अमेरिकामा समाजसेवी बिष्णुमाया परियारलाई मानार्थ बिद्यावारीधी 'डाक्टर अफ लेटर्स' (D.Litt.) डिग्री प्रदान

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

    अमेरिकामा समाजसेवी बिष्णुमाया परियारलाई मानार्थ बिद्यावारीधी 'डाक्टर अफ लेटर्स' (D.Litt.) डिग्री प्रदान  विजय थापा  भर्जिनिया ,अमेरिका  अमेरिका , मे १२ ,बोस्टन- इम्पावोर दलित वूमेन अफ नेपाल (EDWON) कि संस्थापक तथा समाज सेवामा जीवन अर्पण गर्ने दृढ संकल्प बोकेर हिडेकी समाजसेवी बिष्णुमाया परियारलाई 'पाइन् मानोर कलेज' (Pine Manor College) द्वारा समाजसेवामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै मानार्थ बिद्यावारीधी 'डाक्टर अफ लेटर्स' (Doctor of Letters) डिग्री प्रदान गरिएको छ।   उनको सामाजिक संस्थाको अद्वितीय कार्यको ब्याख्या गर्दै एड्वन (Empower Dalit Women of Nepal- EDWON ) कि संस्थापक परियार एक अनुकरणीय ब्यक्ति तथा मानवताको दुत भएको प्रशंसा गर्दै पाइन् म्यानोर कलेज (Pine Manor College) ले यो माता तिर्थ औशी (मदर्स डे )को बिशेष दिनमा  सम्मान गरेको हो l   समाजसेवी परियारलाई उनी द्वारा बोस्टन शहरमा १० बर्षअघि स्थापना भएको सामाजिक संस्था "एड्वन" (Empower Dalit Women of Nepal-EDWON) र परियार आफैले नेपालमा सन् १९९६ मा स्थापना गरेको सामाजिक संस्था "एड्वन" (Association of Dalit Women's Advancement of Nepal-ADWAN) मार्फत महिला सशक्तिकरण सम्बन्धी नेपालका दलित र अन्य बिपन्न समुदायका महिलाहरुको उत्थानार्थ गरेको कार्यको उच्च मुल्यांकन गर्दै उक्त विश्व बिद्यालयले उक्त बिद्यावारीधी प्रदान गरेको हो। 'डाक्टर अफ लेटर्स' (D.Litt.) डिग्री बेलायत (यूके), अस्ट्रेलिया र इन्डियामा 'डाक्टर अफ फिलोसोफी' (Ph.D.) भन्दा माथिल्लो तहको उपाधी मानिन्छ।    उनीले यहि बिद्यालयबाट सामाजिक परिबर्तन र अन्तर रास्ट्रिय बिकासमा अध्ययन गरेकी हुन् l  अमेरिकाको मासाचुसेट्स राज्यस्थित १०२ बर्ष अगाडी स्थापित ख्याती कमाएको उक्त विश्वबिद्यालयमा दक्षिण एसियाली देशबाट पहिलो पटक उक्त मानार्थ डि.लिट. (D.Litt.) पदवी पाउने समाजसेवी परियार पहिलो नेपाली हुन्। समाजसेवी परियारले उक्त मानार्थ डि.लिट. पदवी पाउने अमेरिकामा पहिलो नेपाली महिला बन्ने सौभाग्य पनि पाएकि छिन्।   अमेरिकि विश्वबिद्यालयबाट मानार्थ बिद्यावारीधी प्राप्त गर्ने नेपाली पुरुषहरुमा सन् २००७ मा नेब्रास्का विश्वबिद्यालयबाट महाबिर पुन मगरले 'डाक्टर अफ हुमेन लेटर्स' (Doctor of Humane Letters) पाएका छन् भने सन् २०१३ मा सोही पदवी (डिग्री)उथाह विश्वबिद्यालयबाट २१ पटक विश्वको सर्बोच्च शिखर सगरमाथा आरोही आपा शेर्पाले पाएका छन्।यस अघी 'पाइन् मानोर कलेज' विश्वबिद्यालयबाट मानार्थ पदवी बिभिन्न महिलाहरूले प्राप्त गरेका थिए lस्थापना काल देखि नै उनको संस्थाले सामाजिक क्षेत्रमा  पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरुप  विश्व बैंक फ्यामिली नेटवोर्कको 'मार्गरेट माक्नमारा मेमोरियल' पुरस्कार (२००७), संयुक्त राष्ट्र संघ एसोसिसनको 'पर्दिता हस्टन मानब अधिकार' पुरस्कार र अन्य दुई दर्जनभन्दा ज्यादा राष्ट्रिय र अन्तरराष्ट्रिय  पुरस्कारबाट सम्मानित भै सकेकी छिन्।    दलित परिवारमा जन्म भै जीवनका बिभिन्न काल खण्डमा भिषण संघर्ष गरि संस्था मार्फत सामाजिक रुपान्तरणमा अद्वितीय भूमिका निर्वाह गरेकी परिवारले स्वीकृति मन्तब्य ब्यक्त गर्दै नेपालकि हु ,बिश्वको सर्बोच्च शिखर सगरमाथा नेपालमा छ तथा शान्तिका अग्रदुत गौतम बुद्ध हाम्रा धरोहर हुन् भन्दै यो सम्मान नेपाली समुदायलाई समर्पण गर्न चाहन्छु भन्दै मन्तब्य राखेकी थिइन् l उनि द्वारा संचालित संस्था एड्वनले अहिले सम्म १०  हजार भन्दाबेशी नेपालका दलित,गरीब ,सिमान्तकृत बालबालिका उत्थानका लागि बिद्यालय स्थापना र छात्रबृद्दी मार्फत शिक्षा दिलाउन सफल भएको छ l २३ सय महिलाहरुलाई महिला सशक्तिकरणका बिभिन्न कार्यक्रमहरु चलाएर परिबर्तनका संबाहक बनाउन सफल भएकि छिन् जसको कारण अरु ११ हजार महिलाहरुलाई प्रतक्ष्य तथा अप्रतक्ष्य रुपमा लाभान्बित हुन पुगेका छन्।उनी गोर्खा जिल्लाको ताक्लुङ गाउँ कि हुन्। उनका आमा कनमाया परियार र बुवा रुपबहादुर परियार हुन् भने उनका १ भाई र ४ दिदी र ३ बहिनी छन्।    

mahoday · May 13, 2013 8:44 PM · 3,323 views

1 Reply

Damn euti pariyar didi yesti uta aarki Bindu Pariyar chai kasti kasti

Gorikopoi · May 13, 2013 9:43 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all