा राष्ट्र टेकेर अमेरिका पुग्दा करिब ३५ लाख रुपैयाँ लाग्यो। पाँच लाख आफ्नै कमाइ बाँकी ३० लाख ऋण। दलालसँग भने अमेरिकासम्मको २१ लाख रुपैयाँ सहमति भएको थियो। यो यात्रामा तोड्नैका लागि सहमति गरिन्छ। सहमतिअनुसार जो चल्छ ऊ गन्तव्य (अमेरिका) पुग्न भ्याउँदैन, सायद स्वदेश फर्कन पनि। नेपालबाट अमेरिका पुग्ने मार्ग गजब छ। काठमाडौंबाट कतार, ब्राजिल, बोलिभिया, पेरु, इक्वेडर, कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होण्डुरस, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पुगेपछि यात्रा सकिन्छ। काठमाडौंदेखि बोलिभियासम्म जहाजमा, त्यसपछिको यात्रा बस, ट्रक, जिप, डुंगा, पैदल। यात्रा गर्ने सबै गन्तव्यमा पुग्छन् भन्ने केही ग्यारेन्टी छैन। कोही बीच बाटैमा सदाका लागि मेटिन्छन्। ... 'अंग्रेजी खड्गो लागेपछि कटाउन सकिँदैन भन्ने लाग्यो,' बरालले छ वर्ष (२०६४ साल) अघिको घटना सम्झे। एसएलसीमा अंग्रेजी विषयबाट धोका पाएका उनी विरक्तिएर कतार पुगे। क्याटरिङ कम्पनीमा काम गर्थे। खेलकुद लाइन उनले हेर्नुपर्थ्यो। ४० हजार जति उनको मासिक तलब हुन्थ्यो रे। सानै उमेरमा घर छोड्दा न्यासि्रएका उनी तीन वर्ष ठक्कर खाएपछि घर फर्के। २०५८ चैतमा उनी कतारबाट फर्केका थिए। उनकी प्रेमिका अमेरिकाको वर्सेस्टरमा बस्थिन्। प्रेमिका परिन् अमेरिकाको ग्रिन कार्ड होल्डर। उनको परिवार अलि पहिल्यैदेखि उतै बसेको। प्रेमिकाको उक्साहटपछि बरालमा अमेरिकाको भूत सवार भयो। उनीहरूले कोर्ट म्यारिज गरेको कागजातसमेत तयार पारे। काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसाको लागि बरालले सम्पूर्ण कागजात बुझाए। नतिजा आयो– भिसा रिजेक्टेड्। 'एसएलसीमा अंग्रेजी विषयले धोका दियो, भिसा दिँदा अंग्रेजी बोल्नेले। अंग्रेजीले डबल धोका दियो,' अंग्रेजी शब्दप्रति नै उनमा वितृष्णा जाग्यो। उनको भिसा नलागे पनि उनका गाउँका साथीभाइ भने विनाभिसा नै भकाभक अमेरिका हिँडिरहेका थिए। उनकै वडाका मात्र ३८ युवा अमेरिका हिँडेका थिए। सबैलाई अमेरिका पुर्याएइदिने जिम्मा लिएका थिए त्यहीँका रामचन्द्र आचार्यले। बरालले पनि आचार्यसँग सम्पर्क गरे। आश्वासन पाइहाले, '२१ लाख रुपैयाँ दिए म पुर्यााइदिन्छु, पुगेपछि महिनाको चार/पाँच लाख कमाउन सकिन्छ।' सहमति भयो– १२ लाख नेपालमा र बाँकी रकम बाटोमा बुझाउने। आचार्याले बरालको भेट गराइदिए सोभित नाम गरेका अर्का दलालसँग। सोभित काठमाडौंबाट पठाउने काम गर्छन् भने उनको दाइ सुमन ल्याटिन अमेरिकी राष्ट्रमा बसेर सघाउँछन्। बरालसहित अन्य छ जना २०६९ वैशाख ६ गते काठमाडौंबाट उड्ने निधो भयो। बरालले राहदानी सोभितलाई बुझाए। उड्नुभन्दा चार दिनअघि मात्र अन्य सहयात्रीसँग बरालको भेट काठमाडौंमा भयो। उनीहरूबीच पहिले चिनजान थिएन। अन्य साथी बाग्लुङ, पोखरा, पर्वत, तनहुँका थिए। उनीहरू सबैले १२/१२ लाख रामचन्द्रलाई बुझाए, रामचन्द्रले सोभितलाई। बुबा–आमा, दाइ–भाउजु, भाइ र बहिनी छ जनालाई छोडेर अमेरिका जाने सपनामा बराल वैशाख ६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। त्यहाँ सोभितले उनलाई बोलिभियाको एक महिनाको भिसा भएको कागज, खाली राहदानी, भ्याक्सिन लगाएको एउटा पहेँलो कागज, हवाइ टिकट र दुई हजार अमेरिकी डलर थमाए। सोभितले सबैलाई दुई/दुई हजार डलर दाइ सुमन भेट्नासाथ उसैलाई बुझाउन भने। 'अहिले एकदम खुला छ, सजिलै अमेरिका छिरिन्छ। कुनै टेन्सन लिनु पर्दैन। विमानस्थलमा सेटिङ मिलाई सकेको छु,' यति भनेर सोभित विमानस्थलबाट फर्किए। ... 'तिमीहरू बोलिभिया जान हिँडेका,' राति ११ बजेतिर राहदानी र टिकट हेर्नेबित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारी पड्किए। केहीबेर त उनीहरू डराए। हवाइ टिकट काठमाडौंबाट कतार हुँदै ब्राजिलको साओपाओलोबाट बोलिभियाको सान्तात्रु्कजसम्मको थियो। 'घुम्न जान लागेको,' बरालको स्वर मलिन भयो। 'घुम्न आको भए पैसा देखा,' कर्मचारीले एकछिन अलमल्याउन खोजे। विमानस्थलमा केही परे सुमनलाई दिन भनेको दुई/दुई हजार अमेरिकी डलर देखाउन सोभितले सिकाएका थिए। बराल र साथीले त्यही देखाए। 'छेउमा बस्,' आदेश आयो। त्यसपछि ती कर्मचारीले कसैलाई फोन लगाए। फोन राख्दै ती कर्मचारीले भने, 'अमेरिका जान हिँडेका। जाओ।' बोलिभियामा एक जना महिलाले स्पन्सर गरेको पत्र र होटल बुकिङ् गरेको कागज बरालसँग थियो। अन्य साथीसँग पनि यी कागज थिए। करिब साढे चार घन्टामा कतार र त्यहाँबाट १४ घन्टाको उडानमा साथीहरूसँगै बराल ब्राजिलको साओपाओलो पुगे। कतार र ब्राजिलमा कुनै सोधिखोजी भएन। साओपाओलोमा २२ घन्टा ट्रान्जिटपछि छ घन्टाको उडानमा उनी बोलिभियाको सान्ताक्रुज पुगे। 'किन आउनुभाको,' सान्ताक्रुजस्थित अध्यागमन कार्यालयका कर्मचारीले सोधे। कहाँ के भन्नुपर्छ काठमाडौंंमै सोभितले सिकाएका थिए। 'हामी विद्यार्थी हो, अध्ययन भ्रमणका आएको,' बरालले जवाफ दिए। सान्ताक्रुजमा बराललगायतलाई स्वागत गर्न सुमन आइपुगेका थिए। साथमा ल्याएको दुई/दुई हजार अमेरिकी डलर सुमनलाई बुझाए। एक रात उनीहरूले सान्तात्रु्कजको होटलमा बिताए। बेलुकी आठ बजेतिर बरालसहित छ जनालाई गाडी चढाई सुमन भने विमानमा लापाजतर्फ लागे। १० घन्टाको बस यात्रापछि उनीहरू वैशाख १० गते लापाज पुगे। 'हामीलाई राखेको होटलमा ५० जना नेपाली थिए, सबै अमेरिका जान हिँडेका,' लापाजको होटल बराललाई नेपालकै कुनै ठाउँजस्तो लाग्यो। त्यहाँ भारतीय, बंगलादेशी, श्रीलंकन पनि थिए। लापाजमा करिब एक महिना बस्नुपर्योँ। बाटोमा खाने/बस्ने लाग्ने खर्च सबै दलालले व्यहोर्ने भनिए पनि उनीहरूले नै तिर्नुपर्योो। एक महिना बस्दा तीन सय ५० अमेरिकी डलर बरालले होटललाई बुझाए। 'भोलि जाने भोलि जाने भन्थे लग्दैनथे,' उनले भने। एक महिनापछि दलाल उनीहरूलाई लिन बस लिएर आयो। बोलिभिया छोड्नुअघि उनले बाँकी रकम (१० लाख रुपैयाँ) बुझाए। बोलिभियाको सीमा काट्न एक दिन लाग्यो। त्यो बसमा काठमाडौंबाट सँगै गएका बरालसहित छ जना नेपाली र अन्य देशका नागरिक थिए। बोलिभियाबाट हिँडेको बस पेरुको लिमा पुगेर रेकियो। त्यहाँ पाउरोटी र पानीको बन्दोबस्त गरिएको थियो। त्यहाँबाट बस र दलाल दुवै फेरिए। एक दिन एक रात बसको यात्रापछि बराल इक्वेडर पुगे। बसमा हिडेका बेला मिष्ठान्न भोजन भनेको पानी र पाउरोटी हो। अन्य चिज पाइँदैन। बाटो दलालअनुसारको फरक पर्छ। इक्वेडरसम्म पुग्दा उनलाई हिँड्नु भने परेन। बाटो निकै अप्ठ्यारो– जंगलै जंगल। निदाउने–उठ्ने बसभित्रै हुन्थ्यो। आँखाभरि आफ्नै गाउँ घुमिरहेको हुन्थ्यो। इक्वेडरबाट सुरु हुन्छ ट्रक यात्रा। ट्रक बोराले भरिएको, बोरामाथि कोचाकोच मान्छे। ट्रकको दाया–बाँया र अघि बन्द हुने भैगो, पछाडि खुला भाग पनि पूरै बन्द। ट्रकभित्र पूरै अँध्यारो। ट्रक कस्तो बाटो गुडेको छ, वरपर कस्तो ठाउँ छ केही पत्तो हुँदैन। दिसा–पिसाब लागे सके रोक्ने, नसके त्यहीँभित्र छोड्ने। कसैले केही भन्दैन। पटक–पटक बरालले ट्रकलाई नै पाइखाना बनाए। 'प्वालबाट हल्का हावा आउँथ्यो, नत्र जेल जस्तो,' बरालले ट्रक यात्रा सम्भि्कए। बीचबीचमा प्रहरी, आर्मी भेटिन्छन् तर चेक नहुने। झन्डै १० घन्टाको ट्रक यात्रापछि बराल पुगे कोलिम्बिया बोर्डरमा। ट्रकबाट ओर्लेर १० मिनेट हिँडेपछि घुँडाघुँडा आउने खोला आउँछ। चार वटा घोडा खोला तार्न तम्तयार थिए। उनीहरूलाई खोला नजिकै एक जना बूढी आमैको घर लगियो। त्यहाँ सात दिन बस्नुपर्योत। सात दिनसम्म आफैं पकाउने आफैं खाने। एक महिनापछि उनीहरूले त्यहाँ भातको दर्शन पाए। आँत भरिएर आयो। बूढी आमैको घरबाट ट्रकमा राखी उनीहरूलाई पुन्तो भन्ने स्थान पुर्याकइयो। पुन्तो पुग्न ट्रकमा दुई दिन लाग्यो। दुई दिन ट्रकमा हिँड्दा एकपटक मात्र दुई पिस पाउरोटी र एक बोतल पानी पाए। भाषा बुझ्ने कोही छैन। स्पेनिस बराल र उनका साथी बुझ्दैनन्, अंग्रेजी दलाल र चालक बुझ्दैनन्। सबै इसारै इसारामा चल्छ। भोक लागे पनि भन्न आउँदैन, दिसा–पिसाब लागे पनि ट्रक रोक्न सकिँदैन। 'खान पाए पो दिसा–पिसाब आउने,' बराल हाँसे। ट्रकमा हिँड्दा साथीभाइबीच खासै कुराकानी हुँदैनथ्यो। सबैका अनुहार निन्याउरा। कहाँ पुगियो, अब कहाँ जाने केही पत्तो हँुदैन। इसाराले चढ् भने चढ्ने, ओर्लभन्दा ओर्लिने। 'नेपाल छँदा अमेरिकी डलरमात्र देखियो, बाटो देखिएन। पछि बाटो देखियो, डलर मोह कता गयो कता,' पछुताउँदै भने, 'यहाँ आउँदा लागेको खर्च नेपालमा लगानी गरेको भए उहीँ डलर कमाइ हुन्थ्यो।' पुन्तोमा दुई महिना बस्नुपर्योल। समुद्रछेउ होटलजस्तो घर थियो। बरालका छ साथीसहित त्यहाँ २१ जना नेपाली भेटिए, सबै अमेरिका हिँडेका। त्यहाँ पुग्दा बराललाई नेपालमै पुगेजस्तो भयो। पुन्तो पानामा छिर्ने कोलम्बियाको बोर्डर हो। पुन्तोमा उनीहरूलाई स्थानीय डनको घरमा राखिएको थियो। समुद्रमा पौडी र तास खेलेर दुई महिना बित्यो। भिक्टर नामको दलालले पैसा झ्वाम पारेपछि सबै नेपाली पुन्तोमा रोकिएका थिए। नेभीले आफ्नो डंुगा लगिदिएको भन्दै भिक्टरले सुमनसँग थप २० हजार डलर मागेको रहेछ। उनीहरू बसेको वरपर अरू नेपाली पनि भेटिए। उनीहरू अरू दलालबाट गएका तर भिक्टरले रोकेर राखेको। मागेजति पैसा पाएपछि भिक्टर पहिलो लटमा २० जनालाई अघि बढाउन तयार भयो। २० जनाको पहिलो समूहमा काठमाडौंबाट सँगै हिँडेका छ जनामध्ये बरालमात्र परे। बिहानै डुंगा तयार थियो। काठमाडौंदेखि सँगै आएका साथीलाई छोड्दा बरालको मन अमिलियो। तर यो यात्रामा कहिले को सँगै हुन्छ, कहिले को छुट्छ लेखाजोखा राख्यो भने गन्तव्यमा पुग्न गाह्रो। यो बरालले बुझेका थिए। 'छोडेर एक्लै अघि बढ्न मन थिएन। बाध्यता भयो। पछाडि फर्केर हेर्न सकिनँ,' मसिनो स्वरमा बरालले भने। पुन्तोबाट २१ घन्टा डुंगा चढेर बरालसहित २० जना पानामा बोर्डर आइपुगे। बाटोमा खान पाएको पानीमात्र थियो। त्यहाँ टुटेफुटे अंग्रेजीमा दलालले सबैसँग आफ्नो परिचय खुल्ने सबै (राहदानी सहित) कागजात मागे। 'अब साथमा कुनै कागजात लानु हुँदैन। राहदानी म अमेरिका पुगेपछि उतै दिन्छु,' दलालले भन्यो। तर, राहदानी बरालले आजसम्म पाएका छैनन्। पुन्तोबाट हिँड्दैमा पेट दुख्यो भनेका काठमाडौं स्थायी घर भएका एक जना पानामा बोर्डर आइपुग्दा अचेत थिए। उनी चल्नु चलमलाउनु केही गरेका थिएनन्। सबैले सोचे– निदाएछन्। डुंगाबाट ओर्लंदा पो सबै झसंग भए– उनी त सदाको लागि निदाएका रहेछन्। पछि थाहा भयो उनलाई एपेन्डिक्स भएको रहेछ। मर्नेको जेठान सँगै थिए। तर त्यहाँ कसैले 'त्यो मेरो आफन्त हो, हाम्रो साथी हो' भनेनन्। 'उसलाई चिन्छौं भनेको भए त्यहीँ राख्थ्यो, हामी अमेरिका हिँडेका,' बरालको लक्ष्य स्पष्ट थियो। दलालले पानामा बोर्डर नजिकै एक वृद्धको घरमा लगेर उनीहरूलाई राख्यो। दुई दिन त्यहाँ बिताएपछि बराल र अन्यलाई लिई दलाल घना जंगलको बाटो अघि बढ्यो। एक घन्टा जंगलको यात्रा गरेपछि दलालले भन्यो, 'तपाईंहरू यहीँ बस्नोस्, म एकछिनमा आउँछु।' उ फर्केन। उनीहरूले बाँसको झ्याङ्मा आड लागि रात छिचोले। बिहान हुँदासम्म नआएपछि अघि बढ्ने निर्णयमा बराल र साथीहरू पुगे। केहीबेर हिँडेपछि पक्की रोड भेटियो। पक्की रोडमा प्रहरी। प्रहरीले पक्राउ गरी सबैलाई अध्यागमन कार्यालय लग्यो। करिब ३६ घन्टापछि उनीहरूले खाना खान पाए पानामाको अध्यागमनमा। पानामाको कोलन सिटीमा उनीहरू पक्राउ परेका थिए। 'कहाँबाट आएका?' अध्यागमनका कर्मचारीले सोधे। उनीहरूसँग रेडिमेड जवाफ थियो, 'नेपालबाट आएको, शरणार्थी हौं। राजनीतिक कारण बस्न नसकेर आएको।' अध्यागमनमा थुनिएको १८ दिनपछि छ/छ जनाको समूहमा एक महिनाभित्र पानामा छोडिसक्न आदेशसहितको पत्र थमाउँदै उनीहरूलाई छोडियो। साथमा दलाल छैन। बरालले त्यहीँबाट सुमनलाई बोलिभिया फोन गरे। सुमनले बस चढेर कोस्टारिका बोर्डर पुग्न भने। बिहान बस चढेका उनीहरू साँझ कोस्टारिका बोडेर पुगे। त्यहाँ उनीहरूलाई लिन सुमनले भनेको व्यक्ति उपस्थित भइसकेको थियो। उनीहरूलाई ट्याक्सीमा राखी ती दलाल निकारागुवातर्फ बढे। ट्याक्सीको अघि/पछि दलालकै मान्छेले स्कर्टिङ गरेका थिए। निकारागुवाबाट होण्डुरस फेरि डुंगामा लगियो। चार घन्टाको डुंगा यात्रापछि राति ११ बजे बराल र साथीहरू होण्डुरसको जंगलमा पुगेका थिए। त्यो रात जंगलमै उभिएर बित्यो। होण्डुरसको जंगलमा बिहानै उनीहरूलाई लिन ट्याक्सी आइपुग्यो। चार घन्टाको यात्रापछि उनीहरू ग्वाँटेमाला पुगे। हरेक देश फेरिनेबित्तिकै दलालहरू फेरिन्थे। आ–आफ्नो जिम्मेवारी पूरा गरेपछि दलालहरू फर्कन्थे। ग्वाँटेमालामा केही दिन एउटा गाउँमा लगेर राखे। एक दिन बस आयो लिन। पाँच घन्टाको यात्रापछि मेक्सिकोे बोर्डर पुगेर बस रोकियो। ग्वाँटेमाला र मेक्सिकोको बोर्डरमा खसी काटेर दलालले उनीहरूको स्वागत गरे। नेपाल छोडेपछि खसीको मासु खान पाएको त्यहीँ नै हो। दुई दिन सिमामा बसेर एक दिन जंगलको बाटो हिँडेपछि बराल र साथीहरू मेक्सिकोे पुगे। मेक्सिकोेमा बरालको समूहसँग अन्य मानिस मिसिए। २६ जनाको समूहमा छ जनामात्र नेपाली। सबै अमेरिका हिँडेका। मुस्किलले १४ जना अट्ने सानो गाडीमा २६ जना कोचियो। बरालले आफूलाई हेर्दा ब्रोइलर कुखुराजस्तो लाग्यो। यात्रा निकै कठिन थियो। केही स्वास फेर्न नसकेर बेहोस समेत भए। पानी छम्किने कोही थिएन। 'ब्रोइलर कुखुरा तातो बढी भएपछि कसरी भत्भुतिन्छ, त्यस्तै स्थिति थियो हाम्रो,' बरालले सुनाए। तीन दिन यसरी हिँडेपछि उनीहरू मेक्सिको–अमेरिका बोर्डर नजिक पुगेका थिए। अमेरिका–मेक्सिको बोर्डर नजिक गाडीबाट झरेपछि अमेरिका छिर्न दुई दिन जंगलको बाटो हिँड्नु पर्थ्यो। बोलिभियामा सुमनले सिकाएका थिए– 'मेक्सिकोबाट अमेरिका छिर्दा शरीरमा कपडाबाहेक केही नबोक्नु। लागूपदार्थ बोकाएर पठाउन सक्छन्। सिमामा गोली पनि हान्न सक्छन्, होसियार हुनु।' जंगलको बाटो अमेरिका छिरेकोले गोलीको सामना गर्नु परेन। तर आधा–आधा घन्टामा जंगलमाथि हेलिकोप्टर फन्को मार्दा भने निकै सास्ती खेप्नुपर्योी। हेलिकोप्टरको आवाज आउनेबित्तिकै झाडीभित्र फाल हाल्नुपर्ने। हेलिकोप्टरबाट कसैले देखे सिधै गोली। दुई दिनसम्म नसुती कहिले झाडी, कहिले बाटो गर्दै बराल र उनका साथी दुई लिटर पानीको भरमा अमेरिका छिर्न सफल भए। 'मान्छेलाई टेन्सन बढी भयो भने निन्द्रा लाग्दैन भन्थे, थाहा भयो,' उनको भोगाइ। जंगलको बाटो छिचोलेपछि १२ घन्टा गाडी चढाई दलालले उनीहरूलाई डिसेम्बरको पहिलो साता अमेरिकाको हस्टन पुर्याायो। हस्टन पुर्या एपछि बराल र उनका साथीसँग पाँच/पाँच हजार डलर बुझेर दलाल फर्कियो। मेक्सिको–अमेरिका सिमामा पक्राउ नपरे पाँच हजार डलर दिनुपर्ने भद्र सहमति मेक्सिकोमा भएको थियो। हस्टनबाट बराल र उनका साथी एक/एक हजार डलर तिरी ट्याक्सीमा न्युयोर्क आए। न्युयोर्कमा बराललाई स्वागत गर्न बसेकी थिइन् गर्लफ्रेन्ड। उनी गर्लम्म अँगालोमा बेरिए। न्युयोर्कबाट बराल गर्लफ्रेन्डका साथ सिधै वर्सेस्टर हानिए। ... अमेरिका आइपुग्दा कबुल गरेभन्दा १४ लाखभन्दा बढी रुपैयाँ उनले दलाललाई बुझाउनुपर्योँ। दलाललाई पैसा बुझाउने विधि देख्दा उनी आफै आश्चर्य मान्छन्। दलालले ल्याटिन अमेरिकामा उनीसँग बार्गेनिङ गर्छ। तर पैसा भने नेपालको आफ्नै गाउँमा रहेको दलाललाई बुझाउनुपर्छ। त्यो रकम उही दिन आँफूसँगै रहेको दलालले हात पार्छ। पानामा, ग्वाँटेमाला, मेक्सिको र अमेरिकामा बार्गेनिङ गरी कबुल गरेभन्दा १४ हजारभन्दा बढी अमेरिकी डलर उनीबाट दलालले झारे। 'थप पैसा नदिए अब यहीँबाट फर्क भन्छन्। त्यत्रो पैसा बुझाइसकेपछि के फर्किनु,' बीच बाटोमा दलालले गर्ने बार्गेनिङ उनले सुनाए। विनाराहदानी र भिसा अमेरिका छिरेको डेढ महिनापछि बरालले न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा राहदानीको लागि निवेदन दिए। १५–२० दिनभित्र राहदानी हात पर्नेमा उनी ढुक्क छन्। ग्रिनकार्ड लिएरमात्र नेपाल फर्कने सोच उनको छ ।
_____ · May 15, 2013 5:40 AM · 14,747 views
Damn hai manche haru America aauna k k garchan. Bichara lucky parecha. Kaso border patrol agent le goli hanenacha, kaso cartel le ghati katenacha, kaso bhog pyas lagera border ma jyan gumayenacha, kaso Chupacabra le khayenacha. My professor used to tell us all immigrants in US actually drowns in that American dream. Like he said we all gonna drown. I dun feel like belonging here nor Nepal too. Dhobi ko kukur ghar ko na ghat ko bhanejai hune raicha bides paseka haru ko life.
Gorikopoi · May 15, 2013 7:40 PM
Wow what an experience. Sad but true I guess. It seems like more and more people are doing this these days. Whatever it takes to get to America I guess.
Yuvaraj · May 15, 2013 8:00 PM
I feel sorry for him but mad at his stupidity n breaking the law. Total he spent 41 lakhs n it's hard to save that amount. In US you wana wear brand clothes, ride fancy car, bang mexicans n white chicks etc so chances of saving n paying his loan takes forever. Don't wana see this guy end up suicidal just like one guy from Baltimore. Please guys we don't encourage to do such things risking your own life n getting yourself into debt. Further please these kinda wetback behaviour makes us look bad. Americans will think that we all r wetbacks too. I hate wetbacks n hispanics so please don't do this kinda border hopping thang at all. Disgrace to mankind when u enter into someone's house illegally. Thats called breaking in. Last edited: 15-May-13 10:54 PM
Gorikopoi · May 15, 2013 10:37 PM
I met a guy who lost 14 pounds on the way to US with all those travelling hassels and 5 days of jungle walk from Mexico.Also a Chinese dude who spent 70 lakhs to be in Land of Lincon.
Alias_ · May 15, 2013 11:23 PM
लक्ष्मीप्रसाद देबकोटाको नया मुनामदन का पात्र हुन् कि क्याहो ? ४० लाख खर्च गरेर America छिर्ने ? कतिपय त मलेरिया लगेर बाटैमा मर्ने होला ? तेती खर्च गर्नेले नेपालमै केहि उध्यम गर्न सकिदैन ? प्रस्न ?
magorkhe1 · May 16, 2013 8:14 AM
This should be translated to English and shared with US media to show the determination and hardship needed to get to the US for few brave unfortunate souls.
ne0 · May 16, 2013 9:41 AM
http://www.globalpost.com/disp... This article isn't an English translation, but its a similar story in English. (I got it from /r/nepal. Thanks to whoever posted it there.)
durbarmargnepal · May 17, 2013 1:34 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion