मे १२, २०१३ अमेरिकाको राजधानी वाशिंगटन डी.सी.मा अन्तररास्ट्रीय नेपाली साहित्य समाज (अनेसास)द्वारा आयोजित भानुभक्त आचार्यको द्वि-शताब्दी कार्यक्रमकोअन्तरगत भानु वर्ष २०१३ को चौथो महोत्सव सम्पन्न भएको छ | अमेरिकाकालागि नेपाली राजदूतावासका उप-नियोग प्रमुख श्री अर्जुनकान्त मैनालीज्युको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अनेसास डी.सी. च्याप्टरका महा-सचिव तथा बरिस्ठ साहित्यकार सीता पाण्डेले स्वागत मन्तब्य दिनु भएको थियो | उक्त कार्यक्रममा विभिन्न कवि तथा कवियित्रीहरुले आ-आफ्ना कविताहरु पाठ गर्नु भएको थियो | कविता पाठ गर्नेहरुमा बसन्त श्रेष्ठ, नारायण अधिकारी, सीता पाण्डे, रामचन्द्र भट्टराई, गोमा न्यौपाने, बिमला निरौला, पुरुषोत्तम ढकाल थिए भने बाल कविहरुमा क्षितिज न्यौपाने, बिबेचना निरौला, इशान बिश्वकर्मा तथा तेजस्वी पाण्डे थिए | यसै बीच अनेसासका पूर्व अध्यक्ष तथा साहित्यकार श्री बसन्त श्रेष्ठले “आदि-कवि भानुभक्त: नेपाली भाषा र हाम्रो दायित्व” बिषयमा अत्यन्त रोचक ज्ञान बर्धक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो | उक्त कार्य-पत्रमा बिदेशमा हुर्केका नेपाली मूलका बाल-बालिकाहरुले यदि नेपाली भाषा नै बोलेनन् भने कसरी उनीहरुले आफ्नो देश, साहित्य र संस्कृति भुल्न सक्छनभन्दै बाबु आमाहरुको कति ठुलो दायित्व छ र बाबा आमाहरुले आफ्ना बच्चाहरुलाई किन नेपाली भाषा सिकाउनु जरुरी छ भनेर सजक गराईएको छ | सबैले दर्शकहरुले अत्यन्त चाखकासाथ् हेरेको उक्त कार्य-पत्र आफैमा पनि एउटा राम्रो शोध पत्र थियो | उक्त शोधपत्रमा आदिकवि भानुभक्त आचार्यको बारेमा बसन्त श्रेष्ठले गहिरो अनुसन्धानात्मक खाकाहरु प्रस्तुत गर्नु भएको थियो | त्यसै गरि अनेसासका अर्का संथापक सदस्य श्री मोहन सिटौलाले “भानुभक्त र अनेसासका नया क्षितिजहरु” बिषयको कार्यपत्र प्रस्तुक गर्नु भएको थियो | उक्त कार्यपत्रमा अनेसासको इतिहास बताउनुको साथै अनेसासले बिभिन्न अबस्थामा पार गरेका स्थितिको बारेमा बर्णन थियो | अनेसासका संस्थापक तथा बोर्ड अफ ट्रस्टीका अध्यक्ष श्री होमनाथ सुबेदीले “भानुको सम्झनामा” दुवै कार्यपत्र प्रस्तोताहरुलाई धन्यवाद दिदै अनेसासका च्याप्टरहरुका कार्यक्रमहरु तथा अनेसासले बिभिन्न विधाहरुमा प्रदान गर्ने पुरस्कारहरुको बारेमा चर्चा गर्नु भएको थियो | नेपाली दुतावासका उपनियोग प्रमुख श्री अर्जुनकान्त मैनालीले दुवै जना कार्यपत्र प्रस्तोताहरुको प्रशंशा गर्दै अनेसासको उत्तरोत्तर प्रगतिको कामना गर्नु भो | अनेसास डी.सी. च्याप्टरका अध्यक्ष श्री प्रकाश नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्री पुरुषोत्तम ढकालले संचालन गर्नु भएको थियो | --
mahoday · May 14, 2013 5:35 AM · 2,796 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion