थुइक्क !!! मरि पो हालेछु (भाग १)

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 मेरो लागि सोमबार होस् या शुक्रबार , दुवै दिन बराबर नै हुन् । एक्लो मान्छे, चाहे शुक्रबार होस् या सोमबार  , सधै नै एक्लो । बरु अफिस जादा नै मान्छे भेटिन्छन ।  आज सोमबार  । अफिस पुग्ने बित्तिकै गूगल न्युज खोलेर एक नजर सरसर्ती दौडाए । अनि खोले नागरिक न्युज । बुद्धिसागर को " सत्रौं  केटि " भन्ने कथा पढ्दै जादा, केहि वर्ष अगाडी पढेको "स्वोर्ग बंग" एक्कासी सम्झे ।    "गूगल दाइ जिन्दाबाद" ।    एकै चोटी को सर्च मा त्यो कथा भेटियो । पहिलो लिंक मा नै रहेछ ।      आधा घण्टा मै त्यो कथा पनि सकियो । अल्छि लागि रहेको थियो, अनि आखा घुमाउन थाले, अघि को सर्च मा फेरि । "म मरी सके पछि " भन्ने कथा मा टक्क आखा रोकियो ।    थोरै  व्यंगात्मक, अलिकति राजनीतिक, अनि जीवन को दैनिक कठिनाई हरु लाइ एक दम सरल रुप मा पस्त्रुत गरेको रहेछन लेखक ले , तर एउटा मरे को पात्र को दृस्टी बाट । पढ्दै जादा रमाइलो लागि रह्यो ।    "कठै बिचरा , नमरेको भए पनि हुन्थ्यो नि "   कथा सकिने बित्तिकै मेरो मुख बाट अचानक निस्कियो । अनि कसैले सुनी हाले कि क्या हो भनेर यता उति हेरे । कोइ थिएनन् । लन्च ब्रेक मा  पनि त्यो पात्र  मेरो मानसपटल मा घुमी रह्यो। आफुलाई मन पर्ने चलचित्र को कुनै  दृश्य झैँ ।    "जीवन कति छोटो छ है । बालुवा मा कोरियाका रेखाहरु जस्तै  ।  एकै छिन् मा मेटियर जाने । बिना कुनै कारण , बिना कुनै सुचना, बिना कुनै अर्थ । अन्तिममा  न कसै लाइ अंगालो हाल्न दिन्छ, न कसै लाइ बाय बाय भन्न नै । आउछ अनि सुटुक्क लिएर जान्छ । बाकी रहन्छ छ त केवल एउटा रित्तो पन । गर्न नपाएको, बाकी रहेको अधुरो अनि अपुरो रित्तोपन ।" साझ  घर आउने बेला मा, त्यो पात्र लाइ फेरि सम्झे ।  घर आएर अब केहि पकाउन पर्यो भनेर भान्सा तिर लगे. काउली काटे , भाडा माझ्न साबुन भिजाए , अनि साग धोएर प्लेट मा राखे ।    प्लेट बाट साग को पानी तपतप गरि चुहदै थियो । एक छिन् नियालेर हेरी रहे । खै किन हो कुन्नि, त्यो पानी झरेको देखेर एक दम रमाइलो लागि रह्यो । अचानक, केहि भारी बजन ले आफुलाई थिचे जस्तो लाग्यो। छेउ मा रहेको फ्रिज मा हात राखेर आफु लाइ धान्न खोजे । तर अहं केहि डेग चलेन, अनि भुइँ मा थचक्क बसे ।   आँखा खोल्दा एउटा मान्छे फ्रिज नजिकै बसी रहे को थियो ।  गर्दन बांगो गरेर टाउको चै फ्रिज मा अडकाको । दुवै आँखा एक नास ले   एउतै दिशा मा टोलाई रहेका थिए । एउटा हात ले फ्रिज लाइ चय्प्प पारेर समाते को थियो अनि अर्को हात को हत्केला चाई आकाश तिर फर्केका थिए। केहि मागे जस्तो अनि केहि दिए जस्तो। मागेको कि दिए को भन्ने छुट्टाउन चाही नमिल्ने। दुवै खुट्टा भुइँ मा लत्रक लत्रे क थिए। ओ  हेल्लो !!! Are you alright man ? भन्दै उसको आखा अगाडी हात हलाये। तर उ मुक थियो। हात येसो उचाले अनि छोडे। हात भुइँ मा बजारियो अनि तन्रंग लत्रियो। येसो अनुहार हेरे को त ठ्याकै म जस्तै।    "ओए नमिते त मरिस कि क्या हो ?" अचानक आफै लाइ सोधे। एकै  छिन् मा  मेरो सातो उड्यो, अनि ब्यकुलता ले यता उति हेरे।    प्लेट को साग बाट पानी अझै चुहिरहेको थियो। तर अघि को भन्दा बिस्तारै। पहिले पनि एकछिन साग को फेद मा जम्मा हुन्थ्यो अनि एउटा ठुलो ढिक्का को रुप मा झर्थ्यो, टोवाप गरेर। अघि बसालेको भात राइस कुकर मा उम्ल्दै थियो। भाडा माझ्छु भनेर भिजाए को साबुन मा फिज आइ सके को रहेछ। आधा ताछिए को आलु अनि काटिएका काउली का टुक्रा हरु पाकिन तयार देखिन्थे।    केहि हफ्ता अगाडी मरे को सपना देख्दा, केहि साथि हरु लाइ भने को थिए। केहिले ल अब तपाई को  राम्रो हुन्छ भनेका थिए, केहि ले चाई अलिक चनखो हुनु है भने का थिये. मोटे, चालिसे अनि पप्पु ले चाही मलाई हासेर उडाए।    "अब येत्रो को चनाखो हुनु , मरी त हाले!!"  "के थाहा साचिकै मर्न लेख्या रहेछ भनेर ? थाहा भए को भए कमसेकम "राम्री"  लाई bye bye  त भन्थे नि। " "हे भगवान! "राम्री" लाइ bye bye पनि भन्न नपाई मरे। थुइक्क मलाई!!!"  रिस  ले आफै लाइ सरापे…….   क्रमश:

namit_thapa · May 13, 2013 10:04 PM · 17,097 views

11 Replies

Feel scared what happens next...Ramro cha arko bhag pani chhetai hai.

kapid · May 13, 2013 10:57 PM

राम्रो प्रयास नमित ...   यसलाई अझ अगाडि बढाऔ 

Geology Tiger · May 14, 2013 9:09 AM

भाग २ &nbsp;एकछिन&nbsp;अघि&nbsp;सम्म&nbsp;त&nbsp;जिउदै&nbsp;थिए।&nbsp;ग्रोसरी&nbsp;गर्न&nbsp;हेब&nbsp;गको&nbsp;थिए।&nbsp;सामान&nbsp;किने,&nbsp;गाडी&nbsp;मा&nbsp;राखे,घर&nbsp;आएर&nbsp;सबै&nbsp;ग्रोसरी&nbsp;भुइँ&nbsp;मै&nbsp;राख्या&nbsp;थिए&nbsp;,&nbsp;फ्रिज&nbsp;मा&nbsp;एक&nbsp;छिन्&nbsp;माराखुला&nbsp;भनेर।&nbsp;जिउदो&nbsp;हुदा&nbsp;को&nbsp;त्&nbsp;अनुभव&nbsp;नै&nbsp;बेग्लै..&nbsp;तर&nbsp;अब&nbsp;त्यो&nbsp;सामन&nbsp;कहिले&nbsp;राख्न&nbsp;पाउदिन&nbsp;।&nbsp;न&nbsp;&nbsp;फ्रिज&nbsp;मा&nbsp;भएको&nbsp;&nbsp;बीयर&nbsp;को&nbsp;चुस्की&nbsp;लिन&nbsp;नै।&nbsp;न&nbsp;शुक्रबार&nbsp;भनेर&nbsp;दिक्कहुन्&nbsp;पाउछु&nbsp;न&nbsp;सोमबार&nbsp;भनेर&nbsp;खुसि&nbsp;हुन्&nbsp;नै।&nbsp;शनिबार&nbsp;सबै&nbsp;जना&nbsp;भेला&nbsp;भएर&nbsp;कल्ब्रेक&nbsp;खेलिन्थ्यो,&nbsp;जित्न&nbsp;त्&nbsp;कहिल्यै&nbsp;जितिन,&nbsp;तर&nbsp;हार्न&nbsp;पनि&nbsp;रमाइलो&nbsp;नै&nbsp;लाग्थ्यो,&nbsp;जिबन&nbsp;मासधै&nbsp;हारे&nbsp;को&nbsp;हुनाले&nbsp;होला&nbsp;।&nbsp;तर&nbsp;अब&nbsp;त्यो&nbsp;हार&nbsp;पनि&nbsp;छुटी&nbsp;हाल्यो।&nbsp;बाचुन्जेल&nbsp;येस्तै&nbsp;स&nbsp;-&nbsp;साना&nbsp;&nbsp;कुरा&nbsp;हरु&nbsp;&nbsp;को&nbsp;केहि&nbsp;मतलब&nbsp;भएन&nbsp;,&nbsp;अहिले&nbsp;मर्न&nbsp;पा&nbsp;छैन,&nbsp;मुटु&nbsp;पोल्न&nbsp;थालिसक्यो।&nbsp;&nbsp; &nbsp;एक&nbsp;छिन्&nbsp;त्&nbsp;,&nbsp;ला&nbsp;अब&nbsp;जिबन&nbsp;जिउन&nbsp;पाउदिन&nbsp;है&nbsp;भनेर&nbsp;घोरि&nbsp;रहे।&nbsp; &nbsp;&quot;येति&nbsp;चाडै&nbsp;कसरि&nbsp;मरी&nbsp;हालेछु&nbsp;,&nbsp;उमेर&nbsp;त&nbsp;तेस्तो&nbsp;भै&nbsp;सक्या&nbsp;त&nbsp;थिएन&quot;&nbsp;आफु&nbsp;मरी&nbsp;सके&nbsp;को&nbsp;अझै&nbsp;विश्वास&nbsp;लागे&nbsp;को&nbsp;थिएन।&nbsp;सपना&nbsp;पो&nbsp;हो&nbsp;कि&nbsp;भनेर&nbsp;आफु&nbsp;लाइ&nbsp;चिमोटे।&nbsp;के&nbsp;कोसपना&nbsp;हुनु,&nbsp;मर्या&nbsp;पनि&nbsp;सपना&nbsp;हुन्छ&nbsp;र&nbsp;काइ&nbsp;? &nbsp;त्यो&nbsp;कुचुक्क&nbsp;पर्या&nbsp;मान्छे&nbsp;लाइ&nbsp;एक&nbsp;चोटी&nbsp;फेरि&nbsp;हेरे।&nbsp;अनि&nbsp;सुस्त&nbsp;गाला&nbsp;छामे&nbsp;,&nbsp;उठी&nbsp;पो&nbsp;हाल्छ&nbsp;कि&nbsp;भन्ने&nbsp;आश&nbsp;मा।&nbsp;शरीर&nbsp;चिसो&nbsp;हुन&nbsp;थाली&nbsp;सक्या&nbsp;रहेछ&nbsp;बिस्तारै&nbsp;।&nbsp; &nbsp;जिबन&nbsp;<span

namit_thapa · May 15, 2013 8:32 PM

&nbsp; भाग २ &nbsp;एकछिन&nbsp;अघि&nbsp;सम्म&nbsp;त&nbsp;जिउदै&nbsp;थिए।&nbsp;ग्रोसरी&nbsp;गर्न&nbsp;हेब&nbsp;गको&nbsp;थिए।&nbsp;सामान&nbsp;किने,&nbsp;गाडी&nbsp;मा&nbsp;राखे,घर&nbsp;आएर&nbsp;सबै&nbsp;ग्रोसरी&nbsp;भुइँ&nbsp;मै&nbsp;राख्या&nbsp;थिए&nbsp;,&nbsp;फ्रिज&nbsp;मा&nbsp;एक&nbsp;छिन्&nbsp;माराखुला&nbsp;भनेर।&nbsp;जिउदो&nbsp;हुदा&nbsp;को&nbsp;त्&nbsp;अनुभव&nbsp;नै&nbsp;बेग्लै..&nbsp;तर&nbsp;अब&nbsp;त्यो&nbsp;सामन&nbsp;कहिले&nbsp;राख्न&nbsp;पाउदिन&nbsp;।&nbsp;न&nbsp;&nbsp;फ्रिज&nbsp;मा&nbsp;भएको&nbsp;&nbsp;बीयर&nbsp;को&nbsp;चुस्की&nbsp;लिन&nbsp;नै।&nbsp;न&nbsp;शुक्रबार&nbsp;भनेर&nbsp;दिक्कहुन्&nbsp;पाउछु&nbsp;न&nbsp;सोमबार&nbsp;भनेर&nbsp;खुसि&nbsp;हुन्&nbsp;नै।&nbsp;शनिबार&nbsp;सबै&nbsp;जना&nbsp;भेला&nbsp;भएर&nbsp;कल्ब्रेक&nbsp;खेलिन्थ्यो,&nbsp;जित्न&nbsp;त्&nbsp;कहिल्यै&nbsp;जितिन,&nbsp;तर&nbsp;हार्न&nbsp;पनि&nbsp;रमाइलो&nbsp;नै&nbsp;लाग्थ्यो,&nbsp;जिबन&nbsp;मासधै&nbsp;हारे&nbsp;को&nbsp;हुनाले&nbsp;होला&nbsp;।&nbsp;तर&nbsp;अब&nbsp;त्यो&nbsp;हार&nbsp;पनि&nbsp;छुटी&nbsp;हाल्यो।&nbsp;बाचुन्जेल&nbsp;येस्तै&nbsp;स&nbsp;-&nbsp;साना&nbsp;&nbsp;कुरा&nbsp;हरु&nbsp;&nbsp;को&nbsp;केहि&nbsp;मतलब&nbsp;भएन&nbsp;,&nbsp;अहिले&nbsp;मर्न&nbsp;पा&nbsp;छैन,&nbsp;मुटु&nbsp;पोल्न&nbsp;थालिसक्यो।&nbsp;&nbsp; &nbsp;एक&nbsp;छिन्&nbsp;त्&nbsp;,&nbsp;ला&nbsp;अब&nbsp;जिबन&nbsp;जिउन&nbsp;पाउदिन&nbsp;है&nbsp;भनेर&nbsp;घोरि&nbsp;रहे।&nbsp; &nbsp;&quot;येति&nbsp;चाडै&nbsp;कसरि&nbsp;मरी&nbsp;हालेछु&nbsp;,&nbsp;उमेर&nbsp;त&nbsp;तेस्तो&nbsp;भै&nbsp;सक्या&nbsp;त&nbsp;थिएन&quot;&nbsp;आफु&nbsp;मरी&nbsp;सके&nbsp;को&nbsp;अझै&nbsp;विश्वास&nbsp;लागे&nbsp;को&nbsp;थिएन।&nbsp;सपना&nbsp;पो&nbsp;हो&nbsp;कि&nbsp;भनेर&nbsp;आफु&nbsp;लाइ&nbsp;चिमोटे।&nbsp;के&nbsp;कोसपना&nbsp;हुनु,&nbsp;मर्या&nbsp;पनि&nbsp;सपना&nbsp;हुन्छ&nbsp;र&nbsp;काइ&nbsp;? &nbsp;त्यो&nbsp;कुचुक्क&nbsp;पर्या&nbsp;मान्छे&nbsp;लाइ&nbsp;एक&nbsp;चोटी&nbsp;फेरि&nbsp;हेरे।&nbsp;अनि&nbsp;सुस्त&nbsp;गाला&nbsp;छामे&nbsp;,&nbsp;उठी&nbsp;पो&nbsp;हाल्छ&nbsp;कि&nbsp;भन्ने&nbsp;आश&nbsp;मा।&nbsp;शरीर&nbsp;चिसो&nbsp;हुन&nbsp;थाली&nbsp;सक्या&nbsp;रहेछ&nbsp;बिस्तारै&nbsp;।&nbsp; &nbsp;जिबन&nbsp;

namit_thapa · May 15, 2013 8:34 PM

kapid कथा पढी दिनु भएर कमेन्ट गर्नु भयो, धेरै धेरै धन्याबद . मेरो पहिलो प्रयास , भुल चुक भए माफ। Geology Tiger तपाई कहाँ हराउनु भयो भनेर सोचीरा को थिए, एती हुनु हुदो रैछ , खुसि लाग्यो . :) लेख्न त आउदैन, केवल प्रयास मात्र गर्या हो।&nbsp; अनि यो साझा मै खै के भाको हो, अर्को भाग पोस्ट गरु भन्या, alignment मिल्या &nbsp;हैन :(

namit_thapa · May 15, 2013 8:37 PM

भाग २ एकछिन अघि सम्म त जिउदै थिए। ग्रोसरी गर्न HEB गको थिए। सामान किने, गाडी मा राखे,घर आएर सबै ग्रोसरी भुइँ मै राख्या थिए , फ्रिज मा एक छिन् मा राखुला भनेर। जिउदो हुदा को त् अनुभव नै बेग्लै.. तर&nbsp;अब&nbsp;त्यो सामन कहिले राख्न पाउदिन । न&nbsp;&nbsp;फ्रिज मा भएको&nbsp;&nbsp;बीयर को चुस्की लिन नै। न शुक्रबार भनेर दिक्क हुन् पाउछु न सोमबार भनेर खुसि हुन् नै। शनिबार सबै जना भेला भएर कल्ब्रेक खेलिन्थ्यो, जित्न त् कहिल्यै जितिन, तर हार्न पनि रमाइलो नै लाग्थ्यो, जिबन मा सधै हारे को हुनाले होला&nbsp;। तर अब&nbsp;त्यो हार पनि छुटी हाल्यो। बाचुन्जेल येस्तै स - साना &nbsp;कुरा हरु&nbsp;&nbsp;को केहि मतलब भएन&nbsp;, अहिले मर्न पा छैन, मुटु पोल्न थालि सक्यो।&nbsp;&nbsp; &nbsp; एक छिन् त् , ला अब&nbsp;जिबन जिउन पाउदिन है भनेर घोरि रहे।&nbsp; &nbsp; &quot;येति चाडै कसरि मरी हालेछु , उमेर त तेस्तो भै सक्या त थिएन&quot; आफु मरी सके को अझै विश्वास लागे को थिएन। सपना पो हो<span style="font-family:&quot;A

namit_thapa · May 15, 2013 8:39 PM

&nbsp;भाग २ एकछिन अघि सम्म त जिउदै थिए। ग्रोसरी गर्न HEB गको थिए। सामान किने, गाडी मा राखे,घर आएर सबै ग्रोसरी भुइँ मै राख्या थिए , फ्रिज मा एक छिन् मा राखुला भनेर। जिउदो हुदा को त् अनुभव नै बेग्लै.. तर&nbsp;अब&nbsp;त्यो सामन कहिले राख्न पाउदिन । न&nbsp;&nbsp;फ्रिज मा भएको&nbsp;&nbsp;बीयर को चुस्की लिन नै। न शुक्रबार भनेर दिक्क हुन् पाउछु न सोमबार भनेर खुसि हुन् नै। शनिबार सबै जना भेला भएर कल्ब्रेक खेलिन्थ्यो, जित्न त् कहिल्यै जितिन, तर हार्न पनि रमाइलो नै लाग्थ्यो, जिबन मा सधै हारे को हुनाले होला&nbsp;। तर अब&nbsp;त्यो हार पनि छुटी हाल्यो। बाचुन्जेल येस्तै स - साना &nbsp;कुरा हरुको <span style="font-f

namit_thapa · May 15, 2013 8:42 PM

एकछिन अघि सम्म त जिउदै थिए। ग्रोसरी गर्न हेब गको थिए। सामान किने, गाडी मा राखे,घर आएर सबै ग्रोसरी भुइँ मै राख्या थिए , फ्रिज मा एक छिन् मा राखुला भनेर। जिउदो हुदा को त् अनुभव नै बेग्लै.. तर&nbsp;अब&nbsp;त्यो सामन कहिले राख्न पाउदिन । न&nbsp;&nbsp;फ्रिज मा भएको&nbsp;&nbsp;बीयर को चुस्की लिन नै। न शुक्रबार भनेर दिक्क हुन् पाउछु न सोमबार भनेर खुसि हुन् नै। शनिबार सबै जना भेला भएर कल्ब्रेक खेलिन्थ्यो, जित्न त् कहिल्यै जितिन, तर हार्न पनि रमाइलो नै लाग्थ्यो, जिबन मा सधै हारे को हुनाले होला&nbsp;। तर अब&nbsp;त्यो हार पनि छुटी हाल्यो। बाचुन्जेल येस्तै स - कुरा हरु&nbsp;&nbsp;को केहि मतलब भएन&nbsp;, अहिले मर्न पा छैन, मुटु पोल्न थालि सक्यो।&nbsp;&nbsp; &nbsp; एक छिन् त् , ला अब&nbsp;जिबन जिउन पाउदिन है भनेर घोरि रहे।&nbsp; &nbsp; &quot;येति चाडै कसरि मरी हालेछु , उमेर त तेस्तो भै सक्या त थिएन&quot; आफु मरी सके को अझै विश्वास लागे को थिएन। सपना पो हो कि भनेर आफु लाइ चिमोटे। के को सपना हुनु, मर्या पनि सपना हुन्छ र काइ&nbsp;? &nbsp; त्यो कुचुक्क पर्या मान्छे लाइ एक चोटी फेरि हेरे। अनि सुस्त गाला छामे , उठी पो हाल्छ कि भन्ने आश मा। शरीर चिसो हुन थाली सक्या रहेछ बिस्तारै&nbsp;।&nbsp; &nbsp; जिबन मा के के न गरौला भन्ने सोचेको थिए, येति चाडै मरी हाले। हुन त अहिले सम्म अरु केहि गर्न सक्या त् होइन , शायद केहि गर्ने पने थिइन होला,&nbsp;&nbsp;तैपनि असन्तुस्टी त हुने भै नै&nbsp;&nbsp;हाल्यो&nbsp;। आखिर मान्छे त परे।&nbsp;&nbsp;जे हुदा पनि चित्तै नबुझ्ने।&nbsp;&nbsp;जिबन जटिल हुने कारण पनि सायद येही नै होला। होइन भने त जिबन चंगा जस्तै हो, हावा को लहर सगै खुला रुप ले उड्ने,&nbsp;आकास नै छुन सक्ने गरि। बिना कुनै अबरोध , बिना कुनै छेकाई, धागो नकाटीय सम्म। मेरो धागो चाही आज काटिएछ। &nbsp;&nbsp; &nbsp; लामो सास तानेर वरी परि हेरे। अब चाही मन अलि स्थिर भै सक्या थियो। छेउ मा सोन पापडी को बट्टा देखे। <span style="line-

namit_thapa · May 15, 2013 8:49 PM

&quot;अस्ति भर्खर ४० मिनेट ड्राइव गरेर किनेर ल्याको। यो पाली त झन जम्बो किन्या , २४ वटा भा। १२ वटा जति त २ दिन मै सके। अब चाई अलि बचाई&nbsp;बचाई खानु पर्यो भनेर बिहान २ मात्र खा।&quot; &quot;खाइ हाल्नु पर्ने रैछ , गल्ति गरिएछ&quot; त्यो बट्टा देखे पछि&nbsp;&nbsp;मन फेरि थल थल थल भयो।&nbsp; &quot;खै एती का बेर सम्म, मलाई लिन कोइ आएनन त। यमराज वा यमदुत आउछ भन्थे. को आउने होला त खै&nbsp;&quot; मन मनै सोचे अनि प्ल्याक पुलुक यता उति हेरे। क्रमश: khai sajha ma k vako ho. lekhe ko jati kati kuti aauna thalyo.. kati try gare yeti chai aaduai aayen... :(

namit_thapa · May 15, 2013 8:53 PM

&nbsp;मज्जा आउंदै छ पढेर मरेपछिको कहानी... लेख्दै जानुस हामी पढ्दै छम .... &nbsp; -थाने

ThahaChaena · May 16, 2013 2:34 PM

khoi ta banki ansha?

buzz · May 21, 2013 11:37 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all