लोकमानले हप्काएपछि सुवेदीले हटाए फेसबुकबाट कार्कीको नियुक्तिपत्र र फोटो अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको हप्काइपछि राजश्व अनुसन्धान विभागका उपसचिव भरत सुवेदीले आफ्नो फेसबुकबाट कार्कीको नियुक्तिपत्र हटाएका छन् । सुवेदीले कार्कीसँग खिचाएको फोटो पनि हटाएका छन् । अख्तियार स्रोतका अनुसार राष्ट्रपति कार्यालयका अधिकारीले आपत्ति जनाएलगत्तै कार्कीले सुवेदीलाई हप्काएपछि सुवेदीले आइतबार (वैशाख २९) नियुक्तिपत्र हटाएका हुन् । सुवेदीले चार दिनअघि आफ्नो फेसबुकमा राष्ट्रपतिले कार्कीलाई दिएको प्रमुख आयुक्तको नियुक्तिपत्रको कपि हालेका थिए । अर्थ मन्त्रालय अन्तर्गत सर्वाधिक आकर्षक मानिने राजश्व अनुसन्धान विभागका निर्देशक सुवेदीले आफ्नो पहुँच देखाउन फेसबुकमा कार्कीलाई बधाई दिने क्रममा खिचाएको फोटोसमेत राखेका थिए । फोटोमा कार्कीले दौरासुरुवाल मात्र लगाएका छन् । शीतलनिवास स्रोतका अनुसार राष्ट्रपतिले दिएको नियुक्तिपत्र अनाधिकृत व्यक्तिको फेसबुकमा सार्वजनिक गरेर राष्ट्राध्यक्षको अनादार भएको ठानी आपत्ति जनाइएको हो । ‘हामीले लोकमानलाई सतर्क गराएका थियौं,’ स्रोतले भन्यो, ‘फेसबुकबाट नियुक्तिपत्र र फोटो हटेछ ।’ अख्तियारस्थित प्रहरी स्रोतका अनुसार ‘नियुक्ति पत्र र फोटो तुरुन्त हटा’ भनी कार्कीले सुवेदीलाई हप्काएका थिए । सुवेदीले अर्थमन्त्री शंकर कोइरालासँगको फोटो पनि हटाएका छन् । राष्ट्रपति कार्यालयले राष्ट्राध्यक्षबाट नियुक्ति पाउने व्यक्तिले नै पदको मर्यादा जोगाउनुपर्ने बताएको छ । ‘राष्ट्रपतिले दर्जनौं व्यक्तिलाई उच्च ओहोदाको नियुक्तिपत्र दिइसक्नुभएको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहाकार राजेन्द्र दाहालले भने, ‘सौभाग्यवश सबैले त्यसको मर्यादा राखेका छन् ।’ उनले राज्यले योग्य सम्झेको पात्रलाई राष्ट्रपतिले नियुक्ति दिने बताउँदै आफ्नो ओहोदाको मर्यादाभित्र रहनु कार्कीकै जिम्मेवारी भएको बताएका छन् । ‘राष्ट्रले सही पात्रलाई रोजेको ठानेर नियुक्ति दिनुबाहेक राष्ट्रपतिको भूमिका हुँदैन,’ दाहालले भने । नियुक्तिपत्र र बेडरुमको तस्बिर सार्वजनिक गरेर होसियारी नपु¥याएको भनी कार्कीले पटकपटक सुवेदीलाई हकारेको जानकारी पारिवारिक स्रोतले पनि दिएको छ । ‘माला बोकेर आइस् । कोट लगाउन नभ्याउँदै माला लगाइदिइस् । फोटो खिचिस् । फेसबुकमा छापिस् । लौ ठिकै छ भनेँ,’ कार्की–सुवेदी संवाद उद्धृत गर्दै पारिवारिक स्रोतले भन्यो, ‘टेबुलमा रहेको नियुक्तिपत्रको फोटो खिचेर कसलाई खोजेर फेसबुकमा छापिस् ?’ त्यसपछि सुवेदीले माफी मागे, ‘आइन्दा यस्तो गल्ती गर्दिन ।’
Bornto_Rise · May 13, 2013 11:41 AM · 11,456 views
Nepal is in total chaos right now because of d***head like this guy. What the heck was he thinking before taking picture with the chief of same judiciary body who is investigating his misdeeds right now? He was among those culprits who were raided by Akhthiyar few years back for involving in big corruption in Tatopani custom. This guy should be put under strict investigation by CIAA and if found guilty should be thrown in jail Last edited: 13-May-13 11:48 AM
Bornto_Rise · May 13, 2013 11:47 AM
लोकमानको बगलीमा हात हाल्न सक्ने को हुन् यी उपसचिव ? राष्ट्रपति रामवरण यादवले संवैधानिक निकाय प्रमुखजस्तो गरिमामय ओहोदामा नियुक्ति दिएको व्यक्तिगत पत्र फेसबुकमार्फत् सार्वजनिक भएको छ । वैशाख २५ गते अख्तियारको प्रमुख आयुक्तमा नियुक्त लोकमानसिंह कार्कीको पत्र फेसबुकमा आएको हो । विवादबीच नियुक्ति पाएका कार्की स्वयंले राष्ट्रपतिले दिएको नियुक्तिपत्र सार्वजनिक गरेका हैनन् । न त उनका परिवार सदस्यले नै गरेका हुन् । राष्ट्रपतिले अख्तियार प्रमुखलाई दिएको नियुक्ति राजस्व अनुसन्धान विभागका एक उपसचिवको फेसबुकमा सार्वजनिक भएको हो । ती उपसचिव हुन् भ्रष्टाचारको आरोपमा अख्तियारमा दर्जनभन्दा बढी उजुरी परेका भरतराज सुवेदी । जसको अनुसन्धान गर्नु कार्कीको दायित्व हो । राष्ट्रपतिले संवैधानिक प्रमुखलाई दिएको नियुक्ति जम्मा चार प्रति बनाइएको हुन्छ । एउटा सम्बन्धित अधिकारीले पाउँछ । तीनवटा बोधार्थ संवैधानिक परिषद्, सम्बन्धित निकाय र संसद् सचिवलायको महासचिवलाई दिइन्छ । ‘सुवेदीले कोसँग त्यो पत्र हात पारेर फेसबुकमा पहुँच देखाए ?’ शुक्रबार दिनभरि अर्थ मन्त्रालय, अख्तियार, शीतल निवासमा टिप्पणी भयो, ‘यति ठूलो नियुक्तिको एउटा मर्यादा त हुन्छ नि !’ नियुक्तिपत्रको मुनि सुवेदीले शुभकामना लेखेका छन्, ‘राजनीतिक अस्थिरता र आर्थिक अपराधले ग्रसित भई बाटो बिराएर रुमलिइरहेको देशलाई सही मार्गमा ल्याउन सफलता मिलोस् ।’ आम अधिकृतहरु अलमल परे पनि नेपालको शासन, प्रशासनको नसनस बुझेकाहरुले त्यो पत्र कसरी आयो भनि धेरै बेर निधार खुम्च्याएनन् । ‘भरतजी लोकमानको बगलीमा हात हाल्न सक्छन्, बेडरुमसम्मै पहुँच छ,’ अर्थका एक सहसचिवले भने, ‘प्रमुख आयुक्तसँग नियुक्ति खोसेरै फोटो खिच्न सक्ने सामथ्र्य उनको छ ।’ ती सहसचिवको तर्कमा दम छ । सुवेदीले पोस्ट गरेको अर्को फोटोले यही भन्छ । उनको फेसबुकमै अर्को तस्बिर छ, जहाँ सुवेदी काकीसँग नारिएका छन् । कार्कीले सयपत्रीको माला पनि लगाएका छन् । तस्बिरको मुनिउस्तै सन्देश लेखिएको छ– देशलाई सही मार्गमा ल्याउन सफलताको शुभकामना । सामान्य जागिरको नियुक्तिसम्म साथीभाइ वा इष्टमित्रलाई देखाउँदै हिँडिँदैन । नियुक्तिपत्र जोकसैले जतनसाथ थन्काउँछ । जानकारहरुका अनुसार कार्की र सुवेदी न दौतरी हुन् न कुटुम्ब न । यिनीहरु दुवै अर्थ मन्त्रालयमा सँगै काम गरेको भए पनि कहिल्यै समकक्षी थिएनन् । ‘एउटा उपसचिवले आफूभन्दा कम्तीमा ६ तह माथिको अधिकारीको नियुक्ति हात पारेर सार्वजनिक गर्ने आँट कसरी बटुल्यो ?,’ अख्तियारमा चियोचर्चा भयो, ‘त्यहाँमाथि अख्तियारको सबैभन्दा बढी निगरानीमा रहेको राजस्व अनुसन्धानका उपसचिव ।’ उनीहरुले यसलाई आइजिपी र फरार अभियुक्त वा न्यायाधीश र झगडियाले कुम जोडेजस्तै ठानेका छन् । कार्की वा सुवेदीलाई प्रश्न गर्ने आँट भने उनीहरु गर्दैनन् । त्यसको जवाफ पनि अर्थका अधिकारीहरुसँगै छ । ‘दुवै २०४७ सालदेखि अहिलेसम्म उहीउही शक्ति प्रयोग गरेर उस्तै निकायमा उसैगरी काम गरेका छन्,’ नाम बताउन नचाहने अर्थका अर्का सहसचिवले भने, ‘खाँटी कांग्रेस भएर अर्थ मन्त्रालय छिरेका दुवै अहिले २४ क्यारेटका माओवादी छन् ।’ बढुवा हुँदा दुवैजनाले साम, दान, दण्ड, भेद प्रयोग गरे । अरु प्रतिस्पर्धीलाई ‘म्यासेकर’ गरे । कार्कीलाई सहसचिव बनाउन ७४ जनाको कार्यसम्पादन मूल्यांकनमा टिपेक्स लगाइयो । सुवेदी उपसचिव बन्दा २०५६ सालमा अरु प्रतिस्पर्धीलाई केही दिन अपहरण नै गरेको घटना अर्थका कर्मचरीले बिर्सेका छैनन् । तर यी सुवेदीविरुद्वको उजुरी अर्थ त के प्रहरी/प्रशासनले पनि सुनेन । त्यही साल सुवेदी तातोपानी भन्सार गएपछि त्यसलाई उनले मुलुकको एक नम्बर कमाउ अड्डामा उकाले । कार्की त्यसअघि नै दुईपटक भन्सारको महानिर्देशक भइसकेका थिए । यिनीहरुबीचमा अर्को संयोग पनि मिलेको छ । दुवैले अख्तियारबाट मुद्दा खेपे । निलम्वनमा परे । मुद्दा जिते । पहिला भन्दा महत्वपूर्ण ओहोदा र जिम्मेवारीमा फर्के । २०५९ साउनमा अख्तियारले २२ जाना छापा मार्दा सुवेदी पनि परे । तर उनले अरु जस्तो झ्यालखान बस्नुपरेन । सुराकी पाएर भागे । एकैपटक अदालतमा हाजिर भए । धरौटीमा छुटे । विशेष अदालतले अकुत सम्पत्तिमा धेरैलाई मुद्दा जिताइदियो । सुवेदीले पनि जिते । अख्तियार लगभग सबैमा सर्वोच्चमा पुनरावेदन गयो । सुवेदीको भने पुनरावेदन नजाने निर्णय ग¥यो । कार्कीले ७१ लाखको सुन काण्डको मुद्दा पुनरावेदन अदालतबाट जिते । अख्तियार सर्वोच्च गएन । पुनरावेदनको फैसलामा चित्त बुझायो । त्यसमै मुछिएका अरुहरुले भने सर्वोच्चमा पनि मुद्दा खेप्नुपरेको थियो । २०६३/६४ मा कार्कीले अवकास पाए । सुवेदी मुद्दा जितेर राजस्व अनुसन्धान विभागमा सरुवा भइसकेका थिए । कांग्रेसभन्दा माओवादी चम्कँदै थियो । कार्की र सुवेदीद्वयले कुरा बुझिहाले । सुवेदी खाँटी माओवादी भए । रामशरण महतले अनुसन्धानमा पठाएका उनी बाबुराम भट्टराईको अर्थमन्त्रीत्वकालमा झन् बलिया भए । राजनीतिक संरक्षणकै कारण विभागमा रहँदा सुवेदीले व्यापारीलाई धम्क्याउने र कुटपिटसम्मको छुट पाउँदै आएका छन् । पछिल्लोपटक वल्र्ड लिंक सञ्चालकले सुवेदीले आफूलाई धम्क्याएर ५ करोड रुपैयाँ मागेको खुलासा गरे । तर सुवेदीलाई काँडाले कोरेन । अघिल्लोपटक अनुसन्धान विभागमा रहँदा सुवेदी थानकोटमा ट्रक चालकहरुको कन्चटमा बन्दुक नै राखेर धम्क्याएपछि तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डे र सचिव रामेश्वर खनालले उनलाई राजस्व तालिम केन्द्रमा तानेका थिए । सुवेदीसँग वाक्क तत्कालीन महानिर्देशक आत्माराम पाण्डे (हाल सचिव) ले मन्त्रालयमा गर्ने गरेको गुनासो अहिलेसम्म नै चर्चित छ, ‘पहिला सुवेदीले हामीलाई कर्मचारीतन्त्रमा कांग्रेसको क्यारेक्टर सर्टिफिकेट दिनुपथ्र्यो, अहिले उनले प्रमाणित नगरी माओवादी हुन नपाइने भएको छ ।’ कार्की र सुवेदीबीच एउटा आधारभूत भिन्नता छ– सुवेदी २०४२ सालमा लोकसेवा पास गरेरै शाखा अधिकृत बनेका हुन् । कार्की त्यसको एक वर्षअघि एक तहमाथि हुकुम प्रमांगीबाटै छिरिसकेका थिए । सुबेदीको फेसबुकमा लोकमान गाथा भ्रष्टाचारी संम्यन्त्रले तहसनहस भएको देशमा भ्रष्टाचार निर्मूल गर्न लोकमानसि|ह कार्की जस्तो निस्वार्थी, योग्य, निडर, सक्षम ब्यक्ति अख्तियार प्रमुखमा नियुक्ति हुनु देश र जनताका लागि सुखद भविष्यको सुरुवात हो भने कुत्सित विचार भएकाहरुले जनतामा भ्रम सिर्जना गराई ब्यक्तिगत स्वार्थ पूर्ति गर्न चाहने भ्रष्टाचारी, भूमाफिया, कालाबजारी, एनजिओ तथा आईएनजिओको नाउँमा डलर खेती गर्ने, कमिसनखोर, दलाल, स्वार्थीऽ ब्याङ्गकर्स, तस्कर एवं राजस्वमारा र पित पत्रकारितामा संलग्न अपराधीका नाइकेहरुको यथार्थ जनता सामुन्ने उदाङ्गगिसने डरले यस पूनीत कार्यबाट त्रसित हुनु स्वभाविक नै हो। यस्ता देशद्रोहीरुलाई च्यालेन्ज गर्न सक्ने एक मात्र प्रभावशाली ब्यक्तित्व लोकमानसिंह कार्की नै हो भन्ने मनन गरी देशमा सुशासन कायम गर्न पवित्र उद्धेश्यले सम्वैधानिक परिषदबाट सिफारिस गरी वर्तमान सरकारले राष्ट्र हितमा गरेको पहिलो असल कार्य स्वागत योग्य छ । औलामा गन्न सकिने केही स्वार्थी समूहबाट खोक्रो आदर्शवादको कुरा गरेर जनतामा भ्रम सिर्जना गर्ने र आफनो मतलब साँध्ने प्रबृतिलाई हावी गर्ने गराउने कुसंस्कारको विकास गराई आफ्नो स्वार्थ परिपूर्ति गराउने समुहहरुको आवाज यसरी मिडिया मार्फत लगातार आइरहनु राष्ट्र र जनताका लागि दुखद विषय हो । निज कार्कीलाई सिफारिस गर्ने चार दलका नेताहरु, संवैधानिक परिषषदका सदस्यहरु र स्वयं सरकार प्रमुख धन्यवादका पात्र हुन् । लोकमानसिंह कार्कीलाई निडर भई देशलाई आर्थिक अपराधबाट मुक्त गराउन सफलता मिलोस् भन्ने शुभकामना छ । Last edited: 13-May-13 12:03 PM
Bornto_Rise · May 13, 2013 12:03 PM
Jadiya ko sathi jadiya, manwhore ko sathi manwhore ra chor ko sathi chor nai huncha bhanne kura yo pic le prove gareko cha. Aaba akhtiyar ko main manche yesto cha kasari brastachar rokne. Nepal needs another revolution or at least a super hero who is ready to assasinate people who won't perform their duty just like in a movie he he. Last edited: 14-May-13 12:19 AM
Gorikopoi · May 13, 2013 6:12 PM
सरकार को निउक्तिपत्र फेस बुक मा राख्ने मान्छे उप सचिब?? त्यो उसको निउक्तिपत्र पनि होइन, अर्काको, थुक्क बुध्ही एस्तो मान्छे ले के गरेर खाला ? अर्को बेक्ती को निउक्ति पत्र तेस्को हात मा कसरि पुग्यो ? थुक्क सिस्टम एस्तो सिस्टम ले देस विकास हुन्छ ? ऒइ उपसचिव मोरा, तेरो अरु कुनै काम थिएन ?
timi_mero_sathi · May 13, 2013 6:18 PM
Both of them are of same category. Bharat Subedi is involved in uncountable scandals and now this picture proves that his money is channeled to upper level personnel such as Lokman Singh Karki. Few months ago, he was accused of asking bribe from World Link too. Here are few old news about corrupted Subedi: http://www.kantipuronline.com/... को हुन् भरत सुवेदी काठमाडौ, चैत्र ८ - राजस्व समूहका उपसचिव कर्मचारीतन्त्रमा चर्चित नाम हो । अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तका लागि दलहरूले सिफारिस गरेका मुख्य सचिव लोकमान सिंह कार्कीको उनी विश्वासिला ठानिन्छन् । कार्की भन्सार विभागको महानिर्देशक हुँदा सुवेदी उनको दाहिने हात थिए । २०५९ साल साउन ३१ गते अख्तियारले छापा मारेका राजस्व समूहका २२ कर्मचारीमा सुवेदी पनि थिए । तर छापा मार्न केही बेरअघि सूचना पाएकाले सुवेदी घरमा फेला परेनन् । भागेर दिल्ली पुगेका उनले पछि अदालतमा आत्मसमर्पण गरेकाले थुनाबाट बचे । भूपध्वज अधिकारी नेतृत्वबाट सफाइ पाएपछि उनले जागिरमा बहाली गरेका हुन् । विशेषले सबै भ्रष्टाचारका अभियुक्तलाई भटाभट सफाइ दिएपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन गर्‍यो । तर सुवेदीविरुद्ध पुनरावेदन गरेन । विशेषले सफाइ पाएका उनका सहकर्मीको मुद्दा सर्वोच्चले भटाभट उल्टाइदिएपछि उनका सहकर्मी कतिपयले जेलको हावा खाइसकेका छन् । केही कुरेर बसेका छन् । तर पुनरावेदन नपरेका कारण उनी चोखा निस्किए । मुद्दाकै क्रममा उनले अस्ट्रेलियाको स्थायी निवासी -परमानेन्ट रेसिडेन्ट) बनेका सुवेदीको परिवार -श्रीमती, एक छोरा एक छोरी ) सिडनीमा बसोवास गरिरहेका छन् । उनी निकटका राजस्वका एक कर्मचारीका अनुसार उनको सिड्नीमा घर छ । उनको परिवारले त्यहाँ रेस्टुरेन्ट व्यवसाय गरिरहेको छ । शान्ति प्रक्रियामा आएपछि माओवादीले करोडौं रुपैयाँ चन्दा माग्न थालेपछि उनी अस्ट्रेलियातिर पलायन भएका थिए । तर माओवादीले उनको उपादेयता देखेर राजस्व अनुसन्धानमान सर्वशक्तिमान बनाएको थियो । सुरेन्द्र पाण्डेको पालामा उनी राजस्व प्रशासन तालिम केन्द्रमा सरुवा भए । तर एक वर्षअघि पुनः राजस्व अनुसन्धान विभाग पुगे उनी । 'त्यतिबेला उनलाई तत्कालीन अर्थ राज्यमन्त्री हरि खेवा लिम्बूको दबाबमा आकर्षक ठाउँमा पुर्‍याउनुपरेको हल्ला गरियो,' अर्थ सम्बद्ध स्रोतले भन्यो, 'तर उनी माओवादीको रणनीतिअन्तर्गत लगिएका थिए, जसरी अहिले कार्की अख्तियारका लागि उपयुक्त ठहरिए ।' प्रकाशित मिति: २०६९ चैत्र ९ ०९:३१ http://www.ekantipur.com/nep/2... यसरी हुन्छ राजस्व अनुसन्धानको 'अनुसन्धान’ काठमाडौ, चैत्र २८ - व्यापारी साथीभाइले राजस्व अनुसन्धान विभागको छानबिनले उनीमाथि गरेको खोजतलासको कुरा उप्काउँदा एक प्रतिष्ठित उद्यमी अहिले पनि आँखाबाट आँसु झार्छन् । उनमाथि ठूलो परिमाणमा राजस्व छलीको कारबाही नभए पनि केही महिनाअघि विभागले छापा मारेपछि उनले बेहोर्न परेको सास्ती र गर्न परेको अनौपचारिक खर्चले उनलाई दुःखी बनाएको उनका एक साथी सुनाउँछन् । 'अफिसमा बोलाएर तँ चोरडाँका भन्दै हप्काइन्थ्यो रे,' उनका ती साथी सुनाउँछन्, 'परिपक्व उमेरको उसलाई साह्रै बिझेको छ ।' स्रोतका अनुसार उनीमाथि राजस्व छलीमा जरिवाना र ब्याजसहित ५० लाख रुपैयाँको हाराहारीमा कर निर्धारण भएको छ । तर उनले टेबुल मुनिबाट ठूलो रकम खर्च गर्नुपर्‍यो । 'खुलेर नभने पनि करोडमा उसको खर्च भएको बुझिन्छ,' उनले थपे । राजस्व अनुसन्धानको छानबिन दायरामा तानिएका सबैजसो व्यसायीले उनकै नियति भोग्नुपरेको छ । 'घरमा बुवाआमाले समेत तँ नभनेको मलाई कर्मचारीले सोझै तँभन्दा रिस उठ्यो,' इन्टरनेट सेवा प्रदायक वल्र्ड लिंकमाथि छानबिनमा सुरु भएपछि तानिएका एक व्यवसायीले भने, 'तर तिनको हाउभाउ देखेर विरोध गर्न सकिएन ।' अनुसन्धानमा तानिएका व्यवसायीलाई 'तँ चोरडाँका' भन्ने विभागका निर्देशक -उपसचिव) भरत सुवेदी कर्मचारीतन्त्रमा नकारात्मक पात्रका रूपमा चिनिन्छन् । हटब्रेडका सञ्चालक श्रीधर शर्माले फागुनमा छोरीको विवाहका बेला अलि लामो तारेख दिन अनुरोध गर्दा पनि सुनुवाइ भएन । विवाहको दिन आइसक्दा पनि उनले तारेखका लागि विभागमा दिन बिताउन परेको थियो । राजस्व अनुसन्धानले सुरु गरेका छानबिन उसको अधिकार क्षेत्रभित्रको र हेर्दा राजस्व छली निरुत्साहित गर्ने खालको देखिए पनि यसको उद्देश्य अर्कै रहेको सम्बद्ध व्यवसायी बताउँछन् । छापा मारिनुअघि व्यवसायीलाई दलालमार्फत मोटो रकम माग हुन्छ । प्रस्ताव स्वीकार नगरे छापा मारिन्छ । विभागका एक अधिकारीका अनुसार केलाएर हेर्‍यो भने मुलुकका जुनसुकै व्यावसायिक घरानामा पनि राजस्व छलीका केही इस्यु फेला पर्छन् । तर छानबिन गर्दा पनि सामान्य कर निर्धारण हुने ठान्ने व्यवसायीले दलालले माग्ने करोडौं रुपैयाँ दिन मान्दैनन् । छापा मारेर छानबिन गर्दा ठूलो कारबाही गर्न सक्ने ठाउँ फेला नपरे कानुनको समेत आफू अनुकूल व्याख्या गरी धेरै कर निर्धारण गरेर व्यवसाय डुबाइदिने धम्की दिइन्छ । खाता रोक्का गरी व्यवसाय ठप्प पारेर व्यवसायीलाई गलाउने खेल भइरहेछ । व्यसायीलाई तर्साउन राजस्व चुहावट नियन्त्रण ऐनअन्तर्गत थुनामा राखेर कारबाही गर्ने भनेर धम्क्याउँछन् । जस्तो वल्र्डलिंकसँग ५ करोड रुपैयाँ माग भएको थियो । पछि २ करोड रुपैयाँसम्ममा कुरा मिल्न सक्ने सूचना दिइएको थियो । र्‍याडिसन होटलका सञ्चालक बीके श्रेष्ठ एक वर्षभन्दा बढी समयदेखि तारेखमा छन् । राजस्व छलीको ठूलो इस्यु फेला नपरेपछि सुवेदीले सम्पत्ति विवरण पेस गर्न भनेका छन् । तर श्रेष्ठले सम्पत्ति छानबिन गर्ने काम सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको भन्दै इन्कार गरेको विभागकै अधिकारीले बताए । काठमाडौं कलेज अफ म्यानेजमेन्टका प्रबन्ध निर्देशक विष्णु अधिकारीलाई ६ महिनाभन्दा बढी समय विभागमा उपस्थित गराउँदै फर्काउँदै गरेपछि बल्ल तारेखमा राखिएको छ । विभागका महानिर्देशक जम्मजय रेग्मी राजस्व छलीको अनुसन्धान प्राविधिक र जटिल हुने भएकाले केही समय लाग्ने बताउँछन् । कर्मचारीले अनावश्यक दुःख दिएको गुनासो अहिलेसम्म कतैबाट नआएको उनको दाबी छ । 'एउटा कर्मचारीप्रति लक्षित गरी विभागलाई बद्नाम गर्ने खेल भइरहेको छ,' उनले भने । दुरुपयोग गर्न सजिलो बढी बद्नाम भन्सार भए पनि राजस्व अनुसन्धान विभाग राजस्व समूहका 'लोभीपापी' कर्मचारीको पहिलो रोजाइमा पर्दै आएको छ । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार र आन्तरिक राजस्व कार्यालयका कर्मचारीले कार्यसम्पादनका आधारमा २ सय प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउँदा पनि राजस्व अनुसन्धानमा भत्ता दिइएन । तर एक थरी कर्मचारी राजस्व अनुसन्धानमा सरुवा हुन शक्ति केन्द्र धाउँथे । राजस्व छलीको आशंकामा जहाँसुकै छापा मारेर कारबाही गर्ने अधिकार विभागलाई छ । अवरोध नहोस् भनेर सशस्त्र प्रहरीको सुरक्षा घेरा पनि उपलब्ध छ । राजस्व अनुसन्धानका क्षेत्रीय कार्यालय र पोस्टहरूले राजमार्गमा ढाट राखेर मालबाहक सवारीसँग पैसा असुल्थे । ढाटले भ्रष्टाचार बढाएको भन्दै अर्थले ढाट त हटाउन लगाएको छ । तर तिनले मालबाहक सवारीलाई अनिवार्य रूपमा रोक्न लगाएर पैसा असुल्ने गरेको आरोप छ । चेकजाँचका नाममा अनावश्यक झमेला बेहोर्न पर्ने भएपछि भन्सार जाँचपास भएका मालबाहक सवारीले पनि पैसा बुझाउँछन् । 'जब घूस खुवाउनै पर्छ भने भन्सार किन नछल्ने भन्ने प्रवृत्ति आयातकर्तामा विकास भएको छ,' एक उद्यमी भन्छन् । यसबाहेक आन्तरिक राजस्व विभागद्वारा प्रत्यायोजित मूल्य अभिवृद्धि कर ऐन र अन्तःशुल्क ऐन पनि भ्रष्टाचार बढाउने कारण बनेको अर्थका अधिकारी बताउँछन् । विभागले प्रयोग गर्ने राजस्व चुहावट नियन्त्रण ऐन हो । यसअन्तर्गत व्यवसायीलाई थुनामा राख्नुका साथै राजस्व छली भएको बिगोको २ सय प्रतिशत जारिवानाको माग दाबी गरी मुद्दा चलाउने अधिकार विभागलाई हुन्छ । 'तर विभागका कर्मचारीले पैसा दिए आन्तरिक राजस्वले प्रत्यायोजन गरेको मूल्य अभिवृद्धि कर वा अन्तःशुल्क ऐनअन्तर्गत कारबाही गर्ने र नदिए राजस्व चुहावट नियन्त्रण ऐनअन्तर्गत कारबाही गर्ने भन्दै धम्क्याउने गरेका छन् । विभागले वर्षमा एकाधलाई मात्र राजस्व चुहावट नियन्त्रण ऐनअन्तर्गत मुद्दा चलाउँछ । विभागका इटहरी, पथलैया, बुटवल र कोहलपुरमा क्षेत्रीय कार्यालय छन् । थानकोट र धुलिखेलस्थित पोस्टमा विभागबाटै आलोपालोमा कर्मचारी परिचालन हुन्छन् । अन्यत्र लोभीपापीले फिल्ड कार्यालय खोज्छन् । तर राजस्व अनुसन्धानमा विभाग पहिलो रोजाइमा पर्छ । प्रकाशित मिति: २०६९ चैत्र २८ ११:०९ http://www.weeklynepal.com/201... डीआईजीकै मिलेमतोमा सुन तस्करी! काठमाडौं। सुनको मूल्यमा आएको उत्तरचढावका कारण चीनको स्वशासित क्षेत्र तिब्बतबाट अवैध रुपमा नेपाल हुँदै भारतमा सुन तस्करी हुन थालेको छ। तातोपानी क्षेत्रमा व्यापारीको नाममा कहलिएका केही तस्करहरूले नेपाल प्रहरीको मध्यक्षेत्रका डिआईजी यादव अधिकारीलाई प्रयोग गरी चीनबाट नेपालमा सुन भित्र्याएर तस्करी गर्दै आइरहेको एक व्यापारीले दावी गरे। तस्करहरूले स्थानिय व्यवसायीलाई प्रयोग गरी चीनबाट सुन भित्र्याउने गरेका छन्। यसरी उनीहरूलाई प्रयोग गर्दा प्रतिकिलो सुन वापत २० हजार कमिशन दिने गरेको तातोपानी भन्सार स्रोत बताउँछ। एक सुन व्यापारीका अनुसार एक महिनाको हाराहारीमा मात्र तीन सय किलो अवैध सुन भारतमा तस्करी भएको छ। सुन तस्करीमा राजश्व अनुसन्धान विभागका निर्देशक भरत सुवेदी, व्यापारी दिपक मलहोत्रा, तातोपानीका व्यापारी चन्द्र शेर्पा र सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका एक पूर्व अध्यक्ष समेत रहेको र उनीहरूका बारेमा गृह मन्त्रालयले गोप्य अनुसन्धान गरिरहेको समेत बताइएको छ। यी व्यापारीको सेटिङ्गमा नै मध्य क्षेत्रको प्रहरी प्रमुख बनेका डिआईजी यादव अधिकारी सुन तक्करीका अलवा विभिन्न अनियमिततामा मुछिएका कारण प्रहरी प्रधान कार्यालयले उनलाई सरुवा गर्ने तयारी गरेको छ। तस्करहरूले तीन सय किलो सुन भारतमा निकासी गर्दा ६ करोड नेपाली रुपैयाँ कमाएको स्रोतले बतायो। प्रतिकिलो दुईदेखि तीन लाखसम्म फाइदा हुने भएपछि चीनबाट अवैध सुन भित्र्याई भारतमा तस्करी गर्ने गिरोह बढ्न थालेको बताइएको छ। गत मंसिरमा प्रहरीले काभ्रेको धुलिखेलमा छापा मारी नौ किलो सुन बरामद गरेपछि चीनको खासाबाट नेपाल भएर भारतमा सुन तस्करी हुने गरेको पुष्टि भएको थियो। त्यतिबेला प्रहरीले ९ किलो सुन बरामद गरे लगत्तै अर्को गाडिमा ल्याउँदै गरेको ९ किलो सुनसहितको गाडि सिन्धुपाल्चोकको चौतारातिर फर्केको थियो। सञ्चारमाध्यमले भने १८ केजी सुन पक्राउ गरिएको र ९ केजी सुन मात्र देखाएको भन्दै प्रहरीलाई आरोप लगाएका थिए। तर बास्तविकता भने अर्कै थियो। चेकजाँचको क्रममा धुलिखेलमा सुनसहित गाडि पक्रेको हल्लासँगै बाटोमा आउँदै गरेको अर्को गाडि भक्तपुरे सुन तस्करको निर्देशनमा फर्काइएको थियो। यो कुरा स्थानिय गुण्डाहरूले थाहा पाएपछि एकाएक गाडि नियन्त्रणमा लिई बाँकी ९ केजी सुन लुटेका थिए। लुटेको सुन लिन ती ब्यापारीले स्थानिय गुण्डाहरूलाई एक करोडको अफर गरे। तत्कालै उनीहरूबीच एक करोडमा सुन फिर्ता गर्ने सहमति बन्यो। ती सुन तस्करले स्थानिय गुण्डालाई एक करोड दिएर आफ्नो सुन फिर्ता लिए। तर गुण्डाहरूबीच पैसा भागवण्डा हुँदा सवै पैसा नक्कली रहेको खुलेपछि गुण्डाहरूको होस उडेको थियो। तर यो काण्डमा कोही पनि पीडित र पीडक नभएको हुँदा घटनालाई गुपचुप बनाईयो भने प्रहरीले सुईको समेत पाएन्। सोही सुन पछि प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट बरामद गरेको थियो। सुन तस्करीमा पुराना रक्तचन्दनका तस्करहरूको बढी संलग्नता रहेको हुँदा प्रहरीले चाहेर पनि केही गर्न नसकेको व्यापारीहरू बताउँछन्। तस्करीको संजालमा सुवेदी तातोपानी भन्सारबाट सुन तस्करीको नेटवर्क चलाउँदै आएका चन्द्र शेर्पा, विष्णु खत्री, दीपक मलहोत्रा र राजश्व अनुसन्धान विभागका निर्देशक भरत सुवेदीले नयाँ भन्सार प्रमुख मिमांस अधिकारीले सेटिङमा बाधा हालेको भन्दै अधिकारीलाई हटाउन लविङ गरेका छन्। सेटिङमा बाधा गरेपछि सुवेदीले भन्सारले छाडेका कन्टेनरहरू नियन्त्रणमा लिएर अप्ठेरो पार्न थालेको स्रोतको दावी छ। सुवेदीले सुन तस्करीको सेटिङमा बाधा पुर्याउने प्रहरीलाई तारो बनाएका छन्। निर्मलहरी अधिकारी भन्सार प्रमुख हुँदा पनि कम मूल्यांकन गरी थुप्रै व्यापारीले दैनिक ट्रकका ट्रक सामान भित्र्याउँथे। त्यतिबेला निर्वाध चीनबाट नेपाल हुँदै भारततिर सुवेदीले सुन तस्करीको लाईन चलाएका थिए। तर अधिकारी भन्सारमा आएलगत्तै सुन तस्करीको नेटवर्कमा केही बाधा पुगेपछि सुवेदीले रिसको झोकमा भन्सारले छाडेका ट्रक समात्दै भन्सार कम मूल्यांकन गरेको प्रचारबाजी गरे। सुवेदी र तस्करीको समूहले सिन्धुपाल्चोकमा कान्तिपुर, नागरिक जस्ता दैनिक पत्रिकाका पत्रकारहरूलाई प्रयोग समेत गरेर तस्करीको नेटवर्क चलाईरहेको बताइन्छ।
metta · May 13, 2013 6:32 PM
http://www.weeklynepal.com/201... पार्टी कोषका लागि अर्थमा सरुवा आतंक Posted by weekly reporter in देश on February 28, 2013 9:40 am काठमाडौं, फागुन १७ । निजामती सेवा नियमावलीको ठाडो उल्लंघन गर्दै अर्थमन्त्री वर्षमान पुनले सरुवा अभियानलाई तीव्र पारेपछि कर्मचारीहरू आन्दोलन गर्ने तयारीमा जुटेका छन्। अर्थ मन्त्रालयअन्तर्गतका कमाई हुने विभिन्न निकायमा तीन साताअघि २२ जना उपसचिवको सरुवा गरिएको थियो भने यसै साता दुई सय शाखा अधिकृतको सरुवा गर्ने तयारी तीव्र पारिएको छ। कृष्णनगर भन्सार प्रमुख निमाम्सु अधिकारीलाई तातोपानी भन्सार कार्यालय प्रमुख, तातोपानी भन्सार कार्यालयका प्रमुख निर्मलहरि अधिकारीलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। निमाम्सु राजश्व अनुसन्धान विभागका निर्देशक भरत सुवेदी जस्तै खान, खुवाउन र समयअनुसार चरित्र परिवर्तन गर्नसक्ने कर्मचारी मानिन्छन्। अर्थमन्त्री पुनका दाहिने हात भएर काम गरिरहेका सुवेदीकै डिजाइनअन्तर्गत सरुवा गरिएको समाचार स्रोतले जनाएको छ। सरकारको दिनगन्ती सुरु भइसकेका कारण पैसा जम्मा गर्ने अन्तिम अवसरका रूपमा विभिन्न भन्सारलगायत ठाउँमा व्यापक सरुवा गरिएको हो। सबैभन्दा बढी रकम संकलन गर्नसकिने भन्सार कार्यालयमध्ये वीरगन्ज र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि तातोपानी भन्सार पर्दछ। नेपाली कांग्रेसको सरकारका पालामा खाँटी कांग्रेसी कार्यकर्ता बनेर लामो समयसम्म तातोपानी भन्सार कार्यालयमा बिताएका भरत सुवेदी ‘२२ भाइ कर्मचारी’ का रूपमा चर्चित छन्। २०५९ भदौमा सबैभन्दा बढी भ्रष्टाचार गर्ने २२ जना कर्मचारीहरूको घरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मार्दा सुवेदी झ्यालबाट भाग्न सफल भएका थिए। भारतलगायत विभिन्न मुलुकमा करोडौंै रुपैयाँ बराबरको सम्पत्ति थुपारेका सुवेदी यतिबेला अजय सुमार्गीपछि एमाओवादीका सबैभन्दा ठूला लगानीकर्ता मानिन्छन्। लगानीकर्ता मात्र होइन, अर्थ मन्त्रालयको कर्मचारी प्रशासन उनकै नियन्त्रणमा रहेको कर्मचारीहरू बताउँछन्। अर्थसचिव शान्तराज सुवेदी, आन्तरिक राजस्व विभागका महानिर्देशक टंकमणि शर्मा र राजस्व अनुसन्धान विभागका निर्देशक सुवेदीलाई समावेश गरी अर्थमन्त्री पुनले आर्थिक संकलनका लागि बलियो टिम बनाएका छन्। कर्मचारी सरुवादेखि लिएर व्यापारीहरूसँग डिल गर्ने जिम्मेवारी भने सुवेदीले नै एकलौटी रूपमा पाएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। उनले निमाम्सु अधिकारीलाई मासिक एक करोड रुपैयाँ बुझाउने कबुल गरी तातोपानी भन्सार पठाएको बताइन्छ। अन्य भन्सार प्रमुखको हकमा भने अग्रिम पेस्की लिइएको स्रोतले जनाएको छ। पेस्की रकम एक करोड रुपैयाँदेखि माथि रहेको बताइन्छ। इमानदारीपूर्वक रकम उपलब्ध गराइरहेका कारण वीरगन्ज भन्सार विभाग प्रमुख रामहरि अर्यालको कुर्सीमाथि भने घुनपुत्ला लाग्न पाएन। तर त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख नारायण सापकोटालाई भने नेपालगन्ज खेदिएको छ। विराटनगर भन्सार कार्यालयका प्रमुख विनोदबहादुर कुँवरलाई राजस्व तालिम केन्द्रमा थन्क्याइएको छ। नेपालगन्ज भन्सार कार्यालय प्रमुख पुरुषोतम श्रेष्ठलाई मन्त्रालय तानिएको छ। मेची भन्सार कार्यालयमा मुक्ति पाण्डे र भैरहवा भन्सार कार्यालयमा कुलराज ज्ञवालीलाई प्रमुख बनाइएको छ। त्यस्तै, राजेन्द्र दाहाललाई विराटनगर भन्सार प्रमुख बनाइएको छ। भन्सार विभागका निर्देशक कमलबहादुर राजलवटलाई राजस्व अनुसन्धान विभाग र करदाता सेवाकेन्द्र बानेश्वरका खिमबहादुर कुँवरलाई राजस्व अनुसन्धानमा सरुवा गरिएको छ। निजामती सेवा नियमावलीविपरीत सरुवा गर्दा कर्मचारी आन्दोलित हुने र अदालतमा समेत मुद्दा पर्ने भन्दै सामान्य प्रशासन मन्त्रालयले सहमति दिन आनकानी गरेको थियो, तर सामान्य प्रशासनको यो आनाकानी एक साता पनि टिक्न सकेन। प्रधानमन्त्री पत्नी हिसिला यमीको एक कल टेलिफोनपछि सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले तत्काल सहमति पत्र दियो। २२ जना उपसचिवको सरुवापछि अदालतमा मुद्दा पनि नपरेको र कर्मचारीहरू आन्दोलनमा समेत नउत्रेकाले अर्थमन्त्री पुनको टिमले थप उत्साहित हुँदै दुई सय शाखा अधिकृतको सरुवा लिस्ट तयार गरेको छ। उक्त लिस्टलाई गत शुक्रबार सचिव सुवेदीले अन्तिम रूप दिएका छन्। आगामी बिहीबारभित्र दुई सयजना शाखा अधिकृतको सरुवा गर्ने निर्णय कार्यान्वयन भइसक्ने समाचार स्रोतले जनाएको छ। निजामती सेवा नियमावलीमा आर्थिक वर्षको पहिलो दुई महिनाभित्र मात्रै कर्मचारीको सरुवा गर्नसकिने व्यवस्था छ। http://www.weeklynepal.com/201... राजस्वका हाकिमको भेनासँग साउती Posted by admin in प्रमूख समाचार, बजार on April 15, 2013 3:36 pm काठमाडौं। लामो समयदेखि जगेडामा थन्क्याइएका इमानदार सहसचिव खुमराज पुञ्जालीलाई मन्त्री शंकर कोइरालाले राजस्व अनुसन्धान विभागको महानिर्देशक बनाएपछि अर्थ मन्त्रालयभित्र खैलाबैला नै मच्चियो। नवनियुक्त महानिर्देशक पुञ्जालीले पनि आफ्नो इमानदारिताको कदरस्वरूप पुरस्कृत गरिएको ठान्दै मन्त्री कोइरालालाई भेट गर्दै भने– ‘म इमानदारितापूर्वक काम गर्छु, तर भरत सुवेदीलाई चाहिँ अन्यत्रै सरुवा गर्न पाए भ्रष्टाचार नियन्त्रण गर्न सजिलो हुन्थ्यो।’ मन्त्री कोइरालाले ‘तपाईको समस्या म समाधान गरिदिउँला, मिलेर काम गर्नाेस्’ भनेर पठाइदिए। मन्त्री कोइराला भरत सुवेदीका भिनाजु हुन् भन्ने कुरा पर्सिपल्ट मात्रै पुञ्जालीले थाहा पाए। इन्टरनेट प्रदायक संस्था वर्ल्ड लिंकले ९० करोड रुपैयाँ राजस्व छली गरेको प्रकरण छानबिन गर्न राजस्व अनुसन्धान विभागका निर्देशक भरत सुवेदी विगत एक वर्षदेखि सक्रिय छन्। सुरुमा १० करोड रुपैयाँको मागबाट वार्ता सुरु गरेकोमा वर्ल्ड लिंकका प्रतिनिधि तीन करोड तिर्न तयार भएका थिए, तर समस्या सुल्झेन। कोइराला अर्थमन्त्री भएपछि वर्ल्ड लिंकका सञ्चालकहरू सुवेदीलाई कामै नलाग्ने ठाउँमा सरुवा गराइदिने कसरतमा जुटे। जसको जिम्मेवारी भाष्करराज राजकर्णिकारलाई दिइयो। सुवेदीको सरुवा अभियान बोकेर मन्त्री भेट्न गएको उक्त टोली त्यतिबेला हिस्स पर्योर, जतिबेला सुवेदी र मन्त्री कोइराला नाताले सालाभेना हुन् भन्ने थाहा पायो। हुन त उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भाष्करराजले मन्त्रीलाई यस्ता दुई/चार उद्योगको समस्या हल गर्दा १५ करोड प्राप्त हुने केही व्यापारीलाई बताएका छन्। त्यो रकम आफंै खान्छन् कि उनले मन्त्रीलाई दिन्छन्? त्यो हेर्न बाँकी छ। सुवेदीको निर्देशन नमान्ने महानिर्देशक राजस्व अनुसन्धान विभागमा टिकिरहन सम्भव छैन। सकेसम्म सोझो र मूर्तिवत् भूमिका निर्वाह गर्ने सहसचिवलाई विभागको महानिर्देशक बनाई आफूले हालीमुहाली गर्ने अभियानअन्तर्गत यतिबेला जन्मजय रेग्मीलाई सरुवा गरी पुञ्जालीलाई ल्याउन सुवेदी सफल भएका छन्। तर आफू सुवेदीका कारण महानिर्देशक भएको कुरा समयमै थाहा पाउन नसक्दा पुञ्जाली रनभुल्लमा परे। राजस्व अनुसन्धान विभागलाई सञ्चालन गर्ने सुवेदीको तरिकाबारे महानिर्देशक पुञ्जालीलाई एक सहयोगीले यसरी विवरण सुनाए–’कुन–कुन व्यापारीले भन्सार नतिरी सामान नेपाली भूमिमा छिराए भन्ने कुरा भरत सरले तुरुन्तै सूचना पाउनुहुन्छ। उहाँको आँखा र कान छल्न सक्ने क्षमता कुनै पनि तस्करहरूको छैन। त्यसैले सबै तस्करहरूले भरत सरसँग सुमधुर सम्बन्ध स्थापित गरिसकेका छन्। भरत सरसँग रहेको गोप्य मोबाइल सेटमा घन्टी बनेपछि मात्र अक्सर गरेर तस्करहरूले बेलुकीपख धुलिखेेल र थानकोट हुँदै सामान काठमाडौं भित्र्याउँछन्। जबसम्म भरत सरको गोप्य मोबाइलमा घन्टी बज्दैन, तबसम्म मालवाहक ट्रक काठमाडौ उपत्यकामा भित्र्याउन मिल्दैन भन्ने कुरा तस्करहरूले राम्रोसँग बुझेका छन्। यसबापत भरत सरले प्रतिट्रक २५ हजार रुपैयाँभन्दा बढी रकम लिन मान्नुहुन्न।’ सहयोगीको यति विवरण सुनेपछि पुञ्जालीले औंला भाँच्दै सोधे–काठमाडौंमा दैनिक कति यस्ता मालवाहक ट्रक भित्रिन्छन् नि? सहयोगीले फ्याट्ट जवाफ दिए– ‘थानकोटबाट करिब तीन सय, धुलिखेलबाट चाहिँ ठेगान हुन्न, कहिले एउटा पनि भित्रिदैनन् कहिले सयवटासम्म भित्रन्छन्।’
metta · May 13, 2013 6:41 PM
Opportunitists like Subedi are the cause of political instability, disorder and indisipline in government offices of Nepal. What can we expect from government or the political parties who uses these guys to get party and personnel funding? How can we expect Nepal will get better soon if there are thousands of guys like him in each and every sectors of Nepal. Last edited: 13-May-13 10:29 PM
Bornto_Rise · May 13, 2013 9:40 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion